?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
   अरुण बराल
 

नेपाली मिडियामा यतिबेला विदेशी लगानी, अनुदान, सहयोग वा हण्डी ग्रहण गर्नु उचित हुन्छ कि अनुचित भन्ने विषयमा बहस चर्किएको छ । यसबारे हुन्छ र हुन्न भन्ने विवाद भइरहेका बेला केही फिलोसोफर हरु नेपाली मिडिया आर्थिक र प्राविधिक समस्याबाट गुज्रनु परेकाले दूतावासबाट मागेर खान हुन्छ भन्ने सहासिलो बहसमा उत्रिएका छन् ।

गरीबी र देह व्यापार
मान्छेलाई बाँच्नका लागि आर्थिक संकट पर्‍यो भने दुईवटा विकल्प हुन्छन् : पहिलो विकल्प हो- कम खर्चिलो हुने र बढी मेहनत गर्ने । दोस्रो विकल्प हो- चोर्ने, लुट्ने या त्यसो गर्न नसके झोला थापेर माग्दै हिँड्ने ।
खान लाउनै समस्या पर्‍यो भने पुँजीवादी समाजका महिलाहरुले पनि दुईवटा विकल्प अपनाउँछन् : धेरैजसो महिलाहरु मेहनत गरेर, गिटी कुटेर पेट पाल्छन्, छोराछोरी पढाउँछन् । कोहीचाँहि बाध्यता भन्दै देहव्यापारतिर लाग्छन् । पुँजीवादी समाजमा रेडलाइट एरिया खोल्न पाउनुपर्छ भन्ने माग यही कारणले उठ्ने गरेको हो ।
आर्थिक समस्या समाधानको अर्को मध्यमार्गी विकल्प तेस्रो पक्षबाट लिइने ऋण । खान पाइएन भन्दैमा माग्दै हिँड्ने वा आफ्नो अस्मितालाई पैसासँग साट्ने भन्दा ऋण लिएर व्यवसाय गर्नेहरु इमानी मानिन्छन् पुँजीवादी समाजमा । तर, ऋण गर्दै घिऊ खाने अनि आफूलाई सधैं तन्नम अवस्थामै राख्ने र ऋण नतिरेर कालो सूचीमा पर्नेहरुलाई पनि पुँजीवादले राम्रो मान्दैन ।

राष्ट्रको चरित्र पनि उस्तै
आर्थिक सम्बन्धमा व्यक्तिको जस्तै राष्ट्रको पनि आफ्नै चरित्र र संस्कृति हुन्छ । अहिले सम्वृद्ध बनेको चीनमा भोकमरीले सताउँदा बेलायतले पठाएका खाद्यान्न बोकेका जहाजलाई चिनियाँहरुले तिम्रो अनाज चाँहिदैन भनेर पठाएको सुन्दा मागी खाने देशका बासिन्दालाई अचम्मै लाग्न सक्छ ।
गाउँमा कल्भर्ट बनाई पाउँ भन्दै नेता वा मन्त्रीको सिफारिस बोकेर दुतावासमा निवेदन हाल्न जाने संस्कार भनेकाे घरमा भात खान समस्या भयो भन्दै छिमेकीकोमा रुन गएजस्तै हो । यस्तो मगन्ते एवं दरिद्र चरित्र भएको राष्ट्र कहिल्यै स्वाधीन र स्वाभिमानी हुन सक्दैन । अर्काकोमा माग्न जानु भनेको आफैंलाई दास बनाउनु वा दासत्व स्वीकार्नु हो । स्वाभिमानी देश वा व्यक्तिले मागेर खाँदैन, गरेर खान्छ ।
मिडियालाई भिखारीवाद को प्रवक्ता नबनाऔं
पत्रिका वा अनलाइन चलाउन सकिएन, कर्मचारीलाई तलब खुवाउन सकिएन या आफूले बंगला, गाडी इत्यादि किन्न सकिएन भनेर दूतावासमा प्रपोजल बोकेर दौडने भिखारी दर्शनशास्त्रले मुलुकलाई कतातिर लैजान्छ र कस्तो राष्ट्रिय चरित्रको विकास गराउँछ भन्ने विषयमा बहस गर्न जरुरी छ । अझ तिनै भिखारीहरुले मागी खान पाउनुपर्छ या भिखारी चरित्र जिन्दावाद भन्दै वकालत गर्न थाले भने यो देशको स्वाभिमान, राष्ट्रिय चरित्र के बाँकी रहन्छ ? यो देशका पत्रिकाले हामीसँग भिख माग्छन् भन्ने विदेशीमा सन्देश गयो भने हाम्रो इज्जत र स्वाभिमान कति बाँकी रहन्छ ? यो पनि बहस गर्न जरुरी छ ।
आफ्नै परिश्रमले मिडिया चलाउन सकिँदैन र विदेशी दूतावासबाट हण्डी (लगानी होइन) लिएर मिडिया चलाउनुपर्ने अवस्था छ भने त्यस्तो मिडिया चलाउनुभन्दा नचलाउँदा देशलाई फाइदा हुन्छ । आफ्नो मौलिकता र राष्ट्रको अस्मितालाई नङ्याएर विदेशीको एजेन्डामा पत्रकारिता गर्नुभन्दा गाउँमा गएर भैसी पाल्दा मुलुकको हित हुन्छ ।
मागेर धनी हुने नागरिक भन्दा आफ्नै पसीनामा टिक्ने गरीब तर स्वाभिमानी नेपालीहरुका कारण अहिलेसम्म नेपालीजातिको शीर संसारमा उचो भएको हो । मागेर राजधानीमा महल ठड्याएका र चिल्ला गाडीमा हिँड्ने मगन्ते दार्शनिकहरु भन्दा सडकमा मकै पोलेर छोराछोरी पढाइरहेका स्वाभिमानी नेपाली नागरिक महान छन् ।
आफूले लेख्न जानेको छ र मकै पोल्ने महिलाले लेख्न जानेको छैन भन्दैमा मागेर खानु महान कार्य हो भन्ठान्ने भाष्यकारहरुलाई नेपाली समाजले राम्रोसित नियालिरहेको छ । मागेर खानु महान कार्य हो भन्नु र मागीखानु हुँदैन भन्नेलाई भ्रममा परेको भन्दै गाली गर्ने मगन्ते दार्शनिकहरु महाभ्रममा छन् । यिनीहरू राष्ट्रको अस्मितामाथि नै आक्रमण गरिहेका छन् । यिनीहरु आफ्नै पिसाबमा न्यानो महसुस गरिरहेका छन् ।
पुँजीवादी स्वतन्त्रताको युगमा कसैले मागेर खान्छु भन्छन् भने पाउँछ । पराइसँग वेश्यावृति गरेर धनी हुन्छु भन्छ भने पनि पाउँन सक्छ । कानूनले नदेखेसम्म चोरेर खान पनि पाउला । तर, मागीखाने, वेश्यावृति गरेर धनी हुनेहरुले नमाग्नु र वेश्यावृति नगर्नु भ्रम हो भनेर आर्टिकल लेख्न थाल्छ भने त्यो भन्दा ठूलो प्रहसन अर्को के होला ?

वैदेशिक लगानी र हण्डीमा भिन्नता
केही दार्शनिकहरु यतिबेला नेपाली जनता पूरै पटमूर्ख छन् भन्ने ठानेर विदेशी दूताबासबाट उनीहरुको एजेन्डाका लागि लिएको पैसालाई विदेशी लगानी भनेर प्रचार गरिरहेका छन् । कसैले भारतीय दूतावासबाट हण्डी लिएर पत्रिका छाप्छ भने त्यो जायज हुन्छ भन्ने नजीर निर्माण गर्ने प्रयत्न गरिरहेका छन् ।
विदेशी लगानी र विदेशी हण्डीको वीचमा फरक छ । मागेर लिएको दुईचार डलरलाई विदेशी लगानी भन्नु भनेको किराना दोकानमा हात पसार्ने भिखारीले आफ्नो बिजनेश मा दोकानदारको लगानी छ भन्नुजस्तै हो ।
विदेशीको हित, राष्ट्रको अहित
विदेशीसँग हात पसार्नेले विदेशीको लहैलहैमा लागेर आफ्नो देशम अशान्ति मच्चाउनु, जनतालाई मिल्न नलिनु र आफ्नो घरमा आगो लगाएर खरानी बेच्दै हिँड्नु मुलुकको हितमा छ कि छैन ? गम्भीर विश्लेषण र बहस हुन जरुरी छ । कसैप्रति पूर्वाग्रह नराखी राष्ट्रको हितका लागि बहस गर्न आवश्यक छ । मगन्तेले लेख्न जानेको छ भन्दैमा मागी खाने दर्शन समाजमा स्थापित गर्न खोज्नु मानव सभ्यताकै लागि घातक विचार हो ।

Source: Onlinekhabar

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork