?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

टोक्योमा थसेस जापानद्धारा आयोजित प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न
   सरद कुमार गौचन
 


गत डिसेम्वर २ तारीख आईतबारका दिन थकाली सेवा समिति जापानद्धारा आयोजित प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगितालाई ऐतिहासिक रुपमा सफलता पुर्वक सम्पन्न गरेको छ । प्रतियोगितामा अन्तिम प्रतिस्प्रधाको लागि म्याग्देली संजाल जापानलाई ३-० ले परास्त गरी गल्कोट समाज जापानले बिजयी गरेको हो । थसेस जापान जापानद्धारा आयोजित बहुप्रतिक्षित भलिबल प्रतियोगिता टोक्योको नाकानो स्थित सागिनोमिया आरिना स्टेडियमा भएको थियो । जापानमा पहिलो पटक आयोजित यस मैत्रीपुर्ण भलिबल प्रतियोगिताको प्रमुख अतिथिको रुपमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथिको रुपमा टोक्यो भलिबल एसोसिएसनका अध्यक्ष ईचिकावा मिनोरु तथा एनआरएनका कोषाध्यक्ष भवन भट्टको  उपस्थिति रहेको यस प्रतियोगितामा जापानबासि नेपाली समुदायको प्रतिनिधित्व गर्दै १० टिमले भाग लिएका थिए ।

 प्रारम्भमा थकाली ड्रेसमा (नकनचोलो) मा सजिएका महिलाहरुद्धारा थकालीहरुको चार देवता र प्रमुख अतिथिलाई पुजापाठ (केल्च्याङ) तथा खेलाडिहरु मार्फत मार्कपाश एवं राष्ट्रिगानबाट शुरु गरिएको प्रतियोगितामा खेलाडि, अतिथि र दर्शकवृद्धहहरुलाई थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले हार्दिक स्वागत गर्दै कार्यक्रमको बिषयमा प्रकाश पार्नुभएको थियो । त्यसैगरि प्रमुख अतिथि महामहिम राजदुत डा. भट्टराईले शुभकामना मन्तब्य दिए पश्चात बल हानेर खेलको उदघाट्न गर्नु भएको थियो ।

प्रतियोगितामा दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाल आदीबासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्टचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापा मगर, आईएनसीजेका अध्यक्ष अर्जुन अधिकारी, गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारी, म्याग्देली संजाल जापानका अध्यक्ष महेन्द्र खडका, तमु धीं जापानका अध्यक्ष हर्क गुरुङ, नेपाली जनप्रगतीशिल मोर्चाका अध्यक्ष बेलु थापा, जापान नेपाल मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष बिनोद शेरचन, गल्कोट समाज जापानका उपाध्यक्ष नरबहादुर थापा, वुई फर अलका अध्यक्ष सरोज खत्री, वामी सेवा समितिका अध्यक्ष सुरेश केसी, नेपाल जापान युथ क्लवका अध्यक्ष तासि लामा, नेपाली संगित संस्थाका अध्यक्ष युको ओकामोतो, लमजुंग समाज जापानका अध्यक्ष ऋतुकुमार दुरा लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको फाईनल गेम समापन पश्चात, बिजयी टिम गल्कोट समाज जापानलाई नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचनले कप, प्रशंसा पत्र तथा मेडल पुरस्कार प्रदान गर्नुभएको थियो भने, दृतिय हुने म्याग्देली सञ्जाल जापानको टिमलाई नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले कप, प्रशंसा पत्र र मेडल पुरस्कार बितरण गर्नु भएको थियो । त्यसैगरि सर्वोकृष्ट खेलाडिमा छनोट हुनु भएका गोल्डेन नेपाल युथ क्लबका भिक्टर ताडामगर लाई नेपाल मगर संघ जापानका अध्यक्ष सैलेन्द्र थापा मगले ट्रफि र प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । साथै अन्य सहभागि ८ टिमलाई पनि अतिथिहरुले प्रशंसा पत्र र पुरस्कार प्रदान गर्नु भएको थियो । प्रथम हुने टिम गल्कोट समाजका टिम क्याप्टेन हिरा शेरचन र दृतिय हुने म्याग्देली संञ्जालका टिम क्याप्टेन प्रकाश तुलाचनलाई आयोजकको तर्फबाट अध्यक्ष शरद कुमार गौचनले नगद पुरस्कार तथा खादार्पण सहित क्रमश १ लाख २० हजार एन र ६० हजार एन हस्तान्तरण गर्दै दर्शक, खेलाडि, रेफ़्री, अतिथि एवं सहयोगि सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

यसैगरी खेलकुद संयोजक लेलिन भट्टचनले प्रत्यक्ष प्रसारण गरिरहेको मेडिया संग संक्षिप्त कुरा गर्दै स्वस्थ्य र अनुशासित जीवनका लागि खेलकुद अत्यन्त महत्वपूर्ण भएको भए पनि जापानमा सांगीतिक लगायत अन्य कार्यक्रमहरु बराबर हुने गरिएको भए पनि खेलकुद क्षेत्रलाई त्यति ध्यान नदिएको अवस्थामा थसेस जापानले भलिबल प्रतियोगिताको आय़ोजना गरेर एउटा नौलो र उपयोगी कार्यक्रमको थालनी गरेको र यसलाई निरन्तरता प्रदान गरिने बिचार ब्यक्त गर्नुभयो । कार्यक्रममा सबैको अनुशासित र उत्साहजनक सहभागिता एवं सहयोग रह्यो आय़ोजको तर्फ़बाट सबैलाई धन्यबाद ब्यक्त गर्न चाहान्छु संयोजक भट्टचनले भन्नुभयो ।

उत्साहजनक खेलप्रेमीहरुको उपस्थिति र खेलाडिहरुको सहभागिताकाबिच अत्यन्त प्रतिस्पर्धात्मक एवं सौहार्द्रपूर्ण वातावरणमा भलिबल खेल सम्पन्न गरेर थसेसले जापानमा खेलप्रेमीहरुको मन जित्न सफ़ल भएको प्रतिकृया संगै  प्रतिभाशाली खेलाडिहरुलाई प्रोत्साहित गरेर खेल क्षेत्रमा नयां अध्यायको शुरुवात गरेकोमा दर्शक, खेलाडि एवं खेलप्रेमीहरुले आयोजक संस्थाप्रति कृतज्ञता प्रकट गरेका थिए ।

 

सम्पन्न भलिबल प्रतियोगिताको नतिजा
ए कोट / GROUP A
(2)कावासाकी युनाईटेड*Kawasaki United / 25 / 23 / 24 /
(3)म्याग्देली सञ्जाल जापान *Myagdeli Sanjaal / 16 / 25 / 26 / (बिजयी)

 

(4)बलेवा युथ सोसाईटी*Balewa Youth Society / 25 / 25 / (बिजयी)
(5)वुई फर अल*We For All / 9 / 8 /

 

(1)थकाली सेवा समिति जापान*Tha Se Sa Japan / 8 / 15 /
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal / 25 / 25 / (बिजयी)

 

सेमिफाईनल
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal / 25 / 25 / (बिजयी)
(4)बलेवा युथ सोसाईटी*Balewa Youth Society / 18 / 17 /

 

बि कोट / GROUP B
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 25 / (बिजयी)
(7)नेपाल मगर संघ जापान*Nepal Magar Sangh / 12 / 23 /

(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club / 25 / 25 / (बिजयी)
(9)नेपाल जापान युथ क्लव*Nepal Japan Youth Club / 11 / 19 /

(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club / 27 / 25 / (बिजयी)
(10)आइएनसीजे*INCJ, Japan / 25 / 9 /
 
सेमिफाईनल / SEMI-FINAL
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 27 / (बिजयी)
(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club / 20 / 25 /

 

फ़ाईनल / FINAL
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal / 21 / 21 / 19 / (दृतिय )
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 25/ 25 / (प्रथम बिजयी)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork