?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियाका संस्थाहरुको साँस्कृतिक कार्यक्रम प्रति बढ्दो मोह
   मनोज कार्की
 

मानिस सामाजिक प्राणी हो । स्वभावैले पनि मानिसहरु जहाँ रहेपनि समुहगत र समाजमा रमाउन चाहान्छ । त्यसै अनुरुप हामी कोरियामा रहेका नेपालीहरुले पनि आ आफ्नै क्षेत्रीय जातीय धार्मिक राजनैतिक पेशागत बिभिन्न संघ संगठनहरुमा आवद्ध भई एक आपसमा दुःख सुख र राष्ट्रिय पहिचान साथै आफ्नो हक हित र अधिकारको संरक्षण गर्नुपर्ने महशुस गरि सन् १९९३ मा नेपाली सम्पर्क समिति स्थापना गरेका थिए । तर नेपालीहरुको बढ्दो चाप आफ्नो जातीय, क्षेत्रीय, धार्मिक पहिचानको अभिलाषा र बिदेशमा रहेता पनि आ आफ्नै मौलिक परम्परा र साँस्कृतिक जगेर्ना गर्ने हेतुले बिस्तारै अन्य संस्थाहरुको पनि स्थापना हुन थाल्यो ।

बिशेषगरी मलाई याद भएसम्म यो प्रकृयाको तीब्र बिकास सन् २००० देखि भएको देखिन्छ । तत्कालीन अवस्थामा यसरी एउटा मात्र संस्थाले गतिविधी संचालन गरेको र अन्य संस्थाहरु स्थापना हुंदाखेरी विविध किसिमका कृया प्रतिकृया नआएका होइनन् तर हामी त्यसैबेला देखि नै जहाँ भएपनि नेपालीहरुले आफ्नो स्वभाविमान र राष्ट्रिय पहिचानका साथसाथै आफ्नो जातीय क्षेत्रीय धार्मिक स्वतन्त्रताको पनि उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यतालाई पछ्याउंदै आईरहेका छौं । तर जहाँसम्म हिजोको त्यो एउटा संस्थालाई संचालन गर्ने केन्द्रीकृत प्रणाली थियो त्यसलाई पछिल्ला दिनहरुमा खुलेका संस्थाहरुले तुलनात्मक रुपमा अझ जागरुक संगठित गर्ने काम त गर्न सफल भयो तर त्यस अनुरुप आफुलाई कृयाशील तवरले अगाडी लैजान सकेनन् ।

हामीले संख्यात्मक रुपमा कोरियामा रहेका नेपालीहरुलाई बिभिन्न रुपमा गोलबन्द त गर्न सक्यौ तर त्यसलाई एउटा गुणात्मक रुपमा बिकास र त्यसको परिचालनबाट समाजलाई लाभ दिने किसिमको कुनै त्यस्ता महत्वपूर्ण योजना र कार्यक्रम दिन सकेनौं । अहिले पछिल्लो चरणमा आएर कोरियामा रहेका संघसंस्थाहरुमा बिगतका दिनहरुमा जस्तो हातेमालो र सहकार्यको साटो अस्वस्थ्य प्रतिष्पर्धा र हानथापको स्थिती पैदा भएको देखिन्छ । यो हामी सबैको लागि दुःखको कुरा हो । कारक र कारण जे भएपनि आखिर हामी एउटा प्रवासी भूमिमा आ आफ्नो समस्या र बाध्यताले आफ्नो सुन्दर सपना पुरा गर्ने उद्देश्य लिएर जीवन यापन गरिरहेका छौं । त्यस अर्थमा हाम्रो यो छोटो बसाई अवधिमा अरुको सोच, बिचारलाई सम्मान गर्ने र आफ्नो सोच बिचारको सरल प्रस्तुती गर्ने अभ्यासलाई अघि बढाउनु पर्ने देखिन्छ ।

हामी प्रत्येक आईतबार जसो हुने सभा, सम्मेलन र सेमिनारमा नेपालका राजनैतिक दलका नेता, मन्त्री, सभासदको कमी कमजोरीका बारेमा बोलेर थाक्दैनौं । हामीले यहाँ कहिल्यै सोच्यौं कि १९।२० हजारको नेपाली समुदायलाई कसरी सही ढंगले परिचालन र बिकास गर्न सकिन्छ भनेर, हो हामीमा यहिंनिर समस्या छ । यहाँ हामी हाम्रा तत्कालीन र गर्नुपर्ने समस्यालाई समाधान गर्नुको साटो आगामी योजना र कार्यक्रम बुन्न नै हामी ब्यस्त छौं । यो हाम्रो राष्ट्रिय आचरण जस्तै बनिसकेको छ ।

बास्तवमा भन्नुपर्दा कोरियामा रहेका जातीय, क्षेत्रीय, धार्मिक संघसंस्थाहरुले आफ्नो संस्थाका सदस्यहरुलाई संस्थाप्रति सबै तवरले पूर्ण जिम्मेवार र समर्पित गराउनु पर्ने देखिन्छ । किनकि ठुलो संख्यामा सदस्य रहेका संस्थाहरुको गतिविधी पनि सवल र राम्रो रुपमा संचालन भएको देखिंदैन । आफ्ना सदस्यहरुबाट पर्याप्त मात्रामा संस्था संचालनका लागि चाहिने भौतिक पूर्वाधारको अभावमा हामीले अन्य स्रोत र उपायको खोजी गर्न थाल्दछौं ।

अब हिजोका दिनमा जसरी विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्न पनि कठीनाई छ । किनकि परिस्थिती फेरिएको छ । हिजो बर्ष दिन वा २ बर्षमा बल्लतल्ल कार्यक्रम आयोजना हुन्थ्यो स्वदेशको मायाले, परिवारको बिछोडले अनि यस्तै यस्तै परिवेशमा नेपाली कार्यक्रम बिशेष महत्व र प्रतिक्षाको बिषय हुन्थ्यो । तर आजभोली साँस्कृतिक कार्यक्रम संस्थाहरुको होडबाजी र हानथापको बिषय बन्न पुगेको छ । मलाई के लाग्दछ भने साँस्कृतिक कार्यक्रमले नै संस्थालाई सबै रुपमा माथी उठाउने होइन किनकि ठुल ठुला बृहत कार्यक्रम सम्पन्न गर्यौं भन्ने संस्थाहरु पनि आज यदाकदा निष्कृय रहेको हामीले देखेका छौं । अब हिजोका दिनमा जस्तो पूर्व मेचीको दर्शक आएर पश्चिम महाकालीमा पुल खडा गरौंला भन्ने सपना नबुन्दा हुन्छ । अब हरेक संघसंस्थाले आफ्नो सदस्यहरुलाई संस्थाप्रतिको जिम्मेवारीको बोध गराउंदै नयाँ ढंगले संस्थालाई संचालन गर्नुपर्ने देखिन्छ ।

बिशेष रुपमा भन्नुपर्दा कोरियामा रहेका नेपाली संघसंस्थाहरुले गुणात्मक रुपमा आफुलाई परिवर्तन गर्न सकेनन् भने क्षणिक रुपमा त यसले केही तरङ्ग पैदा गर्ला तर दीर्घकालीन रुपमा यसको अस्तित्व नै संकटमा पर्ने खतरा उत्पन्न हुन सक्ने देखिन्छ । यसप्रति हामी सबै समय मै सचेत हुनुपर्ने हुन्छ ।

पाठक महोदयहरुलाई पढ्दा अलि खल्लो महशुस होला किन नकारात्मक कुराहरुलाई केन्द्रित गरिएको भनेर । तर मेरो आशय समस्या हामीमा नै छ र समाधान पनि यो हामी सबैको सामुहिक प्रयत्नबाट मात्र सम्भव छ । हामीले भावी दिनहरुमा कोरियामा रहेका संघसंस्थाहरु प्रति सकारात्मक रुपमा आत्मीय भाइचारा सम्बन्धलाई प्रगाढ पार्दै आम नेपाली समुदाय बीच एकताको सन्देश फैलाउन सकेमा त्यो नै हाम्रो लागि ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ ।

(लेखक नेपाली सम्पर्क समितिका पूर्व अध्यक्ष हुनुहुन्छ ।)

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork