?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
   नेपाल योङ्ग स्टार ग्रुप
 

यम श्रेष्ठ

रोजगारका लागि दक्षिण कोरियामा बसोवास गरिरहेका हामी नेपालीहरुको हृदयमा संधै नेपाल र नेपालीको माया बसेको छ । सबै नेपालीले एक न एक दिन हाम्रो देशको पनि बिकास हुनेछ र हामी यसरी बिदेशिन पर्ने छैन भन्ने आशा लिएका छौं । यो हाम्रो सपना बिपनामा परिणत हुनुभन्दा अगाडी यसरी बिदेशिन बाध्य भएका हामी नेपालीहरुले बिदेश मैं बसेर भएपनि आफ्नो जन्मथलोका लागि केही गर्नु हाम्रो कर्तब्य हो । नेपाली भएर दुःख पाएर बसिरहेका हाम्रा नेपालीहरुलाई सक्दो सहयोग गर्नु नै हाम्रो कर्तब्य हो । यसै कुरालाई आत्मसात गरेर नेपाली एकताको प्रतीकको रुपमा कुनै भेदभाव नराखी परोपकारी कल्याणकारी कामहरु उदार मनले गर्ने चाहाना भएका र निस्वार्थ रुपमा समाज सेवामा समर्पण गर्न चाहाने युवाहरुको समुहले २०११ जनवरी २ देखि संस्थागत रुपमा मेरो अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेर शुरु गरेको ग्रुप हो योंङ्ग स्टार ग्रुप ।

औपचारिक रुपमा सबै संघ संस्थासँग हातेमाले गरेर अघि बढ्नको निम्ति काभ्रे सम्पर्क समितिसँग सहकार्य गरेर संयुक्त रुपमा देवयानी चलचित्र प्रदर्शन गर्यौ । यसबाट प्राप्त आम्दानी लगभग ३६ लाख कोरियन वन सबै यस फिल्मका निर्देशक निर्माता श्री बिजय बस्नेतलाई हस्तान्तरण गर्यौ । हाम्रो पहिलो सुरुवात र पहिलो कार्यक्रम भएकोले गर्दा पनि सम्पूर्ण रकम हस्तान्तरण गरेका थियौ । कोरियामा अध्ययनरत ललितपुरका सन्जय महर्जन जो किड्नी सम्बन्धी समस्याबाट पीडित थिए उनलाई नेवा पुचसँग संयुक्त रुपमा मिलेर ३२ लाख कोरियन वन सहयोग गरेका थियौं । यसैगरी मोरङ्ग निवासी विज्ञान राई ब्रेन ट्युमर भएर जीवन मरणको दोसाँधमा उपचाररत रहेको अवस्थामा २८ लाख कोरियन वन संकलन गरी सहयोग रकम हस्तान्तरण गर्यौ ।

यसैगरि कोरियामा मृत्यु भएका काभ्रे निवासी श्रवनराज पन्तको छोरीको शिक्षाका लागि काभ्रे सम्पर्क समितिसँग संयुक्त रुपमा योंग स्टार ग्रुपले १५ लाख कोरियन वन सहयोग गरेका छौं । नेपाल कोरिया न्युज डट कमको सहयोगमा योंग स्टार ग्रुपले १६ जना अनाथ असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । सेतो रक्तकोष निर्माण नहुने रोगबाट पीडित बर्दियाकी १२ वर्षिया बालिका सरिता डिसी जो काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत थिइन उनलाई उपचारको लागि १० लाख कोरियन वन सहयोग गरेका थियौं ।

भर्खरै ब्लड क्यान्सरबाट पीडित खोटागंकी ४ वर्षिया बालिका सरिता कार्कीको उपचारको लागि ५२ लाख कोरियन वन सहयोग रकम संकलन गरी पिडितको परिवारलाई हस्तान्तरण गर्यौं । त्यसै गरी हेल्लो नेपाल कोरिया डटकम तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले सयूक्त रुपमा संचालन गरेको हेल्प नेपाल नेटवर्कको अक्षय कोष स्थापनाका लागि ३ लाख कोरियन वन सहयोग गरेका थियौँ ।

अहिलेसम्म हरेक व्यक्तिको जीवन बचाउन र आवश्यक ठाउँहरुमा सहयोग पुर्याउन हामीले खेलेको भुमिका प्रति हामी योंग स्टार ग्रुपका सम्पूर्ण सदस्यहरु गर्व गर्न सक्छौं । यसले हामीलाई ठूलो आत्म सन्तुष्टि पनि दिएको छ । अब व्यक्तिगत सहयोग मात्र सिमित नरहेर हामी समुदायको हितको लागि ७५ वटै जिल्लामा प्रत्येक जिल्लाको एउटा दुर्गम ठाऊँको स्कूलमा अक्षय कोषको स्थापना गरी त्यस कोषको ब्याजबाट विपन्न, गरिव, अनाथ, असहाय बालबालिकालाई पढ्ने अवसर दिनको लागि छात्रवृत्ति अक्षय कोष स्थापना गरी सहयोग गर्ने उदेश्य बोकेका छौं । यसमा तपाईहरु सबैको सहयोगको अपेक्षा गरेका छौं । पारदर्शी जीवनका हरेक कठिन समयहरु त्यस समयमा भोगिने वर्तमानमा हामीलाई कठिन लाग्छ । तर त्यसको सामना गरेर अघि बढ्नु नै जीवनको नियत हो ।

युवाहरु खराब नकारात्मक सोच र कार्यलाई त्यागेर अथवा समाजको बिकृति विसंगतिलाई निरुत्साहित पारेर एकजुट भइ समाजको हित र राम्रो उदाहरणीय कार्य गर्ने हाम्रो पहल हो । निस्वार्थ, बिश्वासनीय र पारदर्शी ढंगबाट बिगतमा झैँ आगामी दिनहरुमा पनि सक्रिय रुपमा समाज सेवामा समर्पित भएर निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ । नेपाली दाजुभाई दिदी बहिनीहरुले अहिले जुन प्रकारको माया साथ, बिश्वास, सहयोग, सल्लाह दिएर हामीलाई अगाडी बढ्न हौसला दिदै आउनु भएको छ यसलाई निरन्तर रुपमा पाउने आशा राखेका छौ । नेपालमा आधिकारिक रुपमा दर्ता गर्ने प्रक्रियामा कोरियाबाट फर्केका साथीहरु लागिपरेका छन् । अक्षय कोष निर्माणार्थ आउदो कोरियाको महान चाड चुसकमा बौद्ध परिवारको साँस्कृतिक कार्यक्रमको दिन अक्टुबर १ मा भाग्यशाली चिठ्ठा कार्यक्रम खोलिन गइरहेको हुदा कोरियामा रहनुहुने सम्पूर्ण नेपाली समुदायको संघ संस्था तथा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई यस कार्यक्रम सफल बनाउनको निम्ति आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याईदिन हुन हार्दिक बिनम्र अनुरोध गर्दछौं । आफुसंग बचेको समय समाज सेवामा समर्पण गर्न चाहने निस्वार्थ रुपमा कल्याणकारी काम गर्न इच्छुक सकारात्मक सोच भएका युवावर्गलाई यस अभियानमा सामेल भएर हातेमालो गर्दै राष्ट्रको निम्ति केहि योगदान पुर्याउने कामको सुरुवात गरौ भन्ने अपिल पनि गर्न चाहान्छौं । हामीले निस्वार्थ, पारदर्शी र इमान्दारिता पुर्वक जुन उद्देश्य लिएर अभियान चलाउदै आएका छौ सोही अनुरुप निश्चित सहि ठाउमा एउटा बिश्वस्त माध्यम बनेर सहयोग (राहत) प्रदान गर्दै समाज सेवाको बाटोमा अथक रुपमा निरन्तरता दिने बाचा गर्दछौं । हामी आफु पनि केहि राम्रो काम सुरु गरौ र अरुलाई पनि प्रेरणा जगाऔ । कुरा हैन अब काम गर्ने बेला आएको छ । राष्ट्र निर्माणको आधार, देशको कर्णधार युवावर्ग अब कुनै राजनीतिक दलको ढालको रुपमा उपयोग नभई स्वतन्त्र रुपमा एउटा जिम्मेवार सचेतक नागरिकको भूमिका निर्वाह गर्नु पर्ने जरुरि छ । प्रवासी भूमिमा निश्चित अवधि बिताएर सिकेको सीप दक्षता र अनुभवलाई आफ्नै देशमा फर्केर उपयोग गर्न सक्यौ भने त्यस अनुकुलको बातावरण निर्माण गरेर राष्ट्रलाई सबल र सम्मुनत बनाउन सक्छौं ।

जीवन जीउनुको यथार्थ त्यहाँ हुन्छ जहाँ हामी संघर्ष गरेर अगाडि बढ्न सक्छौं । अत यो संघर्षमय जिन्दगीमा हामी आफूमात्र अगाडि बढेर होइन जो संघर्ष गर्न केही कमजोर छन् उनीहरुलाई पनि सँगसँगै हातेमालो गर्दै संघर्षको मैदानमा एकसाथ अगाडि बढेर जिन्दगी जिउनु नै जीवन जिउनुको सार्थकता हो । त्यसैले परोपकारी काममा तपाई हामी सबै मिलेर अघि बढ्न सकेमा मात्र हाम्रो देशलाई समुन्नत दिशातर्फ उन्मुख गराउन सक्छौं । त्यसैले आउनुहोस कल्याणकारी काममा हामी सबै एकजुट भएर लागौं ।हाम्रो सकारात्मक सोच सानो प्रयास र सहयोगबात सामाजमा केहि राहत र सकारात्मक संदेश पुग्छ त्यसैले हामीले अहिले आजैबाट केहि परोपकारी काम सुरु गरेर समाजको हितकोलागि र समृद्ध राष्ट्र बनाउन युवाहरु जागरुक हुन अतिआवश्यक छ ।

जय!जय!! नेपाली । जय! जय!! नेपाल

(मैले यस नेपाल योंग स्टार ग्रुपको बारेमा बुझ्न चाहने धेरै युवाहरुको आग्रहलाई मध्यनजर गरेर स्थापना कालको छोटो अवधिमा नै कोरियामा
युवाहरुको सकृयता र एकताले निभाएको भूमिका र अग्रसरतालाई प्रष्ट्याउने यो लेख तयार पारेको छु । यसलाई सबैले सकारात्मक रुपमा ग्रहण गरेर हाम्रो कमी कमजोरीलाई औल्याइ दिनु भई राम्रो सुझाब र सल्लाह पाईएमा थप राम्रो कल्याणकारी कार्य तर्फ अगाडी बढ्न सहयोग पुग्नेछ भन्ने मैले आशा लिएको छु । धन्यवाद।)

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork