?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा आम्दानी माेह
  
 
उनको मनमा नानावली तर्कना नखेलेका होइनन्। कराते रिङमा वर्षौं पसिना बगाएपछि बल्लतल्ल कमाएको नामप्रतिष्ठा पसिनासरि बग्ने डर थियो। सँगसँगै, प्रसिद्धिको शिखर पुग्दा पनि परिवार पाल्ने दुःखले लखेट्न छाडेको थिएन। यही उधेडबुनमा रोटेपिङझैं चक्कर काटिरहेको भारी मन लिएर उनी पुगे दक्षिण कोरिया।
सन् २००७। आठौं दक्षिण एसियाली खेलकुद (साफ) का स्वर्ण विजेता रवि महर्जन अन्तर्राष्ट्रिय आमन्त्रण कराते प्रतियोगिताको निम्ति सोल पुग्दा भित्रैदेखि टुक्रिएका थिए। आधा टुक्रालाई देशको नामप्रतिष्ठाले तान्दै थियो, आधालाई कोरियाको समृद्धिले।
अन्ततः परिवारको अँध्यारो भविष्यले प्रसिद्धिको चमकदमकलाई फिका पारिदियो। समृद्धिको चाहले नामप्रतिष्ठाको तेजोबध गर्यो ।
त्यो बेला नेपालबाट दुई खेलाडी सोल गएका थिए।
दुवै फर्केनन्।
।।। सात वर्ष भयो रवि महर्जन कोरिया बस्न थालेको।
अहिले पनि न नेपालले पछ्याउन छाडेको छ, न खेलमोहले।
दक्षिण कोरियाको इन्चोनमा आउँदो असोज ४ बाट सुरु हुने एसियाली खेलकुदको तयारीमा चुर्लुम्म डुबेका छन् उनी। २ सयभन्दा बढी नेपाली खेलाडी र सय हाराहारी खेलकर्मीको स्वागत तथा आतिथ्यको जिम्मा आफ्नै काँधमा बोकेका छन्। कोरियामा छरिएर बसेका नेपाली समुदायलाई एकजुट पार्ने अभियानमा लागिपरेका छन्।
केही दिनअघि सोलमा भेट्दा उनले भनेका थिए, यसपालिको एसियाली खेलकुदमा लगाउन दौरासुरुवाल, कोट र ढाकाटोपी नेपालबाटै मगाएको छु। खेलभरि कामबाट बिदा लिएको छु।
दक्षिण कोरियाको बुसानमा सन् २००२ मा १४ औं एसियाली खेलकुद हुँदा रवि नेपाली कराते टोलीका मुख्य खेलाडीमध्ये एक थिए। उनीबाट नेपालले कम्तीमा कांश्य पदकको आशा गरेको थियो। अहिलेजस्तो नियम भइदिएको भए उनले कांश्य जितेका पनि थिए। दुई बाउट जितेर सेमिफाइनल पुगेका रविले अन्तिम चारको खेलमा इरानी खेलाडीसँग हारेपछि हात परिसकेको पदक गुमाए। त्यो बेला सेमिफाइनल पुगेको भरमा पदक पक्का हुँदैन थियो।
दुई वर्षपछि पाकिस्तानको इस्लामाबादमा नवौं साफ हुँदा पनि धेरैको आशा रविमाथि नै टिकेको थियो। स्वर्णका दाबेदार उनले इस्लामाबादमा पनि कांश्यमै चित्त बुझाउनुपर्योथ।
संयोग कस्तो भने, यतिबेला इन्चोन जाने तयारीमा रहेको नेपाली कराते टोलीमा उनका व्याजी दीपक श्रेष्ठ प्रशिक्षक छन्। उनीसँगै आठौं साफमा स्वर्ण जितेका दीपकले नवौं संस्करणमा पनि त्यो उपलब्धि जोगाएका थिए। परिवारको भविष्य सम्झेर आँत कमजोर नभइदिएको भए रवि पनि यतिबेला इन्चोन एसियाडको नेपाली टोलीमै हुन सक्थे, चाहे खेलाडी भएर होस् वा प्रशिक्षक वा व्यवस्थापक।
उतिबेला रित्तो खल्तीको भरमा घरपरिवारसँगै स्टारडमको बोझ रविले थेग्न सकेनन्। आज फर्केर हेर्दा उनलाई त्यसमा न थकथकी छ न सन्तुष्टि।
ुनेपालमा सबैले चिन्थे, दुईपटक गोर्खा दक्षिणबाहु पाएको थिएँ। प्राथमिक शिक्षा पूरा नगरे पनि राम्रो खेलाडी भएकैले २०६० सालको शिक्षा पदक पनि थापेँ, कोरिया पलायन हुनुको बाध्यता दर्साउँदै उनले नागरिकसँग भने, त्यसले मेरो परिवार पालिएन। बरु सबैले चिन्ने भएकाले खर्च बढ्यो। गुजारा गर्न झनै धौधौ भयो।
यसो भन्दै गर्दा उनका आँखामा न पूर्णिमाको जून चम्किएको देखिन्थ्यो, न औंसी लागेको थियो। उनको अनुहार भावशून्य थियो।<
मन थाम्नै सकिनँ, दिनभरि सबैको धाप खाएर फुर्क्यो, बेलुकी घर आएपछि रासनपानी, घरभाडा सम्झेर मन खिन्न पार्योक,उनले लामो सुस्केरा हाले, आज त्यही, भोलि त्यही। मैले सहनै सकिनँ।
म नेपालमै बसेको भए अहिले इन्चोन एसियाडमा सामेल हुन्थेँ कि हुन्थिनँ, थाहा छैन, प्रसिद्धि र अभावको बोझले थिचिएर पागलचाहिँ भइसकेको हुन्थेँ, उनले भने।
त्यतिबेला खेल करिअरमा स्वैच्छिक बिराम लगाएर कोरियामा मजदुरी गर्न थालेका रविले आफूलाई गुमनाम भने हुन दिएनन्। उनकै सक्रियतामा नेपालकोरिया भूतपूर्व खेलाडी संघ खुल्यो। उनी त्यसका अध्यक्ष बने। नेपालमा कोही खेलाडीलाई अप्ठेरो पर्दा होस् वा राम्रो गर्नेलाई सम्मान गर्न, उनी सधैं एक कदम अघि हुन्छन्। कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, फुटबलका पूर्व राष्ट्रिय कप्तान राजुकाजी शाक्य र कराते खेलाडी विनोद महर्जनलाई उनकै सक्रियतामा कोरिया डाकेर नगदसहित सम्मान गरिएको हो।
नेपालमै पनि विभिन्न क्लब र खेलाडीलाई आर्थिक सहयोग गरिरहन्छौं। कोरिया आउने हरेक नेपाली खेलाडीलाई हामीले सहयोग गरेकै हुन्छौं, दुई महिनाअघि यु१६ फुटबल टोली अभ्यासका लागि कोरिया पुग्दा ३ लाख रुपैयाँ बराबर खेल सामग्री सहयोग गरेको स्मरण गर्दै उनले भने।
अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जाँदा उतै बेपत्ता हुने नेपाली खेलाडी रवि एक्ला होइनन्। यो सूची लामो छ।
बुसान एसियाली खेलुकद २००२ मा भाग लिन कोरिया जाँदा १८ जना खेलाडीले नेपालको बाटो बिर्से, रविकै बाटो समाते। एसियन च्याम्पियनसिप २००३ को छनोट खेल्न सोल पुगेको राष्ट्रिय फुटबल टोलीका तीन स्टार खेलाडी फर्केर आएनन्। अखिल नेपाल फुटबल संघले अर्धव्यावसायिक नारा घन्काइरहेका बेला कोरियामै भुल्ने तीन खेलाडी शुक्र तामाङ, दीपक लामा र नारायण मानन्धर तत्कालीन नेपाली फुटबलका सुपरस्टारु थिए। उनीहरूलाई गुमाउनुपर्दा घरेलु टोलीले दक्षिण कोरियासँग १६ गोल खाएर लज्जाजनक कीर्तिमानी हार स्विकार्नुपरेको थियो। भारोत्तोलनका कीर्तिमानी खेलाडी जोडी राकेश रञ्जित र झन्त कटवाल पनि सोलमै भेटिन्छन्।
रविका अनुसार विभिन्न प्रतियोगिताका लागि कोरिया पुगेर उतै बस्ने नेपाली खेलाडी २४ जनाभन्दा बढी छन्। कोरियाली अध्यागमन नीतिअनुसार भागेर बसेकाले कहिल्यै वैधानिकता पाउँदैनन्। आफ्नो कालका यी नेपाली सुपरस्टार खेलाडी पनि कोरियामा वर्षौंदेखि गैरकानुनीु बिल्लासाथ मजदुरी गरिरहेका छन्। आफ्नो टिमलाई धोका दिएर परदेश भूमिमा बेपत्ता भएकोमा कहिलेकाहीँ आत्मग्लानि हुने उनीहरू बताउँछन्। देशमा आफूहरूलाई सम्झँदा सबैले सराप्ने गरेको, राष्ट्रिय बेइज्जती गर्योज भनी दुत्कार्ने गरेको र आफ्नै कारणले खेल जगतमाथि नराम्रो दाग लागेको उनीहरूलाई हेक्का छ।
अनौपचारिक कुराकानीमा कोरियामै लुकेर बसेका एक पूर्वखेलाडीले भने, हामीले आफ्नो नाक राख्न सकेनौं, तर जतिबेला हामीले कोरियामा भाग्ने निर्णय गर्यौं, त्यतिबेला हामीभित्र खेलाडीमाथि एउटा बाबु, एउटा श्रीमान र परिवार चलाउनुपर्ने घरमूलीको भावना हाबी भयो। हामीले त्यसबेला त्यही ठिक ठान्यौं, त्यसमा अहिले पछुतो मानेर के गर्नुरु मनमा ग्लानी त छ, तर समाजमा प्रतिष्ठित भएर परिवारको सानोभन्दा सानो चाहनामा सम्झौता गर्नुपरेको भए झन् बढी ग्लानी हुन्थ्यो कि.
सायद यही दुविधाकै कारण हो, कोरियामा लुकिछिपी बसेका नेपाली खेलाडी सबैजसो सोलमै छन्। काम गर्ने ठाउँ फरकफरक भए पनि बेलुकी एकचोटि भेट नभएको दिन हुन्न। ती रात्रिकालीन भेटमा उनीहरू कोरियाली लोकलु मदिरा सोजुु पिउँदै भावुक हुन्छन्। आआफ्ना दुःखव्यथा आफ्आफैं बाँड्छन्। अनि वनमा न्याउली रोएझैं गीत गाउँछन् ।
आँसु झार्दिनँ म, रुन मलाई पुगिसक्यो। खेलेर नामप्रतिष्ठा कमाए पनि आर्थिक रूपले भविष्य सुरक्षित नहुनु नेपाली खेलाडीको सबभन्दा ठूलो चिन्ता हो। यही चिन्ता अरू क्षेत्रमा पनि नभएको होइन। त्यही भएर नै विदेशतिरै लुकेर बस्ने वा सम्भव भएसम्म विदेशी नागरिकता वा ग्रिनकार्ड लिएर उतै भासिने प्रवृत्ति नेतादेखि अभिनेता र सरकारी कर्मचारीदेखि पत्रकारसम्ममा छ।
यसरी आफ्नो मानप्रतिष्ठासँग किन सम्झौता गरिन्छ त।
मान्छेले चिन्ने भनेको खेलुञ्जेल मात्र हो। खेल्ने उमेर हुँदासम्म मात्र हो, फर्निचर कारखानामा कार्यरत रवि भन्छन्, बीचमै घाइते भयो भने उमेर भए पनि खेल्न सकिन्न। खेलुञ्जेल पनि खेलाडीको जस्तो जीवन बिताउन आम्दानीले भ्याउँदैन। खेल्न छाडेपछि त झनै बिचल्ली हुन्छ। त्यही भएर बरु कोरियामा भारी बोक्दा भविष्य सुरक्षित लाग्छ। कोरियाकै एक कपडा कारखानामा काम गर्ने भारोत्तोलनका कीर्तिमानी खेलाडी राकेश उताको आकर्षक आम्दानीले कडा परिश्रम र गैरकानुनी हुनुको पीडा बिर्साउने बताउँछन्।
कुनै सिप नभएकाले पनि यहाँ महिनाको दुई लाख हारहारी कमाउँछन्। मै हुँ भन्नेहरूलाई पनि कोरियाको कमाइले तान्छ, नेपाली खेलाडी आकर्षित हुनुको कारण यही हो, उनी भन्छन्।
कोरियामा रेस्टुरेन्ट चलाएर बसेका तेक्वान्दोका पूर्वखेलाडी राजु क्षत्री यस्तो प्रवृत्ति हुर्कनुमा खेलकुदभित्रको राजनीतिलाई दोष दिन्छन्।
खेलाडी पाइलापाइलामा देशको अस्थिर राजनीति र शक्तिसंघर्षको शिकार भइरहेका हुन्छन्। खेल जीवनमा टिकिरहन पार्टीको खेलाडी बन्नुपर्ने बाध्यता छ। खेलाडी भएकै भरमा कुनै सुविधाको कल्पनासम्म गर्न सकिन्न। जहाँ भए पनि पीडितै हुनु नै हो। यहाँ आए कम्तीमा पैसा त कमाइन्छ, राजुले खेलाडी विदेशिनुको कारण खुलाए।
नेपालले १९८४ बाट सुरु दक्षिण एसियाली खेलकुदका ११ संस्करणमा अहिलेसम्म ७७ स्वर्ण पदक जितेको छ। त्यसमध्ये १९९९ मा घरमै सम्पन्न आठौं संस्करणमा ३२ स्वर्ण जित्नु नेपालको सबभन्दा ठूलो सफलता हो। तर, त्यही दक्षिण एसियाली खेलकुदमै स्वर्ण जित्ने करिब दर्जन खेलाडी विदेशमै छन्। आठौं साफका स्वर्णधारी रवि तथा तेक्वान्दोका कोशिस खड्का, रुपाकुमारी स्याङदेन, रेणुका मगर, निरञ्जन श्रेष्ठ, निर्मल श्रेष्ठलगायत खेलाडी विदेशमा भाग्य खोजिरहेका छन्। बुसान एसियाली खेलकुद २००२ मा बक्सिङको पूराजसो टिम कोरियामै बसेको थियो।
यी सबै परिवारको भविष्य सपार्न आफ्नो वर्तमानसँग सम्झौता गरिरहेका छन्।
खेलाडीमात्र होइन, खेल पदाधिकारी, प्रशिक्षक र खेलाडीका नाममा जाने गैरखेलाडी पनि विदेशमै भागेका उदाहरण प्रशस्तै छन्। मार्सल आर्टस्मा यस्तो समस्या बढी छ। तर, फुटबलजस्तो खेलाडीले देशमै कमाउन सक्ने खेल पनि अपवाद छैन। नेपालमा आइटिएफ तेक्वान्दो स्थापना गर्ने पहिलो पुस्ता नै अहिले देशमा छैन। विभिन्न प्रतियोगिताको बहानामा क्यानडा, अमेरिका र अस्ट्रेलिया गएका ती खेलाडी र पदाधिकारीले पठाएकै सहयोगमा यो खेल टिकिरहेको छ।
खेलकुद क्षेत्रले नै खेलाडीलाई हतोत्साही पारेर विदेश पलायन हुन बाध्य पारेको राजु बताउँछन्।
नेपालमा आफ्नै क्षमतामा अगाडि आउने भनेको खेलाडीमात्र हो। पदाधिकारी राजनीतिको भरमा आउँछन्, प्रशिक्षकलाई पनि कसैले पिकु गर्ने हो। खेलाडीले चाहिँ लडेरै आउनुपर्छ, राजु भन्छन्, तर धेरैजसो अवस्थामा खेलाडीलाई लड्ने मौकाधरि दिइन्न। खेलाडीले हकलाग्दो अवसर पाउनसमेत कसैको चाकरी गर्नुपर्ने अवस्था छ। त्यसैले पनि खेलाडीलाई विदेशले आकर्षित गरेको हो।
देशमा सुविधा नपाएको बहानामा अवैध रूपमा विदेश भाग्नु ठिक हो त
पटक्कै होइन, खेलविज्ञ सञ्जीव मिश्र भन्छन्, लामो समयको लगानीपछि बल्ल एउटा राम्रो खेलाडी उत्पादन हुन्छ। त्यही खेलाडी देशका लागि खेल्नुपर्ने बेला विदेश पलायन भएपछि खेलकुदले ठूलो घाटा बेहोर्नुपर्छ। देशको इज्जत बढाउने क्षेत्र अन्तर्राष्ट्रिय बदनामीको कारण बन्छ।
यो समस्या सुल्झाउन खेलकुदमा राजनीतिक चलखेल बन्द गरेर यसलाई व्यावसायिक बनाउनुपर्ने र खेलेरै जीवन धान्ने वातावरण तयार पार्नुपर्ने मिश्रको सुझाव छ। ुसरकार चलाउने नेताले देशमा सुरक्षित भविष्य नदेखेर विदेशमा लगानी गर्छन्। छोराछोरी विदेश पठाउँछन्। डाक्टर, इन्जिनियर र उच्च ओहोदाका कर्मचारीलाई विदेशले नै तानेको छ। यस्तोमा खेलाडी भागे भनेर कोकोहोलो मच्चाउनु पर्दैन। बरु खेलाडी भाग्नुपर्ने अवस्थाबाट खेलकुदलाई मुक्त पार्नतिर लाग्नुपर्छ, उनले भने।
संघहरू व्यावसायिक बनाउने र कम्तीमा राष्ट्रको प्रतिनिधित्व गर्ने अवस्थामा कुनै पनि खेलाडी पुग्दासम्म उसको प्राविधिकमात्र नभई आर्थिक, सामाजिक, शैक्षिक तथा सबै पक्ष सुधार गर्दै लाने नीति लिनुपर्ने उनी बताउँछन्।
राजनीतिक दल, सरकार तथा खेलकुदकै नियमनकारी निकायहरू सस्तो लोकप्रियताको पछि दौडिएर वास्तविक विकासमा नलागेका कारण यस्तो अवस्था आएको उनको भनाइ छ।
राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र धेरैजसो राष्ट्रिय संघमा कसरी खेलकुद अघि बढाउनुपर्छ भन्ने सामान्य ज्ञानसमेत नभएका मानिस छन्, मिश्रले भने, तिनैले सरकार र राजनीतिक दललाई प्रभाव पारिरहेका छन्। कुनै पनि खेललाई व्यावसायिक रूपमा अघि बढाउन पहिला प्राविधिक जनशक्ति र प्रशासकहरूलाई तालिमको खाँचो छ। ( नागरिक दैनिकबाट
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बिदाको अबसर पारेर सरसफाईमा जुटे कोरियामा रहेका झापालीहरु
कन्काई साँगितिक सैागातको आय ब्याय सार्बजनिक
" हिमचुलीमा " बोलको गीतको भिडियो कान्तिपुर गोल्ड टेलिभिजन मार्फत केही दिन अघि सार्वजनिक
वुमन फर वुमनले सेप्टेम्बर ४ मा तीज मनाउने
रामचन्द्र बचाऊ अभियानको लागि कोरियाबाट उठाइएको रकम आपतकालिन राहत कोषमा राखिने(संस्थाको प्रेस बिज्ञप्ति सहित)
कोरियाको प्रसिद् गुम्बामा कन्काई सांगितिक सैागातको पोस्टर सार्बजनिक हुंदै
जुलाई ३१ म्याग्दी रनिङ् कपमा (के एम ई रेमिट) नेपाल इन्भेष्टमेन्ट बैंक को खाता खोल्न सकिने ।
दक्षिण कोरियामा रहेका झापालीहरु (कन्काई साङ्गितिक सैागात) को तयारिमा जुटदै
कोरियाको महान चाड चुसकमा झापा मिलन समाजले बुहत सांस्कृतिक कार्यक्रम गर्ने
भिमा कुमारी बचाउ अभियान कोरियामा संकलित झण्डै साढे अडचालीस लाख वोन आजै जापान पठाइयो, सहयोगी हातप्रती बिरामी भिमाद्धारा आभार प्रकट
नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
कोरिया भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
NCC ले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्ने
कोरियन क्रीकेट एसोसिएसन च्याम्पियनसिप कपमा नेपाली क्रीकेट टोली सहभागि हुने
नेपाल कोरिया न्युजको ब्याडमिन्टन प्रतियोगिता जुन १९ तारिख हुने
कुक्मिन बैंकबाट बिना खाता सरल र सहज रेमिट सेवा सुरु :
घुम्ती ऎना ( कन्भेक्स मिरर ) उदघाटन तथा हस्तान्तरण
नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङको सडक दुर्घटनामा मृत्यु
कोरियाली भाषा परीक्षाका आवेदन केन्द्र तोकिए
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork