?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
   नरेन्द्र रौले
 
बीबीसी नेपाली सेवा र देशभरका साढे २ सय एफएमबाट प्रसारण हुने साझा सवाल कार्यक्रमका प्रस्तोता नारायण श्रेष्ठ कुनै बेला शिक्षक थिए। गोरखा, घ्याल्चोकका नारायणले धेरै वर्ष स्कुल र कलेजमा पढाए। त्यससँगै उनले रेडियो सगरमाथामा कार्यक्रम चलाए, समाचार पढे। डेढ वर्ष उनले सञ्चालन गरेको मिर्मिर भाका कुनै समय खुबै रुचाइएको कार्यक्रममध्येमा पर्छ।

त्यतिबेला नारायणको रेडियो कार्यक्रमलाई लक्षित गरेर सातामा १ सयभन्दा बढी चिठी आउँथे। उक्त साहित्यिक एवं सांगीतिक कार्यक्रमको प्रभावले दिनमा एकदर्जन जति मानिस भेट्न आउँथें। रमाइला थिए ती दिनहरू। हालैको एक साँझ नारायणले मुख खोले, रेडियोबाटै मेरो पत्रकारिता प्रारम्भ भएकाले यही माध्यम नै मनपर्छ। सात वर्ष रेडियो सगरमाथामा अनुभव बटुलेका नारायणको पहिचान भने टेलिभिजनले फराकिलो बनाइदियो।

एफएमबाहेक कान्तिपुर टेलिभिजनमार्फत प्रशारण हुने साझा सवाल कार्यक्रमको प्रस्तोताका रूपमा उनले काम गरेको सात वर्ष पुगिसकेको छ। यसबीच मुलुकभित्र र बाहिर उनलाई चिन्नेहरूको संख्या ह्वात्तै बढिसकेको छ।

साझा सबाल कार्यक्रमको डिजाइन बनाउँदा सुरुमा नारायण लगायत ६ जनाको समूह थियो। जनता र नेताहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले उक्त कार्यक्रम प्रारम्भ गरिएको थियो। नीति बनाउनेहरू र सेवाग्राही दुवै पक्षलाई एउटै थलोमा ल्याउने चाहना थियो। नारायण प्रष्ट्याउँछन्, उनीहरूबीच अन्तक्रिर्या गराउने, गुनासाहरू सुन्ने र सुनाउने जमर्को गरेका थियौं। नभन्दै त्यसको सुरुवात पनि भयो। कार्यक्रम प्रशारण भएपछि केही सकारात्मक प्रभाव पनि देखिए। सेवाग्राहीले राहदानी पाउन सास्ती पाएको कार्यक्रम बजाएपछि परराष्ट्र मन्त्रालयले ६ वटा काउन्टर थप्यो। कतार खुला जेल हो भन्ने अभिव्यक्ति दिएर विवादास्पद छवि बनाएकी राजदूत मायाकुमारी शर्मा पदबाटै राजीनामा दिन बाध्य भइन्।   नेता, सरकारी अधिकारी एवं नीति निर्माताहरूसँग प्रश्न गर्ने आँट गर्न नसक्ने कैयौं सर्वसाधारण निर्धक्क खुल्न सके।  केही हदसम्म साझा सवालले यसमा इँटा थपेको नारायणको तर्क छ। उनी स्वयंले यसबीच धेरै कुराको अनुभव बटुल्ने मौका पाए।  मुलुकका ६७ जिल्ला घुमिसकेका नारायणले मुलुकको भौगोलिक अवस्था र समस्याहरूका बारमो जानकारी पाए। देश कसरी चलेको छ राम्रो अनुभव मिल्यो। पछिल्लो समय देश र विदेशका कुनाकाप्चाबाट धेरै नेपालीले आफूलाई परेका समस्यामा कार्यक्रम बनाइदिन नारायणसँग आग्रह गर्ने गरेका छन्।

नारायणले बिहान ब्युँझिएदेखि अबेर रातिसम्म साझा सबालकै लागि समय खर्चिएकाले नै यो अवस्था आएको हो। धेरै श्रोता तथा दर्शकमाझ लोकप्रियता हासिल गरेका नारायणले हालसालै साझा सवालबाट बिदा लिइसकेका छन्। गत फागुन ३० गते साझा सवाल टिमले उनको बिदाइ गरिसकेको छ। उच्च शिक्षा अध्ययनका लागि नारायण छिट्टै अमेरिका जाँदैछन्।

जीवनमा केही फरकपन ल्याउन खोज्दैछु, उनले सुनाए उच्च शिक्षा अध्ययनपछि केही वर्ष अफ्रिकी मुलुकतिर कामको अनुभव बटुल्नेछु। यतिबेला उनको दैनिकी फेरिएको छ। उनी बिहान साढे ५ बजेदेखि ६ बजेभित्र ब्युझिसक्छन्। एफएमहरूमा समाचार सुन्छन्। बिहानको कफी पिएपछि सबैजसो दैनिक पत्रपत्रिका हेर्न भ्याउँछन्। साढे ९ बजेतिर खाना खाइसक्छन्। फुर्सदको समय २ वर्षीर्या छोरी र श्रीमती पावनासँग बिताउँछन्। किनमेल र घुमफिरमा निस्कन्छन्।

एक्लो जीवन मनमौजी थियो। भोकै सुते पनि, ढिलो कोठा आइपुगे पनि फरक पर्दैनथ्यो। वैवाहिक जीवनमा बाँधिएपछिको जीवन भने व्यवस्थित भएको छ। छोरीले झगडा गरेको र खेलेको देख्दा, उनले प्रयोग गरेका शब्दहरू सुन्दा नारायणलाई स्वर्गीय आनन्द महसुस हुन्छ। नारायणमा खाना बनाउने सोख पनि छ। बेलाबखत नयाँ-नयाँ परिकार बनाउन उनी आफैं अघि सर्छन्। आफै भने नेपाली, नेवारी र कोरियन परिकार रुचाउँछन्। चटामरी र चुच्चा भनेपछि हुरुक्कै हुन्छन्। जिम नगएको सात महिना भयो। त्यसको सट्टामा बिहान नियमित कुद्छन्। एप्पलका उत्पादनहरू प्रयोग गर्न रुचाउने नारायण एप्पलकै आइफोन र ल्यापटप चलाउँछन् भने सामसुङको आइप्याड बोक्छन्। कतै निस्कदा अल्ट्रो गाडी चढ्छन्। विदेश पुगेका बेला उक्त देशको नक्सा र पुस्तक किन्न भुल्दैनन्।

लोकप्रिय प्रस्तोताको छवि बनाएका नारायणलाई कवितामा रुचि छ। फुर्सदमा उनी कविता एवं गीत लेख्छन्। उनले लेखेका ९ वटा गीत रेकर्ड भैसकेका छन् भने पार्थिव तस्बिर र साक्षी गरी दुइटा कविता-संग्रह प्रकाशित छन्। नयाँ-नयाँ संगीत र पुस्तकको स्वाद लिनु उनको दैनिकी हो। विशेषगरी इतिहास, राजनीति, विज्ञान, आत्मवृत्तान्त र आख्यान उनको रोजाइमा पर्छन्। यतिबेला उनी गुरुचरण दासको डिफिकल्टी अफ बिइङ गुड पुस्तक पढिरहेका छन्। ओबामाको ड्रिम्स फ्रम माइ फादर उनले रुचाएका पुस्तकमध्ये एक हो। ओबामा लेखक नभए पनि उनको सरल प्रस्तुतिले मलाई छोयो, नारायणले सुनाए। अध्ययनका लागि अमेरिका जाने तयारीमा रहेका नारायणलाई फेरि पत्रकारितामा फर्किएको देख्न केही वर्ष कुर्नुपर्नेछ। छुट्टनिे बेला उनले युवा पुस्तालाई सल्लाह दिए, अप्ठयारोलाई झेल्न सक्नुपर्छ र काममा तपस्या गर्नैपर्छ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork