?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

दैनिक ११ नेपालीद्वारा आत्महत्या
  
 

नवराज मैनाली/
काठमाडौं, ३० वैशाख

आत्महत्याका घटना डरलाग्दो रूपमा बढेका छन् । प्रहरीको तथ्यांकअनुसार दैनिक देशभर विविध कारणले कम्तीमा ११ नेपालीले आत्महत्या गर्छन् । यो दर हरेक वर्ष बढ्दै गएको छ । प्रहरीको तथ्यांकमा ०६८ को एक वर्षमा तीन हजार नौ सय २६ जनाले आत्महत्या गरेका छन् । एक महिनामा तीन सय २७ र एक दिनमा करिब ११ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो संख्या ०६७ को भन्दा ६ प्रतिशतले बढी हो ।

देशमा आत्महत्याका घटना बढ्दै गएको देखिन्छ, प्रहरी प्रवक्ता डिआइजी विनोद सिंहले तथ्यांकबारे जानकारी गराउँदै भने, ०६७ सालमा भन्दा ०६८ मा ६ प्रतिशतले आत्महत्याका घटना बढेका छन् । प्रहरीको तथ्यांकमा धेरैले झुन्डिएर आत्महत्या गरेको उल्लेख छ । एक वर्षको अवधिमा दुई हजार तीन सय ५५ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्याको अर्काे तरिका विषसेवन पाइएको पनि प्रहरीले जनाएको छ । ०६८ को एक वर्षमा एक हजार चार सय सातजनाले विषसेवन गरेर आत्महत्या गरेका छन् ।

यसैगरी, हामफालेर ७१, आगो लगाएर ३६, हातहतियारको प्रयोगबाट २५ र करेन्ट लगाएर दुई जनाले आत्महत्या गरेका छन् । यो अवधिमा ३० जनाले डुबेर आत्महत्या गरेका थिए । कतिपय घटनाको सूचना प्रहरीसमक्ष नआउने भएकाले आत्महत्याका घटना अझ धेरै हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीका अनुसार असफलता, तनाव, आवेग, गरिबीलगायत कारणले धेरैले आत्महत्या गर्ने गरेका छन् । समस्याबाट भाग्नका लागि धेरैले आत्महत्या गर्ने गरेको प्रहरीको विश्लेषण छ । परीक्षामा असफलतादेखि, प्रेममा विछोड, पारिवारिक झगडा तथा आर्थिक तनाव आत्महत्याका प्रमुख कारण बनेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
देशमा आत्महत्या बढ्नुका पछाडि विविध कारण हुने समाजशास्त्री चैतन्य मिश्रले बताए । सामाजिक सम्बन्ध बिगि्रएर एक्लोपन खप्न नसकी धेरैले आत्महत्या गर्छन्, मिश्रले भने, यसमा हाम्रो देशको सामाजिक-आर्थिक कारणसमेत छन् । गरिबी मात्र नभई सम्पन्न समुदायमा पनि आत्महत्याका घटना देखिएको भन्दै उनी आर्थिकभन्दा अन्य कारणले बढी आत्महत्या हुने गरेको बताउँछन् ।

क्षेत्रगत तथ्यांकअनुसार सबैभन्दा धेरै पश्चिमाञ्चल क्षेत्रमा आत्महत्याका घटना भएका छन् । सो क्षेत्रमा आठ सय ९० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । त्यसैगरी, पूर्वाञ्चलमा आठ सय २५, मध्यमाञ्चलमा सात सय ३५, उपत्यकामा तीन सय ८३, मध्यपश्चिम क्षेत्रमा ६ सय ८० र सुदूरपश्चिम क्षेत्रमा चार सय १३ जनाले ०६८ मा आत्महत्या गरेका छन् । आत्महत्या घटाउन सरकारले मानसिक काउन्सिलिङको व्यवस्था गर्नुपर्ने समाजशास्त्री मिश्रको भनाइ छ ।

प्रहरीको कमजोर अनुसन्धान चोभारकी आरती थापाको शव ८ वैशाखमा झुन्डिएको अवस्थामा उनकै कोठामा भेटियो । उनले बिहे गरेको एक वर्ष पनि भएको थिएन । श्रीमान्सँग उनको अत्यन्त राम्रो सम्बन्ध रहेको प्रहरी अनुसन्धानमा खुल्यो । तर, आफ्नी श्रीमती गुमाएका आरतीका श्रीमान् सुदन मात्र होइन, एक्ली बुहारी गुमाएका ससुरा कृष्ण र सासू मधु पनि यतिखेर प्रहरी हिरासतमा छन् ।
आरतीका माइती पक्षले आफ्नो छोरीको हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरी दुई सातादेखि थुनामा राखेको छ । सो घटनालाई प्रहरीले हत्या पनि भन्न सकेको छैन, आत्महत्या पनि भन्न सकेको छैन । तर, प्रहरीले आरतीका श्रीमान्सहित तीनजनालाई भने कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपी हिरासतमा राखेको छ ।

आत्महत्याका घटनामा प्रहरी अनुसन्धान कति धेरै फितलो छ भन्ने विषयको यो पछिल्लो उदाहरण हो । पोस्टमार्टम रिपोर्टले झुन्डिएर नै मृत्यु भएको रिपोर्ट दिइसकेको छ । हत्या हुनसक्ने कुनै परिस्थितिजन्य प्रमाण पनि प्रहरीले फेला पार्न सकेको छैन । तैपनि प्रहरीले मृतकका परिवारलाई कर्तव्य ज्यान मुद्दामा नै मुद्दा दायरको तयारी गरेको छ । करिब दुई महिनाअघि कीर्तिपुरमा भएको आत्महत्याकै एउटा घटनामा त अदालतले तीनजनालाई पुर्पक्षका लागि जेलमै राख्ने आदेश दिएको थियो । दुई महिनाअघि २६ वषर्ीया रञ्जना पौडेलको झुन्डिएको अवस्थामा शव फेला पर्‍यो । पौडलेका माइती पक्षले आत्महत्या हुनै नसक्नै भन्दै रञ्जनाकै श्रीमान्लगायतका विरुद्ध किटानी जाहेरी दिए । सोही जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान् दिनेशप्रसाद न्यौपाने, सासू सुशीला न्यौपाने र नन्द गौरी ढुंगाना न्यौपानेलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

काठमाडौं जिल्ला अदालतले सो मुद्दामा तिनैजनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । तर, सो घटनामा हत्या हुन सक्ने कुनै पनि प्रमाण प्रहरीले भेटाउन सकेको छैन । करिब दुई साताअघि बौद्धमा भएको आत्महत्याको घटना पनि त्यस्तै विवादास्पद छ । आगोले जलेर श्रीमतीको मृत्यु भएको बताउने मुकेश सहानी यतिखेर प्रहरी हिरासतमा छन् । आगोमा जलेर घाइते भएका सहानीले नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको भन्दै जाहेरी आएपछि प्रहरीले उनलाई अस्पतालबाट हिरासतमा लगेर राखेको छ । काठमाडौं उपत्यकामा आत्महत्यासम्बन्धी थुप्रै मुद्दा रहेको प्रहरी अधिकारीहरू बताउँछन् । तर, त्यस्ता विवादास्पद मानिएका आत्महत्याका घटनामा प्रहरीको अत्यन्तै कमजोर अनुसन्धान हुने गरेको छ ।

Nayapatrika

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork