?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा नेपाली अवैध बस्नुको कारण
   सरोज खड्का
 
बझाङ जिल्लाका बिक्रम भण्डारी कोरिया आएको ४ वर्ष ९ महिना भयो। अर्को महिना उनको भिसा सकिँदै छ। उनी घर जाने तयारी गर्दैछन्। तर उनी काम गरिरहेको कम्पनीले उनलाई तीन महिना अघिदेखि नै अवैधानिक बस्न कर गरिरहेको छ। अवैधानिक बसे तलब बढाइदिने लोभ पनि देखाइरहेको छ। ज्यान जाला इलिगल त बस्दै बस्दिन, उनले आफ्नो ढिपी छाडेका छैनन्। कम्पनीको साहुले भनेको कुरा सम्झँदै उनी भन्छन्, तेरो नेपालमा काम पाइँदैन, नेपाल गएर के गर्छस्? अझै एक दुई वर्ष बसेर अलि धेरै पैसा कमाएर घर जा। 
 
कम्पनीले तलब समेत बढाइदिने आश्वासनसाथ अवैधानिक बस्न कर गर्दा पनि अवैधानिक बस्दिन भन्ने भण्डारी अपवाद हुन्। कम्पनीले राख्छ भने अवैधानिक बस्ने नत्र कम्पनीबाट पाउनुपर्ने सुविधाहरु लिएर घर जाने भन्दै नक्कली टिकट समेत देखाएर अन्यत्रै गएर अवैधानिक काम गर्ने नेपालीहरु पनि नभएका होइनन्।
 
कोरियामा आएर भिसा अवधि सकिँदै गएपछि नेपाल गएर के गर्ने भन्ने विषयमा नेपालीको सबैभन्दा बढी चिन्ता पाइन्छ। कोरिया आएपछि अवैधानिक बस्नु नेपालीको रहरभन्दा पनि बाध्यता हुन सक्छ। तर एक दुई वर्ष अवैधानिक काम गरेर घर जाने सोचमा रहेका नेपालीको कथा लामो छ।
 
९ वर्षअघि मुनड्रप्स म्यानपावरमार्फत तीन वर्षका लागि कोरिया आएका धनगढी कैलालीका नवीन सिंह आफ्नो नौ वर्ष यहाँ बस्ने सोच कहिले नरहेको सुनाउँछन्। सुरुमा तीन वर्षको भिसामा आउँदा उनलाई लाग्थ्यो तीन वर्ष कहिले पूरा होला र घर जान पाइएला? तर अहिले यति लामो अवधि कोरिया बस्दा भोगेको पीडा पोख्दै उनी भन्छन्, नेपालबाट आउनेबेला एक महिनापछि जन्मिने बेला भएकी छोरी अहिले ९ वर्षकै भई। छोरीलाई वाल्यकालमा दिनुपर्ने पितृस्नेह दिन सकिन। बिचमा बिदामा घर जाने सोच हुँदाहुँदै पनि जान सकिएन। अहिले घर जाने कुरा गर्दा कम्पनीको साहुले काम धेरै भएको कारण देखाउदै कहिले चार महिना, कहिले छ महिना अझै बस भन्दै कर गर्छ। 
 
कोरियामा नेपालीहरुले अवैधानिक काम गरेकोप्रति कोरिया सरकारको सम्बिन्धित निकायले दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामासँग व्यक्त गरेको असन्तुष्टिमा राजदूत लामाले अवैधानिक बस्नुमा नेपालीभन्दा कोरियाको कम्पनीको बढी दोष रहेको बताएका थिए। दक्षिण कोरियामा रहेका क्रियाशील संघसंस्थाहरुका प्रतिनिधिसँग दूतावासमा भएको एक छलफलमा राजदूत लामाले तपार्इंहरुको कम्पनीले नै इलिगल काम गराउँछ त उनीहरूले काम गरिहाल्छन् नि । कम्पनीले काम नदिओस् त कसरी इलिगल बस्छन्? भन्ने जवाफ दिएको बताएका थिए।
 
कोरियामा अवैधानिक रुपमा नेपालीहरु बस्नुको मुख्य उद्देश्य कोरियाको आकर्षक तलब नै रहेको एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवर बताउँछन्। उनी भन्छन् यहाँ महिना मर्नेबित्तिकै एक लाख आउँछ, नेपाल गएपछि त्यत्रो पैसा कसरी कमाउने बरु अवैधानिक नै बसौं भन्ने सोच राख्छन्। त्यसमाथि नेपालको राजनीतिक अवस्था, देशमा बरोजगारीको समस्या आदिले नेपाल जानुभन्दा अवैधानिक बस्नु उचित हो भन्ने निष्कर्ष धेरैले निकालेको पाएको छु । 
 
कोरियामा बेरोजगार कोरियन युवाहरुको संख्या बढ्दै गएको भएपनि विदेशी कामदारहरुको माग झनै बढ्दो छ। अवैधानिक भए तापनि काममा दक्ष कामदारलाई तत्काल प्रतिस्थापन गर्न सहज छैन। त्यसमाथि सरकारको फितलो नीतिका कारण कहिलेकाही गरिने अवैधानिक कामदारहरुको धरपकड हात्तीको देखाउने दाँत सरह भएको बताउँछन् माइग्रेन्ट ट्रेड युनियन(एमटियु)का अध्यक्ष उदय राई।  
 
कोरियामा झन्डै १ लाख ८० देखि ८५ हजारसम्म अवैधानिक विदेशी कामदार छन् । सबै कामदारलाई स्वदेश फर्काउने हो भने कोरियामा रहेका कम्पनीमध्ये २० प्रतिशतलाई असर पुग्ने बताउँछन् एमटियु अध्यक्ष राई। ठूला कम्पनीले पनि अवैधानिक राख्ने गरेको बताउँदै उनी भन्छन्, खोज्दै जाने हो भने सामसङजस्ता कम्पनीहरुले पनि अवैधानिक कामदार राखेको पाउन सकिन्छ। अवैधानिक कामदारहरुको सम्बन्धमा कोरिया सरकारले सर्प पनि नमर्ने, लठ्ठी पनि नभाँचिने नीति लिएको बताउँछन् एमटियु अध्यक्ष राई।
 
कोरियाको श्रमबजार सम्बन्धी बैंक अफ कोरियाले गत बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा कोरियन श्रमिकहरुको औसत उमेर हाल ४४ वर्ष पुगेको उल्लेख छ। सन् १९७० मा औसत ३५ वर्ष उमेर रहेकोमा सन् २०१३ सम्म ४४ वर्ष पुग्नुले श्रमबजारमा युवाहरुको संख्या घट्दै गइरहेको देखाउँछ। यसले गर्दा भविष्यमा कोरियामा श्रमिकहरुको माग अझै बढ्नेछ। 
 
इपिएस (इम्प्लोयमेन्ट पर्मिट सिस्टम) मार्फत कामदार भित्र्याउने नीतिले मात्र कोरियामा श्रमिकहरुको माग धान्न पक्कै पनि सहज हुने छैन। त्यस अवस्थामा मजदुर संगठनहरुले उठाउँदै आएको अवैधानिक कामदारहरुलाई स्वत वैधानिक गर्नुपर्ने, वर्क पर्मिट सिस्टम लागू गर्नुपर्ने जस्ता मागहरु पुरा गर्नुको विकल्प कोरिया सरकारसँग हुने छैन। 
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork