?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सेतो पहिरनको दाग सबैले देख्छन्
   रवीन्द्र मिश्र
 

रवीन्द्र मिश्र काठमाडौंको बौद्धमा जन्मिए। नेपालमा अंग्रेजीमा स्नातकोत्तर, पाकिस्तानबाट पत्रकारिता तथा बेलायतबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरे। नेपाल टेलिभिजनबाट प्रारम्भ भएको उनको पत्रकारिता पाकिस्तानको द न्युज इन्टरनेसनल हुँदै बीबीसी वर्ल्ड सर्भिससम्म पुग्यो। यसरी हेर्दा उनी सुविधा सम्पन्न परिवारका व्यक्ति देखिन्छन्। यद्यपि पर्दा पछाडिको कथा भने अलि भिन्न छ। बाजे-बराजुको पालादेखि नै काठमाडौंका बासिन्दा भए पनि उनका बुवा एवं चर्चित कलाकार तथा लेखक मनुजबाबु मिश्र सानैमा टुहुरा भए। उनी १३ वर्षको हुँदा एक वर्षको अन्तरालमा विभिन्न रोग लागेर परिवारका सबैको निधन भयो। उनी र उनका ८ वर्षिय भाइ मात्र बाँकी रहे। दुई नाबालकलाई सानीआमाले हेरचाह गरिन् । काठमाडौंको रैथाने बासिन्दा हुनाले जग्गा-जमिन थियो तर आर्थिक स्थिति नाजुक थियो । फलस्वरूप रवीन्द्र पनि कठिन आर्थिक स्थितिमै जन्मिएँ-हुर्किए। परिवारको सल्लाह अनुरुप काकाको जागिरको पछि लागेर रवीन्द्रले डोटी र दार्चुलामा विद्यालय अध्ययन पूरा गरे। अहिले उनी सेलिब्रेटी पत्रकारका रूपमा मात्र प्रख्यात छैनन्, हेल्प नेपाल नेटवर्कको संस्थापक अध्यक्षका रूपमा समाजसेवामा पनि उत्तिकै सक्रिय छन्। परम्परागत पत्रकारितालाई परोपकारी पत्रकारितामा परिणत गर्नुपर्छ भन्ने अभियानमा लागेका मिश्रले बीबीसी नेपाली सेवाको प्रमुखका रुपमा पत्रकारितालाई मात्र अघि बढाएका छैनन्, व्यवहारिक परोपकार मार्फत १० करोड रुपैयाँको परोपकारी अक्षय कोष खडा गरेर फरक खालको समाज सेवा पनि गरिरहेका छन्।

 

तपाईं पत्रकार कि समाजसेवी ?

मूलतः म पत्रकार हुँ। तैपनि मेरो विचार के छ भने जब मानिसले आफ्नो पेसामा इमान्दार र मेहनती भएर जुन परिचय कमाउँछ, त्यो  परिचयलाई सकिन्छ र सम्भव हुन्छ भने पेशागत दायराबाट अलिकति बाहिर गएर वृहत्तर सामाजिक रुपान्तरणका लागि प्रयोग गर्न सके झन राम्रो हुन्छ। त्यसैले खाली समय परोपकारको प्रबर्द्धनमा लागेको हुँ। पत्रकारितामा भएका नाताले पत्रकारितामार्फत समाजलाई सकारात्मक ऊर्जा दिने समाचार प्रस्तुत गर्नुपर्छ भनेर परोपकारी पत्रकारिताको पनि अवश्य वकालत पनि गरिरहेको छु।

 

तपाईंले लामो समय विदेशमा पत्रकारिता गर्नुभयो, विदेशमा त्यस्ता उदाहरण छन् ?

प्रशस्त छन्। बेलायतमा इभेनिङ स्टयान्डर्ड नामको चल्तापुर्जा पत्रिका छ। उक्त पत्रिकाले बेलायतका सरकारी विद्यालयको शैक्षिक स्तर कमजोर भएकोमा चिन्ता गर्दै त्यसलाई उकास्न एउटा अभियान नै चलायो। उक्त अभियानमा लाखौं पाउन्ड जम्मा भयो र त्यो पैसाले शिक्षा क्षेत्रमा ठूलो काम गर्‍यो। एउटा अर्को पत्रिकाले बेलायती राजकुमार चाल्र्सले नेपालको माइती नेपालका लागि चन्दा संकलन गर्न लागेको कुरालाई ठूलो महत्व दियो र परिणाम स्वरुप सोचेभन्दा बढी पैसा संकलन भयो। मेरो विचारमा तरङ्ग असर पार्ने सकारात्मक खबर पत्रिकाले छाप्नु पर्छ, जसले सिधै मानिसको जीवन परिवर्तन गरिदिन सक्छ।

 

पत्रकारितामा तपाईं आफैं चर्चित हुनुहुन्छ ? अचानक समाजसेवामा आउने रहर कसरी जाग्यो ?

अचानक होइन, योजनाबद्ध रूपमा नै हो। म आफ्नो डायरीमा बेला-बेलामा दिमागमा आउने विचारहरू कोरेर राख्छु। यिनै विभिन्न विचारमध्ये हेल्प नेपाल नेटवर्क र १० करोडको अक्षय कोष पनि एक हो।

 

यसको खास योजना के हो ?

बिहान-बेलुका के खाने भन्ने समस्यामा भएका नेपालीहरूले केही गर्नु पर्दैन, तर जसलाई सामान्य जीवनयापन गर्न गाह्रो छैन, ती सामान्य नेपालीदेखि करोडपति, अरबपतिसम्म छन्। त्यति मात्र होइन, अहिले झन्डै ३० लाख नेपाली विदेशमा छन्। तीमध्ये आधा नेपालीले मात्र आफ्नो पेसाभन्दा अलिकति बाहिर गएर परोपकारको काम गरे भने यो सामाजिक रुप नै अर्कै हुन्छ। हामी के भन्छौं भने जो सक्षम हुनुहुन्छ उहाँले खाने चियामध्ये दिनको एक कप चिया, एक बोतल बियर वा महिनाको एउटा पार्टी कम गरे मात्र पनि हामी धेरै समस्या समाधान गर्न सक्छौं। विदेशमा हुने सक्षम नेपालीले आफ्नो गाउँमा, आफूले पढेको ठाउँमा एक जना बच्चाको शिक्षा एवं स्वास्थ्यको मात्र जिम्मेवारी लिइदिने हो भने वा महिनाको सय रुपैयाँ मात्र छुट्याउने हो भने यो देशमा हरेक वर्ष लाखौं बालबालिकाले शिक्षा र स्वास्थको राम्रो सुविधा पाउँछन् भन्ने मान्यताबाट प्रेरित भएर हामीले यो संस्था स्थापना गरेका हौं।

संस्था स्थापना गर्न सजिलो छ, तर काम गर्न धेरै गाह्रो। प्रारम्भिक अवस्था कस्तो थियो ?

बेलायतमा रहँदा साथीभाइहरूमाझ प्रायः चियागफमा नेपालका नकारात्मक कुरा मात्र सुनिए, नेपालमा केही भएन। सबैले नेताहरूले देश बिगारे भन्ने तर आफू केही नगर्ने। हामी केही साथीबीच अबचाहिँ देशका लागि केही गर्नुपर्छ भन्ने सोच आयो। तिमी पनि नेपाली हौ, तिमीले नेपालीका लागि के गरेका छौ ? भनेर सोध्यो भने अधिकांशसँग त्यसको जवाफ थिएन। हामीले यहीँ हिट गर्‍यौं। हामीले भन्यौं, तिमी देशका बारेमा सधैं चिन्ता गर्छौ भने तिमीले नेपालका लागि केही गर्नैपर्छ। थोरै सही, योगदान गर्न सुरु गर। नेपाल विदेशी अनुदानले चल्छ। किन नेपालीले नेपालका लागि केही नगर्ने? सम्भवतः साथीहरूलाई यो तर्क मन पर्‍यो। विदेशमा बस्ने हजारौं नेपाली यसमा जोडिनुभयो। करोडौं रुपैयाँ पठाइसक्नुभएको छ। हामी काठमाडौंमा बसेर काम गछौं तर यसमा रातोदिन खट्ने र सहयोग गर्ने हजारौं नेपाली हुनुहुन्छ।

 

यो योजनामा कत्तिको सफल हुनुभयो?

हामी नेपालमा मूलतः शिक्षा, स्वास्थ एवं आपत्कालीन राहतको काम गरिरहेका छौं। अहिलेसम्म हामीले नेपालमा ४० भन्दा बढी स्कुलको भवन वा नयाँ कक्षाकोठा बनाइसक्यौं। ४० भन्दा बढी पुस्तकालय बनाइसक्यौं। धुलिखेलमा एउटा बाल आश्रय बनाइरहेका छौं। मुगुको मुर्मा र सर्लाहीमा हेल्थपोस्ट चलाइरहेका छौं। प्राकृतिक विपत्तिमा परेकाहरूलाई राहत सामग्री वितरण गरिरहेका छौं।

 

यसरी काम गर्दा कुरा काट्नेहरू धेरै हुन्छन्। काम गर्दै जाँदा त्यसको अनुभव त गर्नुभएकै होला, कस्तो लाग्छ ?

म हतोत्साहित हुन्न। भएको भए काम अघि बढ्दैनथ्यो। मलाई लाग्छ, काम गर्ने मानिसले एकोहोरो काम गर्दै जानुपर्छ। पछि आलोचना गर्ने व्यक्तिले नै प्रशंसा गर्न थाल्छ। जहाँसम्म विभिन्न किसिमका आरोप भनौं वा अविश्वास भनौं, त्यो किन हुन्छ भने यो मानवीय मनोविज्ञानसँग जोडिएको कमजोरी हो। तपाईंले सेतो पहिरन लगाउनुभएको छ भने त्यो महत्त्वपूर्ण हुँदैन, तर त्यो पहिरनमा एउटा दाग लाग्यो भने सबैले त्यो दाग देख्छन्। नेपाल, जहाँ यत्रो भ्रष्टाचार भैरहेको छ, हामी भ्रष्ट समाजमा बस्छौं, त्यसैले यस्तो आशंका गर्नु स्वाभाविक हो। कहिलेकाहीं दिक्क भने लाग्दो रहेछ। किनभने नराम्रो कुरा सुकेको खरमा लागेको आगो जस्तो चारैतिर सल्कँदो रहेछ। सबैलाई स्पष्टीकरण दिन पनि सकिँदैन। दियो भने पनि प्रश्न, प्रतिप्रश्न र फेरि पनि प्रश्नको ओइरो लाग्छ। तैपनि हेल्प नेपाल नेटवर्क भाग्यमानी छ, केही नबुझी प्याच्च भनिदिनेहरूबाहेक अरूबाट आरोप लागेको छैन।

मानिस समाजसेवामा तीन तरिकाले लाग्छ, एउटा जन्मँदै उसको स्वभाव त्यस्तै हुन्छ, अर्को आमा-बुवा वा गुरुजनले भनेको कुराबाट प्रभावित भएर वा अरूका अघि आफू ठूलो हुँ भन्ने देखाउन।

 

तपाईंको समाजसेवा यी तीनमध्ये कुन कुराबाट प्रभावित छ ?

अहिले फर्केर हेर्दा लाग्छ ममा  अलिकति परोपकारी भावना सानैदेखि थियो। कलेज जाँदा मैले पाएको खाजा खर्च बचाएर बौद्ध स्तूपा वरिपरि बसेका मध्ये सबैभन्दा असक्त व्यक्तिलाई अलिकति दिन्थे तर पछि  चाहिँ अध्ययन तथा समाजमा व्याप्त पीडा र असमानताले पनि प्रेरित गरेको हुनुपर्छ।

 

कतिपयले के भन्छन् भने तपाईं काठमाडौंको सुविधा सम्पन्न परिवारको व्यक्ति, विदेश पढेको व्यक्ति, पत्रकार। समाजसेवामा लाग्ने कुनै कारण नै छैन, उसले दुःख देखेकै छैन। के भन्नुहुन्छ ?

मेरो बुवाको जीवनको लामो समय अत्यन्त कठिन आर्थिक स्थितिबाट गुज्रियो। उहाँको परिवारका सदस्यहरू सानैमा बित्नुभएकाले उहाँको पूरा जीवन अप्ठयारो अवस्थामा थियो। हामी काठमाडौंका रैथाने हुनाले जग्गा-जमिन थियो । कतिसम्म भने म ठूलो हुन्जेलसम्म पनि हाम्रो घरमा ट्वाइलेट थिएन, हामी बारीमा मैदान बस्थ्यौं। परिवारको सल्लाहअनुसार म काकाको पछि लागेर डोटी र दार्चुलामा पढेको हुँ। पहिले म आफूलाई गरिब मान्थें, जब त्यहाँका महिलाहरू दुई दिन बासी रोटी गुन्युको छेउमा बेरेर भोलिका लागि साँचेको देख्थें, बल्ल मलाई थाहा हुन थाल्यो, गरिब हुनुको अर्थ। बाहिर धेरैलाई थाहा छैन, आफूले भन्दै हिँड्ने कुरा पनि भएन। म सम्पन्न परिवारको व्यक्ति होइन। मेहनत गरेर यहाँसम्म आइपुगेको हुँ। अहिले घर बनाउँदैछु, त्यसका लागि १५ वर्ष लन्डनमा बसेर त्यहाँ जोडेको फ्ल्याट बेचेको छु।

 

समाजसेवा गर्न गरिबी देखेकै हुनुपर्छ ?

पर्दैन, त्यसको अनुभवचाहिँ गर्न सक्नुपर्छ। यस्ता धेरै व्यक्तिले हामीलाई लाखौं रुपैयाँ सहयोग गर्नुभएको छ, जसले कहिल्यै अभाव महसुस गर्नुभएको छैन।

 

तपाईं पत्रकार नै किन हुनुभयो ? यसो भनौं, अरू पेसामा किन जानुभएन ?

ममाथि लोकसेवा भिड्न निकै ठूलो दबाब थियो। मलाई भने केही फरक गर्ने इच्छा थियो। त्यही फरक गर्ने काममा म लेखनतिर आएँ र पत्रकार भएँ।

 

नेपाल टेलिभिजनको जागिर छाड्नुभयो ...

त्यो बेला नेपाल टेलिभिजनमा जागिर खानु सानको विषय थियो। घरमै गाडी लिन आउँथ्यो, तर मन्त्रीले उद्‌घाटन गरेको समाचारको सम्पादन गरेर बस्दा दिक्क लाग्थ्यो। जीवन केही सिक्नका लागि हो भन्ने लागेर अनि स्नातकोत्तरको पढाइ बिग्रिएला कि भन्ने डरले त्यो जागिर छाडियो। बाहिरबाट हेर्दा ठूलो र राम्रो देखिए पनि आफूलाई चित्त नबुझी म कुनै काम गर्न सक्दिनँ।

 

सामान्य पत्रकार बीबीसी वर्ल्ड सर्भिससँग जोडिनु नै गौरवको कुरा मानिन्छ। तपाईं त्यसको पनि माथिल्लो पदसम्म पुग्यो भयो ? त्यहाँसम्म पुग्न केले काम गर्दो रहेछ ?

सबैभन्दा ठूलो त मेहनत नै हो। पाकिस्तानमा छात्रवृत्तिमा पढ्न पाउनु, अध्ययन गर्दै जाँदा त्यहाँको चर्चित अंग्रेजी दैनिकमा काम गर्न पाउनु अनि बीबीसी नेपाली सेवामा त्यहीँबाट समाचार बनाएर पठाउने अवसर पाउनुलाई मैले आफ्नो भाग्यका रूपमा पनि लिएको छु। त्यो बेला मैले खगेन्द्र नेपालीलाई पत्र पठाएर म बीबीसी नेपाली सेवामा काम गर्न इच्छुक छु भनेको थिएँ। उहाँले त्यही पत्रका आधारमा मलाई आवश्यक परेका बेला पाकिस्तानबाट समाचार बनाएर पठाउने अवसर दिनुभयो। पछि प्रतिस्पर्धामा म सफल भएँ र लन्डन पुगें।

 

तपाईं नेपाली सेवामा मात्र होइन, न्युज रुमसम्म पुग्नुभयो। विश्वभरिका प्रतिस्पर्धी पत्रकारलाई जित्न गाह्रो भएन ?

त्यो कडा प्रतिस्पर्धा थियो। बीबीसीमा मेरो रेकर्ड पहिले पनि राम्रो थियो, अहिले पनि उस्तै छ। मेहनत र असल रेकर्डले त्यहाँसम्म पुर्‍यायो।

 

तपाईं नेपाल नर्फकनुभएको भए अझै माथि जाने सम्भावना थियो, त्यो सबै छाडेर नेपाल र्फकने सोच किन बन्यो ?

हामीजस्ता अलिकति पढेका, अलिकति देखेका, बुझेका व्यक्ति मौका पर्दा विदेश जानुपर्छ। पढ्नुपर्छ, अनुभव बटुल्नुपर्छ तर उमेर छँदै नेपाल र्फकनुपर्छ। यस्ता बुझेका मानिस नै उतै बस्यौं भने देश कसले बनाउने ? अरूले बुझेनन्, जानेनन् भनेर भन्ने तर जान्ने बुझ्नेहरू उतै बस्ने कसरी हुन्छ ? म चाहिँ र्फकन्छु भन्ने मैले सुरुदेखि नै योजना बनाएको थिएँ।

 

धेरै मानिसको सोच नेपाल फर्कने नै हुन्छ, तर उनीहरू र्फकन सक्दैनन्। तपाईं कसरी फर्कन सक्नुभयो ?

तीनवटा कुराले विदेशका नेपालीलाई बाँधिदिँदो रहेछ। पहिलो, त्यहाँको सुविधाले मानिसलाई तान्छ। किनभने यहाँको सुविधा र त्यहाँको सुविधा तुलना गर्न सकिँदैन। दोस्रो समय बित्दै गएपछि जागिरमा उन्नति हुन्छ। तलब बढ्छ। त्यो सबै छाड्ने हिम्मत आउँदैन। तेस्रो तर महत्त्वपूर्ण कुरा छोराछोरी उतै हुर्कन्छन्, पढ्न थाल्छन्। बीचैमा उनीहरूलाई फर्काएर यता न उताको बनाउन आमा-बुबालाई गाह्रो हुन्छ। मैले यी तीनवटै कुरामा योजनाबद्ध रूपमा काम गरेको थिएँ।

 

कसरी ?

म नेपाली सेवाबाट बीबीसी विश्व सेवामा पुगिसकेको थिएँ। त्यहाँबाट अझै माथि जाने प्रशस्त सम्भावना थिए। नेपाल र्फकन नेपाली सेवामै सरुवा भएँ। बाहिरबाट हेर्दा यो पछाडि फर्किए जस्तो देखिन्थ्यो। बीबीसी नेपाली सेवाको प्रमुख भएपछि मैले त्यहाँका सबै सुविधा छाडेर नेपाल र्फकने प्रस्ताव राखें। यसो गर्दा संस्थाको ठूलो खर्च कम हुन्थ्यो। म त्यहाँको धेरै सेवा-सुविधा छाडेर थोरै सेवा सुविधामा नेपाल र्फकन राजी भएँ। तेस्रो र महत्त्वपूर्ण कुरा छोरा १० वर्षको हुनेबित्तिकै श्रीमतीसँगै उसलाई नेपाल फर्काइसकेको थिएँ। यसरी म माथिबाट एक तह तल ओर्लंदै नेपाल फर्किएको हो।

 

कहिलेकाहीँ त्यत्रो तलब सुविधा वा माथि पुग्ने अवसर छाडेर फर्किएकोमा पछुतो लाग्दैन ?

पैसा वा पद मात्र ठूलो कुरा हुने रहेनछ। त्यसैले मैले ठीक गरे भन्ने लाग्छ। सदाको लागि नेपाल फर्किन म आउनुभन्दा झन्डै दुई वर्षपहिले परिवारलाई नेपाल पठाइसकेको थिएँ। जागिर पनि छाड्नेवाला थिएँ तर उताको तलब र सुविधा छाडेर स्थानीय तलब र सुविधामा नेपालमा काम गर्छुभन्दा बीबीसीले मान्यो, जुन मेरो भाग्य हो। पत्रकारिता आफ्नै देशमा बसेर गर्न पाएको छु। छुट्टी र फुर्सदको समयमा हेल्प नेपाल नेटवर्कमा हजारौं साथीहरूसँग मिलेर काम गर्न पाएको छु जसको कारण थुप्रै राम्रा कामहरू भएका छन्।

 

तैपनि नेपालमा पत्रकारको जति इज्जत हुनुपर्ने हो त्यो छैन। यसका आर्थिक एवं अन्य समस्या उत्तिकै छन्, पत्रकारलाई विश्वास गर्ने वातावरण छैन, कस्तो लाग्छ ?

नेपालमा पत्रकारिताको वास्तविक भनौं वा व्यावसासिक सुरुवात कान्तिपुर पब्लिकेसन्सले गरेको हो। त्योभन्दा अघिको पत्रकारिता मूलतः वकालत पत्रकारिता थियो। यसको अर्थ के भने हाम्रो व्यावसायिक पत्रकारिताको इतिहास निकै छोटो छ। यो २० वर्षमा जसरी हामी फैलिएका छौं। एकसे एक पत्रकार, उस्तै संख्यामा सञ्चारगृह र ती सञ्चारगृहबाट घघडान पत्रकारहरू जन्मिएका छन्। अब ती थोरै प्रसिद्ध व्यक्तिहरूले कति राम्रा मानिस जन्माइरहेका छन्, त्यो हेर्नुपर्छ। यसरी हेर्दा निराश हुने ठाउँ छैन। तपाईं अन्य क्षेत्रको इतिहास हेर्नुहोस् र त्यसभित्रका मानिसलाई हेर्नुहोस्। त्यसपछि पत्रकारितालाई हेर्नुहोस् र त्यस क्षेत्रका मानिसलाई हेर्नुहोस्। निराश हुने ठाउँ छैन, बरु यो क्षेत्रमा भएकोमा गर्व लाग्छ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork