?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मन र मुठी खोलेर बाँच्नेहरूको जय होस् !
   विजयकुमार
 

"विदेशी दाताको बजेट "म्यानुपुलेट" गरेर किनिएका ठूल्ठूला निजी गाडीबाट मगमग फ्रेन्च अत्तर फैलाउँदै देशी/विदेशी सेमिनारहरूमा महिला र बालबालिकाको सशक्तीकरण विषयमा गफ दिनु एउटा कुरा हो, त्यो काम गरेर देखाउनु अर्कै कुरा हो ।"

दुई-तीन वर्षअघिसम्म हाम्रो घरबाट पाँच मिनेट हिँडाइको दूरीमा पुष्पा बस्नेत आफ्ना १९ जना बालबालिकाका साथ बस्थिन् । तर पनि मलाई उनकाबारे अत्तोपत्तो थिएन । सायद राजन पराजुली र सिर्जना योन्जनको मुखबाट पुष्पाको नाम र कामका विषयमा पहिलो पटक सुनेको थिएँ । २०६६ सालमा मधु आचार्य र म "मेरो जिन्दगी मेरो विश्वास" नामक टेलिभिजन कार्यक्रमको निर्माणमा संलग्न थियौं । त्यसैक्रममा हामीले उनका विषयमा एक कार्यक्रम बनायौं । र, त्यो कार्यक्रम प्रसारण भएपछि पुष्पालाई नेपालमा धेरैले चिने, कतिपयले यथासक्य मद्दत पनि गरे ।

कार्यक्रम प्रसारण भएपश्चात् थपिएका सहयोगी हातहरूले गर्दा पुष्पा महाराजगन्ज, पीपलबोटको त्यो साँघुरो घरबाट चपली, बूढानीलकण्ठको फराकिलो घरमा पुगिन् । आश्रय पाउने बालबालिकाको संख्या पनि निकै बढ्यो । विभिन्न कारागारमा बन्दी गरिब निःसहाय मानिसका असहाय केटाकेटीलाई आफ्नो न्यानो आश्रय दिँदै आएकी पुष्पा बस्नेत गतसाता सीएनएन हिरो २०१२ घोषित भएपछि विश्वव्यापी रूपमा चर्चित हुन पुगेकी छन् । म सोच्न थालेको छु, २९ वर्षको उमेरमा यत्रो ठूलो प्रचार र सम्मानको भार पुष्पाले कसरी बेहोर्लिन् भनेर ?

कुनै पनि मानिसका निम्ति प्रसिद्धि एक्लै आउँदैन । कमाइएको नामले आपmनो साथ अनेकांै जिम्मेवारी, चुनौती र सम्भावनाहरूको भेल पनि बोकेर ल्याउँछ । कतिपयका निम्ति त थपिएको नामले आपmनो मनमा घमण्ड वा अर्काको मनमा इस्र्याको बिउ रोप्ने काम पनि गर्न सक्छ । सकारात्मक सोच राख्नेहरूका निम्ति भने मान, सम्मान र पुरस्कारले आपmनो काममा झन् बढी दत्तचित्त भएर लाग्न प्रेरणा दिने गर्दछ । हौसलाले मानिसको ऊर्जालाई अकल्पनीय रूपमा बिस्तार गरिदिन्छ ।

२१ वर्ष पुग्दा नपुग्दै जेलमा रहेका बालबलिकाको उद्धारमा लागेकी पुष्पा आफ्नो विद्यार्थी जीवनमा चाहिँ खासै राम्रो विद्यार्थी थिइनन् । एसएलसीमा फेल भएर परिवारको नाक कटाएको भनिएकी पुष्पा सेन्ट जेवियर कलेजको ब्याचलर इन सोसल वर्क कक्षाबाट एक वर्षका लागि निष्कासित पनि भएकी थिइन् । भीम विरागका अमर पंक्तिहरू छन् :

बाटो हो कि कुबाटो

अन्धोलाई केको मतलब ?

आँखै हुनेको पनि

ठोकिन्छ जिन्दगी !

पानीमा होइन बालुवामा

लेखिन्छ जिन्दगी !

तर, एउटै लहरले पनि

मेटिन्छ जिन्दगी !

पुष्पाका निम्ति भने जीवनधारा नै मोडिदिने त्यो एउटै लहर त्यस दिन आयो, जब फिल्डवर्क का निम्ति केन्द्रीय महिला कारागार पुग्दा उनले एक हृदयस्पर्शी दृश्य देखिन् । उनले देखिन्, जेलभित्र सजाय पाएका मानिसहरूमात्र थिएनन्, अपितु साना-साना निर्दोष अबोध बालबालिकाहरू पनि थिए । बालबालिकाहरू, जो निरपराध थिए, जो दोषरहित हुँदाहँुदै पनि जेलमा बस्न बाध्य थिए आफ्ना आमाबाबुले गरेको गल्तीका कारण । बाबुआमा यति निःसहाय थिए कि आफू जेल परेपछि आफ्ना निर्दोष सन्तानलाई पनि साथै लिएर कारागारभित्रै लिएर जाने बाध्यता थियो । नानीहरू यति स-साना थिए, बुझ्न पनि सक्दैनथे कि उनीहरू कहाँ र किन छन् भनेर ?

सानु कान्छी यस्तै एक अबोध बालिका थिइन् । पुष्पालाई देख्नेबित्तिकै सानु कान्छीले उसको कुर्ताको फेर समातिन् र छोड्दै छोडिनन् । केही गरे पनि छाडिनन् । कुर्ताको फेर छाड्नै नमान्ने सानु कान्छी पुष्पाका निम्ति भीम विरागको एउटै लहर सावित भइन् । त्यो रात पुष्पा राम्ररी सुत्न सकिनन् । सानु कान्छीको मुहार घरिघरि मनमा आइरह्यो । बिहान हुँदा नहुँदै पुष्पा बस्नेतले निर्णय गरिसकेकी थिइन्, म मेरो जीवन सानु कान्छीजस्ता असहाय केटाकेटीहरूलाई सहारा दिने काममा समर्पित गर्नेछु ।

त्यसपछि पुष्पा र उनका छजना साथीहरूले दस/दस हजारका दरले साठी हजार रुपैयाँ हाले, अनि भाटभटेनीमा जेलका बालबालिकालाई सेवा दिने डे केयर सेन्टर खोले । बिस्तारै साथीहरू छुट्दै गए । कोही पढ्न विदेश गए, कोही यताउति लागे ।

कुनै पनि काममा निरन्तर निष्ठा सजिलो विषय होइन । समाजसेवामा त झनै होइन । एक दिन होइन, दुई दिन होइन, महिनौं होइन, वर्षौं लगातार समाजसेवा गर्न सजिलो छैन । विदेशी दाताको बजेट म्यानुपुलेट गरेर किनिएका ठूल्ठूला निजी गाडीबाट मगमग फ्रेन्च अत्तर फैलाउँदै देशी/विदेशी सेमिनारहरूमा महिला र बालबालिकाको सशक्तीकरण विषयमा गफ दिनु एउटा कुरा हो, त्यो काम गरेर देखाउनु अर्कै कुरा हो । कतिपय अवस्थाहरूमा सशक्तीकरण भएको छ भने पनि त्यो कुनै बाठो वा बाठी कथित एक्टिभिस्ट वा समाजसेवीको आफ्नो निजी जीवनको भएको छ, लक्षित वर्गको भएको छैन । म मानिसको आर्थिक सम्पन्नताको प्रबल पक्षधर हुँ, महँगा-महँगा गाडी त के, रोल्स रायस चढेर हिँडे पनि हुन्छ तर त्यो किन्ने पैसा समाजसेवाको नाममा लिइएको हुनु हुँदैन । कसैलाई त्यस्तो रहर छ भने त्यस अवस्थामा संस्थाको दर्ता उद्योग विभागमा गरिएको हुनुपर्छ । समाजसेवा गर्दागर्दै नाफा कमाउने संस्थाहरू पनि संसारमा धेरै छन् । उदाहरणका लागि भारतको सुलभ शौचालय बनाउने कम्पनी । यसले सेवा पनि गर्छ, पैसा पनि कमाउँछ । विन्देश्वर पाठकले भारतमा त्यो गरेर देखाएका छन् । पैसा कमाउने धेरै वैधानिक मार्गहरू छन्, ती मार्गहरू अपनाउनुको साटो हाल केही सीमित बलियाबांगाहरूले वर्षौंदेखि समाजसेवाको नाममा खेल्दै आएको डोनर कबड्डी खेलप्रति मात्र हाम्रो विमति हो । कस्मेटिक समाजसेवाप्रति मात्र हाम्रो असन्तुष्टि हो । होइन भने आम नेपाली समाजसेवीप्रति मेरो मनमा ठूलो आदरभावबाहेक केही छैन । फेरि समाजसेवी भन्नेबित्तिकै सारा जीउमा खरानी घसेको जोगी हुनुपर्छ भन्ने पनि मेरो आशय होइन ।

अब फेरि पुष्पामा फर्कन चाहन्छु । पुष्पालाई पहिलो पटक देख्नेबित्तिकै म प्रभावित भएको कुराचाहिँ उनको सरलता र निष्ठा नै थियो । मैले भेटेको केहीपछि उनको संस्था महाराजगन्ज, पीपलबोटनेरको पातलो गल्लीबाट बूढानीलकण्ठ जाने चौडा सडक छेउ फराकिलो घरमा बसाइँ सरेता पनि उनी आफू स्कुटरभन्दा माथि उक्लन सकिनन्, उक्लन चाहिनन् भन्दा बढ्ता उपयुक्त हुन्छ होला सायद । चार महिनाअघि कान्तिपुर टेलिभिजनको स्टुडियोमा भेट्दा तीन वर्षअघिकी पुष्पाको सरलता र लगनशीलतामा कुनै फरक मैले देख्न सकिनँ । तीन वर्ष अघि पुष्पाले भनेको एक महावाक्य म आजन्म बिर्सन सक्दिनँ । भन्थिन् उनी, दाइ, मुठी बन्द गरेर बाँच्यो भने त्यसबाट न कसैले केही पाउन सक्छ, न त कसैले त्यो बन्द मुठीमा केही थप्न सक्छ । मन र मुठी खोलेर बाँच्यो भने खोलिएको मुठीबाट अरूले पाउने मात्र होइनन्, त्यसमा अरूले थप्न पनि सक्छन् । म मुठी बन्द गरेर होइन, खोलेर बाँच्नमा विश्वास गर्छु ।

पुष्पाले सानु कान्छीका निम्ति आफ्नो खोलिन्, मुठी खोलिन् । हो, त्यही खोलिएको मुठीमा सीएनएनले यो वर्ष त्यत्रो सम्मान राखिदिएको मात्र हो । पुष्पाले सानु कान्छी जस्ताहरूका निम्ति आफ्नो मन र मुठी नखोलेको भए त्यहाँ पुरस्कार राख्ने ठाउँ पनि हुँदैनथ्यो होला । पुष्पाले सानु कान्छीका निम्ति जेजति गरिन्, त्यसको बदला सानु कान्छीले कैयौ गुना बढी फिर्ता गरिदिइन् ।

आज पुष्पाको सर्वत्र प्रशंसा हुँदैछ, हुनु पनि पर्छ । उनले आफू जुन उमेरमा हुँदा ती असहाय केटाकेटीलाई उनीहरूको जीवन बदल्ने बचन दिइन्, त्यो उमेरमा प्रायः युवाहरूले आफ्ना प्रेमीप्रेमिकालाई आकाशबाट जुन तारा टिपेर ल्याउने बचन दिइरहेका हुन्छन् । प्रशंसा हुनुपर्छ पुष्पाको, तर यो तालीको गडगडाहटबीच हामीले बिर्सनु हुँदैन कि कारागारमा रहेका केटाकेटीलाई हेरचार गर्ने उनी पहिलो व्यक्ति वा संस्था थिइनन् । यो पुनित काममा केही अन्य व्यक्ति र संस्थाहरू पनि संलग्न छन् । यीमध्ये कसैमाथि मिडियाको टर्चलाइट परेको होला, कसैमाथि नपरेको होला । कोही पुष्पा झैं चिनिएका होलान्, कोही नहोलान् । ती सबै हाम्रा निम्ति त्यतिकै स्तुत्य छन् । सच्चा समाजसेवाको सम्बन्ध मानिसको आत्मासँग हुन्छ । र, कतिपय अवस्थामा आत्मा देखिने, चिनिने वस्तु नहुन पनि सक्छ । त्यसैले आजको दिन ती सबै ज्ञात अज्ञात समाजसेवीको अभिनन्दन गर्ने अवसर पनि हो ।

लेखिरहनु नपर्ला, पुष्पा बस्नेतको नाम एन्डरसन कुपरले यस वर्षको सीएनएन हिरो भनेर घोषणा गर्दा खुसीले मेरा गह भरिए । तर, अब मलाई प्रतीक्षा छ त्यस दिनको जब कुनै नेपालीले कुनै नवीन आविष्कारका निम्ति, कुनै ठूलो-सानो ठूलो उद्यमका निम्ति, सामान्यजनको आयस्रोत बढाउने कामका निम्ति पनि यो वा यस्तै कुनै अन्तर्राष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्नेछ । हुन त मुठी खोल्नुको सम्बन्ध मानिसको मनसँग छ, पकेटको साइजसँग होइन । मैले जीवनमा कतिपय बडे-बडे पकेटवालहरूभित्र चुँइया छाप मन र सानो-सानो पकेट भएका मध्यम वा निम्नवर्गीय मानिसभित्र आकाशको जत्रो मन देखेको छु । यति हुँदाहुँदै पनि भन्नैपर्ने हुन्छ, पकेटमा अलि सजिलो भएको खण्डमा मुठी खोल्न पनि अलि सजिलै हुन्छ । त्यसका निम्ति समृद्ध नेपाल पहिलो आवश्यकता हो । आजका निम्ति चाहिँ फेरि एक पटक पुष्पा बस्नेतलगायत मन र मुठी खुल्ला गरेर बाँच्ने सबै क्षेत्रका सबैजनाको जय होस् भन्न चाहन्छु । अस्तु ।

vijayko@gmail.com

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork