?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
   नेत्र सुवेदी प्रयास
 

पूर्वी एशियाली राष्ट्र कोरिया हाल आएर नेपालीहरुको लागि काम, अध्ययन तथा भ्रमणका लागि समेत स्वप्निल गन्तव्य वनेको छ । यस लेखको शुरुमा म यहाँ आइपुग्दाको छोटो अनुभूति राखेको छु । एउटा टापूमो पहाडका ढिस्काहरुलाई सम्म पारेर वनाएको इन्चेउन एयरपोर्ट (यो एयरपोर्ट ६ वर्षयता विश्वकै उत्कृष्ठ पहिलो नम्वरको एयरपोर्ट वन्न सफल छ) देख्दा नै दक्षिण कोरियाले गरेको प्रगति अनुमान लगाउन त्यति गाह्रो थिएन । इन्चनबाट सउल शहर जोड्न वनाइएको पुलमा सवारीसाधनहरु हुँइकिदा लाग्थ्यो कि आफुले गरेको यात्रा एउटा अपूर्व अनि रोमाञ्चक यात्रा हो भनेर । जताततै देखिने गगनचुम्वी महलहरु, चौडा सफा र नयाँजस्तै लाग्ने सडकहरु, सडकमा गुड्ने साधनहरु, सववेमा गतिमान आधुनिक ट्रेनहरु, जतिवेला पनि अत्याधुनिक मोवाइलमा व्यस्त कोरियनहरु, उनीहरुको सहयोगी पारा हेर्दा लाग्छ उनिहरुको विगतले वर्तमान जन्माएको हो । अनि भविष्यको चाँजोपाँजो पनि उनीहरु प्रविधि, प्रतिस्पर्धा र प्रगति मार्फत नै गर्दैछन् । वाटोमा धेरै कोरियनहरु हिडेका हुन्नन दौडिरहेका हुन्छन् । उनीहरुको भाषा आफ्नै छ तर पनि अंग्रेजी सिक्नमा उनीहरु जतिपनि लगानी गर्न तम्सन्छन् मानौकि अन्तर्राष्ट्रिय भाषा जरुरी छ विश्व विकास रंगमञ्चको प्रगति दौडका लागि ।

परम्परागत सउललाई पुरै नवीकरण गरिएको, कोरियाभरि नै आणविक उर्जाबाट भरपर्दो विद्युतको व्यवस्था, सउलबाट औधोगिक शहर वुसान जोड्ने चौडा वाटो वनाइएको, पोस्को, हुन्डाइ, सामसुङ्ग, एलजी जस्ता विश्वमा ५ प्रतिशतभन्दा वढीको कारोवार भएका कम्पनीको उपस्थिति, पूराना मौलिक सम्पदाको मर्मत तथा संरक्षण गरी पर्यटकीय आकर्षणमा वदलिएको, जेजु आइल्याण्डजस्ता समुद्री तटका टापुहरुको उपस्थिति, वाटोमाथि वाटो, रेलमार्गको जन्जाल, अपार्टमेन्टहरुको वढ्दो संख्या हेर्दा लाग्छ यो सवै प्रगति गर्न प्रकृतिले अल्प रुपमा सहयोग गरेको भएतापनि आर्थिक स्रोतसाधन कहाँबाट जुट्यो ? यहाँका वासिन्दा कसरी तयार भए आफ्नो घरवस्तीलाई पुरै फालेर सरकारले भनेवमोजिम वनाउन ? नेपालको राजधानी काठमाण्डौमा केही वाटोहरु चौडा गराउन सरकारी निकायलाई धौधौ भएको आफ्नै आँखाले देखेकै हो । वाहिरी चक्रपथ, फास्ट ट्रयाक, मध्यपहाडी, मेलम्ची लगायतका आयोजनामा वीर नेपाली जनताले क्षतिपूर्तिको नाममा भाँजो हालेकै हुन् । विकास अभियानको दौरानमा कोरियनहरु पनि त सवै सहयोगी त थिएनन होला । 

६० वर्षको अवधिमा ठूलो रुपान्तरण संभव छ भनेर सावित गर्ने मुलुक हो दक्षिण कोरिया । कहाँको निष्फिक्री फकिर (जोगीहरु) को देश, अनि सैनिक तानाशाहले चलाएको देश, अरुसँग दान मागेर चलेको अविकसित मुलक, संस्कृति समेत आयात गर्नुपर्ने देश अहिले प्रविधिमा क्रान्ति ल्याउन सफल देश, स्वतन्त्र र पूर्ण लोकतान्त्रिक देश, दाता राष्ट्र अनि मुलकभित्र नै मौलिक संस्कृतिको तरंग ल्याउन सफल देश भनेर चिनिन पुगेको छ । ९ वटा प्रोभिन्स र ७ वटा मेट्रो सिटीहरुमा विभाजित यो देश सन् १९४५ मा जापानको उपनिवेशबाट मुक्त भएपश्चात थप अस्थिर वन्यो, १९५० देखि १९५३ सम्म निकै पीडादायक घरझगडा बाट भौतिक, सामाजिक क्षति वेहोर्नुमात्र परेन वैदेसिक शक्तिहरुले चलखेल गर्ने मौका समेत पाए । शीत युद्धकै अवधिमा उत्तर कोरियालाई शोभियत रुसले प्रशस्त सामरिक लगानी गरेको तथा दक्षिण कोरियालाई साम दाम दण्ड भेद लगाएर अमेरीकाले प्रयोगशाला वनाएको पूरै विश्वलाई थाह छ । युद्धपछिका दिनहरुमा कोरियनहरुले आफ्नो मुलुक वनाउन जे जस्तो त्याग गरे, जे जसरी प्राप्त स्रोत एवं सहयोगको सदुपयोग गरे त्यो विशेष सह्रानिय विषय हो । प्रशस्त र निरन्तर वैदेसिक सहयोग पाउँदा पनि चित्त वुझ्नेगरी विकास नभएको नेपालको कुरा गर्दा दक्षिण कोरिया एउटा रामराज्य जस्तो देखिन्छ, सपना हो कि जस्तो देखिन्छ तर वास्तविक भनेको वास्तविक नै हो । 

नेपालसँग तुलना गरेर हेर्दा दक्षिण कोरियाले के गर्न सकेछ अनि हामी कहाँनेर चुक्यौं भन्ने कुरा घाम जस्तै छर्लङ्गै हुन्छ । समुद्रले तीन तिरवाटै घेरेको वाहेक क्षेत्रफलमा नेपालभन्दा सानो देश (१००१४० वर्गकिलोमिटर) देश हो दक्षिण कोरिया । यहाँ पहाडहरु सानासाना थुम्काजस्ता मात्र छन् खासै वसोवास योग्य र खेती योग्य भूमि पाउन गाह्रो जस्तै देखिन्छ । खाद्यन्न, तरकारी, मासु जस्ता चिजहरु धेरैजसो आयातित आइटम हुन् यहाँ वजारमा । प्राकृतिक स्रोत साधनमा नेपाल कुनै कुरामा कमी देखिदैन । तर मानव सृजित उत्पादन, संरचना, विकास मोडल हेर्ने हो भने सकारात्मक रीस गर्न लायक छ । उत्तरप्रदेशको विकास मोडलमाथि हाम्रा प्रधानमन्त्री डा भट्टराइले ईष्र्या लागेको कुरा खुलेरै राखेका थिए भने कोरियनहरुले गरेको प्रगति हेर्दा कहिँ कतै कपी पेष्ट गर्न पाए हुन्थ्यो जस्तो मेरो सानो दिमागलाई पनि लाग्यो । तर विकासको पीडावोध हामीलाई हुन सकेको रहेनछ । अरुले आएर लगानी गरिदिए हामी प्रयोग गर्ने अनि अधिकारको नटुंगिने भाषण गर्न सवार हुँदा रहेछौं । अर्थात हामीमा विकास गर्नुपर्दछ, हामीले गर्न सक्छौ नभए गरीव भनेर हेपिएर परम्परागत जीवन शैलीमा वसिरहनुपर्दछ भन्ने पीडावोध नै हुन सकेको छैन । यो कुरा सायद स्रोत साधन भन्दा पनि प्रवृत्तिसँग जोडिएको विषय हो । मानव संसाधनको विकास र उपयोगसँग जोडिएको विषय हो । कामको सम्मान र सही मूल्यांकनसँग जोडिएको विषय पनि हो । 

विकास संभव छ तर त्याग र मेहनत जरुरी छ । देश वन्दछ भने व्यक्तिगत सम्पत्ति तथा त्यसको तोकिएको भाग वा हिस्सा (अथवा कर रकम) राज्यलाई वुझाउन तत्पर हुनुपर्दछ । आफ्नो छनौटको अधिकारको लागि प्रजातन्त्रिक अभ्यासमार्फत सकृय हुनुपर्दछ । यानेकि अधिकार र दायित्वलाई समन्वित गर्दै आफ्नो हक, सुविधाभन्दा पनि राष्ट्रिय स्वार्थलाई माथि राखेर मात्र समग्र उन्नति सम्भव छ, शान्ति तथा अमनचैन सम्भव छ । आर्थिक उन्नतिका लागि अन्य स्थानभन्दा लगानी सुरक्षित हुने वातावरण आवस्यक पर्दछ नै । अर्थात आधारभूतरुपमा सुरक्षा, राजनैतिक स्थीरता, औधोगिक वातावरण, कर तिर्ने तत्परता सँगसँगै संयोजित भयो भने लगानीले आकर्षक प्रतिफल दिन्छ । जव विकासले गति लिन्छ तव नागरिक, शासक, दाता सवैलाई हौसला मिल्दछ । नेपालमा विकास र परिवर्तनको कुरा गर्दा सानोतिनो आश्चर्य कहिलेकाँही देखा पर्ने अनि ठूलो साइजमा नपुग्दै हराउने गरेको पाइन्छ । अर्कोतिर कुनै प्राइभेट कम्पनीले उत्साहजनक नतिजा दिनुमा कित एकाधिकार हुन्छ वा सत्ताको नजिक भएको फाइदा उठाएको हुन्छ । 

सन् १९६० पछि औधोगिक युगमा प्रवेश गरेको दक्षिण कोरियाको आर्थिक वृद्धिदरलाई गति दिन त्यहाँ संचालित सरकार निजी क्षेत्रको संयुक्त व्यवस्थापन रहने सार्वजनिक संस्थान जसलाई चेइवोल (Chaebol)  भनिन्थ्यो को भूमिका विशेष रहेको वताइन्छ । जापानिजहरुबाट प्राप्त पुर्वाधार तथा उद्यमशीलतामा इमान्दार प्रयास भइदिँदा ती संस्थानहरुले सेवा, सुविधा, उत्पादन र आर्थिक विकास सवैमा फड्को मार्न सकेको इतिहास देखिन्छ । अहिले पनि कोरियाको राजनैतिक तथा आर्थिक नेतृत्वले सवैको मुखमा Dynamic Korea, Miracles of Han River जस्ता नाराहरु दिएर निरन्तरको प्रगति देखाउन तथा मन्दीको असर पर्न नदिन सफल भएकै देखिन्छ । संयुक्त रुपमा विश्वकप आयोजना गरेर, ओलम्पिक आयोजना गरेर, ओइसिडीको वैठक राखेर पनि कोरिया विश्व समुदायमा चिनिन सफल प्रयत्न गरेको पाइन्छ ।

समग्रमा कोरियन पेनिन्सुलामा रहेका दुई परस्पर विपरित विचारधारा वोकेका मुलुकमध्ये दक्षिण कोरिया उदार वजार अर्थतन्त्र र अमेरिकन मोडलको प्रजातन्त्र अवलम्वन गरेको देश हो । यहाँ भएको तीव्र आर्थिक वृद्धि र समुन्नति तथा विश्व वजारमा दह्रो स्थानको राज केलाउँदा यहाँको विकासले गति लिनुमा मूलत तीनवटा कारणहरु रहेको पाइन्छ । पहिलो युद्धबाट क्षतिग्रस्त देशमा दह्रो नेतृत्व सहितको सरकारले अघि सारेको राष्ट्रिय विकास आवधिक योजनाहरु (१९६११९९१) ले अत्यधिक सफलताले गर्दा कोरियाको विकासमा दह्रो जग प्रदान गरेको देखिन्छ । सन् १९५३ मा अति गरिव र युद्धप्रभावित देश (त्यतिवेला प्रतिव्यक्ति आय अमेरीकी डलर ६३ मात्र थियो, जवकि २००७ मा आइपुग्दा अमेरीकी डलर २०००० तथा अहिले २३००० नाघिसकेको छ) । सन् १९९० को दशकलाई सूचना प्रविधिमा विकासको दसक तथा २१ औं शताव्दीमा पदार्पण पश्चातको अवधिलाई सूचना प्रविधि पश्चातको युगका रुपमा सुक्ष्म प्रविधि, जैविक प्रविधि र हरित प्रविधिको विकासको अत्याधुनिक युगमा आफुलाई पुर्याइसकेको छ । दोश्रो कारण भनेको पूर्वाधार निर्माण तथा पद्धति निर्माणमा वैदेसिक सहायताको प्राप्तिलाई लिन सकिन्छ । सरकारले तयार पारेको लगानी वातावरणको कारण वैदेसिक सहयोग, ऋण तथा वस्तुगत सहायताको पनि कोरियालाई कमी भएन । ती सहयोगको इमान्दार प्रयोग पनि भयो । अहिले अर्थतन्त्र धरापमा परेका फिलिपिन्स लगायतका देशहरुले पनि कोरियालाई सहयोग गरेका प्रमाणहरु जिउँदै रहेछन् । मैले अध्ययन गर्दै गरेको विश्वविद्यालय पनि फ्रान्सको सहयोगमा वनको भव्य शैक्षिक संस्था रहेछ ।

कोरियनहरु आफ्नो देशलाई विगतमा सहयोग गर्ने वा सद्भाव राख्ने सवै देशलाई अहिले प्राविधिक तथा आर्थिक सहयोग गरिरहेका छन् । नेपाल सरकारका कर्मचारीहरु नै पनि एकैपटक पचासौको संख्यामा विभिन्न तालिम तथा विश्वविद्यालयको कोर्शहरुमा अध्ययनरत रहेको पाइन्छ भने कोरियनहरु विकास स्वंसेवकको रुपमा नेपालमै पचासौंको संख्यामा कार्यरत छन् । (वागलुङमा पनि स्वयमसेवक कार्यरत रहेको मलाई जानकारी छ) । यसरी मानव विकासमा लगानी गर्ने कोरियन शैली अनुकरणीय विकास शैली हो । तेस्रो तथा थप महत्वपूर्णका कारणका रुपमा युद्धपछिको विकास अवधिमा  कोरियनले गरेको त्याग तथा मेहनतलाई लिन सकिन्छ । राष्ट्रियताको गहिरो अनुभूतिविना कोहीपनि देश निर्माणमा समर्पित हुँदैन । विगतको युद्धमा काटमार, वलात्कार, अपहेलना लगायत कैयौं पीडाहरु कोरियनहरुले भोगेका छन् । साथै जापान तथा उत्तर कोरियनलाई पीडकको रुपमा परिभाषित गर्दै आफ्नो मुलकलाई नमूना गराउने अभियान सफल वनाउन मरिमेटेर लाग्न गरेको विकास इतिहास उनीहरुको छ । जव राम्रो कामहरुबाट नागरिकहरु विश्वस्त हुन्छन् थप काम गर्न खासै प्रतिकूल हुँदो रहेनछ । यसरी आफ्नो देशलाई उन्नत र सुन्दर वनाउने कोरियनहरुको भित्री चाहनाले पनि कोरियालाई आधुनिक र सक्षम देश वनाउन ठूलो वल प्रदान गरेको रहेछ । 

सउल र वरिपरिको सुविधा प्रयोग गरेपछिको अनुभवमा शहरी क्षेत्रमा सवै अत्याधुनिक सुविधा उपलव्ध भएपछि अलि वढी पैसा तिरेर वस्ने माहोल तयार गर्नु ठीक पनि हो जस्तो मलाइ लाग्यो । सवै स्तर कायम गर्नका लागि कर उठ्ने वातावरण, व्यापार व्यवसाय र आधुनिकता कायम गर्ने वातावरण पनि सँगसँगै आवश्यक पर्दछ । काठमाण्डौमा वस्नेले पानी, विजुली, सडक, ढलनिकास, टेलिफोन विना रुकावट पाउने अवस्थामा मूल्य वढ्यो भनेर विरोध नगरे देशलाई नै कल्याण हुने देखिन्छ । यस्तो कुरा अन्य ठूला शहरलाई पनि लागू गर्न सकिएला । आधारभूत सेवा सुविधा पुर्याउनका लागि प्राइभेट वा सहकारी वा संस्थागत साझेदारी कायम गरी स्थानविशेषको आवश्यकता अनुसारको विकास मोडल प्रयोग गर्दै उदाहरणीय प्रभाव छाड्न ढिलो गर्न हुँदैन । थुप्रै देशहरु पद्धति विकासमा गतिमान भइरहँदा राजनैतिक खिचातानी र जसअपजसको तराजुमा अलमलिनु सवै नेपालीका लागि लज्जास्पद भविष्यको संकेत मात्र हो । 

नेपाल पनि आन्तरिक कलहबाट गुज्रेर राजनैतिक संक्रमणकालमा अन्तर्राष्ट्रिय सहयोग जुटाएर विकासमा लम्कदै गरेको मानव संसाधन तथा प्राकृतिक सुन्दरतामा आधारित मुलुक हो । पिछडिएको, हेपिएको, परनिर्भर देशका रुपमा आफ्नो देशलाई सम्वोधन गरेको कसैलाई मन परेको छैन । कसरी असल कार्यको शुरुवात गरेर विकासे भर्याङ वढ्ने हो सो शुरुवात गर्न मात्र वाँकी छ । नागरिकको विश्वास एवं दायित्ववोध तथा ग्लोवल समुदायको सहयोग पाएर नेपालले ठूला पूर्वाधार तथा पद्धति विकासमा प्रगति गर्न सक्दछ । चीन र भारतवीचमा रहेर रणनैतिक फाइदा लिँदै नेपाल आत्मनिर्भर वन्ने सम्भावना प्रशस्त छन् । यसको लागि राजनैतिक अर्थतन्त्र सुध्रिनु जरुरी छ । आशा गरौं कोरियाको विकास मोडल नेपालमा पनि सफल प्रयोग भएरै छाड्नेछ ।

Comment at : netra.prayas@gmail.com

(नेपाल सरकारको उपसचिव रहनुभएका श्री सुवेदी हाल सुवन् स्थित आजु विश्वविद्यालयमा अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातकोत्तर विषयमा अध्ययनरत हुनुहुन्छ ।)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork