?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा जानु अघि
   डा. माधवी भट्ट
 
इम्प्लोयमेन्ट परमिट सिस्टम (ईपीएस) अन्तर्गत कोरिया रोजगारीको पूर्वसर्त भाषा परीक्षाका लागि करिब ४८ हजार नेपाली युवाहरूले चर्को घाम र झरीको बीच आवेदन दिएका छन्। उता सन् २०११ मा नै भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टममा उभिएकाहरूले कोरिया जान नपाउने सम्भावना बढ्दै गएको छ। आफू कोरिया जान नपाएमा आमरण अनशन गर्ने, आत्महत्या गर्ने र सरकारी कार्यालय घेर्नेजस्ता चेतावनी पनि उनीहरूले दिइरहेका छन्।

कम पैसामा गएर अधिक कमाइ हुने आकर्षक गन्तव्यका रूपमा नेपालीहरूले कोरियालाई लिए पनि श्रमिकका रूपमा त्यहाँ गर्नुपर्ने कडा काम, भोग्‍नुपर्ने अपमान र दुव्र्यवहार तथा घुलमिल हुँदा आइपर्नेअनेकौं चुनौतीलाई भने राम्ररी बुझ्न सकेका छैनन् जस्तो देखिन्छ। ईपीएसअन्तर्गत कोरियामा पूर्णतया शारीरिक श्रमका लागि जानुपर्ने भए पनि नेपालमा श्रमिकका रूपमा नखारिएका शिक्षित युवाको संलग्नता बढी हुने भएकाले उनीहरूले आफ्नो सपना, चाहना र कोरियाली कम्पनीको यथार्थबीच ठूलो खाडल देख्‍नेछन्। यही विरोधाभासका बीच जाने कतिपयले त थप मानसिक विचलन पनि बेहोरिरहेका छन्।

खाडी मुलुकहरूको तुलनामा कोरियामा राम्रो आम्दानी हुने सत्य हो। कोरियामा ओभरटाइम गर्ने नेपालीले मासिक एक लाखदेखि डेढ लाख रुपैयाँ बचत गर्दछन् भने बेसिक तलबमात्रै पाउनले पनि करिब ५० देखि ७० हजार रुपैयाँ बचत गर्न सक्दछ। नेपालबाट हेर्दा आकर्षक देखिने यो आम्दानी कोरियाली खर्च र जीवनशैलीको हिसाबले भने अत्यन्त कम हो। कुनै पनि श्रमिक नेपालीले त्यहाँ राम्रोसँग खानेबस्‍ने हो भने यो कमाइमा बचत गर्न सक्‍ने अवस्था रहँदैन। त्यसैले श्रमिक नेपालीले दु:खका साथ बचत गरेकाले मात्र यो कमाइबाट रेमिटेन्स सम्भव भएको हो भन्ने यहाँ बस्ने तिनका परिवारले भुल्नु हुँदैन।

नेपाली युवाहरूले बुझ्नुपर्ने अर्को कुरा के छ भने भाषा परीक्षा उत्तिर्ण हुनु भनेको कोरिया रोजगारीको एउटा खुट्किलो पार गर्नुमात्रै हो रोजगारी सुनिश्चित हुनु होइन। त्यसैले भाषा पास गरेकाले आमरण अनशन गर्छु भन्नु मूर्खता वा प्रक्रियाको अल्पज्ञानबाहेक केही होइन। दोस्रो कोरियाली ड्रामा, फेसन र हेयरस्टाइलले नेपालका सहरहरू प्रभावित छन्। नेपाली तन्नेरीमा त्यही कोरियाली जीवनशैलीको क्रेज राम्रैसँग देख्‍न सकिन्छ। तर के कुरा बुझ्नु आवश्यक छ ती फिल्ममा कोरियाली कम्पनीमा हुने दर्दनाक दृश्य, दुव्र्यवहार र श्रमशोषण देखाइएको छैन। त्यसैले कोरिया जानुअघि त्यहाँ सामना गर्नुपर्ने विभिन्न चुनौतीलाई बुझ्नु जरुरी छ।

कठिन काम र दुर्घटनाको सम्भावना: ईपीएसअन्तर्गत जाने विदेशी कामदारहरूले कोरियामा ठूला कम्पनीहरूमा काम गर्न पाउँदैनन्। उनीहरूले तीन सयभन्दा कम कामदार भएको कम्पनीहरूमा कोरियनहरूले अस्वीकार गरेका फोहोर, कठिन, जोखिमपूर्ण र दिक्दारलाग्दा कामका लागि विदेशी कामदारहरू बोलाउने गर्छन्। यीमध्ये कैयौं काम स्वास्थ्यका हिसाबले प्रतिकूल छन्। कडा मेसिनरी काम गर्दा दुर्घटनामा परी जीवन नै गुमाएका वा अंगभंग भएर फर्किएका सयौं नेपालीहरू छन्। कतिपय कम्पनीहरूमा केमिकलसम्बन्धी काम गर्नुपर्ने भएकाले छाती फोक्सो तथा अन्य श्वासप्रश्वाससम्बन्धी दीर्घरोगका सिकार भएका नेपालीहरू पनि थुप्रै भेटिएका छन्।

मैले पीएचडीको थेसिस गर्ने क्रममा दर्जनौं कम्पनी र होस्टेल भ्रमण गरेको छु। जहाँ न्यूनतम सुविधा पनि उपलब्ध छैनन्। कयौं कम्पनी मालिक आफ्ना मजदुरको अंगभंग र दुर्घटना हुँदा क्षतिपूर्ति दिन हिच्किचाउँछन्। कोरियास्थित नेपाली दूतावासले नेपाली कामदारको पक्षमा खासै काम गर्न सकेको छैन। दूतावासका कर्मचारीहरू कसरी आफूलाई उपहार बटुल्ने र सुविधा वृद्धि गर्ने भन्नेमा मात्र ध्यान केन्द्रित गर्छन्। मृत्यु हुँदा निष्पक्ष छानबिनसमेत नभएर सम्झौतामा टुंग्याइएका दर्जनौ घटनाहरू छन्। त्यसैले कोरिया जान तम्तयार नेपाली युवाहरूले त्यहाँको काम, आफ्नो शारीरिक र मानसिक स्थितिका बारे राम्ररी मूल्याकंन गर्नु जरुरी छ।

विदेशी कामदारप्रति विभेद: कोरियामा विदेशी कामदारहरूप्रति दुर्व्यवहार र शोषण भएका समाचारहरू बारम्बार आउने गरेका छन्। कोरियाले ईपीएसअन्तर्गत जम्मा १५ देशबाट कामदार झिकाउने गरेको छ। यी सबै देशका कामदारहरू तल्लो स्तरका कामदार भनी अपहेलित छन्। तर त्यसमा पनि देश र संस्कृतिअनुसार फरकफरक रूपले विभेद गरिएका छन्। विभिन्न अध्ययनहरूले मंगोलियन मूलका नागरिकलाई कोरियनहरूले बढी मन पराउँछन् भन्ने देखाएका छन्। उस्तै अनुहार, छालाको रङ र खानपान तथा सामाजिक, सांस्कृतिक निकटताले कोरियालीहरूले चाइनिज भियतनामीहरूलाई अलिक बढी मन पराउँछन्।

इन्डोनेसियन बंगलादेशीलगायत अन्य देशका मुस्लिमहरूप्रति कोरियन अलिक बढी नै असहिष्णु भएको देखिन्छ। मेरै अध्ययनका क्रममा पनि बाहुन, क्षत्रीका तुलनामा मंगोलियन नेपालीले कोरियामा काम र एडजस्टमेन्टमा सहज अनुभव गरेको पाएको थिएँ। गाई र सुँगुर कोरियाली भान्साका नियमित खाना हुन् यी खान नसक्‍नेहरूले चुनौती बेहोर्नुपर्छ। मदिरापान गर्नेहरूलाई कोरियालीहरू बढी मन पराउँछन् र कहिलेकाहीँ त अनावश्यक विश्वास गर्ने र सुविधा दिने पनि गर्छन्। त्यसैले आफ्नो संस्कृतिप्रति रूढहरू र परिस्थिति अनुरूप लचकता अपनाउन नसक्‍नेले तल्लो स्तरको श्रमका लागि कोरिया नगएकै राम्रो। कम्पनीमा कामको अनुभव सँगालेका कतिपय नेपालीहरू कोरियनहरू रुखारुखा हुने र अपशब्द प्रयोग गर्ने गरेको आरोप लगाउँछन्।

भाषागत समस्या: कोरियाले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन गत सन् २००७ देखि कोरियन भाषा परीक्षा अनिवार्य मान्दै आएको छ। भाषा परीक्षाका लागि कोरियाबाटै प्रतिनिधि टोलीहरू आउने गरेका छन्। भाषा परीक्षा पास गरेका विदेशी कामदारहरू कोरियाली कम्पनी र सार्वजनिक स्थलहरूमा भाषाका कारण उत्पन्न हुने समस्या ट्याकल गर्न सक्छन् भन्ने मान्यता छ। तर त्यहाँ कार्यरत विदेशी कामदारहरूको यथार्थता बुझ्ने हो भने यो मान्यता पूरै गलत देखिन्छ। नेपालीहरूमा पनि यही लागू हुन्छ। कोरिया पुगेका अधिकांश नेपालीहरू सामान्य समस्या पनि आफैं समाधान गर्न सक्दैनन् र दोभाषेको सहयोग लिन्छन्। दोभाषे सहज रूपमा उपलब्ध नहुने र भाषा अनुवादमा राम्ररी आफ्ना कुरा अभिव्यक्त नहुने जस्ता समस्या उनीहरूले भोगिरहेका छन्।

कम्पनी परिवर्तन र दलालहरूको बिगबिगी: कोरियामा करिब २० हजारको हाराहारीमा नेपालीहरू रहेका छन्। यसको ९० प्रतिशत कम्पनीमा काम गर्ने थ्रीडी श्रमिकहरू नै हुन्। कोरियामा ईपीएसले निश्चित स्थितिमा मात्र विदेशी कामदारले कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ। कतिपय नेपाली कामदारहरू गम्भीर समस्याका कारण कम्पनी परिवर्तन नगरी नहुने अवस्थामा पुग्छन् त कतिपय नेपाली कामदार लहड वा साथीभाइको बहकाउमा एक ठाउँबाट अर्को ठाउँ सर्न चाहन्छन्। जुनसुकै कारणले भए पनि स्थानान्तरण गर्दा थप सुविधा र सजिलो काम पाउने अभिलाषा कामदारको हुन्छ। कतिपय अवस्थामा त गएको कम्पनीले तलबसुविधा तथा काम दिन नसकेकै कारण पनि कम्पनी सर्नुपर्ने हुनछ।

नेपाली दूतावासले खासै सहयोग गर्न नसक्‍ने वा नगर्ने भएकाले कम्पनी सार्न बाध्य श्रमिकले नेपाली समुदायसँग सहयोगको हात बढाउनुपर्ने हुन्छ। नेपाली समुदायमा नि:शुल्क सहयोग गर्नेदेखि अत्यन्त कम रकम लिएर सहयोग गर्ने नभएका होइनन्। तर कम्पनी छोडाउने र नयाँ कम्पनी खोजिदने दलालहरूको बिगबिगी छ। विगतमा लुम्बिनी तथा मुनड्रप्स म्यानपावरले जसरी गैरकानुनी रूपमा रकम उठाउँथे तिनकै पूर्वकर्मचारीहरू अहिलेसम्म गोप्य रूपमा त्यही काम गर्दै आएका छन्। त्यसैले श्रमिक कामदारले कस्तो अवस्थामा कम्पनी छोड्ने र कसरी नयाँ काम खोज्‍ने भन्नेमा पनि सर्तक हुनु जरुरी छ।

ईपीएसमा सुधार: भाषा परीक्षामा हजारौं नागरिकलाई सहभागी गराएर गलत गरिरहेको छ। कोरिया जान निश्चित प्रक्रिया पूरा गरी लट्रीमार्फत सहभागी छनोट गर्ने। तिनका स्वास्थ्य परीक्षण तथा अन्य प्रक्रियामा छनोट भएकालाई गहन खालको भाषा प्रशिक्षण दिन जरुरी छ। जसले कोरिया जाने ९९ प्रतिशत निश्चित भएको छ उसले भाषा सिक्‍नलाई पनि उत्तिकै लगनशीलता देखाउँछ। अहिले कोरिया जाने नजाने निश्चित नै नभएका लाखौं नेपालीलाई सपना देखाउने र त्यो सपनामा खेलवाड गर्ने अपराध कोरियन एचआरडी र नेपाल सरकारले गरिरहेको छ। कतिपय नेपाली कामदारहरू तोकिएको तीन वा पाँचवर्षे समयावधि पूरा भएपछि पनि नेपाल फर्कन चाहँदैनन्।

नेपाल सरकारले नै कामदार कोरिया पठाउन अग्रसरता लिएको छ। तर आफूले पठाएको कामदार रोजगारी सम्झौता अवधि सकिएपछि कोरियामा कामदार पठाउन सरकार जति आतुर छ गएका कामदारलाई कसरी समयमै स्वदेश फर्काउने भन्ने नीति तथा व्यवहार सरकारसँग छैन। लामो समयसम्म अवैधानिक रूपमा कोरिया बस्दा श्रमिक स्वयं तथा नेपाल कोरिया दुवै देशलाई नाफा होइन घाटा पुगेको छ। अधिकांश विवाहित कामदारहरूको पारिवारिक र यौनजीवन बिग्रिएको छ। उता कोरियाको नजरमा नेपालीहरू आन्दोलनमा बढी सहभागी हुने भनी चिनिएका छन्। यता सरकारले थप जनशक्ति पठाउन सक्‍ने छैन। हालै श्रीलंकाले श्रमसम्झौता अवधि सकिपछि अनिवार्य स्वदेश फर्काउने र यसरी नफर्किने कामदारलाई कारबाही गर्ने व्यवस्था गरेको छ। नेपालले पनि केही नियम बनाउनै पर्छ।

Source: Annapost.

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork