?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपालका तस्करले बेचे, मलेसियाका भगवानले बचाए
  
 
भनिन्छ अपराधको कुनै देश वा सीमाना हुँदैन । तर, प्रेम र मानवताको पनि कुनै सीमाना हुँदैन रहेछ भन्ने कुरा उदयपुरको बसाहा गाविस वडा नं २ का विलास राईले मलेसिया पसेको २० महिनापछि अनुभूति गरेका छन् ।
मेनपावर खोलेर बसेका आफ्नै नेपाली मानव तस्कर एवं दलालबाट ठगिएर मलेसियामा अलपत्र परेका राईले यतिबेला भगवानको जस्तो प्रेम र माया भएको मलेसियन नभेटेको भए उनी यतिबेला यो धर्ती छाडेर स्वर्गमा पुगिसकेका हुने थिए । तर, उनले यतिबेला पुनर्जीवन पाएजस्तै भएको छ ।
मलेसिया आउँदा विलास राईको एउटा सपना थियो, आफु विदेश आए पनि सन्ततीहरुलाई विदेशमा कामका लागि नपठाउने । तर, श्रीमतीलाई मलेसिया बोलाएलगत्तै उनले झण्डै संसारै छाड्नुपर्‍यो ।
जेठो छोरो भएकाले नेपालमा परिवार सम्हाल्ने जिम्मेवारी पनि उनैको छ । भाइहरु सानै छन् । उनीहरुलाई हेर्नु छ । बुबाआमा र हुर्कंदै गरेको पाँच वर्षको छोरो र तीन वर्षकी छोरीको पनि जिम्मेवारी उनैको काँधमा छ ।
यताउति ऋण गरेर विलासले नेपालमा रहेको मेनपावरलाई १ लाख ४० हजार बुझाए । मीठो सपना बुनेर उनी मलेसिया त आइपुगे, तर मेन पावरले भनेको कम्पनी नै रहेन छ यहाँ । झुटो कागजपत्र बनाएर उनलाई फसाइएको रहेछ ।
एजेण्टका भरमा उनी मलेसियाको मलक्का भन्ने ठाउँमा पुगे । १५ दिन कोठामा राखे पनि एजेण्टले काम दिलाउन सकेन । त्यहाँबाट सारेर उनलाई सुवाङको फर्निचर कम्पनीमा पुर्‍याइयो ।
त्यहाँ एक महिना काम गरेपछि एजेण्टले पोटकेलाङको वेष्टपोट भन्ने ठाउँमा पुर्‍यायो । काम यति गाह्रो थियो कि ठूला ठूला टायरहरुलाई कण्टेनरमा लोड अनलोड गर्नुपर्ने ।
काम कठिन भए पनि पैसा राम्रो भए त चित्त वुझाउन हुन्थ्यो । तर, खान पनि नपुग्ने भए पनि काम नै छाडेर अवैधानिक भएर काम गर्नुपर्ने भयो ।
अवैधानिक भएरै विलासले बातुकेभको श्रीतना मार्केटमा काम गर्न थाले । त्यहाँ केही महिना काम गरेपछि गाउँकै साथीभाइहरुसँग सम्पर्क भयो । त्यहाँबाट उनलाई गाउँलेहरुले केलाङको दाना कम्पनीमा पुर्‍याए ।
साथीभाइसँग काम गर्दा उनलाई केही रमाइलो भयो । कमाइ पनि रामै्र थियो । यही कम्पनीवाट काम गरेर उनले दुई लाख रुपैयाँ घरमा पठाए । त्यसपछि
उनले श्रीमतीलाई पनि नेपालबाट पाँच महिना अघि मलेसिया झिकाए । उनकी पत्नी तीन वर्षको बच्चा छाडेर मलेसिया पसिन् । विलासले दाना कम्पनीमा काम गर्थे भने श्रीमती निलाईको वन्दरबारुमा रहेको टप ग्लोव कम्पनीमा काम गर्थिन् । दुबैले कमाई गर्न थालेपछि घरपरिवार पनि केही राम्रो बन्न थालेको थियो । तर, दैव लागेपछि कसैको पनि केही नलाग्दो रहेछ । जुन ४ तारिखका दिन विलासलाई दैव लाग्यो ।
विलास कम्पनीमा काम गरिरहेका थिए । काम पनि सजिलै थियो । बाहिर बजारमा बिक्री नभएका पाउरोटी दाना कम्पनीमा आउँथ्योे । त्यसलाई दाना बनाउनुपर्ने काम थियो । मेसिनको छेवैमा बसेर घान लगाउनुपथ्र्याे । कोदालो या भनौं हाते दाँतीजस्तोले घान लगाउनु पथ्र्याे, जुन काम उनले एक वर्षदेखि गर्दै आइरहेका थिए ।
त्यो दिन पनि उनी सोही काम गरिरहेका थिए । समय त्यस्तै साझँको ६ साढे ६ बजेको हुँदो अचानक उनको देब्रे खुट्टा चिप्लीएर घान लगाउने ठाउँमा पुग्यो । मेशिनले उनको दाहिने खुट्टा छियाछिया बनायो । उनी चिच्याए । त्यतिबेलासम्म दाहिने खुट्टा मेसिनभित्र पुगिसकेको थियो ।
बल्लतल्ल साथीभाइले थाहा पाएर मेशिन रोकिदिए ।उनलाई सवै मिलेर वाहिर निकाले । दुर्घटना भएको ठाउँमा रगतको आहल भएको थियो । करीब करीब एकघण्टाको अवधिमा उनलाई केलाङ अस्पताल पुर्‍याइयो । शरीरको रगत लगभग सकिइसकेको थियो ।
उपचार शुरु भयो । करीव २६ पोका रगत दिइयो । अझ पनि उनको होस भने जस्ताको त्यस्तै थियो । अस्पतालमा उपचार पश्चात उनको देब्रे खुट्टो तिघ्रा भन्दा माथिबाट काटियो । दाहिने खुट्टा लाई स्टिल हालेर काम चलाउ गर्न मिल्ने बनाउने प्रयास गरियो ।
अस्पतालमा उनलाई एकजना नर्सले घाइते अवस्थाको फोटो देखाउँदा उनी निकैबेर रोएका थिए ।
विलासलाई त्यतिबेला बाँच्छुजस्तो लागेको थिएन । तर, अब भने उनले हिम्मत जुटाएका छन् । अस्पतालमा वस्दा आफुभन्दा अझै पीडा बोकेका नेपालीहरुसँग भेट भएपछि उनलाई केही हौसला मिलेको छ । मलेसियामा बसेर टुटेका सपनालाई साकार बनाउने प्रण गर्दैछन् उनी । उनी भन्छन्- साथ दिनुहोस्, म केही गर्न चाहान्छु ।
पतिको यस्तो खबर सुनेपछि मलेसियामै रहेकी श्रीमती मुर्छित भइन् । साथीहरुले अस्पताल पुर्‍याउँदा उनलाई सम्हाल्न निकै गाह्रो भो । यतिबेला उनी आफु आएको कम्पनीको काम छाडेर श्रीमानको हेरचाह गरेर बसिरहेकी छिन् ।
विलास राई तीन महिनाको अस्पतालको उपचार पछाडि सेक्टेम्वर ७ तारिखका दिन कम्पनीको होस्टलमा फर्किएका छन ।
भगवान जस्तै मालिक
यतिबेला उनलाई आफुले काम गरेको कम्पनीका मालिक भगवानजस्तै भएका छन् । अस्पतालमा लागेको सबै खर्च कम्पनी मालिकले व्यहोरेका छन् । पहिलो दिनमा मात्रै अस्पतालमा भर्ना हुँदा २० हजार रिंगेट डिपोजिट गरेको उनी बताउछन् । करीब-करीब ७० लाख रुपैयाँ जति कम्पनी मालिकले अस्पतालमा तिरिसकेको विलास बताउँछन् ।
मीठो सपना बुनेर उनी मलेसिया त आइपुगे, तर मेन पावरले भनेको कम्पनी नै रहेन छ यहाँ । झुटो कागजपत्र बनाएर फसाइएको रहेछ । तिमीले हाम्रो कम्पनीमा निकै मेहनत र इमानदारपूर्वक काम गरेका थियौ । तिमीहरुले काम गरेर नै हामी यो स्थानमा आएका हौं । म पनि मानव हुँ, तिमीलाई जति खर्च लाग्छ, म गर्न तयार छु । कम्पनी मालिकले यस्तै भन्ने गरेको विलास बताउँछन् ।
सहयोगको खाँचो
अस्पतालबाट फर्केर आइतबारदेखि विलास आफ्नो होस्टलमा बसिरहेका छन् । यतिबेला भने उनलाई सहयोगको खाँचो परिरहेको छ । मलाई सहयोगको खाँचो छ उनले अनलाइनखबरसँग भने- म त अवैधानिक भएँ भएँ श्रीमतीलाई अवैधानिक कामदार बनाउन चाहदिँन । उनी मलाई स्याहार-सुसार गर्दा वैधानिक भएरै गरुन् उनको पासपोर्ट टप ग्लोबबाट झिकाउन मिल्दैन र ?
प्रधानमन्त्री सुशील कोइराला क्यान्सरको उपचारका लागि न्युयोर्क धाउँदैछन् । राष्ट्रपति रामवरण यादवले १० जनाको जापानमा गएर पेटको सामान्य परीक्षण गर्दा ६० लाख सकियो । केपी ओलीदेखि भ्रष्टाचारमा मुछिएका गोविन्दराज जोशीले राष्ट्रको ढुकुटीबाट लाखौं रुपैयाँ उपचार खर्च लिए ।
तर, नेपाली जनताको नियति विलास राईको जस्तै छ । कति नेपालीहरु मलेसियाको अस्स्पतालमा र होस्टेलमा छटपटाइरहेका छन् । कैंयौं कफनहरु त्रिभुवन विमानस्थल उत्रिइरहेका छन् ।onlinekhabar
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
कोरियाका ६ वटा विश्वविद्यालयहरु उत्कृष्ट
उपचारका क्रममा एमाओवादी नेता बोगटीको निधन
नेपालका तस्करले बेचे, मलेसियाका भगवानले बचाए
इस्लामिक स्टेटविरुद्ध विश्व शक्तिराष्ट्र
संस्था परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
चिट्ठा कार्यक्रम सम्पन्न
इस्लामिक स्टेट विद्रोही लडाकुहरुलाई हराएरै छोड्ने ओबामाकाे घोषणा
दुई दिन नेपालभारत सिमा बन्द
छोरी जन्माएको कारण ३ वर्षसम्म शौचालयमा थुनिइन् महिला -
गोरखा परिवारको अध्यक्षमा राजेन्द्र श्रेष्ठ
श्रीमानको मृत्युको पीडाले श्रीमतीले गरिन् आत्महत्या
अदालतको अपहेलनासम्बन्धी विधेयकमा पहिलोपटक जनमत सभाध्यक्ष नेम्बाङ
अञ्जु पन्तको अडानभन्दा कम छैन पुरोहितको आचार संहिता
विश्वका दुई तिहाइ बालबालिकामाथि अभिभावक एवं संरक्षकहरुबाटै शारीरिक हिंसाको हुने
नायिका स्वेता खड्कालाई खुल्ला पत्र
इराकमा आइएसविरुद्ध अमेरिकी हवाई कारबाही
ताज लिएर सुन्दरी फारार
मलेसियाबाट मनकुमार क्यान्सर लिएर फर्किए
कोलम्बो प्रोसेससम्बन्धी परामर्श बैठक सम्पन्न
कोरियन भाषा परिक्षाकालागि यस वर्ष ६० हजार फर्म भरिने
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork