?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

यही हो माओवादीको राष्ट्रवाद ?
   ध्रुवहरि अधिकारी
 


"भण्डारीले टुक्र्याएर मर्ज गराउने प्रस्ताव राख्दा विरोध भयो, तर बाबुरामले सिङ्गै देश गाभ्ने मनसुवा प्रकट गर्दाचाहिँ किन विरोध नभएको ?"

शरतसिंह भण्डारीले असोज ९ गते तराईका २२ जिल्ला नेपालबाट छुट्टनि सक्ने भन्ने विषयमा सार्वजनिक मञ्चबाट बोलेका कुरा विवादास्पद हुनपुगे र त्यसकै फलस्वरूप निजले रक्षामन्त्रीको पद छोड्नुपर्‍यो । त्यसबखत माओवादी नेताद्वय मोहन वैद्य किरण र रामबहादुर थापा बादलले संयुक्त वक्तव्य जारी गरेर भण्डारीको कथनलाई राष्ट्रघाती ठहर गरेका थिए । भण्डारीलाई बर्खास्त गर्नुपर्छ भन्ने तिनको माग सार्वजनिक अभिलेखमा अङ्कित छ ।

अहिले माघ १ गते प्रधानमन्त्री निवास, बालुवाटारमा प्रेस प्रतिनिधिहरूसामु बाबुराम भट्टराईले नेपालका सबै ७५ जिल्लालाई नै अर्को देशमा एकमुष्ट विलय -मर्ज) गराउने कुरा गर्दा भने माओवादी नेतृत्व चुप्प छ । न प्रचण्ड बोल्छन्, न वैद्य र नत बादल नै । किनभने तिनको सोचमा बाबुरामको कथन राष्ट्रघात अथवा देशद्रोह होइन रहेछ । दण्डित हुनुपर्ने अपराधको कोटीमा पर्दो रहेनछ । कदाचित् पर्दो हो त एनेकपा माओवादीको धारणा यतिन्जेलमा सार्वजनिक भइसक्थ्यो । आधिकारिक वक्तव्य जारी गर्न १५ दिनको समय पर्याप्त हुन्छ ।

यो रहस्यमय मौनता किन ? यो माओवादी उदासीनताको तात्पर्य के होला ? कहाँ गयो देशको अर्ध-औपनिवेशक स्थिति अन्त्य गर्ने जनयुद्ध ताकाको माओवादी कबोल ? बाबुरामले त भन्लान्- मैले गरेको प्रस्ताव त्यसै दिशातर्फ त उन्मुख छ नि र अर्ध-उपनिवेशलाई पूर्ण-उपनिवेश गराऔं -गाभौं) भनेको त्यही आशयले त हो नि र साझा प्रकाशनको शब्दकोशमा मर्ज को माने विलिन हुनु, गाभिनु, मिसिनु भनेर दिएको छ ।

माओवादी नेतृत्वका अग्रपङ्क्तिका सबै नेताहरूले विद्रोहका १० वर्षमा आठ वर्ष उतै आश्रय पाएका हुन्- यो कुरो किस्ताबन्दीमै भए पनि सबैले स्वीकार गरिसकेका छन् । पछि १२ बुँदेमार्फत नेपालका अन्य राजनीतिक पार्टीहरूसित सम्झौता गराईर् माओवादीलाई सत्तामा जाने बाटो खुलाइदिएको पनि भारतको सहयोगले रहेछ । उताका प्रभावशाली मन्त्री प्रणव मुखर्जीकोे अल्-जजिरा टेलिभिजनसितको भेटवार्तामा खुलस्त भनाइ आयो । तर माओवादी नेताले त्यसको खण्डन गर्न सकेनन् । उल्टो पुष्टि, पुनःपुष्टि गर्दै आएका छन् ।

केही महिनाअघि मुखर्जी काठमाडौं आएका बखत उनी बसेको होटलमा दर्शनभेटका लागि पुग्नेहरूमा प्रचण्ड पनि भएको नेपालको सञ्चारजगत्ले उतिखेरै देखेको हो । प्रचण्ड  रअ का कर्मचारीलाई भेट्न कहिले सिलिगुडी त कहिले सिंगापुर पुगेको हुन्छन् भनेर बादल, गौरवसमेत प्रचण्डकै कामरेडहरूले भनेको, सुनिएको छ । प्रसङ्ग धेरै पुराना होइनन् । बिप्पा सम्झौता गर्दा बाबुरामले दिल्लीमा जुवा खेलेको कुरा गरेका थिए, काठमाडौंमा माओवादीको असन्तुष्ट पक्षका केही नेताले त्यसबारे विरोधको स्वर पनि निकाले । तर असन्तुष्ट पक्ष सन्तुष्ट पक्षसित सहमत भएपछि -माओवादीको आन्तरिक कलह शान्त भएपछि) विरोधको बोली मधुरो भएर गई हराइसक्यो ।

नाटकको पटाक्षेप बौद्धिक कहलिन खोज्नेहरूको समुदायमा यदाकदा माओवादी अन्तरकलह  नाटक पो हो कि भन्नेहरू पनि थिए । तर कतिपय माओवादीले वैमनस्य र मनमुटाव वास्तविक हो, अब हाम्रो पार्टी फुट्न सक्ने खतरा छ पनि भने । हुँदो पनि हो । परन्तु कुनै अदृश्य शक्तिले नाटकको पटाक्षेप गराइदियो । सबैले बाबुरामका अनुयायी अथवा समर्थक भएर रहनु श्रेय ठाने, ठानेकै छन् । नत्र नेपाल नाम गरेको देशको अस्तित्व नै लोप गराउने -मर्ज गराउने) आशयको अभिव्यक्ति बालुवाटारको किल्लाबाट आउँदा तिनीहरू किन लोप्रेकान लगाएर बस्थे ! किन निहुरमुन्टी न को मुद्रामा उभिएर ज्युँदो लास हुने विकल्प रोज्थे ?

सुरुङ युद्धलाई राष्ट्रिय स्वाभिमानसित जोडेर भाषण गर्दै जनसमुदायलाई प्रभावित पार्न अभ्यस्त प्रचण्डले प्रधानमन्त्रीको पद छोड्नु अघि विदेशी प्रभु लाई ललकारेको पनि सुनिएको हो । तर ती सबै अभ्यास माओवादीकै इमानदार कार्यकर्ता र जनसाधारणलाई भुलभुलैयामा राख्ने प्रपञ्चमात्र रहेछन् । गत मंसिर १८ गते कान्तिपुरमा प्रकाशित भेटवार्तामा प्रचण्डको निचोड फेरि एकपल्ट यी शब्दमा निस्केका छन्, छिमेकीसँग कहिलेकाहीं मनमुटाव भए पनि भूराजनीतिक अवस्थाले डिक्टेसन गरेको छ, त्यसलाई अस्वीकार गर्न सकिन्न । यसको अर्थ नेपालको भूराजनीतिक स्थिति प्रचण्डले यत्रो ठूलो हिंसात्मक अभियानपछि बल्ल अहिले आएर ठम्याएछन् ! ०५२-६२ को विद्रोह त्यो यथार्थ नबुझ्दै सञ्चालन गरिएको थियो त ? यसबारे अबका दिनमा प्रचण्ड र अन्य माओवादी नेताबाट आउने वक्तव्य र व्याख्याहरू पुनरुक्तिमात्र हुने खतरा छ ।

यतिखेरको प्रश्न हुन्छ: के सरकार प्रमुखको ओहदामा बसेको व्यक्तिले मर्ज, सब-मर्ज जस्ता अंग्रेजी शब्दको आवरणमा विलयको बोली सुनाउनेसम्मको स्थितिमा ल्याइपुर्‍याएको जिम्मेवारी माओवादीलाई मात्र दिने ? नेपाली कांग्रेस, एमालेजस्ता पार्टीको कुनै दोष छैन ? विषवृक्षमा मलजल गरेको जिम्मा तिनले र तिनका सहयोगी दलले लिनु पर्दैन ? के मधेसीको नाममा उभ्याइएका पार्टी र तिनका मोर्चामात्र बाहिरी शक्तिको मतियार शक्ति हो भन्न मिल्छ ?

देशको स्वाभिमान र अस्तित्वसित खेलवाड गरेरै भए पनि निजी महत्त्वाकांक्षा पूरा गर्ने दाउमा रहेको मतियार प्रवृत्ति धेरैवटा पार्टीमा देखिन्छन् । संरक्षित देश सिक्किम भारतमा गाभिइसकेपछि त्यहाँका मुख्यमन्त्री नरबहादुर भण्डारीले एकपल्ट भनेका थिएः मर्जको प्रक्रिया तीव्र गतिमा लैजान लागिपरेका बत्तिसे चोर मध्येको म पनि हुँ । तर समय भड्किएपछिको सोचको के अर्थ हुन्छ र ? त्यस्तो व्यक्तिगत पश्चातापले के महत्त्व राख्छ र ?

कालान्तरमा भण्डारीको ठाउँमा मुख्यमन्त्री भएका पवन चामलिङले आफ्नो कार्यकालको सुरुमै भारतीय सङ्घमा मिसिएपछि सिक्किमले गरेको प्रगतिको व्यापक प्रचार-प्रसार गराएका थिए । नेपालकै हिमाल पत्रिकामा सिक्किमले प्राप्त गरेका लाभहरूको फेहरिस्त प्रायोजित पृष्ठ -विज्ञापन) मार्फत नेपालीहरूलाई सुनाएका थिए । एक चर्चित सञ्चारकर्मीको मद्दतले चामलिङको यो कथन पनि नेपाल टेलिभिजनबाट प्रसार हुन पायो, जसमा उनले सिक्किम भारतको प्रदेश भइसकेपछि आफू त्यस देशको प्रधानमन्त्री र राष्ट्रपति पदको लागि पनि उम्मेदवार हुनसक्ने कुरा औंल्याएका थिए ।

छिमेकका चामलिङले त उम्मेदवारीसम्मको आशामात्र जगाएका थिए । तर अमेरिकाका बाराक ओबामाले त सफल उम्मेदवारको उदाहरण नै प्रस्तुत गरे । सन् १९६१ मा उनको जन्म भएको राज्य हवाई -टापु) सन् १९५९ मा संयुक्त राज्य अमेरिकाको पचासौं राज्य भएको थियो । र अमेरिकामा नजन्मेको भए आज उनी विश्वको सबैभन्दा शक्तिशाली देशको राष्ट्रपति कहाँ हुन पाउँथे ? हवाई अलग्गै राजतन्त्रात्मक देश रहिरहेको भए ओबामाले राष्ट्राध्यक्ष हुने मौका पाउने सम्भावना थिएन ।

हवाई अधिराज्यलाई सन् १८९३ मा अमेरिका अधीनस्थ भूभाग गराएकोमा एक सय वर्षपछि -सन् १९९३) राष्ट्रपति बिल क्लिन्टनले संसदको सहमतिमा क्षमायाचना गरे । भारतमा पनि इन्दिरा गान्धीपछिका प्रधानमन्त्री मोरारजी देसाईले सिक्किमको विलय ठीक होइन भने । तर देसाई र क्लिन्टन कसैले पनि गल्ती भने सच्याएनन् ।

वैधानिकताको प्रश्न मर्नुभन्दा बहुलाउनु निको भन्ने लोकोक्ति छ । बहुलाएको जीव पछि सद्दे पनि हुनसक्छ, तर मरेको प्राणी फेरि ब्युँतिँदैन । दैवीशक्तिको चमत्कार अपवादको कुरा हो ।

बाबुरामको कथन शरतसिंहको सोचभन्दा गतिलो मान्नुपर्ने निचोड माथिको उखानको सन्दर्भमा निस्किन्छ । गाँसिएर आउने कुरो हो- माओवादी, कांग्रेस, एमाले ठूला पार्टी हुन् र यीमध्ये सबै भारतमुखी भएको शङ्कालाई यथार्थ मानिदिने हो भने नेपाल विलयको सशक्त विरोध नहुने देखिन्छ । राजनीतिक वैधानिकता गुमाइसकेको भए तापनि अहिलेको संविधानसभामा यी तीन पार्टीको बर्चस्व देखिन्छ । त्यसको अतिरिक्त यी तीन पार्टीप्रति समर्थन जनाउने स-साना पार्टीका तर्फबाट पनि सभासदको संख्या थपिन्छ । गोठालोले खेदेका भेँडाझैं नेताले डोर्‍याएका -सभ्य भाषामा पार्टीको अनुशासनमा बसेका) सभासदहरूले विलयको प्रस्ताव विधिवत् प्रस्तुत हुन आएमा त्यो अस्वीकृत हुनदिने छैनन् । स्वीकृत गर्दा के परिणाम हुन्छ, व्याख्या गरिरहनु परेन । भूपरिवेष्टित देशको सिकायतको सम्बोधन हुन्छ र त्यसपछि हुने फाइदाहरू स्वतः भइहाल्छन् । के नेपालका राजनीतिक दलले खोजेको कुरा प्रकारान्तरले यही त होइन ?

प्रमुख राजनीतिक दलको मानसिकता यस्तो हो भने तिनका कार्यकर्ताको सोच के बेग्लै होला र ? बाबुरामले उच्चारण गरेको मर्जको सशक्त विरोध नभएको हुँदा अब यो देशको चिनारी नै लोप गराउने अभियानमा बहुसंख्यक नेताहरू लागेको निष्कर्ष निस्कन्छ । भण्डारीले टुक्र्याएर मर्ज गराउने प्रस्ताव राखे, त्यसको विरोध भयो । तर बाबुरामले सिङ्गै देश गाभ्ने मनसुवा प्रकट गर्दा खासै विरोध भएको छैन ।

यो नै जनस्तरको सहमतिको सूचक भए हवाई टापु अमेरिकामा गाभिएझैं गाभिनुको विकल्प नखोजे हुन्छ । होइन भने सर्वसाधारण नेपालीले बिकाउ नेताहरूको पछुवा हुन छोडिहाल्नुपर्छ । कार्यकर्ताको बिल्ला मिल्काइदिनुपर्छ र सर्वमान्य नेता गणेशमान सिंहको उद्गारमा पटक-पटक पर्ने गरेको अभिव्यक्तिअनुरूप स्वतन्त्र देशका स्वतन्त्र नागरिक भएर बाँच्ने अठोटमा पुग्नु आवश्यक छ । कि विकल्प खोज्नुपर्छ अथवा त्यस्तो विकल्प दिनसक्ने व्यक्ति अथवा शक्तिलाई रोज्नुपर्छ । जगजाहेर छ, जनता कहिल्यै विकल्पविहीन हुँदैन । र यस कार्यको थालनी अहिलेको संविधानसभाको विघटनबाट गर्न सकिन्छ । किनभने म्याद नाघेको औषधीले रोग-व्याधि निको पार्दैन, झन् चर्काउँछ । भ्रम पालेर नबसौं ।

प्रत्यक्ष कुरालाई के प्रमाण चाहियो र ?

Ekantipur

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork