?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
   यम श्रेष्ठ
 

हाम्रो देश नेपाललाइ विश्वमा अर्काको गुलामी नगर्ने स्वाभिमान बोकेको देश अनि हामीलाई बीर गोर्खाली भनेर पनि चिनिएतापनि अब यो भनाइमा मात्र सिमित भएको छ l देश हाक्ने नेताहरुको अक्षमता अनि कुर्सी मोहको कारणले स्वर्ग रुपी सुन्दर देश पनि मरभूमिमा परिणत भैरहेको छ l देशमा गरिबी,  बेरोजगारी, अभाब, दुराचार, आन्तरिक द्वन्द, हत्या, हिंसा, महंगी, अभाव, दण्दहीनता, बलात्कार जस्ता अनेकौ समस्याहरुले ग्रसित भएर वा रोजगारको अवसर पहिल्याउन नसकेर हामी जस्ता लाखौ देशका कर्णधार युवाहरू बाध्य भएर विश्वको कुना-कुनामा गएर आफ्नो श्रमहरु बेची जीविकोपार्जन गरिरहेका छन् l हरेक नेपालीहरुले अनेक चाहना र रहरहरु बोकी बिदाइको टिका र मालाको साइतमा विदेशको यात्रा शुरु गर्दछन l यसै क्रममा हामी पनि सुनौलो भविष्यको सपना साकार पार्न आफ्नो परिवार सबै छोडेर कोरियामा आएका छौं l

दक्षिण कोरियामा पछिल्लो समयमा काम गर्न आउने नेपालीहरुको चाप र संख्याको बृद्धिसंगै दुर्घटना, असामयिक मृत्यु, आत्महत्या तथा बिभिन्न समस्याहरू पनि दिनानुदिन बढ्दै गैरहेको छ। गत दुइ महिना अघि देखी निरन्तर रुपमा हप्तै पिच्छे कोरियाको अस्पतालमा यस्तै समस्यामा परेको नेपाली बिरामीहरुलाई भेट्न र समस्या समाधानको लागि हामि लागि परेका छौ। बिगतमा पनि यस किसिमका समस्या नभएका हैन तर पनि आजभोली यस्तो दुर्घटनाको बारेमा धेरै नै जानकारी पाइरहेका छौ र प्रत्यक्ष देखिरहेका छौ । भाषा नबुझ्दा समस्याको समाधान र क्षतिपुर्ति, तलब जस्ता नियमको बारेमा ज्ञान नहुदा पीडितहरु थप मानसिक रुपमा समेत समस्या परेको पायौ । यो दुइ महिना देखि हाम्रो योङ् स्टार ग्रुपका सदस्यहरुले यस्ता बिरामीलाई भेटेर हामिले सक्दो सहयोग र हौसला प्रदान गर्दै उपचार गराउन र क्षतिपुर्ति उपलब्ध गराउनको लागि यस बारेमा बिज्ञ कानुनी परामर्श दाताहरूबाट सहयोग लिइरहेका छौ । मेसिनमा दुर्घटनामा परेर औला काट्नेको संख्या बढ्दै छ भने खुट्टा भाचिएको, ढाड, पेट तथा अन्य शारीरिक समस्याले ग्रसित पीडित पनि उतिकै संख्यामा बढ्दै गैरहेको छ l सुनौलो सपना बोकेर कोरिया आएको युवाको केहि महिनामै यस्तो समस्याले ग्रसित हुनु पर्दाको पीडा त छँदैछ त्यसमाथि कुनै कम्पनीले उपचारको लागि बेवास्ता गरिदिदा झन् मानसिक तनाबमा परिरहेका छन् l कोहि नेपालीहरु मालिकबाट शारीरिक तथा मानसिक यातना, अत्याचार र श्रमिक शोषण सहन नसकी श्रमिक मुक्तिको लागि विभिन्न व्यक्तिहरुसित गुहार माग्दा माग्दै केहि नलागेर कम्पनि छाडी अबैधानिक रुपमा काम गर्ने बाध्य भएका छन् l यस्तो समस्या बिशेषत कोरियामा कृषि तथा मत्स्य पालनमा काम गर्ने नेपालीहरुले भोगीरहेको कुराहरु हामीले संचारका विभिन्न माध्यमद्वारा सुनिरहेका छौं र प्रत्यक्ष पनि केहि यस्ता ब्यक्ति भेटेकाछौ।

कोरियामा महिलाहरुको समस्या पनि उस्तै छ l कोरियामा रोजगारी लागि सहजै भिसा पाइने आशमा नेपालमा धेरै पैसा खर्च गरी नेपाली महिलाहरु कन्सल्टेन्ट मार्फत कोरियाली नागरिकसंग विवाह गरेर आएका हुन् l तर कोरियन नागरिक सित सुखी अनि सुनौलो भबिश्य निर्माणका सपना साँचेर कोरिया आइपुगेका धेरै जसो नेपाली महिलाहरुले मानसिक पिडाहरु भोगेको हामीले पत्र पत्रिका तथा भिडियो मार्फत देखि रहेका छौं l कृषिमा काम गर्ने महिलाहरुको ब्यथा पनि बेग्लै छ l धेरै समय काम गर्नु पर्ने , बेरोजगारी महिलाहरुलाइ काम पाउन धेरै गार्हो भएको महसुस मैले पनि गरेको छु अझ कोहि कोहि साहु महिलाहरुलाइ दुर्ब्यबहार पनि गर्न खोज्छन l
उनीहरुलाइ यस्ता समस्याको समाधान कसरि गर्ने कंहा , कसलाई भन्ने बारेमा पनि राम्रो जानकारी छैनन् l समस्या छ भनेर सबैले औल्याउछन् तर समाधानको लागि पहल वा जोड दिएको कमै पाएका छौ। हामीले पनि जानकारी पाए सम्मको बिरामीलाई वा पिडित ब्यक्तिलाइ भेटेर समस्या समाधानको लागि सके सम्मको साथ सहयोग गरिरहेका छौ र गर्नेछौ पनि l कोरियामा धेरै संघ संस्थाहरु छन् तर धेरै चाही समाजसेवाको नाममा कार्यक्रम गर्ने ,अन्तरक्रिया,छलफल र भाषण गर्ने जस्ता काममै ब्यस्त रहेको छ l सहयोगी भावनाले सक्रिय रहिरहेको संघ संस्था पनि नरहेको हैन केहि मात्र देखेका छौ l अर्को कुरा जब समस्या पर्छ तब मात्र संघ संस्था खोज्ने प्रवृतिले गर्दा पनि भएका संस्थाहरु मजबुत र क्रियाशील हुन नसकिरहेको अबस्था रहेको देख्छुl यहि तालमेल नमिल्दा र समस्या समाधानको विश्वसनीय निकाय नहुदा कोरियामा विभिन्न खालका समस्याहरु बढ्दै गैरहेको छ l र जुन निकायले यस बारेमा चासो देखाउनु पर्ने हो वा दायित्व बहन गर्नु पर्ने हो त्यस निकायले सकृय भूमिका ननिभाएको हुदा झन् समस्या बिकराल बन्दै गइरहेकोछ ।यस बारेमा जीम्मेवारी निकायहरूको पनि ध्यान केन्द्रित गराउन चाहन्छु।

अहिलेको समस्या जो फिल्डमा समस्या समाधान गर्न र परेको बेलामा सहयोग गर्न तत्पर हुन्छ त्यसै माथि समस्याको भार थोपरिदै गइरहेको छ l संघ संस्थाहरुमा सम्बन्धित हुने ब्यक्तिहरुले त कुनै न कुनै रुपमा राहत र सहयोग पाउछ होला तर संघ संस्थाहरुमा संलग्न नभएका ब्यक्तिहरु समेट्ने खालको कुनै संघ संस्था नभएका कारणले पनि हो कि,हामीलाई यस्तै व्यक्तिहरुबाट सहयोगको लागि हात फैलाएका भन्ने आभाष भएको छ l हामीले हाम्रो क्षमताले भ्याए र सकेसम्म ती असहाय ब्यक्तिहरुलाइ सहयोग गरि रहनेछौं l

कोरियामा रहेका हामी सबै श्रमिकहरुको ढुकढुकीमा श्रमिक बेदना लुकेको हुन्छ र यसलाई कहिलेसम्म लुकाएर राखने ? के हाम्रो जिन्दगि यसरी नै बित्छ त ? एकपटक सोचौ त l अझ हामीले हाम्रो जिन्दगीमा लामो समय जिउनु छ l कोरियामा आखाभरी आशु, मनभरी माया अनि मुटुभरी सम्झना बोकेर हिडिरहेका पीडित नेपालीहरुको समस्याहरुलाइ हामी सबै मिलेर समाधान गरौँ l अब हामी सहयोगी भावनाले सक्रिय भइ सबै संघ संस्थाहरु समस्या समाधानको निम्ति एकजुट हुनु बिकल्प अरू केहि छैन।

अन्त्यमा, कोरीयामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले सुरक्षित होसियारी पूर्वक कार्य गर्नहुन अनुरोध गर्दै, यहाँहरूको कोरिया बसाइ सफल र शुभ रहोस् भन्ने कामना गर्दछु ।

यम श्रेष्ठ
अध्यक्ष:- नेपाल योंग स्टार ग्रुप
दक्षिण कोरिया

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork