?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
   पर्वतारोही अम होङ गील
 

दक्षिण कोरियाली पर्वतारोही अम होङ गील संसारका ८ हजार मिटर भन्दा अग्ला १६ हिमालहरु सफलतापूर्वक आरेहण गर्ने पहिलो ब्यक्ति हुन् । सन १९८५ बाट आरोहण यात्रा शुरु गरेर २००७ मा लक्ष्य पूरा गरेका उनलाई ट्यांक अफ द हिमालयाज उपनामले पनि चिनिन्छ । कोरियाली संचार माध्यमहरुमा नेपालको प्रकृति, संस्कृति र जैविक विविधताको प्रचार प्रसारमा अहम भूमिका खेल्दै आएकाले नेपाल भित्रिने कोरियाली पर्यटक वृद्धिमा उनको योगदान प्रमुख मानिएको छ । बिगत २८ बर्षदेखी नेपाल यात्रा गरिरहेका गीलले नेपाललाई दोश्रो जन्मभूमि मान्दै आएका छन् । नागरिक स्तरमा नेपाल र कोरियाको सम्बन्ध विकासमा समेत उनको भूमिका उल्लेखनीय रहेको छ । दक्षिण कोरियाको ब्लु हाउस राष्ट्रपति कार्यलयसंग राम्रो सम्बन्ध भएका गील २०१० बाट नेपालमा १६ विद्यालय स्थापना गर्ने अभियानमा छन् । यसै सन्दर्भमा उनीसं देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानी
 
१. तपाईको बाल्यकाल कसरी बितेको थियो बताई दिनुस न
मेरो जन्म १९६० सेप्टेम्बर १४ मा ख्यङसाङ नाम्दो कोसङमा भए पनि म तीन बर्षको हुंदा आमा बुबा ख्यांगीदो वाईजङबो वन्दोङ पहाडको बसाइ सर्नु भयो । त्यसैले मेरो बाल्यकाल त्यहि पहाडको फेदीमा बित्यो । घरको आर्थिक स्थिति कमजोर भएकाले आमाबुबाले त्यहाँ पहाड चढ्नेहरुका लागि आवश्यक सामग्री बेच्ने सानो स्टोर संचालन गर्नु भएको थियो । मैले त्यहि गाउँको बिद्यालयबाट माध्यमिक स्तरको पढाई सकेको थिएँ । गाउँ दुर्गम र आर्थिक स्थिति नाजुक भएकाले मेरो बाल्यकाल दुःख मै बित्यो ।
२.हिमाल चढ्ने प्रेरणा कसरी पाउनु भएको थियो
वन्दोङ पहाड कोरियाकै नाम चलेको पहाड भएकाले हप्ताको अन्त्यमा विभिन्न ठाउँबाट रक क्लाइम्बिङ गर्न मान्छेहरु आउने गर्थे । उनीहरुको कला मलाई बढो रमाइलो लाग्थ्यो । त्यसैले निम्न माध्यमिक पढ्दै मैले पनि रक क्लाइम्बिङ सिक्न शुरु गरें । त्यसैको प्रभावले पछि हिमाल चढ्ने प्रेरणा मिल्यो ।
३. सगरमाथा आरोहण यात्रा कसरी शुरु भयो
सन् १९७५ सेप्टेम्बर १५ को दिन कोसाङ दोन पहिलो कोरियाली नागरिकको रुपमा सगरमाथा शिखरमा पुगेका थिए । त्यो दृश्य मैले टेलीभिजनमा हेरेको थिएँ। सगरमाथाको नाम पनि त्यहि दिन सुनेको थिएँ । त्यो दृश्य देखेर संसारमा यति सुन्दर हिमाल पनि रहेछ जस्तो लाग्यो र त्यहि दिन मैले सगरमाथा आरोहण गर्ने अठोट गरें । त्यसपछि प्रशिक्षण लिएर पहिलो पटक १९८५ को हिउद याममा आरोहण गरें तर असफल भएँ । त्यसको ठिक एकबर्ष पछाडी दोश्रो पटक आरोहण गरें । यो पटक पनि असफल मात्र होइन सहयोगी दोर्जे शेर्पा डोरी चुडिएर दुर्घटनामा पर्नु भो । उहाको लाश अझै पाइएको छैन । आफ्नै आँखाको अगाडी साथी गुमाएपछि मानसिक रुपमा निक्कै विक्षिप्त भएँ । आरोहण यात्रा त्यागौ की जस्तो लागेको थियो तर पनि लक्ष्यबाट भाग्नु हुन्न भन्ने लाग्यो त्यसैले तेश्रो पटक १९८८ को शरद याममा आरोहण गरें र सफलता हासिल गरेको थिएँ ।
४. सगरमाथाको शिखरमा पुगेको क्षण कस्तो अनुभूति भयो
ओह ..ओह ..त्यो क्षणको खुशी म शब्दले ब्यक्त गर्न सक्दिन । सार्है गौरब लाग्यो । चुचुरोलाई पटक पटक चुमे ।
५. संसारका १६ अग्ला शिखरहरु चढ्ने योजना चाही कहिले कसरी बनेको हो त
सगरमाथा तीन पटक आरोहण गर्दा साथी गुमाए भने धेरै मानसिक कस्ट पनि भयो तर म जहिले हिमाल चढ्ने मौका पर्खेर बस्ने भएकाले १९९३ मा चोयु र सिस्याफाङमाको सफल आरोहण गरें । यहाँसम्म आइपुग्दा १४ अग्ला हिमालहरु चढ्नुपर्छ भन्ने कन्सेप्ट विकास भएको थिएन । सन् १९९५ मा स्पेनिश साथीसंग मकालु आरोहण गरेर फर्कने क्रममा १४ हिमालहरु चढ्ने योजना बन्यो । त्यो लक्ष्य २००० मा पुरा गरें । २००४ मा यालुङकाङ र २००७ मा लोत्सेस्यारोको सफल आरोहण गरेर संसारका १६ अग्ला हिमाल चढ्ने संसारको पहिलो बन्न सफल भएँ ।
६ . प्राणलाई बाजी राखेर हिमाल अरोहणमा निस्कंदा परिवारले के भन्नुहुन्थ्यो ?
हिमाल आरोहण गर्नु वास्तबमै धेरै जोखिम काम हो । त्यसैले परिवारलाई चिन्ता हुनु स्वाभाविकै हो । तर पनि मेरो मन मस्तिष्कमा नेपाली हिमालहरुको प्रगाढ छाप परेकाले मेरा आँखाले हिंउको दृष्य बाहेक अरु केहि देख्दैनथ्यो । मेरो सपना मेरो लक्ष्य ती हिमालहरुमा भएकाले म कसैको कुरा सुन्ने पक्ष मै थिइन । त्यो बुझेर पनि परिवारले इन्कार गरेनन् ।
७. हिमाल आरोहणको २२ बर्ष करियरमा थुप्रै साथीहरु पनि गमाउनु भयो नि
(लामो उच्छवास छोड्दै ) मेरो हिमाल आरोहण्ँ यात्रा १९८५ शुरु भएर २००७ मा रोकिएको छ  । त्यो २२ बर्ष अवधिमा ८ हजार मिटर भन्दा उचाईका हिमालहरुको आरोहण प्रयास ३८ गरेको थिएँ तर २० पटक मात्र सफलता हासिल गरे । सगरमाथामा शिखरमा मात्र तीन पटक पुगेको थिएँ । मैले आफ्नो लक्ष्य पुरा गरे पनि यो अवधिमा १० जना सहयात्रीहरु गुमाएँ । यी मध्ये ४ जना शेर्पा र ६ जना कोरियन छन् । (फेरी लामो उच्छवास छोड्दै )आङ्खनो आँखा अघि नै साथी दुर्घटनामा पर्दा सार्है मर्माहत हुन्थे । त्यो क्षण कसैले चाहेर पनि सहयोग गर्न नसक्ने अवस्था हुन्थ्यो । ती घटनाहरुको व्याख्या गर्ने शब्द नै छैनन् । एक प्रकारले हेर्ने हो भने म यसरी जीवित नहुनु पर्ने मान्छे हो । धेरै साथी र शुभ चिन्तकहरुले म बच्नुलाई आश्चर्य मानेका छन् । त्यति जोखिम हुदाहुंदै म बाँच्नुलाई मैले हिमालयको देन र प्रेम सम्झेको छु ।
८. ३८ पटकसम्म प्रयास गर्नु भएछ सबैभन्दा गार्हो कुन हिमाल लाग्यो तपाईलाई ?
हिमाल आरोहण सजिलो वा कठिन हुने भन्ने कुरा त्यतिबेलाको मौसमले निर्धारण गर्दछ । सजिलो हिमाल पनि मौसमले गर्दा कठिन र कठिन मानिएको हिमाल पनि मौसमले गर्दा सहज हुन्छ । यति हुँदाहुंदै पनि अन्नपुर्ण आरोहण गर्दा धेरै कठिन भयो । यसमा धेरै पटक असफल पनि भएँ । यसैमा धेरै दुर्घटना र जोखिम पनि भोगें । मेरो आँशु पनि यसैमा धेरै झर्यो ।
९. कोरियाली संचार माध्यमहरुमा नेपाललाई दोश्रो जन्मभूमी भन्नु भएको छ नि ?
म कोरियामा जन्मिए पनि मेरो जीवनको महत्वपुर्ण समय नेपाल मै बित्यो । अर्थात मेरो जवानी वा आधा जिबन नेपालकै पाखा पखेरा र हिमछायामा बित्यो । अर्कातिर नेपालका हिमश्रृंलाहरुले नै मलाई संसारमा चिनायो । अहिले पनि यो उकुश मुकुश शहरीया जिबन छोडेर नेपालको हिमाली क्षेत्रमा हिउ खेल्दै, हिंउ हेर्दै बस्न मन लागिरहेको छ । यसैले म गर्ब साथ भन्दै आएको छु नेपाल मेरो दोश्रो जन्मभूमि हो ,दोश्रो देश हो र दोश्रो घर हो ।
१०. (गलातिर औल्याउदै) यो माला नि ?
यसलाई जी माला भन्छन् । यो मेरो जिवनलाई रक्षा गर्ने कवच हो । यो मैले नेपालको मनास्लु क्षेत्रमा पाएको हुँ । यसका दुईवटा आखालाई भगवान बुद्धको आँखा मानिन्छ । यसले मलाई मान्छेले दिन नसक्ने शक्ति र सुरक्षा दिइरहेको हुन्छ ।
११. नेपालमा विकास कसरी सम्भव होला ?
हामी सबैलाई थाहा भएको कुरा के हो भने कुनै पनि देश विकासित र समृद्ध हुन त्यस देशको राजनीतिमा भरपर्दछ । त्यति नै दलका नेता र कार्यकर्तामा देश र जनताप्रतिको प्रेम हुन जरुरी छ । व्यक्तिगत लाभका लागि गरिएको राजनीतिले समाज र देशको उत्थान गर्न सक्दैन । नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता रहेको छ । यो नेपाल र नेपाली लागि निक्कै हानिकारक पनि छ । देश सुधार्ने सन्दर्भमा स्ट्रङ लिडरसीपको आवस्यकता पनि जरुरि हुन्छ । दक्षिण कोरियामा पार्क जङ हि जस्ता स्ट्रङ लिडरसीप भएको नेता नजन्मिएको भए आज हामी यो अवस्थासम्म आइपुग्ने थिएनौं । म नेपालको सुख र समृद्धि चाहने मान्छे भएकाले नेपालमा स्ट्रङ लिडरसीपको आवश्यकता देखेको छु ।
१२. नेपालमा बिद्यालय बनाइरहनु भएको छ । यो कसरि तर्जुमा भएको योजना हो ?
संसारका सबै भन्दा अग्ला १६ हिमालहरु सफलतापूर्वक आरोहण्ँ गरेको अर्थमा मैले नेपालको दुर्गम क्षेत्रमा १६ वटा प्राथमिक बिद्यालयहरु निर्माण गर्ने योजना बनाएको हुँ । वास्तबमा नेपाली हिमालहरु कै कारणले मैले विश्व कीर्तिमान कायम गर्न पाएको हुँ । त्यसैले मेरो सफलताको श्रेय नेपाली हिमाललाई दिने गरेको छु । हिमाल आरोहण गर्न शुरु गरेदेखि नै सफलता पाए नेपालको लागि केहि गरिदिन्छु भनेर ति हिमालहरुसंग बाचा गरेको थिएँ । त्यहि बाचा पुरा गर्न यो अभियानमा लागि रहेको छु । यो अभियानलाई मैले हिमाल चढ्नु जतिकै चुनौतीको रुपमा लिएको छु । यसका लागि २००८ को मे २८ मा अम होङ गील ह्युमन फाउन्डेसन स्थापना गरेको छु । यो फाउन्डेसन मार्फत सबै काम भइरहेको छ ।
१३. नेपाललाई अरु हिसाबले पनि त सहयोग गर्न सक्नु हुन्थ्यो नि । किन बिद्यालय स्थापना गर्ने अभियान नै चलाउनु भयो ?
हो, मैले नेपाललाई अरु भौतिक बिकासका पूर्वाधार निर्माण गरि दिएर पनि सहयोग गर्न सक्थें । तर बिद्यालय स्थापना गर्नुको दुइवटा कारण छन् । मैले नेपाल यात्रा गर्न शुरु गरेको २८ वर्ष  भयो । यो अवधिमा विभिन्न दुर्गम क्षेत्रहरुको यात्रा गर्ने मौका पाए । ती क्षेत्रका धेरै बालबालिकाहरु शिक्षाबाट बन्चित भएको पाएँ । त्यसैले ती नानीहरुलाई राम्रो र स्तरीय शिक्षा दिने पहिलो लक्ष्य हो मेरो । दोश्रो चाही राम्रो शिक्षाका दिएर नेपालमा असल नागरिक, कर्मचारी, कार्यकर्ता र नेता जन्मन सकुन भन्ने लिएको छु ।
१४. यो योजना कहिले पुरा होला ?
२०१० मा पहिलो बिद्यालय सोलुखुम्बुको पाङबोचेमा स्थापना गरेको थियौं । हालसम्म चारवाट  विद्यालयको स्थापना गरिसकेका छौं । त्यस्तै पाँचौ, छैटौं विद्यालयको निर्माण कार्य २०१४ को मार्चमा पुरा गर्ने योजना रहेको छ । छैटौ बिद्यालय राष्ट्रपति रामवरण यादवको गाउँमा निर्माण भइरहेको छ । सातौ र आठौ विद्यालयको क्षेत्र पनि छनौट भइसकेकाले यसै वर्षदेखि निर्माण शुरु गर्नेछौ । यहि क्रमले आगामी पाँचदेखि आठ बर्षभित्रमा १६ वटा विद्यालय स्थापना गरिसक्ने योजना रहेको छ ।
यसरि धेरै समयावधि लाग्नुको कारण पनि छ । हामीले निर्माण गरेका बिद्यालयहरु एनजीओ र आइएनजीओले निर्माण गरिदिए भन्दा फरक हुन्छन् । हामीले भवन निर्माण गर्दा त्यस क्षेत्रको तापक्रम, भू वनोट, मौसमलाई आधार मानेर डिजाइन गर्ने गरेका छौं । त्यसैले प्रत्येक बिद्यालयको भवनहरुको बनोट फरक फरक हुने गरेको छ । त्यस्तै भवनमा प्रयोग हुने समानहरुको प्रयोगमा पनि ध्यान दिने गरेका छ । त्यति मात्र नभएर बिद्यालयमा पुस्तकालय, कम्प्युटर, खेल मैदानको समेत ब्यवस्था गरिदिने गरेका छौं । त्यसपछि पनि लगातार हेरचाहर गर्ने, निगरानी गर्ने गरेका छौं । भौतिक संरचनाहरु बिग्रे भत्किए पुन निर्माण गरेका छौ । अर्को कुरा जुन जुन क्षेत्रमा स्थापना गरेका छौ, ती क्षेत्रमा कोरियाबाटै चिकित्सक र औषधि लगेर हेल्थ क्याम्पहरु संचालन गरेका छौ ।
१५. विद्यालय स्थापना गर्ने क्षेत्रको छनौट चाही कसरी गर्नु हुन्छ नि ?
यहि अभियानका लागि काठमाण्डौमा अम होङ गील ह्युमन फाउन्डेसनको शाखा स्थापना गरेका छौ । त्यहाँ हाम्रो निर्देशक हुनुहुन्छ । बिभिन्न जिल्ला र गाउंबाट आएको मागलाई हेरेर उहाँ ती ठाउंहरुमा प्रत्यक्ष अवलोकन गर्नुहुन्छ । साच्चै आवश्यक भएको ठहर भएपछि क्षेत्रमा बिद्यालय स्थपना गर्दछौ । छनौटमा परेको क्षेत्रका जनताले जमिन उपलब्ध गराउने र अप्राविधिक काम सघाउनु पर्ने हाम्रो शर्त रहेको छ ।
१६. नेपालको लागि यति मरिहत्ते गर्नुहुन्छ, नेपाल सरकारले चाही तपाईलाई के दिएको छ ?
नेपाल सरकारबाट मैले केहि पाएको छैन । दिन्छन् वा पाइन्छ भन्ने आशाले मैले यो काम गरेको नभएर नेपाल र नेपालीको उन्नति होस भनेर गरेको हुँ ।

१७. तपाई ब्लु हाउससंग पनि नजिक हुनुहुन्छ । उसले नेपाललाई कसरि हेरेको पाउनुभयो ?
राष्ट्रपतिहरुसंग मेरो राम्रै सम्बन्ध छ । पूर्व राष्ट्रपति ली म्यङ वाकसंग देश बिदेशमा पदयात्रा पनि गरेका थियौं । उहाहरुले बिशेष गरेर लुम्बिनीको विकासमा चासो राख्नु भएको पाएको छु । समग्रमा बिकसन्मोख राष्ट्रहरुलाई सहयोग गर्नुपर्छ भन्ने धारणा छ, उहाँहरुको । त्यसै अनुरुप कोइकाले दिने आथिर्क सहयोग गत बर्षबाट बृद्धि गरिएको हो । दुइ देशबीचको सम्बन्ध नजिक हुनसके नेपाललाई नै फाइदा हुनसक्छ भन्ने मेरो ठहर छ ।
१८. अन्त्यमा नेपाली जनता र सरकारलाई के भन्न चाहनुहुन्छ ?
नेपाल प्राकृतिक, साँस्कृतिक र जैविक बिबिधता सम्पन्न देश भएकाले मेरो दृष्टिमा स्वर्ग अन्त कतै भए त्यो नेपालमा छ । यस्ता अमुल्य सम्पदाहरु जोगाउनु नेपाली जनता र सरकारको कर्तव्य हो । नेपाली जनता सधै सुखी र समृद्ध बनुन् भन्ने मेरे मेरो उत्कट चाहाना छ ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork