?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

हेपाटाइटिस बी : कलेजोको समस्याबारे जानिराखौं
   डा. अनन्त श्रेष्ठ
 
सन् १९६७ मनोवैज्ञानिक ब्लुम्बर्गले हेपाटाइटिस बी को जीवाणु पत्ता लगाएका थिए । यसै शोधकार्यको कारण उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरे । विश्वभर नै हेपाटाइटिस बी कलेजोको सिरोसिस र क्यान्सरको प्रमुख कारक भएको तथ्य स्थापित भयो ।आज विश्वभर वर्षेनी हजारौंको संख्यामा हेपाटाइटिस बी सम्बन्धी शोधकार्यहरु प्रकाशित हुने गर्छ र विगतको चालीस वर्षमा हामीले हेपाटाइटिस बीसम्बन्धी धेरै ज्ञान हासिल गरिसक्यौं
हेपाटाइटिस बीबाट सबैभन्दा बढी प्रभावित ताइवान र चीनजस्ता राष्ट्रमा जनचेतना, सफल खोप कार्यक्रम र समयमा नहुने उपचारका कारण यसबाट संक्रमित हुनेहरुको संख्यामा धेरै ह्रास आएको देखिन्छ । यसैकारण कलेजोको क्यान्सरमा पनि कमी आएको छ ।नेपालमा पनि कलेजोको क्यान्सरको प्रमुख कारण हेपाटाइटिस बी नै हो । यहाँ करिब साढे दुई लाख मानिसहरु हेपाटाइटिस बीबाट दीर्घकालीन रुपमा संक्रमित छन् । यो संख्या बढ्न नदिन र कलेजोको सिरोसिस र क्यान्सरको रोकथाम गर्नका निम्ति नेपालमा हेपाटाइटिस बी विरुद्ध अझै लामो र कठिन युद्ध लड्नुपर्ने देखिन्छ ।
हेपाटाइटिस बीलाई पाखा लगाउन चिकित्सा पद्दतिको मात्र विकास भएर हुँदैन, समाजमा रहेका हरेक आम नागरिकको पनि उत्तिकै भुमिका हुन्छ । यसकार्यमा सबैभन्दा ठूलो बाधा भनेको समाजले हेर्ने दृष्टिकोण र यस सम्बन्धी जनचेतनाको अभाव नै हो । हाम्रो समाजमा यो रोगले विकराल रुप लिन थालिसकेको छ । तर, यस संक्रमणबारे सही ज्ञान र चेतनाको अभाव देखिन्छ । लक्षण केही देखानपर्ने हुनाले संक्रमित व्यक्तिलाई पनि आफूमा हेपाटाइटिस बी भएको बारेमा थाहा हुँदैन । कुनै कारणवस रगत परीक्षणबाट यो संक्रमण देखिएको खण्डमा समाजबाट तिरस्कृत हुने डरले पीडित आफ्नो रोग लुकाउन बाध्य हुन्छन् । यहाँ सम्बन्धित विशेषज्ञसम्म पुग्न नपाउनेहरुको संख्या पनि धेरै छ ।>br> हेपाटाइटिस बी शतप्रतिशत निको पार्ने विज्ञापन दिएर लामो समयसम्म बेकारका महंगा औषधि बेच्ने ठगहरुको जमात पनि सक्रिय छ । यस्तो सञ्जालमा परेर ठगिनेहरुको पनि कमी छैन । एक्काइसौं शताब्दीमा पनि यस रोगका बारेमा सही सूचना भन्दा बढी गलत हल्लाकोे शिकार हुनु दुर्भाग्य हो । त्यसैले हामी सबैले हेपाटाइटिस बीका बारेमा एकपटक सोच्नुपर्ने देखिन्छ । आज विश्व हेपाटाइटिस दिवस संसारभर यही नारा छ, हेपाटाइटिस फेरि एक पटक सोचौं । यसलाई बुझौं र यस रोगबारे सही प्रकारले सुचित होऔं ।>br> हेपाटाइटिस बी सरुवा रोग हो । तर, हात मिलाएर, अंकमाल गरेर, जूठो खाएर यो रोग सर्दैन । समाजमा र कार्यस्थलमा हुने अन्तरक्रियाबाट यो रोग एक व्यक्तिबाट अर्कोमा सर्दैन । तसर्थ, हेपाटाइटिस बी भएका व्यक्तिलाई पक्षपातपूर्ण व्यवहार गर्नु अमानवीय काम हो । अझै पनि हेपाटाइटिस बी यौन रोग हो र यो रोग सबैलाई यौन क्रियाकलापबाट सर्ने गर्छ भन्ने धारणासमेत देखिन्छ । तर, वास्तविकता त्यो होइन ।
नेपालमा भएका अनुसन्धानबाट देखिन्छ कि प्रायःजसो यो रोग ६ वर्ष देखि १५ वर्षको उमेरमा (स्कुल जाने उमेर) मा लाग्ने गर्दछ । संगै खेल्दा, घाउ चोट लाग्दा बालबालिकाहरु बीच एकआपसमा यो रोग सर्ने गरेको तथ्यांकले बताउँछ । त्यसै गरी, हेपाटाइटिस बी लागेको व्यक्तिका दाजुभाइ, दिदी बहिनीमा पनि यो रोग देखिने गरेको छ । तर, एक जनालाई लागेको खण्डमा श्रीमान-श्रीमतीमा भने यो रोग सरेको देखिँदैन ।
तसर्थ, नेपालको सन्दर्भमा यो रोगलाई यौन रोगको रुपमा हेर्न उचित देखिँदैन । यसबारे हामी सबैले फेरी सोच्न र आफ्नो दृष्टिकोण परिवर्तन गर्न जरुरी छ । हेपाटाइटिस बी लागेको धेरैजसो व्यक्तिमा कुनै लक्षण देखिँदैन । कसलाई यो रोग छ वा कसलाई छैन भने परीक्षण नगरी थाहा पाउन संभव छैन । प्रायः विदेश जाने क्रममा वा शल्यक्रिया गर्न अगाडि रगतको परीक्षण गर्दा वा रक्तदान गर्ने क्रममा यो रोग देखिने गरेको पाइन्छ ।
शुरुको अवस्थामा कुनै संकेत नदेखाए पनि, हेपाटाइटिस बीले धमिराले काठ खाए झैं बिस्तारै बिस्तारै कलेजोलाई बिगार्दै लान्छ । लामो समयसम्म यो जीवाणु सक्रिय रहेर कलेजोलाई क्षति गर्दै गरेमा कलेजो कडा हुने (सिरोसिस) र कलेजो को क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले, कुनै लक्षण नभए पनि आफूलाई हेपाटाइटिस बी छ वा छैन, परीक्षण गरेर हेर्न उचित हुन्छ । तर, हेपाटाइटिस बी देखिने बित्तिकै आफूलाई कलेजोको सिरोसिस वा क्यान्सर हुन्छ नै भनेर निराश हुनुपर्ने अवस्था पनि छैन ।
औसतमा भन्नुपर्दा हेपाटाइटिस बी लागेका मानिसमध्ये करिब २५४० प्रतिशतमामात्रै कलेजोको सिरोसिस र क्यान्सर हुने गरेको देखिन्छ । हेपाटाइटिस बीका जिवाणु सक्रिय रहेर लामो समयसम्म कलेजोमा क्षति पुर्‍याइरहेको अवस्थामा मात्र यी समस्या आउने गर्दछ । यदि यो जीवाणु निस्त्रिmय रहेमा यसले कलेजोलाई हानी पुर्‍याउँदैन र यस्तो अवस्थामा सिरोसिस र कलेजोको क्यान्सर हुने सम्भावना अत्यन्त न्यून रहन्छ ।
एकपटक हेपाटाइटिस बीले दीर्घकालीन संक्रमणको रुप लिएपछि यो आजीवन नै रहिरहन्छ । हाल उपलब्ध भएका औषधिबाट यो संक्रमण निर्मूल हुने अवस्था छैन । तर, यो जीवाणु सक्रिय रहेको खण्डमा औषधिका माध्यमबाट यसलाई निस्त्रिmय पारेर यसबाट हुन सक्ने सम्भावित जटिलताहरुबाट बच्न भने सकिन्छ । तर, यो जीवाणु पहिले नै निस्कृय अवस्थामा रहेको खण्डमा कुनै पनि औषधिको जरुरत हँंदैन । किनभने औषधिको प्रयोगबाट पनि यो जीवाणुलाई निस्त्रिmयमात्र पार्न सकिन्छ ।
हाल विश्वभर हेपाटाइटिस बीका लागि ६ प्रकारका एन्टीभाइरल र इन्टरफेरन इन्जेक्सन मात्र प्रभावशाली देखिएको छ । तर, कुनै वैज्ञानिक आधार नै नभएका थुप्रै औषधिहरु पनि नेपालमा प्रयोग हुने गरेको छ, र यस्ता औषधि प्रायः योग्यता बिनाका चिकित्सा क्षेत्रमा काम गर्ने व्यक्तिबाट दिइन्छ । यस्ता औषधि वर्षौंसम्म प्रयोग गर्न लगाएर मोटो रकम उसुल्ने केही गिरोह नै सक्रिय देखिन्छन् । यी कारणहरुले गर्दा सबैले आपmनो विवेक प्रयोग गरेर, हेपाटाइटिस बी बारे फेरि एकपटक सोच्न जरुरी देखिन्छ ।
समाजमा भएका गलत धारणाहरु सच्याउनका निम्ति, हेपाटाइटिस बीबाट संक्रमितहरु माथि हुने भेदभावको अन्त्यका निम्ति, अज्ञानताको अन्त्य गरेर हेपाटाइटिस बी बारे सचेत हुनका निम्ति, कलेजोको सिरोसिस र क्यान्सर हुनबाट बच्नका निम्ति, गलत उपचारबाट बचेर वैज्ञानिक आधारमा उपचार गर्नका निम्ति हेपाटाइटिस बीबारे फेरि एकपटक सोच्न जरुरी भइसकेको छ । कमसेकम आज विश्व हेपाटाइटिस दिवसको उपलक्ष्यमा भए पनि, एकदिनका लागि यसबारे कुरा गरौं ।
(लेखक निजामती कर्मचारी अस्पतालमा कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत छन् ) साभार:onlinekhabar
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
चिनी खाँदाका बेफाइदा
नियमित टमाटरको सलाद खानाले प्रोस्टेट क्यान्सरमा कमी
पानी पिउनुका फाइदा तथा बेफाइदा
नासपातीको औषधीय गुणहरु
इबोला भाइरसको सन्त्रास, कसरी बच्ने त इबोलाबाट ?
क्वाँटी खाँदाका फाइदा
दिनहुँ एस्पिरिनको सेवनले क्यान्सरको खतरा कम
यसरी भगाउनुस् तनाव
अदुवा खानुका फाईदै फाईदा....
कटहर खानुका फाइदाहरु
७ मिनेट दौडिनुस् हृदयघातबाट बँच्नुस्
विहानमा गर्नै नहुने ५ गल्ती ...
सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस यी घरेलु उपाय...
हेपाटाइटिस बी : कलेजोको समस्याबारे जानिराखौं
दाँत पहेँलो भएर दिक्क हुनुहुन्छ ?
कुखुराको मासु कहिल्यै पनि नधुनुस् !
तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्
धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
केराका बोक्रा सम्बन्धी केही टिप्सहरु
मृगौला फेल हुने कारणहरु
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork