?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

समाजसेवा कि भ्रम ?
   सुमन पोख्रेल
 

हाम्रो मुलुकमा "समाजसेवा" शब्दले कुनै कालखण्डमा महान अर्थ धारण गरेको थियो । समाजसेवा गर्ने व्यक्तिमा निजी लाभको मनसाय हुँदैनथ्यो । आत्मिक सुखका निम्ति व्यापक परिधिमा आफ्नो तन, मन, धन अर्पित गर्ने कार्यलाई मात्र समाजसेवा ठानिन्थ्यो । यस्तो गहन अभिभारा बहन गर्ने व्यक्तिहरू समाजका विपत्ति र चीत्कारप्रति भित्रभित्रै ब्याकुल भई पीडित वर्गका जीवनमा राहतका किरण छर्न स्वस्फुर्त रूपमा अग्रसर हुन्थे । तिनका यस्ता निःस्वार्थ सेवाले धेरैको जीवनयात्रा सुगम हुन्थ्यो । दीनदुःखीका कष्ट र पीडालाई हर्षमा रूपान्तरण गर्न पाउँदा समाजसेवी पनि निकै पुलकित हुने गर्थे । यही कारण "समाजसेवा" र "समाजसेवी" शब्दको ठूलो गौरव थियो ।

अहिले यी शब्दको अर्थमा व्यापक परिवर्तन आएको छ । परम्परित रूपमा महान् मर्यादा बोकेका यी शब्दहरूको अर्थ विस्तार हुँदै प्रयोक्ताको बुझाइ र कार्यशैलीमा ठूलो अन्तर आएको छ । आज नेपालका हरेक व्यक्ति आफूलाई समाजसेवी र आफ्नो व्यवसायलाई समाजसेवाको जलप लगाउन आतुर छन् । शब्दको ध्वन्यात्मक मर्मलाई छाडेर प्रदर्शनपरक अभिव्यक्ति दिने प्रवृत्तिले एकातिर यसको गरिमामा सङ्कुचन ल्याएको छ भने अर्कोतिर वास्तविक सेवामार्गमा लाग्नेहरूका चरित्रप्रति अविश्वास बढाएको छ । समकालीन सन्दर्भमा नेपालमा को समाजसेवी छैन ? वडास्तरमा राजनीति गर्नेहरूदेखि प्रधानमन्त्री पद दाबी गर्नेले समेत आफ्नो पेसालाई समाजसेवा भन्न हिरिक्क हुन्छन् । राजनीतिजस्तो महत्त्वाकाङ्क्षामा आधारित अर्को कुन क्षेत्र होला ? प्रतिद्वन्द्वीलाई येनकेन प्रकारले हराएर सत्तासीन हुने अर्काे कुन दौड होला ?

समाजसेवाको राजपथमा आफूमात्र हिँडेको हकदाबी गर्ने नेपालको अर्को समूह NGO र INGO छ । यो तप्काले सरकारी तलब-भत्ता नखाएकै आडमा आफूलाई समाजसेवी ठान्छ । अत्यधिक कागजको घोडा चढ्ने यो समूहले जनताको करूण चित्र प्रस्तुत गर्दै दातृ निकायबाट पेटिकापेटी डलर भित्र्याउँछ । सर्वप्रथम आफ्ना लागि राजधानीमा भव्य अफिस, गाडी र आकर्षक तलब-भत्ताको "भूरसी" गर्छ । स्थानीय स्तरमा अर्धस्वयंसेवक नियुक्ति गर्छ, त्यसमार्फत लक्षित वर्गको तथ्यांक संकलन गराउँछ । झल्याकझुलुक फोटो खिचाउँछ र त्यसकै आधारमा प्रतिवेदन निर्माण गरी दाताको रकम शतप्रतिशत सदुपयोग भएको घोषणा गर्छ र आफ्नो कर्मकाण्डलाई विराट समाजसेवाको दृष्टान्त ठान्छ । यहाँ कोभन्दा को कम छ र ? सम्मान र सम्पत्तिको एकमुष्ट भोग गर्न कसलाई रहर हुँदैन ? त्यसैले ज्वलन्त समाजसेवा गरेको ठोकुवा गर्ने वर्गहरू च्याउझैं उम्रने क्रम जारी छ । यस्तो वर्गमा "ट्रस्ट" वा "प्रतिष्ठान वर्ग" पनि अग्रस्थानमै छ । यो वर्ग जीवनभर राज्यका उच्चपदमा बसेर अवाञ्छित तरिकाले द्रव्य संकलन गर्छ । पेसामा रहँदा-बस्दाको सम्मान अवकाशप्राप्त जीवनमा नपाइने हुँदा उसलाई भित्री रिक्तताले सताउन थाल्छ । जवानीमा गरिएका दुष्कर्महरूले आन्तरिक रूपमा पोल्न थाल्छन् । छोराछोरी सबै आ-आफ्नो गन्तव्यतिर लागिसकेको हुँदा यो वर्गले आफ्नो धनसम्पत्ति व्यर्थ महसुस गर्न थाल्छ । यस्तै मानसिक सन्तापका बीचमा यो वर्गले आफ्ना नाममा कोष, गुठी, प्रतिष्ठान खडा गर्छ र दुई-चारजना आफ्ना भजनमण्डलीलाई पुरस्कृत गर्छ । यसकै आधारमा उसले आफूलाई समाजसेवीको फेटा लगाउन थाल्छ । यो खालको समाजसेवा गर्ने वर्गमा सरकारी, गैरसरकारी कित्ताका भूतपूर्व कर्मचारी तथा व्यापारीहरू पर्छन् ।

हालैका समयमा नेपालमा अर्को नयाँ पङ्क्ति समाजसेवाका क्षेत्रमा तामधामका साथ सक्रिय छ । यो पङ्क्तिले आफूले मात्र सच्चा सेवा गरेको फुटानी गर्छ । ईश्वरलाई आफ्नो सेवाको साक्षी बनाउने यो वर्गले धेरैजसो शान्ति, अहिंसा, मानवता, अध्यात्म र सेवाको चर्को कुरा गर्छ । सप्ताह पुराण, भजनकीर्तन र प्रवचनजस्ता अनौठा गतिविधिमार्फत यो समूहले स्वदेश-विदेश, स्वर्ग-मत्र्य-पाताल चारैतिरबाट खुल्लमखुल्ला भगवान्का नाममा चन्दा माग्छ । इहलोक, परलोक सुधार्ने एकमात्र उपायका रूपमा दानको महिमा छाँट्छ । त्यसकै आधारमा जग्गा, सुन, नगद झार्छ, विभिन्न प्रकारका सदस्यता वितरण गर्छ । त्यसबापत संकलित रकमको दसांश सानातिना मठमन्दिर, धारापानी र स्कुल मर्मतमा खर्च गर्छ र थोक रकमबाट आफ्ना पूर्वज एवं आफ्नै नाममा "धाम", "आश्रम", "पीठ", "केन्द्र" स्थापना गर्छ । धर्म र सेवाको कुरा गर्ने हुँदा यो समूहले कहिल्यै आयकर तिर्नु पर्दैन । दाताले आफूले दिएको दानप्रति मोह त्याग्ने भएकाले आयव्यय पनि कहिल्यै पारदर्शी बनाउनु पर्दैन । बाहिर-बाहिर त्याग-संयम र सादगीको बखान छाँट्ने यो समूह आफू भने गुप्त रूपमा भव्य भोगमा लिप्त रहेको हुन्छ ।

संगठित रूपमा देखिने समाजसेवाका यस्ता स्वरूपहरूले आम व्यक्तिमा "समाजसेवा" शब्दप्रति आकर्षण बढेको छ । यसैका माध्यमबाट "नामदाम" एकैसाथ पाइने हुँदा व्यक्तिस्तरमा समाजसेवी बन्ने क्रम बढ्दो छ । टोलसुधार समिति, विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, स्थानीय क्लबका सदस्यहरूसमेत अहिले आफूलाई समाजसेवीको तहमा राख्न मरिहत्ते गर्न थालेका छन् ।

भनिन्छ, सेवामा प्राप्तिको कामना हुनुहुँदैन । सेवामा एक हातले दिएको कुरा अर्को हातले थाहा पाउनु हुँदैन । यो बाटोमा कर्तृत्वको बोध र विज्ञापन अहंकारमात्र हो र प्रतिफलको आकाङ्क्षा पाप नै हो । तर हाम्रो देशमा यो दर्शनबोधका साथ सेवाको मार्गमा हिँड्नेहरू कति होलान् ? दियो बालेर खोज्नुपर्ने अवस्था छ ।

हाम्रो समाजमा देखिने सम्पूर्ण सेवापरक क्रियाकलाप देखावटी, आडम्बरी र लाभप्रेरित छन् । दैवीप्रकोपमा थोत्रा कपडा बाँड्ने समाजसेवीमा पत्रिका र टेलिभिजनमा आफ्नो नाम सुन्ने लालसा पाइन्छ । मन्दिरमा घण्ट चढाउनेहरू संगमरमरमा आफ्नो नाम अंकित गराउन कुँदिरहेको पाइन्छ । गाउँघरका असहाय बालबालिकालाई राजधानीमा ल्याएर घरका भाँडा माझ्न लगाई सरकारी विद्यालयमा भर्ना गरिदिनेहरू आफूलाई सानो समाजसेवी ठान्दैनन् । आश्चर्यको कुरा हिजोआज घोषित रूपमै मुनाफाको लेखाजोखा गरेर बसेका स्कुल-कलेजका सञ्चालक, परामर्शदाता, शिक्षक, डाक्टरसमेत आफ्नो व्यवसायलाई समाजसेवा भन्न थालेका छन् । यी यथार्थ घटनाले एउटा गम्भीर प्रश्न जन्माएको छ- यति धेरै समाजसेवी भएको देशका जनताको जीवनस्तरमा किन परिवर्तन आएको छैन ? अझै पनि विकट पहाडी जिल्लाका जनता किन नुन खान नपाएर तड्पिएका छन् ? सानो रोग लाग्दा अकालमा जीउ गुमाउन किन बाध्य छन् ? गरिबी र अशिक्षाका कारण किन हरेक वर्ष चेलिबेटी बेचिन्छन् ?

समाजसेवा गर्नेहरूको भुँडी र गर्धन किन दिनदिनै मोटाइरहेको छ ? उनका सन्तानहरू विदेशी विद्यालयमा कसरी पढ्न पाइरहेका छन् ? राजधानीका उर्वर जमिनमा उनीहरूका विशाल भवन कसरी ठडिन्छन् ? यदि समाजसेवाको वास्तविक परिभाषा र कार्यशैली यही हो भने दयावीरसिंह कंसाकार, तुलसीमेहर श्रेष्ठ, हालैका दिनमा फुटपाथमा चप्पल घिसार्दै गरिबका सन्तानलाई निःशुल्क शिक्षा दिने एकलव्य साधनामा जुटेका उत्तम सञ्जेल अनि सडकपेटीमा फालिएका अनाथ, वृद्धवृद्धालाई आफ्नै घरमा संरक्षण दिने दिलशोभा श्रेष्ठ कुन कोटिका समाजसेवी हुन् कुन्नि ? परिभाषा बुझिनसक्नु छ ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork