?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
  
 

रमेश खावाजु , दक्षिण कोरिया l
नेपालको कला र संस्कृति अनि सांस्कृतिक गतिविधिमा विदेशी संस्कृति हावी हुँदै गइरहेको छ । आधुनिकताको नाममा आजका युवापीढीहरू आफ्नो  लोक संस्कृतिको ठाउँमा पश्चिमा संस्कृतिलाई अनुसरण  गरिरहेका छन् ।  हाम्रा आफ्नो  परम्परागत मौलिक बाजाहरू ,गाउँघरमा गाइने विभिन्न लोकगित तथा लोकनाचहरूप्रति अनभिज्ञ छन् । मौलिक परम्परागत बाजाहरू- धिमेबाजा, नाय्खिं, पोङ्गा, मुर्चुङ्गा, नौमति बाजा, सनाहाँ, मादल, च्याङब्रुङ आदि बाजाहरूको बारेमा धेरैजसोलाई थाहा भएता पनि त्यसको ठाउँमा ड्रमसेट, गितार, कि-बोर्ड, पियानो आदि विदेशी बाजाहरूप्रति युवा पुस्ताहरु आकर्षित भइरहेका छन् ।

हाम्रो आफ्नो  मौलिक लोक  संस्कृतिको ह्रास हुँदै  विदेशी कला र संस्कृति अङ्गाल्ने क्रम बढीरहेको बेला दक्षिण कोरियामा नेपाली लोक गित ,दोहारी तथा धुनहरु   नेपाली तथा बिदेशी माझ प्रस्तुत गरेर नेपाल र नेपालीलाई चिनाउने माध्यम बनेको छ बिसौनी सांगीतिक समुह l लोक संगीतमा लामो समय देखि आफ्नो पहिचान बनाउन लागिरहेका  केहि जागरुक युवाहरु मिलेर १ बर्ष अघि स्थापित बिसौनी समुहले  दक्षिण कोरियामा  करिब २० /२१ पटक  आफ्नो प्रस्तुति पस्किसकेका छन् l

बिसौनी समुहका प्रस्तुति हेरेर  कोरियामा रहेका नेपालीहरु मात्र होइन कोरियन तथा अन्य बिदेशीहरु पनि नाच्न थालिहाल्छ l   बिशेष गरी प्रत्यक्ष लोक धुन दोहोरी गीत परम्परा झल्काउने खालका लोक भाकाहरु गाउन माहिर सो समुह कोरियामा  दिनदिनै चर्चित बन्दैछ|  नेपाली बजारको बेरोजगारीता अनेक बाध्यताले गर्दा सुनौलो भबिष्य निर्माण गर्न दक्षिण कोरियामा कठिन कार्य गरिरहेका यी कलाकारहरुले फुर्सदको समय पाउने बितिकै  गाउ बेसीका भाकाहरु हालेर अभ्यासमा जुतिहाल्छन l सो समुहका संस्थापाक तथा सदस्य  सी.पी मगरले कहिलेंकाँही दिनभरी कोरियाको कठिन काम गरेर नेपाली माया मिसिएको गाउ बेसी अनि मौलिक झ्याउरे,कौडा,सोरठी जस्ता भाकाहरु बिर्सन नसकी रातभरी मादलको तालमा भाका हालेर भोली बिहान काममा गएको पनि बताएका छन् l उहांले फेरी पनि भन्नुभयो  "कोरियामा हामी गाउ बेसीका आफ्नै मौलिक पहिचान बोकेको लोक संस्कृतिको उत्थान गर्नु लागिपरेका छौं र यो हाम्रो दायित्व हो पनि हो   l  लोक दोहोरीलाइ अझै बिदेशी भूमिमा फराकिलो बनाउने संकल्प स्वरूप अहिले हाम्रो समुह लागि परेको   छौं l"समुह भित्र प्राय जसो सबै खाले बाजाहरु बजाउन र गाउन जान्ने सदस्यहरु छन्|

बिसौनी समुहका कलाकारहरु 
सि.पी.मगर(स्याङ्जा)  - गायक /बाध्यबादक,
मुनाराज सुनुवार(रामेछाप) - बाध्यबादक,
दिलिप गुरुङ(स्याङ्जा)   -  मुख्य बाध्यबादक,
टिका नेपाली(बाग्लुंग)  - गायक/बाध्यबादक,
सरु पौड्याल(गुल्मी)  - गायिका
हेमराज बि.सी.(बाग्लुंग)  - गायक/बाध्यबादक
टिका नेपाली(बाग्लुंग)   - बाध्यबादक,
देबेन्द्र छन्त्याल गर्बुजा(बाग्लुंग)  - गायक/बाध्यबादक


  कोरियामा कसरि स्थापना भयो  सांगीतिक समूह बिसौनी समूह ?

संयोगबस २०११ मे महिनातिर सउलको लोटस लाल्टिन फेस्टिभलको एक कार्यक्रममा सहभागी हुन् आएका २ जना लोक सांगीतिक क्षेत्रका जागरुक युवाहरु  मुनाराज सुनुवार र सि.पी.मगरको भेट भयो l  ती २ जना युवामा निकै आत्मीएता बढे पश्चात कोरियामा लोक संस्कृतिलाइ माया गर्ने साथीहरुलाई समेटेर सांगीतिक समुह निर्माण गर्ने निर्णय लिए l नेपालमा लामो समय देखि लोक संगीतमा आफ्नो पहिचान बनाउन लागिरहेका सिपि मगर र मुनाराज सुनुवारले  फुर्सदको समयमा संयुक्त रुपमा सांगीतिक अभ्यास गर्दै  नेपाली लोक संगीतलाइ माया गर्ने कलाकारहरुको खोजि पनि गर्न थाले l "  भन्ने बित्तिकै कहाँ साथी पाइन्थ्यो र? पाइहाले पनि मन नमिल्ने ,लक्ष्य भन्दा बाहिरको साथीहरु भेटिदा निराश पनि भए l तर हामि दुइ जना मिलेर नाम बिना नै २/४ ठाउमा आफ्नो कला गला प्रस्तुत गर्दै गए " आफ्नो सुरुवातको दिनको सम्झना गर्दै कलाकार मुनाराज सुनुवारले  बताए l

                          तैले सोच मात्रै भगवानले पुर्याउछ भने झैँ २०१२ को पूर्व सन्ध्या तिर  संगीतमा लामो समय काम गरिरहनु भएका दुइ जना नेपालीहरु  दिलिप गुरुङ र टिका कोरिया प्रवेश गरे  | ४ जना कलाकारहरुको नियमित भेटघाट तथा सल्लाह अनुसार कोरियामा २०१२ अक्टुबर महिनामा  "बिसौनी सांगीतिक समूह" स्थापना भयो l नोभेम्बर महिनामा प्रतिभाशाली लोक दोहोरी गायिका सरु पौड्याल पनि उक्त समुहमा प्रवेश गरेपश्चात कोरियामा नेपाली लोक दोहोरीलाइ अझै फराकिलो बनाएको छ  l   कोरियामा करिब २० /२१ पटक आफ्नो प्रस्तुति पस्किसकेको तर अझ आफुहरुलाई चर्चित भन्न नरुचाने समुहका संस्थापाक तथा सदस्य सि.पी. मगरले आफूहरुकै व्यक्तिगत र आन्तरिक श्रोत बाट करिब २० लाख वन बराबरको बाध्य सामग्री किनेको जानकारी  दिनुभयो| उहाँले पुन कोरियामा रहेका व्यक्तित्व संघ सस्थाहरुबाट सहयोग,माया,सल्लाह,हौसलाबाट निकै नै उत्साहित रहेको र आउने दिनहरुमा अझै उहाहरुको मनोरन्जनको खातिर जहिले पनि उपस्थित हुने जानकारी दिए l
त्यस्तै गरि राजधानी सउल  देखि करिब ५ घण्टा टाढा रहेर पनि आफ्नो संस्कृति जगेर्नार्थ लागि पर्नु भएका समुहका मुख्य बाध्यबादक दिलिप गुरुङ कोरियाको अत्यन्तै ब्यस्त समय तथा भौगोलिक दुरीले टाढा भएपनि साधना अभ्यास गर्न नछोडेको जानकारी दिनुभयो  l
 कोरिया बिशेष गरी प्रत्यक्ष लोक धुन ,दोहोरी गीत ,परम्परा झल्काउने खालका लोक भाकाहरु गाउन माहिर उक्त समुह दिनदिनै चर्चित बन्दैछ l आफुहरु ब्यबसायिक हिसाबले नबढे पनि कार्यक्रम आयोजकहरुले समुहको मेहनतको कदर गर्दै आर्थिक रुपमा सहयोग मिलेको र थोरै ब्यबसायिक तिर पनि ढल्केको हो की भन्ने आभाष भैरहेको संस्थाका सदस्य सरु पौड्याल बताउँछिन  भने अर्का  सदस्य टिका नेपालीले  आपत् बिपतमा परेका नेपालीहरुलाई कला गला बाटै पनि सहयोग गर्न समुह तयार रहेको बताउनुभयो| उहालें अहिले  हामि स्याङजा परिवार दक्षिण कोरियाद्वारा छुसकमा आयोजना गर्न लागेको "आँधि खोला सांगीतिक सौगात भाग ४ "को  लागि अभ्यास गरिरहेको पनि बताए l

                के भन्छन कोरियामा  बिसौनी समूहबारे ?

 केपी सिटौला -  एनआरएन निबर्तमान अध्यक्ष तथा बर्तमान आइसीसी सदस्य , कोरिया l

दक्षिण कोरियामा लामो समय देखि पर्यटन ब्यबसाय गर्दै आएका एन. आर . एनका निबर्तमान अध्यक्ष तथा बर्तमान आइसिसिका सदस्य केपी सिटौलाले अहिले बिश्वमा बिस्तारै  मौलिक तथा लोक संगीत हराउदै पश्चिमा संगीतलाई युवाहरुले अंगाल्ने क्रम बढिरहेको बेला कोरियामा बिसौनी समुहले नेपाली लोक संगीत तथा मौलिक धुनहरुलाइ नेपाली तथा बिदेशी माझ प्रस्तुत गरेर नेपाली लोक संगीतलाइ संरक्षण गर्न गरेको प्रयास सह्रानीय रहेको बताए  l उहाले आफुले बिगतमा एनआरएनको विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा बिसौनी समुहलाई सहभागी गराएको तथा भबिष्य सम्म पनि आफ्नो व्यक्तिगत र संस्थाको तर्फबाट सक्दो  सहयोग गर्दै जाने बताए l

 रुद्र शर्मा -समाजसेवी तथा ब्यबसायी ,कोरिया l

 दक्षिण कोरियाको कठिन काम गरेर बचेको समयलाइ सदुपयोग गर्दै कोरियामा लोक गित ,दोहारी  तथा नेपाली मौलिक धूनहरुको प्रचार प्रसार गर्न सफल रहेको तथा यति राम्रो कला ,गला तथा माटोको सुवास बोकेको समुह स्वदेशमा पनि बिरलै भेटिएला भनि रुद्र शर्माले आफ्नो विचार पोखे l  प्रवासी भुमि कोरियामा आफ्नो व्यस्तताको बिचमा पनि अति नै बिशिस्ट रुपमा नेपाली कला , संस्कृति र लोक संगीतको अवतरण रुपमा प्रचार प्रसार र संरक्षण गर्न ठुलो भूमिका निभाएका  बिसौनी समुहलाई आफ्नो व्यक्तिगत रुपमा सक्दो सहयोग , सम्मान र सलाम गर्न गर्न चाहेको पनि बताए l


 मिन प्रकाश उप्रेती -सम्पादक तथा प्रकाशक

यो कोरियाको यस्तो पहिलो संगितिक समुह हो जसले कोरियामा रहेका नेपालीहरुलाई आनन्द दिलाएको छ l नेको खबरका सम्पादक तथा कोरिया सन्देश क्लबका अध्यक्ष उप्रेतीले  कुनै ब्यक्ति वा संस्था प्रति झुकाव नगरि सबैको यो समुह बन्न सकोस भनि सुभकामना पनि ब्यक्त गरेका छन् l

जुनु गुरुङ , वोमन फर वोमन , अध्यक्ष

बिसौनी समुहका कलाकार साथीहरुले  प्रवासी भूमिमा १२ घण्टा  कामकोसंगै ,आफ्नो  देशको  मौलिक  कला संस्कृतिलाइ  जोगाउदै   सम्पूर्ण  थकाईलाइ मिठो  धुन  र  गितले   मेटाउन  सफल  भएकोमा  र हामी सम्पूर्ण  कोरिया  बासि  दाजुभाई  दिदि बहिनीहरुले  गौरब  गर्नुपर्ने वोमन फर वोमनका अध्यक्ष जुनु गुरुङ  बताएकी छिन l बिसौनी समुहले कोरियामा मात्र होइन अन्य विदेशमा समेत आफ्नो कला र गलाको प्रस्तुति देखाउने अवसर पाओस भनि सुभकामना पनि ब्यक्त गरेकी छिन l

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork