?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

भाषाले देश प्रेम जागृत गराउछ
   बिजय थापा
 
 
                                                                      
भाषा बिचार सम्प्रेषण गर्ने एक सशक्त माध्यम हो l भाषा बिना जीवन अधुरो र अपुरो हुन्छ l मानिस सबै भन्दा बिबेकशिल प्राणी हो l जनावर र चरा चुरुंगी भन्दा पृथक छ किनभने उ बिबेकले काम गर्न सक्छ l हरेक मानिसले आफ्नो देशको आफ्नै मात्री भाषा बोल्न रुचाउछ l मात्री भाषाको मोहबारे महाभारत लेखे पनि अधुरो नै हुन्छ l हरेक देशका नागरिकलाई देश भक्ति र राष्ट्र प्रेमको भावनाबाट अभिप्रेरित गराउने माध्यम भाषा नै हो l राष्ट्रियता र देश भक्तिको भावना कुनै पनि देश उपनिवेश बन्न बाध्यता भएका र स्वतन्त्र भै सकेका देशका नागरिकलाई अधिकतम हुन्छ l किनभने राष्ट्र प्रेम र देश प्रेमको भावना उनीहरुले जत्ति अरु कसैले पनि अनुभूति गरेका हुदैनन् l अचानाको पिर खुकुरीले जान्दैन भने जस्तै राष्ट्र प्रेम र देश भक्ति प्रश्नमा प्राणको आहुति चढाउन पनि उनीहरु तत्पर हुन्छन l
 
नेपाली राष्ट्रिय भाषामा हामी नेपालीहरु अति नै सम्बेदनशील छौ l बलिदान र त्यागको लागि जीवन समर्पण गर्न तत्पर हुन्छौ l नेपाल भाषा भाषीकाहरुको एक साझा फूलबारी हो र मात्री भाषा सबैलाई हृदयको धड्कन भन्दा पनि माया लाग्दछ र हामी सबै यस प्रति गर्व गर्दछौ l नेपाली हुनाले हामी हाम्रो राष्ट्र भाषा नेपालीलाई भित्रबाट नै चाहन्छौ र सम्मान गर्दछौ  l स्वदेशमा बसोबास गर्ने भन्दा मुलुक बाहिर बसोबास गर्ने नेपाली मूलका सबैलाई देश प्रेम ,राष्ट्र भक्ति र राष्ट्र भाषा अतिनै प्यारो लाग्नु स्वाभाविक हुदो रहेछ किनभने बिदेशी माटोमा क्षणिक रमाएता पनि अन्तरआत्मामा मुलुकलाई बिर्सन सक्दैनन् l बिदेशी माटोमा बसाई सराई तथा अन्य कारण भएता पनि सच्चा देश भक्ति स्वदेश मै बसी ढिडो र गुन्द्रुक खाएर पनि सेवा गर्नु पर्ने एक थरिकाले बिचार पोख्दछन l असफल राष्ट्र हुन्छ कि भन्ने सन्त्रास र मुलुकको धमिलिएको राजनैतिक अवस्थाको कारण बिबस लाखौ नेपाली मूलका नेपालीहरु बिदेशी माटोमा बाध्य भै आफ्ना भाबी सन्तति र पिढीहरुको सुनौलौ भबिष्यको सपनाबुनी रहेका छन् l उनीहरुले देश बिर्सिन सक्लान तर भाषा कहिले मर्न दिदैनन् किनभने मुलुक बाहिर हुना साथ हाम्रो बिचार आदान प्रदान गर्ने माध्यम नै हाम्रो राष्ट्र भाषा नेपाली हुन्छ l
 
राष्ट्र भाषा बिना त बिदेशी माटोमा  बिरानो लाग्दछ र नेपालीहरुको पहिचान नै यहि नेपाली राष्ट्र भाषा हो lयो पंक्तिकारले झन्डै १८ बर्ष अगी देखि निरन्तर रुपमा नेपाली भाषाको प्रबर्धन ,सम्बर्धन र भावी पिढीहरुको लागि  भनि गरिएको एक भाषिक अभियान हो भन्नु पर्दा अतिशयोक्ति नहोला भन्ने ठान्दछु l हाम्रो राष्ट्रिय भाषालाई आगन्तुक शब्दहरुले व्यापक अतिक्रमण गरि रहेको छ l भाषा शास्त्री तथा विशेषज्ञहरुले रोकथाम नगरे भोलि नेपाली भाषा पूर्ण खिचडी हुन्छ र आगन्तुक अंग्रेजी शब्दलाई नै नेपाली शब्द हो भनि स्वीकार गर्ने हो भने कालान्तरमा नेपाली शब्दहरुको बिलिन हुनेछ l युवा पिढीलाई नेपाली शब्द र भाषाको ज्ञान दिन अझ महत्वपूर्ण हुन्छ किनभने उनीहरुमा अंग्रेजीको भूत सवार भएको हुन्छ र स्वाभाविक पनि हो किनभने युवा पिढीहरुको अन्तिम लक्ष्य परदेशमा गै अध्ययन गर्ने हुन्छ त्यहाँ नेपाली भाषाले काम दिदैंन l अहिलेका पिढीहरुको अंग्रेजी राम्रो हुदै आएको देखिएको छ  तुलनात्मक रुपमा तर नेपाली भाषामा कमजोर देखिएको छ l नेपाली भाषा संसारको कुनै पनि देशको राष्ट्र भाषा भन्दा कमजोर छैन र हामीले अत्यधिक अंग्रेजी भाषाको प्रयोग कारण नेपाली राष्ट्रिय भाषा तुलनात्मक रुपमा फितलो भएको भान हुन्छ l नेपाली भाषाको गहिराईमा  डुबुल्की मार्ने हो भने भाषा विशेषज्ञले नेपाली भाषाको बृहत बिस्तार गरेका छन l अंग्रेजी भाषाको मोह जागृत भए जस्तै नेपाली राष्ट्र भाषालाई पनि उतिकै माया गर्न सके यो भाषा कहिले ओझलमा पर्ने छैन l नेपालीहरु विदेशिने क्रम अत्यधिक बृद्दी हुदैछ l यिनीहरुले परदेशमा रहे पनि  साहित्य ,कला ,संस्कृति ,परम्परा आदि ईत्यादीको सम्बर्धन गर्ने उदेश्य हेतु अविरल कलम चलाई रहेका हुन्छन l फलस्वरूप भाषा र साहित्य निरन्तर मौलाएको भेटिन्छ l बिदेशमा नेपाली पाठशालाहरु पनि जताततै खुलेका छन् र आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनु पर्छ भनि अभिभावकहरु चिन्तनशिल छन् किनभने यदि नेपाली हु भने कसैले गर्व गर्दछ भने भाषा जान्नु पनि उतिकै अपरिहार्य हुन्छ l नेपाली भनि गौरब गर्ने तर भाषा सम्बन्धमा शुन्य ज्ञान भए अनर्थ हुन्छ l
 
हामी स्वदेश या विदेश जहाँ जस्तो अवस्थामा रहे पनि  हामी नेपाली हौ ,पुर्खाले दिएको ज्ञान र उपदेश हाम्रो रगतमा छ l हामी नेपाली शूरबिर छौ र हाम्रो दायित्व अनेक भएता पनि हाम्रो संस्कृति ,परम्परा ,भाषा र साहित्यको जगेर्ना गर्नु हाम्रो परम कर्तब्य हुन्छ l भाषा प्राण भन्दा पनि प्यारो हुन्छ l हरेक नेपालीले आफु र आफ्ना सन्तानलाई राष्ट्र भाषाको ज्ञान  दिन सक्नु पर्छ  नत्र भाषाको बिकाश हुने सम्भव हुदैन र ढोकै बन्द हुने हुन्छ l हाम्रा भावी सन्तान तथा युवा पिढीहरुलाई नेपाली भाषाको महत्वबारे सचेत गराउन नसके भाषा खतरामा पर्दछ  किनभने एसियाकै शसक्त राष्ट्र सिँगापूरले अंग्रेजी भाषालाई उच्च प्राथमिकता दियो l केहि समय पश्च्यात सिंगापूर राष्ट्र बाध्य भयो कि जब सम्म आफ्नो मुलुकको भाषालाई बिकशित गरिदैन संस्कृति ,परम्पराको अनुसन्धान गर्न कठिन हुने रहेछ भनि पुन: आफ्नो भाषालाई बिउताउन् जमर्को गर्यो l दक्षिण एसियाली मुलुक बाहेक विश्वको हरेक कुनामा नेपाली समुदायको बिस्तार अत्यधिक बढन थालेको छ l संचार माध्यमले गर्दा बिश्व नै गाउँमा परिणत भएको छ l प्रशस्त बिधुतिय संजाल (बिधुतिय पत्रिका ) संचालनमा आएका छन् र यहि माध्यम द्वारा नै भाषा र साहित्यको प्रबर्शन र सम्बर्धनमा ठुलो टेवा मिलेको छ l
 
बिदेशी माटोमा अनगिन्ती बिधुतिय पत्रिकाहरु नेपाली भाषामै संचालित छन किनभने नेपाली राष्ट्र भाषा सबै नेपालीहरुको प्रतिनिधित्व गर्दछ र सबैको प्यारो छ l अत्यधिक नेपालीहरु नेपाली पत्रिका नै पढ्ने गर्दछन lअंग्रेजीको मोह भएका र सरल लाग्नेहरु आफ्नो ईक्षा अनुसार अंग्रेजी बिधुतिय पत्रिका पढनेहरुको संख्या पनि निकै बढदैछ र बढ्नु पनि पर्दछ l नेपाली शब्द हो या आगन्तुक शब्द हुन् भनि यकिन गर्नु जरुरि हुन्छ किनभने अत्यधिक रुपमा विचार ,धारणा र लेखमा अत्यधिक आगन्तुक अर्थात् अंग्रेजी मिश्रित गरिन्छ l यसलाई रोक्न सकिएन भने आधा अंग्रेजी र आधा नेपाली भै नेपाग्रेजी हुन्छ l भावी पिढीले यहि मिश्रित शब्दलाई नेपाली मूल शब्द भनि प्रयोग गर्दछन अनि यहि शब्द नेपाली बोलीचालीको रुपमा प्रयोग हुन्छ l नेपालीमा ग्यारेज शब्द स्थापित भै सकेको छ तर नेपालीमा कार्यशाला भनिन्छ ,चिकित्सकहरुको क्लिनिकलाई  जाच कक्ष /उपचार कक्ष भनिन्छ ,पानी राख्ने भाडोलाई नेपालीमा जलदानी भनिन्छ ,चुरोटको ठुटा राख्ने एस्ट्रेलाई नेपालीमा खरानीदानी भनिन्छ ,पहिले बिशालबजारको जन्म भयो हाल मल / सुपर मार्केट जिब्रोमा बस्यो ,मोटर साइकललाई नेपालीमा भटभटे भन्दा अर्को ग्रहबाट आएको पाखे भनिन्छ l भाषामा यसरि आक्रमण हुदै जाने हो भने हाम्रो नेपाली भाषा एकादेशमा पृथ्वी नारायण शाहले नेपाललाई एकीकरण गरि राष्ट्र भाषा बनाई दिएका थिए भन्ने मात्र ईतिहास सुनिन्छ l हामी सबैले हाम्रो यो गौरबलाई अनन्त कालसम्म कालजयी बनाउनु पर्छ l अझ शसक्त बनाउदै हाम्रा पुर्खाले दिएको दायित्वलाई भावी पिढीको मन र मस्तिस्क सम्म पुर्याउदै जानु पर्छ अनि हाम्रो नेपाली भाषाले जीवन्तता पाउदछ l
 
समय समयमा नेपालबाट आएका नेपाली कलाकारहरुद्वारा विश्व भरि यत्र तत्र छरिएर रहेका मातृभूमिको सम्झनामा तडपिएका नेपाली समुदायलाई मनोरंजन गर्ने उदेश्य अनुरुप कलाकारहरुद्वारा प्रस्तुत गरिने प्रहसन ,नाटक ,नृत्य ,गीत र सांगेतिक कोसेलीले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरु मुलुक सम्झन बाध्य हुन्छन l नेपाली भाषामा प्रस्तुत गरिने कलाकारहरुको प्रतिभा र व्यंगात्मक शैलीको सांगेतिक कोसेलीले दर्शकहरुको गह भरि आशु छचल्किन्छ र त्यो प्रस्तुतिले मन थाम्नै सक्नदैनं किनभने नेपाली भाषा यति मिठो हुन्छ कि यसको परि कल्पना संगै हामी पौडिन थाल्दछौ l त्यो  संगीत र गीतले सबैको हृदयमा छुन्छ अनि बलिन्द्र आशुको धारा बहन्छ र देश फर्कन मन लाग्दछ र देश भक्तिको भावना जाग्दछ l भाषासंग मजाक गर्नु हुदैन र धज्जी उडाउने सोच हाम्रो स्मृतिपटलबाट हटाई दिनु पर्छ l भाषामा जति ठेट शब्द प्रयोग गर्न सक्यो त्यतिनै मिठास र माधुर्यता आउछ lनेपालीपन झल्किन्छ त्यसैले बिदेशमा बस्ने सबै नेपालीले हाम्रो राष्ट्र भाषा प्रति सद्भाव देखाउन सके हाम्रा पिढीले हामीले गरेको गुण कहिले बिर्सदैनन l आफ्ना सन्तानलाई नेपालीमै कुराकानी गर्न सिकाउनु पर्दछ l बिदेशमा जन्मेका र हुर्केका सन्तानलाई मात्री भाषाको रुपमा नेपाली भाषालाई प्रथम प्राथमिकता दिनु पर्दछ l जुनसुकै देशमा बसोबास गरे पनि त्यही देशको राष्ट्र भाषा अनिवार्य हुन्छ त्यसको साथै हाम्रो भाषालाई पनि उतिकै उच्च मान्यता दिन सके हाम्रो भाषाको  कहिले बिनास र बिलय हुदैन l
 
भाषाले देश प्रेम र राष्ट्रियता जगाउने कुरामा स्वाभिमानी नेपाली सहमत हुने छन् भन्ने बिचार पोख्दै पूर्ण बिराम !
 
विजय थापा ,हाल भर्जिनिया 
सयुक्त राज्य अमेरिका
 
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork