?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

भाषा उपहास गर्ने माध्यम हैन
   विजय थापा
 

समय समयमा बिशुद्द नेपाली भाषा प्रति कलम चलाई रहेको हुन्छु l नेपाली भाषा सम्बन्धि नेपाली मूलका सबैले गम्भीर हुनु पर्ने अपरिहार्यता मैले ठानेको छु l मुलुक भित्र सरकारी पाठशाला या निजि क्षेत्रद्वारा संचालित सबै बिद्यालयमा नेपाली भाषाको पठन पाठन हुन्छ र सबैले नेपाली भाषाको ज्ञान प्राप्त गरि रहेका हुन्छन l सबैले नेपाली भाषा जान्नु पर्दछ र जाने राम्रो हुन्छ तर जान्ने पर्ने भन्ने चाही बाध्यता हुदैन l नेपालमा जन्म भएका सम्पूर्ण नेपालीका सन्तानले शिशु कक्षा देखि नै नेपाली भाषा पढेको हुन्छ र अनिवार्यता पनि हुन्छ ,जन्म देखि नै सिकेको र बोलेको नेपाली रास्ट्रिय भाषा बिदेशी माटोमा पुग्नसाथ अभिनयपूर्ण रुपमा नेपाली भाषा बोल्न अप्ठ्यारो लाग्छ र बोल्न पनि जान्दिन भन्ने लाखौ लाख नेपाल आमाका सन्तान हामीले देखका छौ l

वास्तविकताको पहिचान गर्ने प्रयास गरिएमा यस भित्र सत्यता पनि छ र हुन्छ पनि तर जन्मै देखि बोलिएको नेपाली भाषा प्रति देखाईने ढोंगीपन र नाटकीय प्रस्तुति प्रति यो पंक्तिकारलाई दुखि तुल्याएको छ ,हुन् सक्दछ कि यहाहरु पनि यसको शिकार बन्नु भएको होला वा दन्त्य कथा जस्तै सुन्नु भएको होला भन्ने ठान्दछु l ९० को दशकमा आफु मुलुकमा छदा अमेरिकाबाट फर्किएको एक होनहार र प्रतिभाशाली मित्रले मात्र ५ बर्ष सयुक्त राज्य अमेरिका बिताउदैमा नेपाली भाषा त पोलेर खाएछु भनि ९० प्रतिशत अंग्रेजीमा मात्र वार्तालाब गर्दा स्तब्ध बनाएको र झन् सोहि दिन देखि नै नेपाली रास्ट्रिय भाषा मुर्झनु हुँदै भनि आज सम्म पनि नेपाली भाषा बोल्दा केवल एक शब्द पनि अंग्रेजी नमिसियोस भनि गरिएको प्रयास यथावत छ र झन् यस प्रति गहिरिएर अध्ययन र खोज गर्न आवस्यक ठानी हाल बिदेशी माटोमा रहेता पनि नेपाली राष्ट्रिय भाषाको सम्बर्धन र प्रवर्धन गर्न कम्मर कसेर लागेको  छु l

वर्तमान अवस्थामा हाम्रो मुलुक ईतिहास कै अत्यन्तै गम्भीर अवस्थाबाट गुज्री रहेको छ l केवल सत्ता हडप्ने र बागडोर कब्जाको राजनैतिक खेलको कारण हाम्रो मुलुक ठुलो चक्रब्युमा फसेको छ र यिनै कारण हाम्रो मातृभूमिको अस्तित्व रहलाकी कि नरहला भन्ने चिन्तनमा स्वदेश तथा विदेशमा बस्ने नेपाली मूलका सम्पूर्ण स्वाभिमानी दाजुभाई तथा दिदि बहिनिहरुलाई लाग्नु स्वाभाविक हुन्छ l जसको कारण लाखौ लाख मानिसहरु सुनिश्चित  भविष्य निर्माण गर्न र बाध्य भै मुलुक छोड्दछन l बिदेशमा नेपाली भाषा चल्दैन र अन्तर रास्ट्रिय भाषाको रुपमा सहर्ष स्वीकार गरिएको भाषा अंग्रेजी भाषा सिक्न अनिवार्यता हुन्छ र एकाइशौ शताब्दीमा मुलुक भित्र मात्र बोल्ने भाषा तिर लागियो भने कुनै पनि क्षेत्रमा आफु प्रतिस्प्रधामा लडन सकिदैन र आफु पछाडी परिन्छ र जसको अंग्रेजी भाषामा बिशेष दखल छ उसले सबैलाई उछिन्दछ l उसले सोचे अनुसार जीवन ढाल्न सक्दछ र बनाउन सक्दछ l उसले अवसर प्राप्त गर्ने बितिकै मुलुक छोडदछ l नेपाली भाषा चै ओझेलमा पर्नु हुदैन भन्ने मेरो मान्यता हो र बराबर सतहमा दुवै भाषालाई लानु पर्दछ l

जब कुनै पनि नेपाली विदेश पुग्दछ र उसले आफ्नो मुलुकका नागरिकहरु र आफन्तहरु खोज तलास गर्ने कोसिस गर्दछ र हाल विश्व भरि जुनै सुकै मुलुकमा नेपाली मुलका मानिसहरु बिभिन्न कारण रोजगार वा बिद्यार्थीको रुपमा फेला पर्दछन l यो तथ्यांकले देखाएको छ l नेपाली बीच एउटा सेतु(पूल )को काम गर्ने माध्यम नेपाली भाषा हो संभवत नेपालीले अर्को नेपालीसंग भेटघाट हुदा नेपाली मै बोल्न रुचाउने हुन्छ किनभने हामी जहाँ गए पनि र जहाँ रहेता पनि हाम्रो मन र हाम्रो पन नेपाली नै हुन्छ केहि अपवादलाई छोडेर l यो पंक्तिकारले यहाँ  उठाउन खोजेको बिषय बस्तु चाही के हो भने भाषामा नेपालले पनि ठुलो फड्को हानेको छ ,पृथ्वी नारायण शाह कालिन नेपाली भाषा अहिले बुझीदैन र समय अनुसार परिमार्जित भै सकेको छ र आधुनिकीकरण अनिवार्य हुन्छ l भाषाविदहरु नेपाली भाषाको बिकाशको लागि अनुसन्धान र खोजमा मेहनत गरि रहेका छन lभाषा बिकाशको लागि मात्र भनेर भारतका पुर्व राष्ट्रपति जवाहर लाल नेहरुले करौडौ रुपैया पहिला भाषाको बिकाश गर्नु भनि निर्देशन दिएका थिए र आज भारत भाषाको सवालमा बिश्वमा एक उत्कृस्ट भाषा विकासको दर्जामा आउछ l

हाम्रो मुलुकले पनि भाषा विकासको लागि लगानी नगरेको चै होईन तर भ्रष्टाचारको भुमरीमा फसेको मुलुकमा सरकारको नेपाली राष्ट्रिय भाषा सम्बन्धि नीति गौण पनि हुन्छ l बिदेशी माटोमा नेपाली समुदायको बृद्दी बिज गणतीय रुपमा भै रहेको अवस्था छ l हाम्रो संस्कृति ,परम्परा ,भाषा ,कला र पहिचानलाई सम्बर्धन र प्रबर्धन गर्ने उदेश्य अनुरुप नेपाली नाम जुराएर संघ तथा संस्थाहरुको दर्ता गराउन नेपालीलाई कसैले भेट्न नसक्ने भएको छ l सयुक्त राज्य अमेरिका ठुलो देश भएको कारण अनेकौ संघ तथा संस्थाको स्थापना भएका छन् l नेपाली भएको कारण कुनै न कुनै रुपमा संस्थाको नाममा नेपाली शब्द राख्ने परिपाठी र उदेश्य पनि नेपाली समुदाय प्रति लक्षित गरिएको हुन्छ l भाषा र संस्कृति प्रबर्धन र सम्बर्धन गर्ने मूल उदेश्य पनि हुन्छ तर दुर्भाग्य यो छ कि अधिकांश समाचारहरु भाषाको प्रबर्धन नभै नेपाली भाषालाई उपहास गरिन्छ l प्रचार प्रसार अंग्रेजीमा ,कार्यक्रम पनि अंग्रेजीमा ,सूचना टास् पनि अंग्रेजीमा प्रकाशित गरिएको हुन्छ l अनि कसरि भाषाको प्रबर्धन भयो त ? हाम्रा पिढीहरुले नेपाली भाषा जान्ने मौका पाउछन त ? किन नेपाली नाम मिसाउनु परयो त आफ्नो संघ तथा संस्थामा ? यस अर्थमा यो हैन कि सबै संस्थाहरु जुन जोगी आए पनि कानै चिरेको चाही हुदैनन् आफ्नो संस्कृति र परम्परालाई जिवितै राख्दै अद्वितीय कार्य गरि रहेका प्रसस्त उदाहरण छन l धेरै बर्ष बिदेशी माटोमा बिताएका व्यक्तिहरुलाई नेपाली लेख्न चाही समस्या छ l भाषा र साहित्यको लागि मात्र स्थापित संस्थामा पनि नेपाली भाषा प्रबर्धन भन्दा अंग्रेजी भाषाले अधिग्रहण गरेको उदाहरण छ l

केहि समय पहिले अमेरिका कै एक उच्च नेपालीहरुको संस्थामा कार्यक्रम संचालकले अंग्रेजीमा कार्यक्रम शुरु गर्ने बितिकै एक व्यक्तिले उठेर नेपालीमा संचालन गर्नु पर्यो भने र जोरदार कर्तल ध्वनिले सभा कक्ष घन्कियो l हाल सालै सम्पन्न अमेरिका नेपाल सुन्दरी प्रतियोगितामा प्रतियोगीहरुलाई प्रश्न सोध्ने निर्णायक नेपाल टेलिभिजन कि पुर्व समाचार वाचिका रमा सिंहले एक प्रतियोगीलाई म नेपालीमा नै प्रश्न सोध्न रुचाउछु किनभने म नेपाली हु भनि प्रश्न राख्दा सम्पूर्ण उपस्थित नेपाली समुदायले तालीले स्वागत गरेका थिए किनभने हामीलाई नेपाली भाषा प्यारो लाग्छ l हाम्रो राष्ट्र भाषा नेपाली हो l यो बाहेक हामी परिकल्पना पनि गर्न सक्दैनौ l

आफु लेख लेखि रहने र धेरै ठाउमा प्रकाशित हुने हुनाले अंग्रेजीमा लेखिएको लेख प्रकाशित पनि गर्दैनन् र नेपालीमा अनुबाद गरि पठाउनु पर्दछ l अधिकाशं नेपाली मूलका नेपालीहरु नेपाली भाषामा संचालित बिधुतिय पत्रिका हेर्ने गरेको पाएको छु र नेपाली भाषामा संचालित बिधुतिय संजाल अत्यधिक हेरेको संख्या देखिएको छ किनभने हाम्रो रगतमा नै नेपालीपन छ l  हामी हाम्रो भाषालाई माया गर्दछौ किनभने हाम्रो यो संग आत्मीय सम्बन्ध छ l नेपाली भाषा हाम्रो गौरब हो l

विजय थापा ,हाल भर्जिनिया ,सयुक्त राज्य अमेरिका
thapamahoday@gmail.com

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork