?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

३४ वर्षपछि झलक सुवेदी
   बिजय कुमार पाण्डे
 
३४ वर्षपछि झलक सुवेदी
२०३६ सालमा सुधारिएको पञ्चायत कि बहुदल ? भन्ने विकल्पसहित जनमत संग्रहको घोषणा हुँदा झलक सुवेदी १८ वर्षीय बिद्यार्थी थिए । भुमिगत नेकपा माले सम्बन्धित विद्यार्थी संगठनका सदस्य थिए । जनमत संग्रहको आयोजनले जनतालाई झन्डै २० बर्ष लामो एकदलीय पञ्चायती व्यवस्थाको बिकल्प रोज्ने अपुर्व मौका मिलेको थियो ।
तर बिडम्बना, ती दिनहरुमा आफूलाई जनताको महान र गौरवशाली पार्टी बताउने झलकजीको माले पार्टीले जनमत संग्रह बहिष्कार गर भन्ने नारा दियो । बहिष्कारको चर्को नारा बोकेर झलक सुवेदी पनि गाउँ फर्किए । जानी नजानी नेकपा मालेले गरेको उक्त कृत्यले नेपालमा प्रजातन्त्र पुनःस्थापनालाई दस बर्ष पछि धकेल्न भुमिका खेल्यो । 
आज ५२ बर्षिय झलक सुवेदीका कपाल सेताम्य भएका छन । कपालमात्र होइन, दृष्टिकोण पनि परिष्कृत भएको छ । आफूले त्यसबेला गरेको बहिष्कारप्रति झलक सुवेदीका मनमा गर्व होइन, एक प्रकारको लज्जाबोध छ । हिजैमात्र भन्दै थिए उनी, त्यसबेला हामीलाइ लाग्यो, जनमत संग्रहमा बहुदलको साटो पंचायतले जिते नेपालमा साम्यवाद चाँडो आउने छ । हामीले त्यसबेला गरेको बहिष्कारले अन्ततः निरंकुसतालाई पृष्ठपोषण गर्‍यो भन्ने बुझ्न हामीलाइ धेरै समय लाग्यो ।
हुनत, आज मोहन बैधजीलाई सोध्यो भने सुवेदीजीका विचार संशोधनबादी लाग्लान । ठिक त्यसै गरि, जसरी कुनै युगमा झलक सुवेदीजीको पार्टीलाई नेपाली बामपन्थी आन्दोलनका युगपुरुष मनमोहन अधिकारीका विचार संशोधनबादी लाग्थे । संशोधनबादी भन्ने पगरी नेपाली कम्युनिष्ट इतिहास (र भविष्यको पनि ?) को हात खाली नहुने चिठ्ठा जस्तै हो । कसै न कसैले, कसै न कसैको टाउकोमा लगातार सिउरी रहनुपर्ने पगरीजस्तो ।
आजको दिनमा फेरि एकपटक, वर्तमान वैश्य युगका यथार्थसित बिल्कुलै मेल नखाने अर्थहीन लफ्फाजीको जालोमा फसेर नेपालको बामपन्थी आन्दोलनको एक हिस्साले  आफ्नो मात्र होइन, समग्र जनताको जीवन नकारात्मक रुपले प्रभावित गराउन खोजेको ठिटलाग्दो अवस्था छ ।
जगदीश घिमिरे भन्छन्, दहीबाट नौनी बनाउन त्यसलाई झोल बनाएर मथ्नु पर्छ । मथ्दा-मथ्दा एक अवस्था यस्तो आउँछ, जब दहिबाट नौनी निस्केर तैरिन थाल्छ । त्यसपछि मथ्न बन्द गर्नु पर्छ र नौनी झिकेर निकाल्नु पर्छ । तर नौनी निस्किसके पछि पनि, यदि फेरि त्यसैलाई थप मथ्ने मुर्खता गरियो भने आएको नौनी पनि फेरि झोलमै बिलाउँछ । त्यस अवस्थालाई नौनी लच्चकियो भन्ने शब्दावली प्रयोग गरिन्छ । नेपाली राजनितिको इतिहास लगातर नौनी लच्चकाउने दुष्कर्महरुले भरिएको छ ।
प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नुको साटो नेपाली राजनितिक नेत्रित्वले पटक पटक नौनी लच्काउने मुर्खता गर्दै आएको छ । २०३६ सालको जनमत संग्रहमा झलक सुवेदीको नेकपा मालेले गरेको नौनी लच्काउने कृत्य अहिले नेकपा-माओवादीले दोहोर्‍याउन थालेको बलियो शंका उत्पन्न भएको छ ।
एक भनाइ छ, इतिहासले आफैंलाई दोहोराउँछ । सत्य के हो भने­ मानिसले आफ्नो गल्ती दोहोर्‍याउँछ, अनि विचरा इतिहासलाई दोष दिन्छ । इतिहासजस्तो गहन बिषयलाई नेपालमा अनुत्पादक बिषय ठानिन्छ । त्रिविविमा इतिहास बिषय पढाउने शिक्षक र बिद्यार्थीहरुको हालत हेरेर त्यस बिषयप्रति गरिएको हेला सहजै महसुस गर्न सकिन्छ । सर्वाधिक महत्वको इतिहास बिषयलाई हेलावापत समाज पटकपटक दण्डित भएको छ । हाम्रो समग्र चिन्तनको सतहीपन र बौद्धिक सम्बादको निम्न स्तरमा त्यो दण्डको प्रभाव प्रष्ट महसुस गर्न सकिन्छ ।
झलक सुवेदीले २०३६ सालमा जे गरे त्यो कुरा प्रकारान्तरले नेपाली समाजको लोकतान्त्रिकरणमा सहायकसिद्ध भएन भन्ने कुरा उनी स्वयंले टेलिभिजनको पर्दामा स्विकार गरेपछि त्यसमा  केहि थपी रहनु परेन । त्यस इमान्दार स्विकारोक्तिले उनको बौद्धिक साइज घटाउँदैन, अपितु बढाउँछ । इतिहास चेतनाको बोध प्राप्त गर्नु भनेको त्यही हो । फेरि झलक सुवेदी त त्यसबेला काँचै उमेरका थिए ।
२०३६ को त्यही प्रवृत्ति अहिले फेरि दोहोरिएको छ । पात्र फेरिएका छन्, प्रवृत्ति उहि हो । मेरो यक्ष प्रश्न­ के आजको मोहन बैध समूहको पुस्ताले झलक सुवेदीको जीवनबाट केहि सिक्न सक्छ ? अथवा नेकपा माओवादीका कार्यकर्ताको चेतनाबोध २०३६ सालका झलक सुवेदीमै सिमित रहने छ ?
बैध समूहको भित्री दाउ के होला ? भन्ने प्रश्नको उत्तरमा झलक सुवेदी भन्छन्, उनीहरु बर्तमान राजनैतिक प्रकृयालाई नै भत्काउन चाहन्छन् । चुनाव नभएपछि एक प्रकारको "भ्याकुम" उत्पन्न हुनेछ र त्यो भ्याकुममा खेलेर सत्तामा आउन सकिन्छ भन्ने तिनको आँकलन छ । यस्तै खाले आंकलन हामी २०३६ सालमा गथ्र्यौ ।
बैध समूहको कुरा गर्दा याद राख्नै पर्ने हुन्छ, केही समयअघि पोखरा भेलामा त्यसले चुनावलाई बाधा हाल्ने निर्णय गरेको छ । हुनत चुनावको उपयोग गर्नुपर्छ भन्ने नेताहरु पनि त्यस समूहमा नभएका होइनन् । तर जबसम्म त्यो पार्टीको आधिकारिक निर्णय बदलिदैन, तबसम्म उसले गर्ने वार्ताको कुनै तात्विक अर्थ हुने छैन भन्ने आँकलन त्यहाँभित्रकै एक नेताले मलाई बताए, "अहिले हामीले गर्ने भनेको रणनितिक टाइम पास मात्र हो ।" 
यो स्थिति त्यसबेला मात्र बदलिने छ, जब चुनाव पक्षधर दलहरुले जनस्तरमा "निर्वाचनको ताप" प्रवाहित गर्न सफल हुनेछन् । आज हामी बैध समूहले के गर्ला वा नगर्ला भन्ने अतिरन्जित आंकलनमा व्यस्त भइरहेको बेला यो कुरा पनि बिर्सन हुन्न कि चुनाव पक्षधरहरुको संख्यात्मक शक्ति धेरै बलियो छ । आउने हप्ताहरुमा जब बिभिन्न पार्टीका उम्मेवारहरुको नाम घोषणा होला, तिनिहरुको पक्ष-बिपक्षमा जब समाज बिभक्त होला, तब बेग्लै माहौलको सृजना हुनेछ । ठिक त्यस्तै माहौल जस्तो २०३६ सालमा झलक सुवेदीले बेहोरेका थिए । उनले बहिष्कारको नारा दिए, तर झलकजीको आफ्नै घरका मानिसले त्यसलाइ सुनेनन् ।
आजको यक्ष प्रश्न बैध समूहले चुनाव हुन दिन्छ कि दिदैन भन्ने होइन, निर्वाचन पक्षधर भनिएका दलहरु नै चुनावप्रति साँच्चिकै मन र कर्मले प्रतिबद्ध छन् कि छैनन भन्ने हो । यसैबिच हाल बैध समूहका महत्वाकांक्षी "सेन्टर फर्वाड" नेत्रविक्रम चन्द चीन पुगेका छन् । चीन एक परिपक्व बिदेश निति संचालक राष्ट्र हो । उसले कसैलाई काठमाडौमा भेट्दा एउटा र बेइजिङमा देख्दा अर्को सन्देश प्रवाहित गर्दैन । बेलायती राजदुत एन्ड्रु जेम्सले स्पष्ट शब्दमा मलाई भने, "नेपालको चुनावका सम्बन्धमा भारत र चीनलगायत सारा अन्तर्राष्ट्रिय समुदाय एकमत छ । चुनाव निर्धारित मितिमा हुनै पर्छ । म आशा गर्छु कि बैधजीले यो सन्देशको गम्भिरता बुझ्नु हुनेछ ।"
अन्तर्राष्ट्रिय मन्चमा यो स्थिति छ भने देशभित्रका जनताचाहिं गरिबी र अराजताले गर्दा थप बेचैन हुँदै गएका छन् । कुनै पनि सिद्धान्तका जडसुत्रवादी ठुल्ठुला कुरा, नारा, बन्द, हडताल आदिले नेता र उसका आसेपासेबाहेक अरु कसैको मुखमा माड नलाग्दो रहेछ भन्ने जनताले बिगतमा भोगिसके । यो नेपाली समाजले आजसम्म पाएको सबैभन्दा ठुलो चेतनाबोध हो । यो दिर्घकालिन चेतनाबोधको महत्व कुनै पनि जनआन्दोलन वा विद्रोहभन्दा कम छैन । नेपाली जनमानसमा नवोदित यो चेतनाबोधको सहि आकलन गर्न नसक्ने कुनै पनि राजनैतिक शक्तिको भविष्य समाप्त हुन धेरै समय कुर्नु पर्ने छैन ।
जनयुद्ध लडेका माओवादी कमाण्डर यमबहादुर थापा "अरुण" ले हिजैमात्र कांग्रेस प्रवेश गर्दा भनेका यी शब्दले नवचेतनाको युग टाढा नभएको शंखनाद गरेका छन्, "दस बर्षे जनयुद्ध मार्फत मुलुकमा आर्थिक बिकासका ठुला सपना देख्ने हामी आज रोजगारका लागि मलेसिया र खाडी जानेमात्र होइन, सुन्धाराका लजमा वेश्यावृत्ति अंगाल्नसम्म बाध्य भयौ ।"
धेरैले बुझसिके, बाँकीले पनि चाँडै बुझ्ने छन्, राजनैतिक सिद्धान्तका किताबमा जे लेखिएको भए तापनि नेपाली जीवनको सत्य भनेको केहि हजार रुपयाको लागि मलायाका जंगल वा अरबका मरुभुमी जानु पर्ने बाध्यता नै हो । किताबका अक्षरमा नेपाललाई जलविद्युतको धनी देश भनिए तापनि दैनिक १८ घन्टासम्मको लोडसेडिङ नै हाम्रो जीवन सत्य हो ।
मुठी कसेर भाषण गर्दैमा कोठाको चिम नबल्ने रहेछ, भान्छामा चामल नआउने रहेछ, बच्चाको फिस नतिरिने रहेछ, बिरामी पर्दा माओवादी लगानीकै अस्पतालले पनि पैसा नलिइ उपचार नगर्ने रहेछन् । यस्ता कटु सत्य बुझ्ने यमबहादुर थापाहरुको संख्या भविष्यमा हर पल बढदै जाने छ । आज मूठी कसेर भाषण गर्ने कुनचाहिं ठुलो नेताको छोरा मलायाको जंगलमा छ ? कुनचाहिं नेताको छोरी खाडीमा हाउस मेड हुन गएकी छ ? नेताका सन्तान त्यहाँ गएनन् भन्ने गुनासो गरेको होइन, गएर देखाउन भन्ने चुनौती दिएको पनि होइन । दुखेसो यतिमात्र हो, नेपालमा मुठी कसेर धम्की दिएर जुन राजनिति गरिदैछ, के त्यसले गरिबका छोराछोरी मरुभुमीतिर लाग्नु पर्ने स्थितिको अन्त गर्छ वा बाध्यताबस बिदेश जाने लाइन झन झन बढाउछ ? गरिबको नाममा, नेपालमा राजनैतिक उद्योग फस्टाएको हो । यो राष्ट्रघाती उद्योगको तेल सप्लाइ बन्द गर्ने काम पनि अरु कसैले होइन, नेपालकै दुःखी, शोषित र गरिबले गर्नुपर्छ । 
झलकजीले जति समय लगाएर कुराको चुरो बुझ्नु भयो, बैधजीका कार्यकर्ताले पनि त्यतिकै समय लगाएर त्यही कुरा बुझ्नु भनेको थप एक पुस्ताको बरबादी हो । मलाई लाग्दैन नेकपा-माओवादीका मित्रहरु थप एक पुस्ताको भविष्य बर्बाद गर्न चाहनु हुन्छ । ठन्डा दिमागले सोच्ने समय अझै घर्किसकेको छैन । 
vijayko@gmail.com
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork