?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

संयुक्त किरात समाज बेल्जियम र ब्रुजबासी नेपालीहरुसंग आंग्काजी शेर्पा
  
 

-----------------------------------------------------------------------------------------
यहि १० जुलाई २०१२ का दिन बेल्जियमको पर्यटकिय सुन्दर सहर ब्रुजको वाटरफ्लीत सभागृहमा संयुक्त किरात समाज बेल्जियम र ब्रुजबासी नेपालीहरुको संयुक्त आयोजनामा नेपालमा हाल भैरहेको आदिबासी जनजातीहरुको नैसर्गिक अधिकारको मागहरु संगै जातिय, लिंगीय, धार्मिक , सांस्कृतिक विभेद र शोषणहरुको बिषयमा नेपाल आदिबासी जनजाती महासंघका केन्द्रिय महासचिब श्री आंग्काजी शेर्पासंगको प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम संयुक्त किरात समाज बेल्जियमका अध्यक्ष श्री डिल्ली सुब्बाको सभापतित्वमा सम्पन्न भएको छ ! कार्यक्रम संचालन गर्दै श्री माकुना किरातले आदिबासी जनजातीहरुको न्यायपूर्ण आन्दोलनहरुलाई गलत तरिकाले हेरिदिने सामन्ती सोचहरूलाई सबै क्षेत्रबाट प्ररास्त गर्नु आजको आवश्यकता भएकोहुदा त्यसप्रकारको षडयन्त्रकारी गलत तल्लोस्तरको आरोपहरुलाई आजको कार्यक्रम मार्फत चिरिदिन महासचिब शेर्पालाई अनुरोध गर्नु भएको थियो ! त्यसैगरी किरात समाज बेल्जियमका महासचिब , आदिबासी जनजाती महासंघ बेल्जियमका उपाध्यक्ष र एन आर एन बेल्जियम केन्द्रिय सदस्य श्रीमती मुना राईले स्वागत मन्तब्य दिदै सदियौबाट आदिबासी जनजातीहरु, महिला , दलित र उत्पीडितहरुमाथि हुदै आएको उत्पीडन , शोषण र बिभेदहरु अबबन्ने संबिधानमा अन्तगरिनु पर्छ र सबै नेपालीहरुले समान अवसर समान पहिचान स्थापित हुनुपर्छभन्ने आदिबासी जनजातिहरुको न्यायपूर्ण आवाजहरुलाई जातीयफुट , बिखन्डनकारी जस्ता खेदपूर्ण अविवेकी आरोपहरुलाई आदिबासी जनजाती महासंघकै केन्द्रिय महासचिबबाट स्पष्ट पारिएमा षडयन्त्रकारिहरुको झुठा आरोप मिथ्या साबित गर्न सकिने भएकोले यस्ता प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्नुपरेकोकुरा बताउदै यस्ता कार्यक्रमहरुले अन्य समुदाय , जातिहरुको बिरुद्दमा हामिहरुको आन्दोलन होइनभन्नेकुरा स्पष्टहुनेछ भन्नु भयो ! यसरिनै आदिबासी जनजाती महासंघबेल्जियमका अध्यक्ष श्री पीजी शेर्पाले सबै क्षेत्रमा भएका उत्पिडन र विभेद हटाउने अभियानलाई सबै पक्षको सहयोगको आवश्यकता पर्ने भएकोहुदा सबै पक्षको सहयोगको लागि अपिल गर्दै आदिबासी जनजाती महासंघ बेल्जियमले पनि सधै मानबहितमा लोककल्याणकारी काम गर्ने बचनबद्दता दोहोर्याउनु भयो ! अन्य बक्ताहरुमा जनप्रगतिशील मंच क्षेत्रिय अध्यक्ष श्री दुर्गा सुबेदी , एभरेष्ट समाज ब्रुजका महासचिब श्री कुल बहादुर केसीले ब्राह्मणबादी सामन्ती प्रवृतिको बिरोध कुनै जातको बिरोध नभएर एउटा खराब प्रवृतिको बिरोध भनेर बुझिदिन आग्रह गर्दै हाम्रा देशमा भएका सबैखाले विभेदहरुको अन्त हुनै पर्छ भन्दै संस्कृत भाषाबाटै ज्ञान बिज्ञानका धेरै कुराहरु प्राप्ति भएका बास्तबिकता बुझि संस्कृत भाषाको महत्व धेरै रहेको बिचारहरु राख्दै  महत्वपूर्ण जिज्ञासा सहितका मन्तब्यहरु  व्यक्त गर्नु भएको थियो ! यसरि सबैका बिचारहरु व्यक्त भै सकेपछि महासचिब श्री आंग्काजी शेर्पाले हाम्रो नेपालमा भैरहेको विभेद , उत्पिडनहरुका सत्यतथ्यमा आधारित उदाहरणहरु सहित बेलिबिस्तारका साथ अन्यायपूर्ण बिभेदहरु स्पष्ट ब्याख्या गरिदिएर  सबै जिज्ञासाहरुको स्पष्ट जवाफ दिनुभएको थियो ! यसरि उठेका जिज्ञासाहरुलाई अझ स्पष्ट पार्दै हाल भैरहेको आदिबासी जनजाती आन्दोलनहरु कुनै जातजातिको बिरुद्दमा नभएर हिन्दु अहंकारी ब्राह्मणबादी एकात्मक राज्य सत्ता संग भएको बुझिदिन दुइहात जोडेर अनुरोध गर्नु भएको थियो ! साथै जातीय राज्य र जातीय पहिचान सहितको संघिय राज्यलाई गलत तरिकाले नबुझि हामीले जातीय पहिचान सहितको संघिय राज्य चाहेका हौ , एउटा जातिले मात्र राज्य गर्ने जातीय राज्य मागेका होइनौ भन्ने स्पष्ट बुझिदिन पनि आग्रह गर्नु भयो ! यसरि नै हामीमाथि भैरहेका विभेदहरुको रोचक उदाहरणहरु दिदै महासचिवले भन्नुभयो , हाम्रो देशमा गाईगोरु , कुकुर , काग र सर्पबिच्छी आदिइत्यादी दर्जनौको नाममा राष्ट्रिय चाड मनाउन देशभरी छुट्टी गरिन्छ तर आदिबासी जनजातिहरुको राष्ट्रिय चाड लोहसार , साकेला , चासोकतंग्नाम जस्ता राष्ट्रिय पर्बहरुलाई मनाउन आंशिक पर्वको रुपमा गृहमन्त्रालयमा निबेदन दिएर हुकुमी स्वीकृति लिनुपर्ने हुन्छ , यस्ता विभेद हटाउन पर्छकि पर्दैन ? कुकुरलाई घरमा प्रवेशको लागि खुल्ला स्वागत, दलितको नाममा आफूजस्तै मनुष्यलाई सक्त प्रवेश निषेध जस्ता अन्यायी विभेदकारी ब्राह्मणबादी असभ्य घृणित व्यवहार हटाउने कि नहटाउने ? एक पक्षिय निर्णयबाट गाईलाई राष्ट्रिय जनावर बनाएर गाईको मासु खाध्य बस्तुको रुपमा ग्रहण गर्ने समुदायहरुलाई गाईको मासु खाएकै आधारमा मानब हत्या सरह कैद सजाय गर्ने  अन्यायी  पद्दतिको बिरोध गर्न पाउने कि नपाउने ? चलन चल्तीमा नै नआउने संस्कृत भाषा  अध्यायन गर्नेहरुलाई खानबस्न देखि भत्ता समेत खरबौ बजेटको व्यवस्था  गर्ने राज्यले आदिबासी जनजातिहरुको भाषाहरुलाई मात्रै प्राथमिक बिद्यालयहरुमा अध्ययन गर्न पाउने व्यबस्थाको लागि बजेट छैन भन्ने विभेदकारी राज्य व्यबस्थाको बिरोध गर्न पाउने कि नपाउने ?  गाईलाई राष्ट्रिय जनावर मान्न तयारछौ तर राष्ट्रिय जनावर खानै हुदैन भन्ने मान्यता न्यायोचित छैन भन्ने मान्यतानुसार अस्ट्रेलिया देशमा  राष्ट्रिय जनावर कंगारु खाद्य बस्तुको रुपमा प्रयोग गरिने न्याय प्रणालिहरुको मर्म बुझ्ने कि नबुझ्ने ? आदिबासी जनजाती , दलित , महिलाहरुमाथि भैरहेको विभेदहरुलाई हटाएर एउटा समाबेशी न्यायपूर्ण राज्य व्यबस्थाको न्यायपूर्ण मागहरुलाई जातीयताबादी , बिखन्डनकारी जस्ता आरोप लगाउनेहरुलाई जवाफदिदै महासचिवले भन्नुभयो हिन्दु एकात्मक राज्यसत्ताले सदियौबाट अन्य जातजाति , धर्मावलम्बीहरुको धर्म संस्कृति , भाषा लिपिहरुलाई ध्वस्त बनाउदै जबर्जस्ति एकल हिन्दुकरण गरि राज्यसत्ता चलाउनेहरु जातीय शासक नहुने उल्टो हामि समाबेशी राज्यसत्ताको मागगर्ने जातिवादी हुने  ? व्यक्तिक स्वतन्त्रता , वाकस्वतन्त्रता ,स्वतंत्रैस्वतन्त्रताको वकालत गर्ने ठेकेदारहरु , हामिले आफ्नो गाउ आफ्नो ठाउँ आफै निर्णय गरि आफै बनाउने आत्मनिर्णय सहितको , जातीय पहिचान सहितको संघिय राज्यब्यबस्थाको माग गर्दा जातीय राज्यको माग गरेर देश टुक्राउने जस्ता गम्भीर आरोप लगाउनेहरुको बिरोध गर्न पाउने कि नपाउने ?  यसरीनै जातीय पहिचान सहितको संघिय राज्य व्यवस्थाले देश टुक्रिन्छ भन्ने बुज्रुकहरुलाई आफ्नै छिमेकी राष्ट्र भारत स्थापना भएको समयमा भन्दा अहिले जातीय पहिचान सहितको संघिय राज्य दोब्बर बेशी बढीरहदापनि भारत टुक्रिने होइन झन मजबुत भएको उदाहरण हेर्नपनि महासचिवले आग्रह गर्नु भयो ! यसरीनै महासचिवले हाम्रो देशमा भैरहेको सयौ विभेद अन्याय शोषणहरुका फेहरिष्ट दिदै अन्याय र विभेदहरुको अन्त हामीले चाहेका हौ यसैले हाम्रो आन्दोलनलाई बिखन्डनकारिको आरोप नलगाई सबैले साथ दिन आग्रह गर्दै कांग्रेस , एमाले जस्ता ठुला पार्टीहरुले हाम्रो आन्दोलनलाई साथ नदिने भएकोहुदा अब आदिबासी जनजातिहरुले आफ्नोलागी आफै गर्न सक्ने आदिबासी जनजाती पार्टी स्थापना गर्ने निष्कर्ष भर्खरै सम्पन्न आदिबासी जनजाती राष्ट्रिय भेलाले गरेको कुरा पनि स्पष्ट पार्नु भएको थियो ! कार्यक्रममा श्रीमती अनिता गुरुङ ,श्री  दुर्गा सुबेदी , श्री कुल बहादुर केसी , श्री नरेन्द्र थापा ,श्रीमती  रमिला थापा, श्री इन्द्र लिम्बु ,श्री  ज्ञान कान्गबांग ,श्री  जितेन्द्र कायस्थ , पत्रकार श्री सन्तोष न्यौपानेहरुले राखेका जिज्ञासाहरुलाई महासचिबबाट स्पष्ट जवाफ दिने काम समेत भएको थियो ! अन्तमा कार्यक्रमका सभापति श्री डिल्ली सुब्बाले नेपाली जनमानसहरुमा आदिबासी जनजातिहरुको न्यायोचित मागहरुलाई षड्यन्त्रकारिहरुले फैलाइएको नकारात्मक भ्रमहरुलाई चिर्न धेरै टाढाबाट बिदेशी भूमिमा आएर महासचिबबाट भ्रम निवारण गरिदिनु भएकोमा आभार व्यक्त गर्दै उपस्थित सबै आदरणीय सज्जनबृन्दहरुमा धन्यवाद सहित कार्यक्रम बिसर्जन गर्नु भएको थियो !

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork