?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मलेसियाबाट मनकुमार क्यान्सर लिएर फर्किए
   ज्ञानेन्द्र खड्का
 
उमेरले भर्खरै २५ टेकेका मनकुमार राई प्रेम विवाह गरेर भित्र्याएकी पत्नी, बाबुआमा र दाजुभाइलाई छाडेर पैसा कमाउन मलेसिया गएका थिए । तर, उनी यतिबेला क्यान्सर बोकेर स्वदेश फर्किएका छन् । भोजपुरको याकु गाविस-४ का मनकुमार राई देशमा रोजगारी नपाएपछि साथीहरुसँगै ठूलो जहाज चढेर मलेसिया भासिएका थिए । राम्रै कमाइ हुने आशमा उनी मलेसिया पुगे । तर, सबै कुरा सोचेजस्तो कहाँ हुन्छ र ? गतिलो कमाइ हुने आशमा विदेश गएका मनकुमारलाई पहिलो गाँसमै ढुंगा लाग्यो । मासिक ३० हजार कमाइ हुने आशमा मलेसिया पुगेका उनले मुस्किलले मासिक २० हजार मात्रै कमाउन सके । फलामको काँटी बनाउने कम्पनीमा रात दिन घोटिँदा पनि घर खर्च पठाउन धौधौ परेपछि उनी सो कम्पनीबाट भागे । कम्पनीबाट भागेर अवैधानिक बनेका उनका दुःखका दिन परदेशमै शुरु भए । पहिलो कम्पनीमा काम गर्दा नियमित खानपानको अभावमा उनको पेट दुख्न थालेको थियो । सुरक्षागार्डका रुपमा नयाँ काम थालेपछि उनले कमाइ त राम्रै गरे तर, उनको पेटको व्यथा बढ्दै गयो । पैसा कमाएर परिवारलाई सुख दिने सपनामा पेटको व्यथा तगारो बन्यो ।
एन्टिबायोटिक खाँदै दुई वर्ष बिताएर मनकुमार गत फागुनमा घर फर्के । परदेश जाँदा जाँदा ६० किलो तौलका हट्टा-कट्टा उनी घर र्फकँदा तौल घटेर ४० किलोमा झर्दा ढोडजस्तै दुब्लो भए । घरबाट हाँसिखुसी विदा भएका पतिको अवस्था देखेर पत्नी दिलकुमारी र बाबुआमा विक्षिप्त भए । परदेशबाट सम्पत्ति कमाएर आउँछु भन्नुभएको थियो, दिलकुमारीले भनिन्, घर फर्किँदा उहाँको अवस्था देखेर रुवाबासी नै चल्यो । मलेसियाबाट क्यान्सर पनि आयो मलेसियामा रातदिन खटिँदा उपचार गर्न नपाएका मनकुमार फागुनमा घर आएपछि उनको अवस्था विरक्त लाग्दो थियो । हात खुट्टा सुकेर सुकेनास लागेजस्ता थिए, अनुहारको चमक फुङ्ग उडेको थियो । झट्ट हेर्दा उनी ६० वर्षका वृद्धजस्ता देखिन्थे । घरबाट साँचेर लगेका उनका सबै सपना परदेशले लुटेको थियो । भनिन्छ, सास हुञ्जेल आश हुन्छ । त्यही आश संगालेकी दिलकुमारीले पतिलाई उपचारका लागि बिराटनगर पुर्‍याइन् ।
बिराटनरका दुईवटा अस्पतालमा जँचाएपछि मनकुमार र दिलकुमारीको जीवनमा भुइँचालो आयो । पेट दुखेर सिन्को बनेका पतिको पेट जचाँएपछि डाक्टरले क्यान्सर लाग्यो भने, दिलकुमारीले सुनाइन्, गरिबलाई नै दैवले पनि ठग्दा रहेछन्, पैसा कमाउन जानुभएका उहाँलाई क्यान्सर लागेको सुन्दा संसारै सकिएजस्तो भयो । उपचारमा सकियो चार लाख मलेसियाले उपहार दिएको क्यान्सरले गरीखाने छोरो ढलेपछि राई परिवार विलखबन्दमा छ । लाऊँलाऊँ र खाउmखाऊँको उमेरमा मनकुमार अहिले चितवनस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत छन् । क्यान्सरले थला परेपछि मनकुमार ओइल्याएको सागजस्तै भएका छन् ।
न राम्ररी बोल्न सक्छन्, न त हिँड्डुल गर्न नै । पेटमा खाना जाने बाटैमा क्यान्सरले गाँजेपछि पेटमा पाइप लगाइएको छ । ठोस कुरा खान नसक्ने उनलाई पत्नी दिलकुमारीले झोल पदार्थ पाइपबाट खुवाउँछिन् । भर्खरै गरेको घरबार हराबरा बनाउने सपना साँचेकी थिएँ, दिलकुमारीले भनिन्, पति थला परेपछि मनले शान्ति पाएको छैन, पतिलाई बचाउन सके भाग्यमानी हुन्थेँ । राई परिवारले माहिलो छोराको उपचारका लागि ४ लाख रुपैयाँ सकिसकेको छ । सम्पत्तिका नाममा दुई फोक्टा बारी र झुप्रो घर रहेका उनले मलेसियाबाट ल्याएको पैसा र गाउँमा ऋण गरेर उपचार गरिरहेका छन् । म गरिबसँग केही पनि छैन, कमाएर ल्याएको पनि सकिसकें, मनकुमार सुनाउँछन्, अब अरुले सहयोग दिए भने ज्यान बाँच्ने आश छ, मलाई धेरै बाँच्ने मन छ । जुट्दैछन् मनकारी हात मनकुमार क्यान्सरले थला परेपछि उनका छिमेकी साहित्यका शशी लुमुम्बुले उपचार खर्च जुटाइरहेका छन् ।
बैशाखबाट वीपी कोइराला क्यान्सर अस्पताल चितवनमा उपचाररत मनकुमारका लागि देश विदेशबाट सहयोग जुटिरहेको छ । साहित्यकार लुमुम्बुका अनुसार तेस्रो चरणको किमोथेरापी गरिरहेका मनकुमारलाई बचाउन करिब ५ लाख रुपैयाँ जुटिसकेको छ ।
सोमबारमात्रै भोजपुर सेवा समाज हङकङको तर्फबाट मनकुमारलाई बचाउन समाजका सचिव इन्द्र श्रेष्ठले हस्तान्तरण गरे । मनकुमारलाई बचाउन हङकङ, बेलायत, साउदी अरब र अन्य देशमा रोजगारीमा रहेका नेपालीले सहयोग गरिरहेका छन् । उनको उपचारमा करिब ७ लाख रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएका छन् । विदेशमा लागेको क्यान्सर देशकै दाजुभाइको सहयोगले निको हुने आश बढेको छ, मनकुमारले अस्पतालको बेडबाट भने, यत्रा सहयोगी हातको साथ पाएकाले बाँच्ने आश बढेको छ, रोग निको भयो भने देशका लागि केही गर्छु । साभार:onlinekhabar
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
कोरियाका ६ वटा विश्वविद्यालयहरु उत्कृष्ट
उपचारका क्रममा एमाओवादी नेता बोगटीको निधन
नेपालका तस्करले बेचे, मलेसियाका भगवानले बचाए
इस्लामिक स्टेटविरुद्ध विश्व शक्तिराष्ट्र
संस्था परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
चिट्ठा कार्यक्रम सम्पन्न
इस्लामिक स्टेट विद्रोही लडाकुहरुलाई हराएरै छोड्ने ओबामाकाे घोषणा
दुई दिन नेपालभारत सिमा बन्द
छोरी जन्माएको कारण ३ वर्षसम्म शौचालयमा थुनिइन् महिला -
गोरखा परिवारको अध्यक्षमा राजेन्द्र श्रेष्ठ
श्रीमानको मृत्युको पीडाले श्रीमतीले गरिन् आत्महत्या
अदालतको अपहेलनासम्बन्धी विधेयकमा पहिलोपटक जनमत सभाध्यक्ष नेम्बाङ
अञ्जु पन्तको अडानभन्दा कम छैन पुरोहितको आचार संहिता
विश्वका दुई तिहाइ बालबालिकामाथि अभिभावक एवं संरक्षकहरुबाटै शारीरिक हिंसाको हुने
नायिका स्वेता खड्कालाई खुल्ला पत्र
इराकमा आइएसविरुद्ध अमेरिकी हवाई कारबाही
ताज लिएर सुन्दरी फारार
मलेसियाबाट मनकुमार क्यान्सर लिएर फर्किए
कोलम्बो प्रोसेससम्बन्धी परामर्श बैठक सम्पन्न
कोरियन भाषा परिक्षाकालागि यस वर्ष ६० हजार फर्म भरिने
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork