?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
  
 
द्वन्द्वग्रस्त उत्तरअफ्रिकी मुलुक लिबियामा कार्यरत करिव दुई सय नेपालीले आफूहरुलाई तत्काल उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । अवैधरुपमा उनीहरु त्यहाँ पुगेको भन्दै बैदेशिक रोजगार प्रर्वद्धन बोर्डले उद्धारमा खर्च गर्न अस्वीकार गरेको छ ।
लिबियाको सिर्त शहरस्थित एक कोयरियन कम्पनीमा कार्यरत १२६ जना नेपाली कामदार यतिखेर उद्धारको पर्खाइमा होस्टलमा बसिरहेका छन् । द्वन्द्व चर्किदै जाँदा कोरियन कम्पनी भागेपछि आफुहरु अलपत्र परेको त्यहाँ रहेका बिष्णु तामाङले बताए ।
आइतबारसम्म होस्टल छाड्न भनिएको छ तर, अहिलेसम्म पनि कसरी फर्किने भन्ने टुंगो छैन तामाङले बिहीबार साँझ अनलाइनखबरसँग टेलिफोनमा भने । उद्धारका लागि इजिप्टस्थित नेपाली राजदूतावासमा निरन्तर दबाव दिए पनि अहिलेसम्म ठोस जवाफ नआएको उनले बताए ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्रिपोली बाहिरका शहरहरुबाट उद्धारको माग गर्दै नेपालीहरुले कायरोस्थित दूतावासमा सम्पर्क गरिरहेका छन् । अहिलेसम्म करिव २ सय नेपालीले दूतावासमा सम्र्पक गरी उद्धारको अनुरोध गरेको भन्दै कायरोस्थित दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
लिविया अन्तराष्ट्रिय हवाइ सम्बन्धबाट विच्छेद भएकाले अब उनीहरु छिमेकी मुलुक ट्युनिसिया हुँदै नेपाल र्फकनुपर्ने हुन्छ । कामदारलाई सुरक्षितरुपमा ट्युनिसिया पुर्‍याउन नेपाल र लिबिया सरकारले सुरक्षालगायतका प्रबन्ध गरिदिनुपर्ने हुन्छ, जुन कायरोस्थित नेपाली राजदूतावासको संलग्नताविना सम्भव छैन ।
बिद्रोहीको भिषण आक्रमणसँगै लिबियामा कार्यरत विदेशी कम्पनीहरु धमाधम बन्द भइरहेका छन् ।
अन्तराष्ट्रिय हवाइ उडानसमेत बन्द भएका छन् भने छिमेकी भारतसहित बिभिन्न मुलुकले त्यहाँ कार्यरत आफ्ना कामदारलाई उद्धार गरिरहेका छन् ।
लिबियाबाट नेपाल र्फकन चाहने नेपालीको संख्या यकिन गरी पठाउन कायरोस्थित दूतावासलाई निर्देशन दिइसकिएको परराष्ट्र प्रवक्ता खगनाथ अधिकारीले बताए । उनीहरुलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा छलफल गर्दैछौं अधिकारीले भने ।
बोर्डले भन्यो- पैसा खर्च गर्न सकिन्न
कायरोस्थित नेपाली दूतावासले लिबियामा अलपत्र परेका दुई सय नेपालीलाई उद्धारका लागि सहयोग गर्न नेपाल बैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई आग्रह गरे पनि बोर्डले इन्कार गरेको छ ।
हवाइ टिकट दिएर उद्धार गर्न करिव डेढ करोड रुपैयाँ खर्च हुनसक्ने हिसाबसमेत दूतावासले बोर्डमा पठाएको थियो । तर, बोर्डले गैरकानुनीरुपमा गएका नेपाली कामदारलाई उद्धार गर्न यति ठूलो रकम खर्च गर्न नसकिने जवाफ दिएको छ ।
विदेश जाने हरेक कामदारले तिर्ने १ हजार रुपैयाँ प्रर्वद्धन शुल्कवापत अहिले बोर्डमा करिव ४० करोड रुपैयाँभन्दा बढी पैसा छ । जसको उपयोग विदेशमा मृत्यु भएका र अंगभंग भएका नेपाली कामदारको परिवारलाई क्षतिपूर्ति दिन खर्च हुँदै आएको छ ।
आफ्नै खर्चमा फर्किनेलाई सहजीकरण गरिने
एकैचोटि उद्धार गर्दा ठूलो रकम खर्च हुने र बोर्डले पैसा खर्च गर्न नसक्ने जवाफ दिएपछि परराष्ट्र मन्त्रालयले यतिखेर आफ्नै पैसामा र्फकन सक्नेलाई फर्काउने नीति लिएको छ । कोरियन कम्पनीमा काम गरेका अधिकांशले तलव पाएको हुनाले उनीहरु नेपाल र्फकन टिकट किन्न सक्ने अवस्थामा छन् । उनीहरुलाई सुरक्षित रुपमा कसरी ट्युनिसियासम्म ल्याउने भन्नेबारे लिबिया सरकारसँग कुरा भइरहेको छ परराष्ट्र स्रोतले भन्यो ।
आफैंले टिकट किन्न सक्नेलाई अहिले पनि कायरो दूतावासले सहजीकरण गर्दै ट्युनिसिया ल्याइरहेको छ परराष्ट्र स्रोतले भन्यो-एकैचोटि ल्याउन खर्चको प्रबन्ध मिलाउन गाह्रो भएपछि उनीहरुकै पैसामा सानो सानो समूहलाई फर्काइरहेका छौं ।
कसरी पुगे लिबिया ?
गृहयुद्ध सुरु भएपछि सन् २०१२ मा त्यहाँ कार्यरत करिव २ हजार नेपाली कामदारलाई नेपाल सरकारले खर्च ब्यहोरेर उद्धार गरेको थियो । लिबिया गृहयुद्धमा फस्दै गएपछि सरकारले त्यहाँ नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । तर, प्रतिबन्ध लाग्दालाग्दै पनि गद्दाफी शासनको पतनपछि नेपाली कामदारहरु भारत र खाडी मुलुकको बाटो हुँदै लिबिया पुगेका हुन् ।
कतिपय त दुई तीन महिना पहिले पनि त्यहाँ पुगेका भेटिएका छन् परराष्ट्र स्रोतले भन्यो- नेपालबाट भारतको बाटो हुँदै गएका धेरै छन् भने दुबई, कतारलगायतका मुलुकमा कार्यरत नेपालीहरु बढी पैसाको लोभमा त्यहाँ गएका रहेछन् ।
दलालमार्फत् सेटिङ मिलाएर जाने यस्ता नेपालीले करिव ३ लाख रुपैयाँ खर्च गरेका हुन्छन् । अदक्ष कामदारले पनि औसत ४ सय अमेरिकी डलर तलव पाउने भएपछि खाडीमा काम गरिरहेका नेपाली कामदारहरु त्यहाँ जान लोभिने गरेका थिए ।
लिबियामा करिव ५ सय नेपाली कामदार अवैधरुपमा कार्यरत रहेको अनुमान गरिएको छ । जसमध्ये केही पछिल्लो संर्घष सुरु हुँदाहुँदै नेपाल फर्किइसकेका छन् ।
सिरियामा पनि नेपाली कामदार
दुई वर्षदेखि गृहयुद्धमा फसेको सिरियामा पनि नेपाली कामदार कार्यरत रहेको पाइएको छ । कायरोस्थित दूतावासमा अहिलेसम्म करिव १२ जना नेपाली महिला कामदारले सम्र्पक गरी उद्धारका लागि आग्रह गरेका छन् ।
त्यसमध्ये ६ जनालाई नेपाल फर्काइसकिएको छ भने अन्य फर्किने क्रममा छन् ।
एउटै प्याकेज बनाउँदै छौं- प्रवक्ता
परराष्ट्र मन्त्रालयका प्रवक्ता अधिकारीले लिबिया, सिरिया र इराकमा कार्यरत नेपाली कामदारको उद्धारका लागि प्याकेजमै समाधान खोजी भइरहेको बताए । इराकमा पनि सरकारका विशेष प्रतिनिधि गएका छन्, उनले प्रतिबेदन दिएपछि हामी एकीकृत समाधानको प्रकृयामा लाग्नेछौं अधिकारीले भने ।
इराकमा द्वन्द्व चर्किदै गएपछि त्यहाँका नेपाली कामदारको अवस्थाबारे जानकारी लिन परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई विशेष प्रतिनिधिका रुपमा इराक पठाइएको छ । हाल इराकमा रहेका मैनालीले केही दिनमै नेपाल फर्किएर मन्त्रालयसमक्ष प्रतिवेदन बुझाउने छन् । साभार:onlinekhabar
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork