?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

पेलाइमा स्कुटर
   प्रवीण ढकाल
 

राजधानीका सडकमा सवारी दुर्घटना परेर ज्यान गुमाउन आफूले गल्ती गर्नैपर्दैन। आफ्नो लेनमा सुरक्षित सवारी चलाउँदा पनि बत्तिएर आउने सार्वजनिक गाडीले ठक्कर दिन सक्छन्। कुनै पनि बेला अकालमा ज्यान जानसक्छ। स्कुटर वा मोटरसाइकल चलाउनेहरूमा माइक्रोबसलगायत सार्वजनिक सवारीको ठक्करबाट दुर्घटना हुने दर सबभन्दा बढी छ। यसैको ज्वलन्त उदाहरण हो, लोकगायिका मञ्जु महतको मृत्यु।
रेकर्डिङका लागि जमलस्थित मालश्री स्टुडियो आउँदै गर्दा बिहीबार उनलाई तीव्र गतिमा हुइँकिएको माइक्रोबसले ठमेल गल्कोपाखामा ठक्कर दियो। ट्राफिक प्रहरीका अनुसार २८ वर्षीया महत आफ्नै लेनमा स्कुटर चलाइरहेकी थिइन्। विपरीत दिशाबाट अनियन्त्रित गतिमा आइरहेको बा१ज ९२१३ नम्बरको माइक्रोले ठक्कर दिएपछि गम्भीर घाइते महतको शनिबार दिउँसो उपचार क्रममा मृत्यु भयो। प्रहरीले माइक्रोचालक राजेश कार्कीलाई पक्राउ गरी थुनामा राखेको छ।
गायिका महत मात्र होइन, गत मंसिरमा स्कुटर दुर्घटनाकै कारण २८ वर्षीया सविना कार्कीले पनि महाराजगन्जमा ज्यान गुमाउनुपर्योो। प्रहरीका अनुसार कार्कीको पनि मृत्युको कारण थियो सार्वजनिक यातायात चालकको चरम लापरबाही।
सार्वजनिक यातायात (माइक्रो) मा असुरक्षित महसुस गरी आफ्नै स्कुटर चढ्ने राजधानीका धेरै महिलाका लागि अहिले त्यही माइक्रो त्रास बनेको छ। सवारी चालकको अराजक कुदाइको सबभन्दा बढी मार स्कुटर तथा मोटरसाइकललाई नै पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अधिकांश स्कुटर दुर्घटनाको कारक सार्वजनिक सवारीको लापरबाही नै हो। महाशाखाको पछिल्लो ९ महिनाको तथ्यांक अनुसार यस अवधिमा २ सय ८९ स्कुटर दुर्घटना भएका छन्, जसमा धेरैजसो महिला परेका छन्। कति महिलाको ज्यान गइसकेको छ भने कति अपांग भएका छन्।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले ९ महिनामा भएका झन्डै तीन सय स्कुटर दुर्घटनामा ८० प्रतिशत सार्वजनिक सवारी नै कारण रहेको जानकारी दिए। ती दुर्घटनामा आठजनाको ज्यान गएको छ। मृत्यु हुनेमा चारजना पुरुष छन् भने चारजना महिला।
अहिलेसम्मका अधिकांश स्कुटर दुर्घटना सार्वजनिक यातायातको ठक्करबाटै भएको देखिएको छ, डिआइजी अधिकारीले आइतबार नागरिकसँग भने, सार्वजनिक सवारी चालकले सडक अनुशासनको सामान्य नियम पनि पालना गरेको पाइँदैन, यसले दुर्घटना दर बढेको छ। निजी भन्दा सार्वजनिक सवारी चालकमा ट्राफिक नियमको ज्ञान कम भएको र उनीहरूको अराजक कुदाइले धेरै दुर्घटना निम्त्याएको उनले बताए।
विश्व बैंकले गत मंसिरमा गरेको अध्ययनले पनि काठमाडौं उपत्यकाका सार्वजनिक सवारी चालक निकै लापरबाह रहेको र उनीहरूकै लापरबाहीका कारण धेरै दुर्घटना हुने गरेको देखाएको थियो। विश्व बैंकको अध्ययन प्रतिवेदनले उपत्यकाका माइक्रोबसलाई खतरनाक सवारी को संज्ञा दिएको छ।
सार्वजनिक गाडी चालकहरू एकदमै लापरबाह छन्, विश्व बैंकको प्रतिवेदनमा भनिएको छ, माइक्रोबस त निष्फिक्री सडकमा लम्किरहेका कागजका हात्ती जस्तै छन्, हेर्दा कमजोर तर खतरनाक। सार्वजनिक यातायातको अराजकता र असुरक्षित यात्राकै कारण महिलाहरूमा निजी स्कुटर चढ्ने प्रचलन बढेको पनि प्रतिवेदनले औंल्याएको छ।
तर, स्कुटर चढ्दा पनि उनीहरूलाई माइक्रोले तर्साउन र कतिपय अवस्थामा ज्यानै लिन छाडेको छैन। सार्वजनिक यातायातमा हुने दुर्व्यवहार र असुरक्षाबाट बच्न आफ्नै स्कुटर किनेर दैनिक जोरपाटीबाट लाजिम्पाट धाउँदै आएकी सन्जिना श्रेष्ठ स्कुटर चलाउँदा झन् ज्यानकै जोखिम बढेको गुनासो गर्छिन्।
आफ्नै सवारीमा सुरक्षित होला भन्ने लागेको थियो, उनले भनिन्, नहुने रहेछ। माइक्रो र अरू ठूला बसले स्कुटर देख्यो कि सिधै ल्याएर ठोकुँला झैं तर्साउने गर्छन्। ठूला बसभन्दा साना माइक्रोका चालकले एकसुरमा चलाइरहेका बेला अनावश्यक पेल्ने गरेको उनले सुनाइन्।
माइक्रो चालककै हेपाहा प्रवृत्तिका भुक्तभोगी हुन्, मैतिदेवी निवासी निमिष श्रेष्ठ। माइक्रोको ठक्करले कलेज जाँदा दुर्घटना परेको अनुभव छ उनीसँग। म आफ्नै सुरमा स्कुटीमा कलेज जाँदै थिएँ, लेन मिचेको थिइनँ, उनले भनिन्, पछाडिबाट हुत्तिँदै आएको माइक्रोले मेरो स्कुटीतिर पेल्दै ल्यायो र सिधै ठक्कर दिएर मलाई लडाइदियो। म उठ्न पनि नभ्याउँदै मिलिक्कै भागिहाल्यो। स्कुटी चलाउँदा दैनिकजसो माइक्रो चालकले आफ्नो लेन नभए पनि पेलेर स्कुटीतिर ल्याउने गरेको दुखेसो उनले सुनाइन्।
राजधानीका सडकमा स्कुटर चलाउने धेरै महिलाको अनुभव सन्जिना र निमिषको जस्तै छ। ट्राफिक महाशाखा प्रमुख अधिकारीलाई पनि उनीहरूको पीडा थाहा छ। स्कुटर चलाइरहेका महिला देखेपछि सार्वजनिक सवारी चालकले जिस्क्याउने नियतले जानीजानी पेलेर चलाउने गरेको उनले बताए। महिलालाई जिस्क्याउने बहाना मै धेरै दुर्घटना भएको रेकर्ड छ, उनले भने, त्यस्ता सवारीचालकलाई सकेसम्म कडा कारबाही गर्ने गरिन्छ।
यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक सरोजराज अधिकारी पनि पछिल्लो समय महिलाहरूले सार्वजनिक यातायातको त्रासबाट जोगिन स्कुटर किन्ने गरेको स्वीकर गर्छन्। सार्वजनिक सवारीको अराजकता र असुरक्षित भीडले महिला यात्रु निकै त्रसित छन्, उनले भने, सडकमा स्कुटरको बाक्लो उपस्थिति देखिनु यसैको नतिजा हो, तर स्कुटर चढ्दा पनि उनीहरू सार्वजनिक सवारीको अराजकताको सिकार भइरहेका छन्।
सार्वजनिक यातायातको ज्यादती नियन्त्रण गर्न विभागले छुट्टै कार्यक्रम ल्याउने तयारीसमेत गरिरहेको उनले जानकारी दिए। चालकहरूको दादागिरी धेरै नै बढेको पक्कै हो, उनले भने, उनीहरूको लापरबाहीपूर्ण दौडादौडमा सर्वसाधारणको ज्यान गइरहेकाले तत्काल नियन्त्रण कार्यक्रम ल्याउनुपर्ने भएको छ।
ट्राफिक डिआइजी अधिकारीले पनि सार्वजनिक सवारी चालकलाई अनुशासन सिकाउन तीनदिने तालिम सुरु गर्न लागेको बताए। अब हामीले कारबाहीसँगै सवारी अनुशासनको पाठ पनि पढाउन थालेका छौं, उनले भने, सडक अनुशासन नमान्ने प्रवृत्ति नै राजधानीमा दुर्घटनाको मुख्य कारण हो।
अनुशासन मिच्नेमा सार्वजनिक सवारीसँगै मोटरसाइकल र स्कुटर चालक पनि कम नभएको उनले बताए। भीडभाड हुँदा आफ्नो लेनमा पालो कुरेर बस्ने धैर्य मोटरसाइकल र स्कुटर चालकमा नभएको उनको भनाइ छ। अलिअलि जाम हुँदा सबै मोटरसाइकल हुत्तिएर अगाडि आउँछन्, अर्को लेनसमेत मिचेर थुप्रिदिन्छन्, उनले भने, यसले एकै छिनमा खुल्ने जाम पन्छाउन घन्टौं लाग्छ।
यतिमात्र होइन, भर्खरै स्कुटर चलाउन सिकेकाले पनि समस्या पार्ने गरेको ट्राफिक प्रहरी बताउँछन्। कतिपय स्कुटर चालक निकै हतार भएजस्तो गरी तीव्र गतिमा हुइँकिने गर्छन्। सानो सवारी भएकाले रफ्तार तीव्र हुँदा खिसिक्क केही भयो कि लडिहाल्ने खतरा हुन्छ। चाहिनेभन्दा सुस्त गतिमा चलाउँदा पनि सडकमा असहज स्थिति आउने गरेको कतिपय ट्राफिक प्रहरीको अनुभव छ। बीच सडकमा विस्तारै गुडिरहेको स्कुटीलाई ओभरटेक गर्न अप्ठ्यारो हुने र यसले ठोक्किने खतरा बढी भएको उनीहरू बताउँछन्।
सार्वजनिक गाडीजस्तै कतिपय स्कुटर चलाउनेहरूले पनि सवारी नियम मिचिरहेका हुन्छन्, डिआइजी अधिकारीले भने, दुर्घटना बढ्नुमा यो पनि कारक हो। सडकको गति सीमा र लेनको नियम सबैले पालना गर्नुपर्छ। यत्ति गर्दा पनि धेरै दुर्घटना स्वतः कम हुने उनले बताए।

आठ महिनामा ८७ को मृत्यु
गत साउनदेखि फागुन मसान्तसम्म उपत्यकामा भएको सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको छ भने १ सय ५५ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमध्ये ८० प्रतिशत मोटरसाइकल तथा स्कुटीचालक रहेको महाशाखाले जनाएको छ। महाशाखाको तथ्यांकअनुसार यस अवधिमा ३ हजार ५७ सवारी दुर्घटना भएका छन्। तीमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनाको संख्या २ हजार ११ छ।
आठ महिनामा भएका सबै दुर्घटनामध्ये २ हजार ६ सय २९ वटा दुर्घटना चालककै लापरबाहीका कारण भएका छन्। त्यस्तै तीव्र रफ्तारका कारण १ सय २२, मादक पदार्थ सेवन (मापसे) का कारण १ सय ६, ओभरटेक गर्न खोज्दा ९१ र सडकको अवस्थाका कारण ८ वटा दुर्घटना भएका छन्।

के भन्छन् स्कुटी चालक?
निमिष श्रेष्ठ, मैतिदेवी
मैले कहिल्यै निर्धक्क भएर स्कुटर चलाउन सकिनँ। जहिले पनि माइक्रो र यात्रुवाहक बसले पेलेर हैरान पार्ने गरेका छन्। आफ्नै सुरमा चलाइरहेको हुन्छु, पछाडिबाट पेलेर ठोकुँलाजस्तो गर्छन्। कतिले त गलत साइडबाट ल्याएर अर्कोतिर पुर्यााइदिउँला जस्तै गर्छन्। धेरैजसो त निलो रङका माइक्रोको ज्यादती छ। तिनीहरूको स्पिड पनि धेरै हुन्छ, अनि हाम्रो कानै नजिक आएर बेस्सरी हर्न बजाउँछन्। त्यत्तिकै तर्सिएरै लड्लाजस्तो हुन्छ।

सन्जिना श्रेष्ठ, जोरपाटी
म सधैं स्कुटरमा जोरपाटीबाट लाजिम्पाट आउजाउ गर्छु। यो बाटोमा स्कुटी चलाउँदै सधैं डराइरहनुपर्छ। साना होस् वा ठूला सवारी, सबैले अनावश्यक हर्न बजाउँछन्, ओभर टेक गर्न खोज्छन्, तर ओभरटेक चाहिँ गर्दैनन्, खालि हामीलाई जिस्काउने मात्र। धेरै त साना माइक्रोले खाली बाटो भए पनि स्कुटरतिरै पेलेर ल्याउने गरेको मेरो अनुभव छ। अगाडि सडकतिर हेरेर चलाइरहेका बेला छेउबाटै पेलेर ल्याएर अनावश्यक चर्को हर्न बजाएर अत्ताउने गर्छन्। सार्वजनिक सवारीमा यात्रा गर्दा असुरक्षित भइयो भनेर आफ्नै स्कुटर किनेको, यसमा पनि त्यही सार्वजनिक सवारी चालकले सास्ती दिएर ज्यानै धरापमा परेको छ। प्रहरीले कारबाही नगर्दा पनि चालकहरूमा अराजकता र दादागिरी बढेको हो।

जानवी सिम्खडा, थली
स्कुटर लिएर कलेज जाँदा होस् वा काम परेर अन्यत्र जाँदा, मैले सधैं सार्वजनिक सवारीको अनावश्यक पेलाई भोग्नुपरेको छ। ढुक्क भएर आफ्नै सुरमा स्कुटर चलाउन पाएको छैन। घरबाट स्कुटर निकालेर सडकमा पुग्नेबित्तिकै सार्वजनिक सवारीको अनावश्यक दुःख सहनुपर्छ। एक सुरमा स्कुटर दौडाइरहेका बेला पछाडिबाट एक्कासि आएर तर्सिने गरी कराइदिन्छन्। कतिपय त ओभरटेक गर्दै फेरि पछाडि जाने अनि फेरि ओभरटेक गर्ने गर्छन्। धेरैजसो हामीलाई पेलेर लडाउन खोज्ने हुन्छन्।

विपना पुरी, कोटेश्वर
केटीहरूलाई स्कुटर चलाउँदा पनि सुख छैन। आफ्नै लेनमा चलाइरहेको भए पनि माइक्रो र अन्य भाडाका गाडी आएर पेलेर लडाइदिन खोज्छन्। धेरैजसो माइक्रोले झ्यालबाट जिस्काउँदै पेल्दा दुर्घटनासमेत हुन्छ। सात्तो जानेगरी चलाउँछन् अनि हाँस्दै, हामीलाई जिस्क्याउँदै अगाडि बढ्छन्। सार्वजनिक यातायातमा दुःख पाइयो भनेर स्कुटर किनेको, यसमा पनि ज्यान जाला भन्ने डर छ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork