?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सीप र ज्ञान भित्र्याउने पहल गर्छु
   शेष घले
 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशक लामो इतिहासमा पहिलो पटक भएको चुनावबाट निर्वाचित शेष घलेले संघमा राजनीतिक रंग हुन नहुने बताएका छन। अस्ट्रेलियाको धनी सूचीमा घले १ सय ७६औं स्थानमा छन्। घले मेलबर्नस्थित इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआइटी) का सञ्चालक हुन्।
सात अर्बको लगानीमा घलेले नेपालमा होटेल सेराटनको साझेदारीमा पाँचतारे काठमाडौं सेराटन समेत खोल्दैछन्। अध्यक्षमा निर्वाचित भएका घलेसँग एनआरएनएको अभियान र लगानीका बारेमा गरिएको कुराकानी ।

गैरआवासीय नेपाली संघको इतिहासमा अध्यक्ष पदमा पहिलो पटक निर्वाचनबाट चुनिएर आउनुभएको छ। निर्वाचित भएर आएपछि कसरी समेटेर लैजाने सोचमा हुनुहुन्छ?
मेरो घोषणापत्रमा एकता र समावेशीतालाई मूल मर्म मानेको छु। यही मूल मर्मको आधारमा संस्थालाई अघि बढाउनेछु। प्रजातान्त्रिक प्रक्रिया अनुसार निर्वाचन भएको हो। निर्वाचनको प्रक्रियामा पाँच जना अध्यक्षले उम्मेदवारी दिनुभएको थियो। निर्वाचनको प्रक्रियाबाट तीन जनाले छोड्नुभयो। निर्वाचनमा म र तेन्जी शेर्पा मात्रै भयौं। निर्वाचनमा विजयी हुनेबित्तिकै मैले यो विजय तेन्जीजीको पनि हो भनेको छु। तेन्जीजी मात्रै होइन यो सबै एनआरएनको जीत हो। निर्वाचित भएर आएपछि सबैलाई समेटेर लैजाने जिम्मेवारी आएको छ। प्रजातान्त्रिक प्रक्रियाबाट आएको नतिजालाई सबैले स्वीकार गर्नुपर्छ। मैले पहिला पनि भनेको थिए अध्यक्ष बाहेकका अरु पदाधिकारीमा निर्वाचन हुँदा कुनै समस्या भएको छैन।

निर्वाचनपछि संस्थालाई कसरी अघि बढाउने योजनामा हुनुहुन्छ?
मैले घोषणापत्र अनुसार काम अघि बढाउनेछु। संस्थालाई अघि बढाउन अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाउनेछु। म टिमवर्कमा विश्वास गर्ने व्यक्ति हो। संस्थालाई सामूहिकतामा अघि बढाउनेछु। दुई वर्ष, पाँच वर्ष र दश वर्षमा के गर्न सकिन्छ भनेर योजना बनाउने सोचमा छु। केही नयाँ कार्यक्रम पनि बनाउने योजनामा छु। मैले संघ दर्ताको मुद्दालाई प्राथमिकतामा राखेको थिए। अहिले हाम्रो संस्था दर्ता भइसकेकोले मेरा लागि बोनस भएको छ। अब मेरो एजेन्डामा नयाँ काम गर्नुपर्ने भएको छ। मेरो कार्यकालमा संघको भवन बनाउनेतर्फ लाग्छु। अब संघको भवन स्थापनाको लागि वैधानिकता समेत तयार भएको छ। सम्पत्ति खरीद गर्ने वैधानिकता समेत प्राप्त भएको छ।

एक दशकको अवधिमा एनआरएनए अभियानमा धेरै गफ र थोरै काम भए भन्ने आरोप छ नि?
एक दशकको अवधि ठूलो होइन। हाम्रो संस्था विस्तारै बामे सर्दै अघि बढेको छ। यो संस्थाको भविष्य एकदमै उज्वल छ। यो अवधिमा ठूला लगानी आउन नसकेको पक्कै हो। तर लगानी बाहेक गैरआवासीय नेपालीसँग सीप र ज्ञान धेरै छन्। नेपालको विकासमा ज्ञान र सीप प्रयोग हुन सकेको छैन। यो अवधिमा ज्ञान र सीप भित्र्याउने काम धेरै हुन सकेको छैन। मेरो कार्यकालमा सीप र ज्ञान भित्र्याउनेतर्फ पहल गर्नेछु।

गैरआवासीय नेपालीबाहेक प्रत्यक्ष विदेशी लगानी भित्र्याउनको लागि गैरआवासीय नेपालीले पुलको काम पनि गर्न सकेको देखिदैन नि?
लगानीका लागि लगानी मैत्री नीति आवश्यक पर्छ। नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी ऐन बीस वर्षदेखि पुनरावलोकन हुन सकेको छैन। यो नीति पुनरावलोकनको लागि तयारी भइरहेको थाहा पाएको छु। सन् १९९२मा आएको यो ऐन अहिलेसम्म परिवर्तन नहुँदा लगानी आउन कठिन भएको छ। लगानीका लागि ब्ल्याक एन्ड ह्वाइट नीति नै छैन। लगानी आउनको लागि स्पस्ट नीति आवश्यक पर्छ। अर्को मुलुकमा रहेका कर्मचारीतन्त्रको व्यवहारले समेत लगानी आउन सकेको छैन। लगानीको प्रमुख वाधक भनेको कर्मचारीतन्त्र समेत हो।
ऐन/नियम भन्दा पनि एउटा हाकिमको भरमा काम हुन्छ? यस्तो अवस्थामा लगानी आउन कठिन हुन्छ। मैले यसो भनिरहँदा यहाँ राम्रा कर्मचारी छैनन् भन्ने होइन तर लगानीका लागि कर्मचारीतन्त्रले पनि लचिलो भइदिनुपर्छ। यस्तो अवस्थामा विदेशीले यहाँ आएर लगानी गर्नसक्ने क्षमता हुँदैन। विदेशी लगानी मात्रै ल्याउने प्रयास गर्नुभन्दा संयुक्त लगानीलाई अघि बढाउनुपर्छ। स्थानीय साझेदारसँग विदेशी लगानी ल्याउन भित्र्याउने विकल्प सबैभन्दा राम्रो हुन्छ। तर संयुक्त लगानीको लागि यहाँका साझेदार पारदर्शी हुन आवश्यक छ।

गैरआवासीय नेपाली अभियानले खाडी र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समेट्न सकेन भन्ने गुनासो छ नि?
गैरआवासीय नेपालीले वैदेशिक रोजगारीमा गएका नेपालीको लागि पनि काम गर्दै आएको छ। यो दीर्घकालिन प्रक्रिया हो। स्वदेशमा रोजगारी नभएपछि विदेशमा जानु अहिलेको वाध्यता हो। तर विदेशमा रहेका नेपालीको उद्धारकर्ता गैरआवासीय नेपाली हुन भन्ने अपेक्षा राख्नुहुँदैन। यसमा राज्यको दायित्व बढी हुन्छ भने कामदार लिने राष्ट्रको पनि उतिकै हुन्छ। हामी पनि समस्यामा परेका नेपालीको लागि कुनै न कुनै रुपमा सहयोग गर्ने हो।
विभिन्न संस्थाहरुको समन्वयमा वैदेशिक रोजगारीमा गएका नेपालीको समस्या समाधानको प्रयास गर्न सक्छौ। अर्को वैदेशिक रोजगारीमा जाने नेपालीसँग सरकारले रकम लिएको छ। तर त्यो रकम त्यतिकै थन्किएर बसेको छ। वैदेशिक रोजगार प्रवर्द्धन खर्च बोर्डमा रहेको पाँच अर्ब भन्दा बढी रुपैयाँको प्रभावकारी परिचालन गर्नका लागि सरकारलाई घच्घचाउनेछौं। यो बाहेक वैदेशिक रोजगारमा गएकाहरुको उद्धारका लागि छुट्टै कोष बनाउनेछौं।

गैरआवासीय नेपाली संघको निर्वाचनमा राजनीतिक दलले खुलमखुल्ला समर्थन गरे नि?
छ महिनाको अवधिमा मैले २५ वटा मुलुक घुमेको छु। २५ मुलुकमा घुमेकोले मेरो आत्मबल समेत बलियो थियो। निर्वाचनको अवधिमा केही राजनीतिक रंगहरु देखिएको मैले पाए। तर मेरो हकमा भने लागु भएन। म अस्ट्रेलियन नागरिक हो। अर्को कुरा संस्थाको गरिमाका आधारमा राजनीतिभन्दा माथि उठ्नुपर्छ। निर्वाचनको प्रक्रियामा कुनै राजनीतिक दाग लागेको छैन भन्ने म पूर्ण विश्वास पनि दिलाउन चाहन्छु। अर्को कुरा जुनसुकै राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने भएकोले कुनै दल विशेषको झन्डा बोक्नुहुँदैन, मैले बोकिन पनि।

साभारः नागरिक न्युज

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork