?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मिडिया : भूमिका र अपेक्षा
   किशोर नेपाल
 

नेपालको सार्वजनिक जीवनमा मिडियाको प्रवेश मन्द तर प्रभावशाली हिसावले भइसकेको छ। आजको विकसित संसारमा मिडियाले नै सामाजिक राजनीतिक एजेण्डा निरुपण र निर्धारण गर्छन्। यस हिसावले नेपाली मिडिया अघि बढ्न सकेको छैन तापनि विश्वव्यापी समाजको अभिन्न अंगका रुपमा नेपाली समाज पनि धेरै पारदर्शी भइसकेको छ। स्रोत सम्पन्नता र पहुँचका हिसावले नेपाली मिडिया तुलनात्मकरुपले विश्वको मिडिया परिदृश्यबाट निकै पछि परे पनि यसको विश्वसनीयता स्थापित हुने क्रममा छ। पच्चीस वर्षअघिको नेपाली मिडिया र अहिलेको नेपाली मिडियाबीच कुनै हिसावले तुलना हुनै सक्दैन। यो विकासक्रम सन्तुलित भने छैन। भौतिक पूर्वाधार र क्षमताका हिसावले निकै अग्रपंक्तिमा रहेको नेपाली मिडिया एजेन्डा निर्धारणको हिसावले निकै पछि परेको छ भन्न हिच्किचाउनुपर्दैन।


नेपाली मिडियाले जसरी समाजका विभिन्न राजनीतिक र सामाजिक गतिविधि अनुगमन गरिरहेको छ, त्यसरी नै यसका गतिविधि पनि नियमित अनुगमन भइरहेको छ। मिडिया अनुगमन र अध्ययनकै लागि भनेर दाता समुदायको सहयोगमा खुलेका विभिन्न संस्थाले अहिलेसम्म आलोचनात्मक आँखाले मिडिया गतिविधि अनुगमन गर्न सकेका छैनन्। मिडियासँग सम्बन्धित संस्थाहरुले मिडियाका असंगत पक्षहरुबारे अनुगमन नगर्ने पूर्वाग्रह नै राखेका हुन्छन् तर बौध्दिक व्यक्तित्वका यस्ता समूह पनि देखिन थालेका छन्, जसले व्यापक परिवेशमा नेपाली मिडियाका गुण र अवगुण केलाउन थालेका छन्। यस्तै एउटा समूह काठमाडौं विश्वविद्यालयमा छ। काविका विभिन्न संकायमा कार्यरत् विद्वान् प्राध्यापक मित्रहरुले नेपाली पत्रकारिताको अहिलेको अवस्थाबारे निकै गहिरो चासो देखाउने गर्नुभएको छ।
केही दिनअघि कावि प्राध्यापक संघका अध्यक्ष डा. विभूति झाले विभिन्न व्यक्ति र संस्थालाई पठाउनुभएको एउटा मेलमा सात वटा प्रश्न उठाउनुभएको छ। ती प्रश्न रोचकमात्र छैनन्, तिनले मिडियाको विकासप्रति सचेत दृष्टिकोण पनि प्रस्तुत गरेका छन्। काविका प्राध्यापकबीचको छलफलका निष्कर्षका रुपमा निस्किएका र अंग्रेजीमा तयार पारिएका ती प्रश्नको नेपालीमा भावानुवाद-

- नेपालको मिडिया क्षेत्रले ठूलो विकास गरेको छ र सामाजिक स्वरुपको निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। यति हुँदाहुँदै पनि यसको परिमाणात्मक विकासको दा"जोमा गुणात्मक विकास हुन सकेको छैन।

- सामान्य नेपाली जनताको सोचाइअनुसार देशको अहिलेको अवस्था राजनीति, प्रशासन, सुरक्षा निकाय, अर्थ र वाणिज्य, शिक्षा, स्वास्थ्य र मानव अधिकार र नागरिक समाजलगायत् विभिन्न सामाजिक क्षेत्रमा खराव तत्व र भ्रष्ट खेलाडीको बोलवाला बढनुको परिणाम हो।

-हाम्रा मिडियामा एकै प्रकारका मानिसका विचार प्रसारण र प्रकाशन गर्ने चलन छ। ती थकित र थोत्रा विचारको सान्दर्भिकता छैन, त्यसैले ती अर्थहीन छन्। तिनै व्यक्ति कुनै न कुनै समयमा राज्यको निर्णय गर्ने ठाउँमा पुगेका छन् र देशको वर्तमान अवस्थाका लागि जिम्मेवार छन्। तैपनि तिनै व्यक्तिले मौका पाइरहेका छन्। उनीहरुलाई किनारा लगाउने काम भएको छैन।

- नारायण श्रेष्ठ र अन्य केहीलाई छाडेर नेपाली मिडियाका विजयकुमार, भूषण दाहाल, रवीन्द्र मिश्र, ऋषि धमला र अरु धेरैले यस्ता कुरालाई सहजतापूर्वक लिने गरेका छन् र समाजका तिनै ठूला नामसँग काम गर्दैछन्, जो देशको वर्तमान अवस्थाका लागि जिम्मेवार छन।

- नेपाली जनताले कति पटक राजनीतिमा दाहालहरु, कोइरालाहरु, नेपालहरु, खनालहरु, ओलीहरु, केसीहरु, महतहरु र अन्यहरुको नाम दोहोर्‍याउनु पर्ने हो, शिक्षा क्षेत्रमा कतिपटक कोइरालाहरु, वाग्लेहरु, खनियाँहरु, श्रेष्ठहरु र शर्माहरुको नाम दोहोर्यायउनुपर्ने हो, र नागरिक समाजमा कतिपटक ढुंगानाहरु, तुलाधरहरु, दीक्षितहरु, प्याकुरेलहरु र लालहरुको नाम लिनुपर्ने हो?

- साधारणतया धेरै नेताहरु, प्रमुख र मुख्य व्यक्तिका रुपमा सार्वजनिक पद धारण गर्नेहरुले अनैतिक, आचारहीन र अवैध उपायद्वारा पद हत्याएका छन्। आफ्नै क्षमताले स्थापित केही व्यक्तित्वको छवि धमिल्याउने हिसावले यो लेखिएको होइन।

- अहिले यी व्यक्तिमाथि ध्यान दिने समय आएको छ। मिडियामा लागेका व्यक्तिहरु आ-आफ्नो क्षेत्रमा चूपचाप काम गरिरहेका मानिसका बीचमा गएर उनीहरुलाई बोल्न हौस्याउनुपर्छ। यसबाट पूर्णतया नयाँदृष्टि र विचार आउन सक्छन्, जसले नयाँशक्ति, नयाँदिशा र नयाँसमाधान निस्कन सक्छ।

काविका प्राध्यापकहरुको यो निष्कर्षसँग मिडियाकर्मीहरुको सहमति र असहमति आ-आफ्नै ठाउँमा छ। मिडियामा कार्यरत् व्यक्तिहरु आफैं पनि जटिल राजनीतिक र सामाजिक समस्यासँग पिरोलिएका छन्। तर उहा"हरुको यो निष्कर्षले नेपाली मिडियाका लागि खोजिन थालेको नयाँभूमिकालाई आवाज दिएको छ।

निश्चय पनि काविका प्राध्यापकहरुले सुझाउनुभए जस्तो राजनीतिको अग्रभागमा रहेका व्यक्तिलाई मिडियाले किनारा लगाउन सक्दैन। अहिलेको नेपाली मिडियाको स्वरुप व्यवसाय र सञ्चारकर्मबीच कतै अल्भि्कएको छ। युरोप, अमेरिका र भारतमा जस्तो यो पूर्ण विकसित व्यवसायका रुपमा स्थापित भइसकेको छैन। अधिकांश मिडियाले आफ्नै अस्तित्वका लागि संघर्ष गर्नैपर्ने नियति भोगेका छन्।
त्यसबाहेक मिडियाको विकास पनि संगतिपूर्ण छैन। मिडियाकर्मी विभिन्न राजनीतिक दलका युनियनमा बाँडिएका छन्। मिडियाको भूमिका आन्दोलन गर्ने हो कि आन्दोलनको समाचार लेख्ने हो भन्ने छुट्टिन सकेको छैन।

राजनीतिक घटनाक्रम निर्माणमा समाचारको भूमिका महत्वपूर्ण हुन्छ। यसका लागि साहित्यिक भाषा र राजनीतिक इच्छाशक्तिको ठूलो आवश्यकता हुन्छ। मिडियाको शक्ति भनेको जनताको आवाजको प्रतिध्वनि हो। त्यो जति स्पष्ट सुनिन्छ, त्यति नै त्यसका प्रभाव विस्तार हुन्छ।

नेपालका लागि मिडिया अहिले पनि अनौठो वस्तु हो। टेलिभिजन र रेडियोको विस्तारले बिजुली र ब्याट्रीमा पहुँच भएका अधिकांश नेपालीको आँखा चम्काए पनि यी दुवै माध्यमको सामाजिक प्रभावकारिता सावित हुन बा"की नै छ। समाचारपत्रहरु त शहर बजारका शोभामात्रै रहन बाध्य छन्। मिडिया आफैंले पनि कतिपय प्रसंगमा आफूलाई सञ्चारित गराउन सकेको छैन।

त्यसो भन्दैमा काविका प्राध्यापकले उठाउनुभएका विषयको महत्व कम आँकिने होइन। विद्वत् वर्गको चासो र सदाशयताले नै नेपाली मिडियाको तस्बिर बदल्ने स्वीकार गर्न हिच्किचाउनुपर्दैन। नेपाली मिडियासँग जनताका अपेक्षा धेरै छन्। त्यसअनुरुप मिडिया संगठित हुन सकेको छैन। काविलगायत् धेरै शिक्षण प्रतिष्ठानमा मिडियाको संगठित अध्ययन र अध्यापन नियमित भएको छ। तर मिडियाको नाममा तयार पारिएको नेपाली पाठ्यक्रमको मौलिक संरचना नै अस्पष्ट र अलोकतान्त्रिक छ। सन् १९७२ मा युनेस्कोले ल्याएको न्यु वर्ल्ड इन्फर्मेसन एण्ड कम्युनिकेसन अर्डर र विकास पत्रकारिताको धङधङी अहिले पनि हटेको छैन।

के हो र के होइनको यो बहस लामो हुन सक्छ तर नेपाली मिडियाका सामाजिक र राजनीतिक दायित्वबारे काविका प्राध्यापकले देखाउनुभएको चासो जायज छ। आफूले विश्वास गरेका मिडियाकर्मीले आफूले सोचेका र भोगेका विषय उठाइदिउन् भन्ने सबैलाई लाग्छ। तर शिक्षा क्षेत्रमा जस्तै मिडिया क्षेत्रमा पनि केही यस्ता कटु यथार्थ छन्, जसको सहज सम्वोधन सम्भव छैन। लहरो तान्दा पहरो गर्जने नेपाली उखान सबैभन्दा बढी नेपाली मिडियामा नै परिलक्षित हुन्छ। किनभने लोकतान्त्रिक गणतन्त्रपछि पनि हाम्रा सरकारी संस्थाहरुको नियन्त्रणवादी प्रवृत्ति बदलिएको छैन। सके सपनाको पनि सेन्सर गर्ने मानसिकता ज्युँदो रहेसम्म काविका प्राध्यापकहरुको पर्यवेक्षण अरण्यरोदनका रुपमा रहनु आश्चर्यजनक होइन।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork