?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

उपयोगी जानकारीहरू

हाम्रो शरीरमा लसुनले गर्ने फाइदा बारे जानकारी
सुन बेचेर भएपनि लसुन खान नभुल्नुस्

तपाईंले आज खानामा लसुन खानु भयो - तरकारीमा मसलाको रुपमा त अवश्य यसको प्रयोग गर्नुभयो होला हैन - स्वादका लागि  मात्र प्रयोग गरिदैं आएको लसुन धेरै रोगहरुको औषधि पनि हो भन्दा  पत्यार नलाग्न सक्छ तर सानो देखिने लसुनले ब्लडप्रेसर, मुटुको रोग, क्यान्सर, मधुमेह, एड्सजस्ता गम्भीर रोगहरुमा समेत औषधिको  काम गर्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
लसुनलाई प्रमुख प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले क्षयरोग,  फुड प्वाइजनिङ, पिसाब इन्फेक्सन गराउने ब्यारेक्टेरिया लगायत  अन्य ब्याक्टेरिया नष्ट गर्छ । त्यसैले प्रथम विश्व युद्ध ताका सै निकहरुलाई लसुन खुवाई उपचार गरिन्थ्यो ।

लसुन पेट र आन्द्राको लागि अति नै लाभदायक मानिन्छ । दैनिक  कम्तीमा दुइ केस्रा लसुन खाएमा पेट र आन्द्रामा हुने अल्सरबाट  बच्न सकिने विज्ञहरु बताउँछन् । साथै यसले पेट तथा आन्द्रामा पर्ने  परजीवीहरुलाई समेत नष्ट गर्छ । 

अचेल ब्लडप्रेसर, कोलेस्ट्रोल अनि  मधुमेहजस्ता समस्याहरु घर घरमै देखिन थालेको छ । लसुनले  यसमा पनि रामवाणकै काम गर्छ । यसले रगतमा चिनीको मात्र  घटाउँछ । मधुमेहको औषधि लिईरहेकै बेला पनि यसको प्रयोग गर्न  सकिन्छ ।

दैनिक रुपमा लसुन खानाले रक्तनलीहरुमा रगत जम्ने  समस्या हट्छ । यसले गर्दा उच्च रक्तचाप घट्ने र हृदयघातको  सम्भावना पनि निकै कम हुने गर्दछ । यसले बाथका रोगीहरुमा हुने  दुखाईहरु पनि कम गरेको पाइयो । वैज्ञानिकहरुले विभिन्न प्रयो पश्चात यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि घटाउने कुरा  प्रमाणित गरेका छन् ।

क्यान्सर लाग्ने बित्तिकै हामी तर्सिन्छौं तर लसुनले क्यान्सरबाट पनि  जोगाउँछ । यसले विशेषतः पेट, आन्द्राको क्यान्सर हुनबाट बचाउँछ  । लसुनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने हुँदा दैनिक लसुन  खानेहरुलाई सितिमिति कुनै रोग छुनै सक्दैन । वैज्ञानिकहरुले एड ्सका बिरामीहरुमा समेत लसुनको परीक्षण गरेका थिए ।

३ महिनासम्म दैनिक लसुन खाएका एड्सका बिरामीहरुमा रोग  प्रतिरोधात्मक क्षमता बढेको पाइयो । जसले गर्दा प्रायः एड्सको  बिरामीमा देखिने स्वास्थ्य समस्या रुघाखोकी, झाडापखाला आदि मा  धेरै सुधार आएको पाइयो ।

लसुनको गुणगान सुनेर अझै थाक्नु भएको छैन भने लौ सुन्नुस् ।  यसले वायु विकारमा पनि त्यत्तिकै लाभ गर्छ । साथै बच्चाहरुलाई  दुध पिलाउनुअघि आमाले लसुन खाएमा बच्चाको भोक बढ्ने र बढी  दुध चुस्नसक्ने तथ्य फिलाडेल्पियाका वैज्ञानिकहरुले पत्ता लगाएका  छन् ।

यो भन्दा अचम्मको कुरा के पाइयो भने यसले मान्छेको मुडमा पनि  प्रत्यक्ष असर गर्दोरहेछ । जर्मन वैज्ञानिकहरुको अध्ययनबाट पत्ता  लागेको छ कि नियमित लसुन सेवन गर्दा मानसिक थकान कम हुने,  रिस, झिंझो मान्ने, डरत्रास कम हुनुको साथै मन विचलित हुने वा  आत्तिने कम गराउँछ । छालामा हुने सामान्य एलर्जीमा समेत लसुन  लगाउँदा फाइदा हुन्छ ।

कुष्ठरोगमा समेत लसुन प्रयोग गरिने  र खाने गरेको पाइन्छ । लसुनको सेवनले शरीरमा जमेका धातुका  कणहरु समेत निष्काशित हुन्छन् । तर्सथ दैनिक ६ केस्रा लसुन खाएर  स्वस्थ बन्नेतिर लाग्नैपर्ने देखिन्छ । रोग लागिसकेको अवस्थामा ६ -१० केस्रासम्म लसुन सेवन गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

काँचो लसुन चपाउने भन्ने बित्तिकै गाह्रो लाग्न थाल्यो होला हैन -  अब गाह्रो मान्नु पर्दैन । लसुनलाई पकाएर पनि खान मिल्ने भएको  छ । लसुनलाई ३ मिनेट भन्दा कम पकाएर खाँदा त्यति नै फाइदा  मिल्ने गर्छ जति काँचो लसुनबाट पाइन्छ । यो कुरा हालसालै अमेरिका र अर्जेन्टिनाका वैज्ञानिकहरुले पत्ता लगाएका छन् । उनीहरुका  अनुसार लसुनलाई पिनेर प्रयोग गर्नु अझ फाइदाजनक हुन्छ । मसलाको रुपमा प्रयोग गर्दा पनि तरकारी पाक्न थालेपछि मात्र  लसुन राख्दा यसमा भएका पौष्टिक तत्व नष्ट हुन पाउँदैन र यसले  पुर्णरुपमा फाइदा दिन्छ ।

लसुनको यत्रो गुण नबुझी अझै कुन लोकमा हुनुहुन्छ । जाग्नुस्, अब  सुन हैन लसुनको पछि लाग्नुस् । सुनले तपाईंको ज्यान लिनसक्छ  तर लसुनले जीवनदान दिनसक्छ ।

अब त लसुनको महत्व बुझ्नु भयो होला नि कसो, यस्तो महत्वपुर्ण  लसुनलाई आजैबाट आफ्नो भोजनमा समावेश गराउनुस् र रोगमुक्त  जीवन बाँच्नुस् । 
                                                                साधिका सुषुम्नाबाट

१००० वनमा आईस स्‍केटिङ खेल्‍न जाने होइन त ?

हामी सबैलाई थाहा भएकै कुरा हो कि, यो संसारको मौसम परिवर्तन भैरहेको छ । यही समस्‍यालाई प्रमुख विषय
बनाई संसारका विभिन्‍न शहरहरूमा विश्‍व सम्‍मेलन, विश्‍व गोष्‍ठी, विश्‍वब्‍यापी अभियान आदि भैरहेका छन् ।
के तपाईंलाई यसपाली क्रिसमसको दिन कोरियाको राजधानीमा हिउं नझर्दा सांच्‍चै नै विश्‍वको मौसम परिवर्तन 
भैरहेको रहेछ जस्‍तो लागेन? 

यो कुरालाई यहीं छोडौं र आउनुस् म तपाईलाई एउटा जानकारी दिन चाहन्‍छु । यसपाली कोरियाको राजधानी 
सउलमा चाहे हिउं परोस् या नपरोस् राजधानीको केन्‍द्रमा रहेको सिटीहल अगाडी रहेको खुल्‍ला चौरमा तपाई 
केवल एक हजार कोरियन वन तिरी १ घण्‍टा आईस स्‍केटिङ खेली मज्‍जा लिन सक्‍नु हुनेछ । खेल्‍न आउंदैन भनी
लजाउनु पर्दैन किनकि त्‍यहां हामी जस्‍तै भर्खर सिक्‍दै गरेका मान्‍छेहरू पनि धेरै हुन्‍छन् ।

त्‍यसैले जाने होइन त ?

-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork