?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा महिला आकर्षण
   मञ्जु गुरुङ
 

महिलाका लागि महिला नामक संस्थाकी अध्यक्ष जुनु गुरुङ अन्तर्वार्तामा भन्दै थिइन् कोरियाली नागरिकसँग विवाह गरेर आएका ९० प्रतिशत नेपाली चेली घरेलु हिंसाबाट पीडित हुने गरेका छन्। यो अन्तर्वार्ता सुनेपछि भारतबाट एक राई थरकी युवतीले ओहो विवाह गरेर कोरिया छिर्न पाइने रहेछ, कसरी विवाह गर्ने भन्ने जिज्ञासा राखिन्। अन्तर्वार्ताबाट महिलाको पीडा हैन, कोरिया छिर्नलाई विवाह एक सजिलो माध्यम भएको ती युवतीको बुझाई रह्यो।

त्यस्तै पोखराकी एक २३ वर्षीय गुरुङ थरकी युवतीले विवाहका लागि कोरियन केटा खोजिदिन कोरियामा रहेका साथीसँग आग्रह गरिन्। उनलाई पनि लाग्यो कोरिया छिर्ने सजिलो माध्यम नै विवाह हो। यी दुई उदाहरणले कोरियाप्रतिको महिला आकर्षण छर्लङ्गै पार्छ। मासिक एक लाख रुपियाँभन्दा बढी कमाउन सकिने भएकाले महिलाहरु विवाह जस्तो पवित्र बन्धनलाई दाउमा राखेर कोरिया छिर्न चाहन्छन्। म्यारिज ब्युरोलाई आफैँ पैसा दिएर मात्र हैन कोरियनको भारी रकमबाट किनिएर भए पनि महिलाहरु कोरिया भित्रन चाहन्छन्।

सिन्धुपाल्चोककी एक शेर्पा थरकी १९ वर्षे युवतीलाई आफन्तले नै ३५ वर्षको कोरियन केटासँग विवाह गरी कोरिया पठाइदिए। केटीको विवाह गर्ने उमेर नपुगे पनि उमेर बढाएर विवाह दर्ता गरी उनी कोरिया आइपुगिन्। श्रीमानसँगै रेष्टुरेन्टमा भेटिएकी ती युवतीले भनिन् आफूलाई मन नभए पनि आफन्तले कोरिया जस्तो विकसित देशमा यति राम्रो केटाले मन पराउनु भनेको भाग्य नै खुल्नु हो भन्दै फकाएर पठाइदिनुभयो। सुरुमा उमेरका कारण व्यवहार नमिलेर केटा मन नपरे पनि उनले धेरै माया गर्ने भएकाले अहिले आफू सन्तुष्ट भएको युवतीले स्पष्ट पारिन्। युवतीमात्र हैन अभिभावक पनि कोरियाप्रति आकर्षित भएको यो अर्को उदाहरण हो।

काठमाडौंस्थित लाजिम्पाटको म्यारिज ब्युरोकी कोरियन महिलालाई पैसा बुझाएर आफूभन्दा दोब्बर उमेरका कोरियन नागरिकसँग विवाह गरी बस्नेत थरकी युवती कोरिया आइपुगिन्। आफ्नो ब्युटी पार्लर व्यवसाय बेचेर एउटा नक्कली खुट्टा राखेको युवकसँग उनलेे राजीखुसी विवाह गरिन्। त्यसो त पारपाचुके गरिसकेकी पत्नीबाट आफूसमान छोराछोरी भएको पनि ज्ञात नभएको हैन उनलाई। कोरिया आएको २ महिनामै उनलाई मन नपरेको भन्दै छोडपत्र गरिदियो। किनकि काठमाडौंमा नै युवतीलाई मन नपराए पनि ब्युरोले जबर्जस्ती भिडाइदिएका थिए। कोरियाप्रतिको आकर्षणले युवतीहरु यसरी पनि तानिइरहेका छन्।

हुन त कोरियाली नागरिकसँग विवाह गर्ने धेरै नेपाली चेली दुः्खी छन् भन्ने समाचार र अन्तर्वार्ता आइरहे पनि यसैगरी कोरिया भित्रने चेलीहरुमा भने कुनै कमी आएको छैन। कोरियाप्रतिको मोहमा युवतीहरु स्वयं किन्न र किनिन म्यारिज ब्युरो धाउँछन्। कोही कोरिया छिर्नमात्रै ब्युरो धाउँछन् त कोही साथीहरुको सुखद् दाम्पत्य जीवनबाट प्रभावित हँुदै पुग्छन्। त्यसो त फरक देश, संस्कृति र भाषाको कठिनाईका बावजुद पनि नेपाली चेलीको रोजाइमा कोरिया परेकै छ।

कोरियामा विवाह भिसामा आएका नेपाली चेली कति छन् वास्तविक तथ्यांक छैन। कतिले छोडपत्र गरे, कतिको घर व्यवहार राम्रो छ, कहाँ कसरी बसेका छन् भन्नेबारे कुनै अध्ययन/अनुसन्धान हुन सकेको छैन। कोरियास्थित नेपाली दूताबास पनि यस विषयमा मौन छ। अनुमानित तथ्यांक १ हजार जति सार्वजनिक गरिएको छ त्यसैलाई सबैले आधार बनाउँदै आएका छन्। वर्षमा एक दुई महिला पीडित भएका घटना सार्वजनिक भएको आधारमा मिडियाले आफै ९० प्रतिशत पीडित हुने गरेका उल्लेख गर्ने गरेको छ।

हालै नेपालको मिडियामा पनि कोरियामा विवाह गरेका प्रायः चेली श्रीमान्बाट पीडित छन् भन्ने छाएको छ। मानव अधिकारकर्मीको प्रतिवेदनले पनि त्यस्तै भनेपछि कोरियामा सुखद् दाम्पत्य जीवन बिताइरहेकाहरु चिन्तित बनेका छन्। नेपालको सञ्चारमाध्यममा छाएको त्यो हल्लाकै कारण आफन्त र शुभचिन्तकको जिज्ञासाप्रति स्पष्टीकरण दिँदा हैरान भएको प्रतिक्रिया पनि सुन्न पाइएको छ। त्यस्तै कोरियनसँग विवाह गरेका नेपाली महिलालाई अब नेपाल फर्काउने रे भन्ने भ्रामक हल्लाले यहाँका महिला त्राही बन्न पुगेका छन्।

कुनै अध्ययन/अनुसन्धान नै नगरी मिडियामा छाउने यस्ता हल्लाले कोरियामा सुखद् दाम्पत्य जीवन बिताइरहेकाहरुलाई एकातिर मानसिक चिन्ता दिइरहेको पाइन्छ भने अर्कोतर्फ जसरी भए पनि कोरिया छिर्न चाहने महिलालाई चाहिँ कुनै असर पार्न सकेको छैन। वैवाहिक भिसामा कोरिया छिरेका कतिपय महिला विमानस्थलबाटै भाग्ने त कोही मौका पाउनसाथ भाग्ने गर्छन्। कोही भने जसोतसो पतिसँग बसेर कोरियन आइडी लिएपछि छोडपत्र गर्छन्। त्यसो त बालबच्चासहित वर्षौं सुखी दाम्पत्य जीवन बिताइरहेका जोडी पनि प्रशस्तै भेटिन्छ।

नेपाली मिडियामा पढ्दा लाग्छ, वैवाहिक भिसामा कोरिया आउने सबै महिला दुःखी छन् तर वास्तविकता त्यस्तो छैन। धेरै महिला सुखी छन। जसको घर व्यवहार राम्रो छ ती महिला त सुुखी हुने नै भए। जो कोरियन पति १२ घण्टा काम गर्छ अनि श्रीमतीचाहिँ स्वजातीय युवाहरुसँग मोजमस्ती गर्दै हिँड्छन् उनीहरु पनि त सुखी भए नि! तर यस्ता विकृतिप्रति भने मिडिया चूप छ। एक दुई घटनालाई लिएर सबै नराम्रा हुन् भन्नु कहाँसम्मको न्याय हो?

त्यसो त कागजी विवाह गरी कोरिया भित्रिएका कति युवतीहरु नेपाली तथा कोरियन केटासँग विवाह गरी यतै घरजम बसाएका छन् भने कतिचाहिँ कोरियामा गैरकानुनीरूपमै बसेर भए पनि आफ्नो आर्थिक अवस्था बलियो बनाउन सफल भएका छन्। तर यस्ता मोटो रकम तिरेर कागजी विवाहबाट भित्रने प्रक्रियामा कोरियन सरकारले कडाइ गरेपछि अहिले कोरियन केटाहरु नेपालमै पुगेर म्यारिज ब्युरोमार्फत् सामान किनेझँै छानीछानी केटीहरु ल्याउने गरेको पाइन्छ। कोरियाकै म्यारिज ब्युरोलाई भारी रकम तिरेर केटाहरु नेपाल पुगेका हुन्छन् भने कोरियाप्रति मोहित युवतीहरु पैसा तिरेर कोरियन केटा खोज्दै ब्युरोमा धाएका हुन्छन्। यसरी भारी रकमको खेलसँगै एक अर्कालाई किन्ने र बेच्ने हुदै नेपाली युवती कोरिया छिर्ने गर्छन्।

आखिर यसरी आफैँ बेचिएर विवाहको बहानामा आफैँलाई जोखिममा राखेर आउन चाहनु कोरियाप्रति महिलाको यो कस्तो मोह हो? व्यक्तिगत र सामाजिक मात्रै हैन अन्तर्राष्ट्रिय भएकाले राष्ट्रियताको सवालसमेत जोडिएको महत्वपूर्ण सम्बन्ध विवाहलाई नै माध्यम बनाएर किन्ने र बेचिने हँुदै कोरिया छिर्नु हाम्रो जस्तो गरिब मुलुकका महिलाको यो कस्तो बाध्यता हो?

 16 Jan 2014

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork