?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मृगौला फेल हुने कारणहरु
  
 

मृगौला रोग धातक तर सजिलै रोकथाम गर्न सकिने रोग हो । सामान्य लापरबाहीले पनि लाग्न सक्ने मृगौला रोगले मानिसको घरखेत समेत सिध्याउँछ । किनभने मृगौला रोगको उपचार एकदमै महँगो र झन्झटिलो पनि छ । आर्थिक अवस्था कमजोर भएकाहरूका लागि त मृगौला रोग अभिसाप नै हो । यसो भन्दैमा निरास पनि हुनुपर्दैन किनभने सामान्य सावधानीबाटै मृगौला बचाउन पनि सकिन्छ । कम्तिमा वर्षको एकपटक पिसाब वा रगतको जाँचबाट मृगौलाको अवस्था थाहा पाउन सकिन्छ । त्यसैले मृगौलाको काम, रोगको रोकथाम, बिग्रिने कारणबारे जानकारी राख्नु मानव स्वास्थ्यको हितमा छ ।

 

 

मृगौलाको मुख्य काम

 

 

 

१) शरीरबाट दूषित र हानिकारक पदार्थ निस्कासन गर्नु ।
२) शरीरमा पानी र लवणको मात्रा सन्तुलन गर्नु ।
३) रक्तचाप नियन्त्रण गर्नु ।
४) रतग बनाउन मद्दत गर्नु ।
५) हड्डी मजबुत बनाउनु ।

 
मृगौला रोगका मुख्य कारण    

 

 
१) मधुमेह,
२) उच्च रक्तचाप,
३) नेफ्राइटिस,
४) मृगौला पत्थरी,
५) अध्याधिक मोटोपना,
६) वंशाणुगत रोगहरू आदि ।

 

 

यी रोगहरू समयमै पत्ता लगाएर उपचार गरेमा मृगौला रोगको रोकथाम र मृगौला वचाउन सकिन्छ ।

मधुमेह

 
मृगौला रोगको प्रमुख कारण मानिने मधुमेह रोगले नेपालमा आगामी दशकमा महामारीको रूप लिने अनुमान गरिएको छ । विश्वमा अहिले २४ करोड मधुमेहका बिरामी छन् । यो संख्या सन् २०२५ मा ३८ करोड पुग्ने अनुमान गरिएको छ । मधुमेहको मुख्य कारण जनसंख्या वृद्धि, बृद्धहरूको संख्या वृद्धि, शहरीकरण, अस्वस्थ्यकर खानपान, अधिक मोटोपन, व्यायामको कमी आदि हुन् । विकाशशील राष्ट्रहरूमा आउँदो दशक मधुमेहले माहामारीको रूप लिने विभिन्न अध्ययनले देखाएका छन् । त्यसमा भारत पहिलो र चीन दोस्रो स्थानमा पर्दछन् । विश्वमा ५० प्रतिशत मधुमेहका रोगी यस रोगबारे अनभिज्ञ छन् र उपचार पाएका छैनन् । अनुसन्धानले भन्छ, ४० प्रतिशत मधुमेहका बिरामीमा मृगौलाको रोग देखा पर्छ ।

 
उच्च रक्तचाप

 

 

 

उच्च रक्तचाप विश्वको मुख्य स्वास्थ्य समस्या बनेको छ । र, यो समस्या वर्षेनी बढ्दो क्रममा छ । मृगौला खरावी गर्ने उच्च रक्तचाप अर्काे मुख्य कारण हो । उमेर बढ्दै जाँदा रक्तचापको समस्या पनि बढ्दै छ । हाल विश्वमा एक अर्ब मानिस उच्च रक्तचापको बिरामी छन् । यो समस्या आगामी दशक विकसित राष्ट्रमा २४ प्रतिशत र विकासशील राष्ट्रमा ८० प्रतिशतले बढ्ने विज्ञहरू बताउँछन् ।  मृगौलाका रोगीहरूलाई हृतदघात र पक्षधातको सम्भावना सामान्य मानिसमा भन्दा आठ गुणा बढी हुने विभिन्न सर्वेक्षणले देखाएका छन् । सुरुकै अवस्थामा मृगौला रोग पत्ता लागेमा अधिकांश मृगौला रोगको रोकथाम गर्न सकिने चिकित्सकहरूको भनाइ छ ।

 

 
मृगौला रोगमा सुरुको अवस्थामा कुनै लक्षण वा समस्या नदेखिन सक्छ । र, अन्तिम अवस्थामा मात्रै समस्या देखिने हुनाले मानिसलाई डाइलाइसिस वा मृगौला प्रत्यारोपणको आवश्यकता पर्छ । यी उपचार प्रक्रिया एकदमै खर्चिला हुन्छन् । विकसित राष्ट्रको स्वास्थ्य बजेटलाई त यो समस्याले धेरै अप्ठ्यारो पारेको छ भने विकासशील राष्ट्रका अधिकांश मानिसका लागि मृगौला रोगको उपचार अकल्पनीय हुन्छ । त्यसैले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो ।

 

 

 

रोकथामका केही उपाय

 

 

 

१) नियमित व्यायाम गरेर शरीरलाई तन्दुरुस्त राख्ने ।
२) मधुमेहका बिरामीले आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने ।
३) रक्तचाप नियमित जचाउँने र रक्तचाप १४०९० वा त्यो भन्दा बढी भएमा चिकित्सकको सल्लाह लिने ।
४) धुम्रपान नगर्ने ।
५) डाक्टरको सल्लाहबिना आफैँ जथाभावी औषधि सेवन नगर्ने । विशेष गरी दुखाइ कम गर्ने औषधि धेरै प्रयोग गर्नाले मृगौलालाई हानी गर्छ ।
६) दिनमा करिब ६ गिलास पानी पिउने ।

 

 

- डा. दिव्या सिंह शाह
  मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ 
  त्रिवि शिक्षण अस्पताल

- स्वास्थ्य खबरपत्रिका २०७० भदौ अंकमा प्रकाशित

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
चिनी खाँदाका बेफाइदा
नियमित टमाटरको सलाद खानाले प्रोस्टेट क्यान्सरमा कमी
पानी पिउनुका फाइदा तथा बेफाइदा
नासपातीको औषधीय गुणहरु
इबोला भाइरसको सन्त्रास, कसरी बच्ने त इबोलाबाट ?
क्वाँटी खाँदाका फाइदा
दिनहुँ एस्पिरिनको सेवनले क्यान्सरको खतरा कम
यसरी भगाउनुस् तनाव
अदुवा खानुका फाईदै फाईदा....
कटहर खानुका फाइदाहरु
७ मिनेट दौडिनुस् हृदयघातबाट बँच्नुस्
विहानमा गर्नै नहुने ५ गल्ती ...
सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस यी घरेलु उपाय...
हेपाटाइटिस बी : कलेजोको समस्याबारे जानिराखौं
दाँत पहेँलो भएर दिक्क हुनुहुन्छ ?
कुखुराको मासु कहिल्यै पनि नधुनुस् !
तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्
धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
केराका बोक्रा सम्बन्धी केही टिप्सहरु
मृगौला फेल हुने कारणहरु
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork