?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

अध्यक्षले पो ठेगान लगाइसक्नु भयो
  
 

एमाओवादी नेता एवं वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण अहिले चर्चामा हुनुहुन्छ । मुलुक एकातिर गइरहेको बेलामा किरण आफ्नै पारामा "सिद्धान्त र क्रान्तिको झण्डालाई रक्षा गर्न" सङ्घर्षमा ओर्लनुभएको छ । देशभक्त, वामपन्थीहरूको संयुक्त मोर्चा बनाउन आवश्यक रहेको ठान्ने किरण आफ्नो पार्टी नेतृत्व आत्मसमर्पणवादी भएकोमा रुष्ट हुनुहुन्छ । सिद्धान्त र विचारमा लेनदेन नस्वीकार्ने किरण हाल अलिकता नरम देखिनुहुन्छ तर उच्च क्रान्तिकारी धारा र आत्मसमर्पणवादी धाराबीचको सङ्घर्ष अझ पनि चलिरहेको भन्न पनि चुक्नहुन्न । काँग्रेस, एमाले, आफ्नो पार्टी, शान्ति-संविधान, सरकार, धोबीघाटदेखि गोञ्जालोलगायतका विषयमा बिहीवार किरणसँग गोरखापत्रले लामो कुराकानी गर्‍यो । प्रस्तुत छ, किरणसँग गोरखापत्रका प्रधानसम्पादक सीताराम अग्रहरि एवं समाचारदाता उपेश महर्जनद्वारा लिइएको अन्तर्वार्ताको प्रमुख अंश :

देशलाई समाप्त पार्नेसँग एक्लैले भए पनि लड्छु ।

बाबुराम प्रधानमन्त्री बन्नुमा हाम्रो पनि हात छ कि प्रश्न गर्नुभयो, त्यो बिल्कुलै होइन ।

हाम्रा पार्टीका विभिन्न विचार समूहहरूमा पनि प्रवृत्तिहरू र कमी कमजोरी छन् ।

साँच्चिकै शान्ति, संविधान र एकताको पक्षमा छौं ।

शान्तिको अर्थ सेना समायोजनमात्रै होइन । हामीले भनेको शान्तिमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता ठीक हुनुपर्‍यो ।

जनयुद्धकालमा कब्जा गरिएका घरजग्गा फिर्ता गर्नु ठीक हो तर वैकल्पिक व्यवस्था हुनुपर्छ । वैकल्पिक व्यवस्था नगरी प्रहरी लगाएर घरजग्गा फिर्ता गर्ने पार्टीको निर्णय थिएन ।

हाम्रो पार्टीको नेताले हरेक क्षेत्रमा आत्मसमर्पण गर्दै गइरहेको छ । हाम्रो पार्टीको एमालेकरण हुँदैछ ।

काँग्रेसले जे भन्यो त्यही मान्नुपर्छ व्यावहारिक हुनलाई ? व्यावहारिकभित्र काँग्रेसको राजनीति छ ।

हामीले गरिरहेको सम्झौतामा लेन भने केही छैन देन मात्र छ ।

हाम्रा कमी कमजोरीहरूलाई सच्याएर एकताबद्ध हुनेछौं ।

नेपाली काँग्रेस र एमालेहरूले समस्या माओवादीमा नै देख्नुहुन्छ । हामीहरूले उहाँमा समस्या देख्छौं ।

नेतृत्वले गरेका गल्तीहरूलाई सच्चाउने दिशामा अझ हामीहरू छौं ।

म चुनौती दिएर भन्छु म एउटा गुट छोडेर कहीँ गएको छैन ।

अध्यक्षले थुप्रै प्रश्नहरूको उत्तर दिएपछि बहस र छलफलबाट सकारात्मक ढङ्गले अगाडि बढ्ने प्रयासमा छौं ।

पार्टी फुटाउने समाचार मैलै पनि सुनें । त्यो त गलत भयो भनेर बाहिर पनि भने र गौरवलाई पनि सोधें ।

 

किरणजी, केन्द्रीय समितिको पछिल्लो बैठकमा शान्ति, संविधान र एकताको पक्षमा धेरैजना देखिए यसलाई तपाइर्ले कसरी हेरिरहनुभएको छ ? तपाईं कतातिर हुनुहुन्छ ?

हामी केन्द्रीय समितिमा शान्ति, संविधान र एकताका पक्षमा धेरैजना होइन कि सबै पक्षमा छांै । यो कसरी देखाइयो भने हाम्रो पार्टीमा हाम्रो पक्षलाई शान्ति, संविधान र एकताको विरोधीको रूपमा असाध्य दुष्प्रचार गरिएको छ । त्यो नितान्त गलत हो । हामी साँच्चिकै शान्ति, संविधान र एकताका पक्षमा छांै ।

तर पछिल्लो समयमा यहाँको पार्टीमा निक्कै किचलो भइरहेको छ नि, यस्को कारण के होला? पार्टी फुट्ने कुराहरू पनि आएका छन्, ?

हामंरो पार्टीमा अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्ष तीव्र गतिमा छ । यो कम्युनिस्ट पार्टीमा अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्ष चल्ने स्वाभाविक प्रक्रिया हो । तर अहिले अलि तीव्रतामा छ । कारण, हाम्रो पार्टी देश र जनताको हितमा लामो समयदेखि सङ्घर्ष गर्दै आएको छ । दश वर्षको जनयुद्धको प्रक्रिया उत्कर्षमा पुगेको छ । एउटा, १५ हजारको हाराहारीमा जनताका छोराछोरीको सहादत भएको छ । त्याग, बलिदान धेरै भएका छन् । कैयांै बेपत्ता पारिए, घाइते र अपाङ्ग भए । अहिले त्याग र बलिदानको मूल्यलाई शान्ति र संविधानमा संस्थागत कसरी गर्ने भन्ने विषयलाई लिएर गम्भीर बहस र छलफल भइरहेको छ । जेसुकै गरेर पनि शान्ति स्थापना गर्ने भन्ने एउटा पक्ष छ । शान्तिको अर्थ सेना समायोजन मात्रै होइन, सेना समायोजन पनि आत्मसमर्पण गर्ने तरिकाले । हामीले भनेको शान्तिमा राष्ट्रिय सुरक्षा नीति हुनुपर्‍यो । देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता ठीक हुनुपर्‍यो । जनताको पक्षमा संविधान हुनुपर्‍यो र जनमुक्ति सेनाको पनि नयाँ ढङ्गले सम्मानजनक समायोजन हुनुपर्‍यो । यसरी हामीले शान्तिको परिभाषा यसरी गरिरहेका छांै । अर्काे पक्ष, आत्मसम्मानमा ठेस पुगे पनि जसरी पनि सेना समायोजन जाने भनिरहेको छ । जनताको पक्षमा संविधान बनाउने कुरालाई ध्यानमा नराखेर कैयांै कुरालाई छोड्दै गइराखेको छ । यही सन्दर्भमा एकता हुनु भन्नुको अर्थ विचार, सिद्धान्त र कार्यदिशासँग जोडेको हुन्छ । विचार, सिद्धान्त र कार्यदिशालाई उपेक्षा गरेर अथवा क्रान्तिकारी लाईनलाई छोडेर यान्त्रिक प्रकारको एकताको कुरा उठिरहेका छन् । हामी त्यसका विरोधी छांै ।

केन्द्रीय समितिको बैठक भइरहेकै अवस्थामा आत्मसमर्पणवाद र विसर्जनवादविरुद्ध तपाइंर्ंको पक्षको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक भण्डाफोर गर्दैछ । यो कस्तो लाइन सङ्घर्ष हो ?

यो जटिल छ । हाम्रो जिम्मेवार साथीहरूले र मूल नेतृत्वले पार्टीको आधिकारिक निर्णयलाई ध्यान नदिई एकलौटी रूपमा काम गर्दै बाहिर गएपछि हामी सडकमा जान बाध्य भयांंै । उदाहरणको रूपमा जनयुद्धकालमा कब्जा गरिएका घरजग्गा फिर्ता गर्ने कुरा आयो । फिर्ता गर्नु ठीक हो तर वैकल्पिक व्यवस्था गर्नुपर्छ । हाम्रो निर्णय त्यो थियो । वैकल्पिक व्यवस्था नगरिकन प्रहरी लगाएर घरजग्गा फिर्ता गर्ने भन्ने पार्टीको निर्णय थिएन । पार्टीको निर्णय जिम्मेवार नेताहरूले तोड्ने काम भयो । त्यस्तै, पार्टीको निर्णयमा बिपा गरेर आउने भन्ने कुरा थिएन नि । अरू पार्टीले पनि विवादित विषयमा निर्णय गर्नुहुन्न भनिरहेका थिए । एकाइ र सशस्त्र रूपमा सेना समायोजन गर्ने पार्टीको निर्णय थियो तर व्यक्तिगत र निशस्त्र रूपमा सेना समायोजन गर्ने निर्णय एक पक्षले गर्‍यो । त्यसका कारण, थुप्रै कुरा बाहिर आएका छन् । थुप्रै निर्णय मूल नेतृत्वले उल्लङ्घन गर्‍यो । मूल नेतृत्वले पार्टीका आधिकारिक निर्णय तोड्दै गएपछि निर्णयको रक्षाका लागि सडकमा गएको हो । सडकमा किन गयो भन्ने आश्चर्यको विषयमा पनि छ, यो त एक प्रकारको विद्रोह न हो । मान्यता स्वयं लिडरसिपले तोडेपछि हालत त्यस्तै हुन्छ ।

तपाईंहरूको पार्टीमा हार्ड लाइनर र सफ्ट लाईनरबीच निक्कै दूरी बढेको छ । त्यहाँ मिलनबिन्दु नै छैन जस्तो देखिन्छ । दुईटाको बीचमा राष्ट्र कहाँ छ, तपाईं व्यावहारिक हुन सक्नुभएन भन्ने आरोप छ नि ?

हाम्रो पार्टीको दुई लाइन सङ्घर्ष नेपाली कम्युनिस्ट आन्दोलनको क्षेत्रमा उच्च क्रान्तिकारी धारा र अवसरवादी धाराबीचको सङ्घर्ष हो । हाम्रो पार्टीको नेताले हरेक क्षेत्रमा आत्मसमर्पण गर्दै गइरहेको छ । हामी त्यसरी जानुहुँदैन । हाम्रो पार्टीको एमालेकरण हुँदैछ । २०४७ सालमा जसरी एमालेले सबै छोडेर गयो त्यही दिशामा हाम्रो पार्टी गइरहेको छ । त्यसैले हामीले सिद्धान्त र क्रान्तिको झण्डालाई रक्षा गर्नका निम्ति सङ्घर्ष गरिरहेका छांै । तपाइहरूले अलि व्यावहारिक भएन भन्नुहुन्छ तर व्यवहारको फेसन कस्तो हुन्छ भने जसले जे भन्यो त्यही मान्यो भने व्यावहारिक हुने, काँग्रेसले जे भन्यो त्यही मान्नुपर्छ व्यावहारिक हुनलाई । व्यावहारिकभित्र काँग्रेसको राजनीति छ । त्यसैले व्यावहारिक हुनलाई छोड्दै जाने सम्झौता भएका छन् । सम्झौताको अर्थ त लेनदेन हो तर हामीले गरिरहेको सम्झौता कस्तो भने लेन भने केही छैन सबै देन मात्र छ । जनता, देश, क्रान्ति र रूपान्तरणको पक्षमा हामीले आवाज उठाइरहेका छांै । मिलनबिन्दुका लागि अन्तिम बिन्दुसम्म एकताको लागि एकताबद्ध भएर जान्छौं तर त्यो एकता पुरानो खालको हुँदैन रूपान्तरणसहितको एकता हुन्छ । हाम्रा कमीकमजोरीलाई सच्याएर एकताबद्ध हुन्छांै ।

त्यो दिशामा प्रगति भएको छ कि छैन ?

केन्द्रीय समितिको बैठकमा राम्रै बहस भइरहेका छन् । पार्टी एकताबद्ध हुन रूपान्तरणसहितको एकता हुनुपर्छ भन्ने छ ।

शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउनका लागि माओवादीभित्रै समस्या छ भनिरहेका छन् अरूहरूले के भन्नुहुन्छ ?

वास्तवमा नेपाली काँग्रेस र एमालेले समस्या माओवादीमा नै देख्नुहुन्छ । हामी उहाँहरूमा समस्या देख्छांै । उहाँहरू र हामीमा फरक छ । अरूमा भए पनि सिद्धान्त र विचारमा लेनदेन हुँदैन । सिद्धान्त र विचारमा लेनदेन गर्ने पक्षमा हामी छैनांै, म छैन । नयाँ जनवादी क्रान्तिको सन्दर्भमा कसरी लेनदेन हुन्छ ? हुनै सक्दैन । क्रान्ति पूरा भयो भन्ने एउटा पक्ष -अध्यक्ष पक्ष छ । तर हामी त्यस्तो मान्दैनांै ।

जनवादी क्रान्ति सम्पन्न भयो भन्ने पक्षमा ?

हो नि, जनवादी क्रान्ति सम्पन्न भयो भने पक्षमा छन् । अलि थोरै कार्यभार बाँकी छन् । जनवादी क्रान्ति पूरा भयो भन्ने पक्षमा छन् । हामीले जनवादी क्रान्तिको कार्यभार पूरा भएको छैन भनेका छांै । त्यसैले यस्ता कुरामा लेनदेन हुँदैन ।

त्यस्तै देशको राष्ट्रिय स्वाधीनताको रक्षाका कुरामा दिनदिनै सीमास्तम्भ सारिएका, मिचिएका समाचार आइरहेका छन् । नेपाल रहने कि नरहने भन्ने कुरा आइरहेका छन् । देशको निम्ति लेनदेन गर्न सकिंदैन । यस्ता जटिल विषय छन् । यो विषयमा केन्द्रीय समितिको बैठकमा फरक मत राखेका छांै । नेतृत्वले गरेका गल्तीलाई सच्याउने दिशामा अझै हामीहरू छौं । पार्टी फुट्ने भन्ने होइन प्रवृत्तिका विरुद्ध विद्रोह गर्ने कुरा हो । मलाई फुटवादी भनेर देखाउँछन् । म चुनौती दिएर भन्छु म एउटा गुट छोडेर कहीँ गएको छैन । मलाई पार्टी फुटाउन खोजेको भन्न सुहाउँछ ? थुप्रै मान्छे यताउता गएका छन्, आएका छन्, इतिहासमा कहीँ म गएको छैन, सिधा रूपमा एउटैमा छु । त्यसैले जो फुटवादी हो उसैले फुटको कुरा गर्छन् । पार्टीमा बहुमत र अल्पमतको कुरा मानिन्छ । सिद्धान्त र कार्यदिशाको क्षेत्रमा समान छ तर कतिपय कुरामा भिन्नता छ भने विद्रोह गर्ने कुरा आएन । असमान भयो भने सँगै बस्ने कुरा पनि आएन ।

जनवादी क्रान्तिका अधिकतम स्वरूपहरू पूरा भएको र अरू समाजवादी क्रान्तिमा पूरा गर्ने भन्ने अध्यक्षको विचारलाई तपाईंले नमानिरहेको अवस्थामा तपाईंहरूबीचमा समान सिद्धान्त र कार्यदिशा त भएन नि ?

हो, तपाइर्ंले ठीक प्रश्न उठाउनुभयो । यो विषयमा हाम्रो छलफल भइरहेको छ । अध्यक्षले भनेको कुरा पुष्टि गर्नुपर्छ । उहाँलगायतले स्पष्ट पारेपछि सिद्धान्त, कार्यदिशा र विचारको भिन्नताको मात्रा कति हो ? त्यही विषयलाई टुङ्गयाउनका लागि घनीभूत रूपमा केन्द्रीय समितिको बैठकमा छलफल गरिरहेका छांै ।

पार्टी फुटिसकेको र प्राविधिक रूपमा मात्रै तपाईर्ंहरू एकसाथ रहनुभएको तपाईंकै पक्षधरहरूले भनिरहेका छन् । अध्यक्षलाई गद्दारको आरोप पनि लागिसकेको स्थितिमा नजिक रहनुहुन्छ वा पार्टी फुटेर जनविद्रोहमा जानुहुन्छ ?

यहाँले गम्भीर विषय उठाउनुभयो, तलबाट धेरै आरोप आएका छन् तर जिम्मेवारहरूबाट एक अर्कामा आरोप लगाइएको छैन । अध्यक्षले थुप्रै प्रश्नको उत्तर दिएपछि बहस र छलफलबाट सकारात्मक ढङ्गले अगाडि बढ्ने प्रयासमा छौ । बैठककैबीच बहस र अन्तक्रिर्या गर्दैछांै । यस्ाको बीचबाट कसरी जाने हो भन्ने हुन्छ । रूपान्तरणसहित एकताबद्ध भएर जाने भन्ने नै मूल प्रयास हुनेछ । भूमिगत भएको बेलामा यतिका कुरा बाहिर पनि जाँदैनथ्यो र थाहा पनि हुँदैनथ्यो तर अहिले पार्टी खुला भएका कारण मिडियामा गइहाल्छ । मिडियाले पनि अलि जिस्क्याउने तरिकाले तलमाथि गरेर अलि बढी प्रचार गर्छन् । तर रूपान्तरणका लागि मेरो पक्षको र मेरो प्रयास हुन्छ ।

औपचारिक रूपमा फुट्न लागेको सङ्केत महासचिव बादल र सचिव गौरवले गरेको भन्ने र तपाईं सेरेमोनियल अध्यक्षलगायतको फेहरिस्ता मिडियामा आएको थियो, यसको सङ्केत के हो ?

म सेरेमोनियल अध्यक्ष भन्ने बिल्कुल गलत हो । पार्टी फुटाउने र औपचारिक रूपमा मात्रै घोषणा हुन बाँकी भन्ने समाचार आए र मैले पनि सुनें । कसरी आए त्यो त गलत भयो भनेर बाहिर पनि भने र गौरवलाई पनि सोधंे । उहाँले त्यसरी भनेको होइन भनेर पनि भन्नुभयो । अलि मिडियाले बढाइचढाइँ गर्‍यो कि भन्ने लाग्छ ।

देश गम्भीर रूपमा रहेको बेला जनताको चाहनालाई सम्बोधन गर्न र देशलाई उकास्न तपाईंको दायित्व के हुन्छ ? तपाईं त हरेक कुरामा जहिले पनि आलोचक देखिनुहुन्छ ?

नेपालको राजनीतिक स्थितिमा यो गम्भीर प्रश्न हो । देशमा बाहिरी मुख्यतः विस्तारवादी हस्तक्षेप इतिहासमा यो स्थितिमा कहिले पनि आएको छैन । माओवादी एउटा देशभक्त शक्ति हो । अरू त्यस्तो खालको छैन भन्ने चर्चा चलिरहेको अवस्थामा अब माओवादी के हो भन्ने गम्भीर प्रश्न उठेको छ । अन्यत्रबाट देशको विषयमा यताउति हँुदा हामी लड्ने माओवादी छौं भन्ने लाग्थ्यो तर हाम्रो भित्रै देशको माया नगर्ने भएपछि त गम्भीर भयो । त्यसकारण देशको रक्षाको निम्ति अन्तिम दमसम्म लडिन्छ । देशलाई समाप्त पार्नेसँग एक्लैले भए पनि लड्छु । म सम्झौता गर्दिन । सानो ठूलो हुन्छ भन्ने मलाई विश्वास छ । देशको राष्ट्रिय अस्मितामा गम्भीर चोट लागेको छ । हामी शान्ति र संविधानका पक्षमा छांै ।

देशको निम्ति राजनीतिमा अडान लिने कुरा आयो । देशको निम्ति हामी मात्र होइन बाहिर रहेका देशभक्तहरू, वामपन्थी र जनवादीहरू एक ढिक्का भएर लाग्नुपर्‍यो । सन् १९५० लगायत असमान सन्धिहरू खारेज नभएको अवस्थामा भकाभक बिपालगायत सन्धिहरू भइरहेका छन् । नदीनालालगायत प्राकृतिक रूपमा सम्पन्न र समृद्ध पिछडिएको देश नेपालले भारतीय हैकम थेग्न सक्छ ? सदनलाईसम्म छलेर माथ्लो कणर्ाली र अरुण तेस्रोको सम्झौता गरियो । यस्ाको निम्ति सशक्त पार्टीभित्र र बाहिर आवाज उठाउनुपर्छ । संशोधनवाद र राष्ट्रघातका विरुद्ध लड्नुपर्छ । देशको निम्ति देशभक्तहरू, वामपन्थी र जनवादीहरूको नयाँ संयुक्त मोर्चा आवश्यक छ ।

धोबीघाट कसरी भयो र तुरुन्तै टुट्यो, हिसाबकिताब नमिलेर भएको हो ? कस्तो अनुभव गर्नुभएको छ ? त्यसलाई अवसरवाद मान्नुहुन्छ कि हुँदैन ?

धोबीघाट ठूलो कुरो थिएन । त्योभन्दा अगाडि हाम्रो अध्यक्षले पालुङटारको बैठकपछि वैशाखको केन्द्रीय समितिको बैठकमा हामीलाई अल्पमतमा पारेर बाबुरामसँग घाँटी जोडिसक्नु भएको थियो । धोबीघाटमा हामीले सैद्धान्तिक रूपमा केही पनि निर्णय गरेका थिएनांै । साङ्गठनिक क्षेत्रमा एउटा नयाँ पार्टी निर्माण गर्नुपर्छ भन्ने हामीले एकता गरेका थियांै । अरू केही पनि भएको थिएन । पार्टीमा अध्यक्षको केन्द्रीकरण अलि बढी भयो भनेर जनवादी केन्द्रीयतालाई ठीक ढङ्गले व्यवहार गर्नुपर्छ भनेकाले गलत थिएन । प्रधानमन्त्रीको कुरामा एउटै पार्टी भएपछि बाबुरामजी नहुने भन्ने त आउँदैन । स्वयं अध्यक्षले नै प्रस्ताव राख्नुभएको थियो । मननयोग्य कुरा त उहाँ धोबीघाटले होइन चारबुँदेले प्रधानमन्त्री बनेको हो नि । रातको बेलामा सातजनामध्ये पाँचजनालाई थाहै नदिई उहाँहरू दुईजनाले सम्झौता गर्नुभयो । त्यो सम्झौता गलत भयो । अध्यक्षले वैशाखमा र सरकार बनाउने बेला बिगार्नुभएको छ । यसको मतलब बाबुरामजी जानुहुँदैन भन्ने होइन । हाम्रो मान्यतालाई छोडेर कोही पनि जानुहुँदैन भन्ने हो । यहाँले प्रधानमन्त्री बन्नेमा हाम्रो पनि हात छ कि भन्ने प्रश्न गर्नुभयो, त्यो बिल्कुलै होइन ।

धोबीघाटको मास्टरमाइन्ड त तपाईं हो भनिन्छ नि ?

होइन, सबै हो । धोबीघाटले कसैलाई पनि बिगारेको छैन ।

अध्यक्षलाई ठेगान लगाउन ?

अध्यक्षलाई ठेगान लगाउन धोबीघाट पर्दैन । अध्यक्षले पो हामीलाई ठेगान लगाइसक्नुभयो ।

वैशाखमा दुईजनाले घाँटी जोडेको कुरा गर्नुभयो, तपाईं भारतीय जेलमा हुँदै उहाँहरू ऐतिहासिक चुनवाङ्मा एकअर्कामा विलीन हुनुभएको होइन र ?

उहाँहरू ऐतिहासिक चुनवाङ्मा एकअर्कामा विलीन हुनुभएको हो तर बालाजु र खरिपाटीमा हामीले अलग्गै धार लग्यांै । हामीले त्यो तरिकाले जान सकिंदैन, जनताको सङ्घीय गणतन्त्रमा जानुपर्छ भनेर पालुङ्टारसम्म अध्यक्षसँगै थियौं । तर त्यो करेक्सन लाई वैशाखको बैठकले फेरि उल्टाइदियो ।

सुनिन्छ तपाईंको पक्षमा तीन प्रवृत्ति छन् । सिद्धान्तका लागि बलिदान दिन चाहने कर्मठ र इमानदार र जो नेता छन् तर स्थापित भएका छैनन् र तेस्रोमा महत्वपूर्ण मन्त्रालय नपाएपछि तपाईको नजिक आएका छन्, यसलाई कसरी व्याख्या गर्नुहुन्छ ? अवसरवादी धार तपाईसँग छैनन् र ?

पहिलो कुरा, पार्टीभित्र विभिन्न प्रवृत्ति हुन्छ नै । हाम्रो पार्टीका विभिन्न विचार समूहमा पनि प्रवृत्ति र कमीकमजोरी छन् । ती कुरा हामीले सच्याउने कुरा भए । दोस्रो कुरा, मन्त्री नपाएर यस्तो भयो भन्ने दुष्प्रचार असाध्ये प्रचार गरिएका छन् । यदि मन्त्री नपाएर यत्रो बिगि्रएको हो भने त हाम्रो पक्षलाई उहाँहरूले बुद्धिमत्ता पुर्‍याएर जम्मै मन्त्री दिए त भइहाल्यो ।

गृहमन्त्री र अर्थमन्त्रीको कुरा त उठेको हो नि ?

कुन मन्त्रालयमा को बस्नुपर्छ भनेर विवाद भएपछि अर्काे पक्षले दाबी गर्नु भएन नि, त्यसो भए । आफू दाबेदार पनि नहुने र अरू दाबेदार भयो भनेर चार्ज लगाउने मान्छेले आफू दाबेदार नहुनुपर्ने हो नि । त्यो वाहियात कुरा हो । त्यसैले यी मन्त्रीका कुरा नगरांै । दुई लाइन सङ्घर्षको ओज र गरिमा ध्वस्त हुन्छ यस्ता कुराले । धोबीघाटको गर्नुहुन्छ भने अध्यक्षको निम्ति जम्मै हुने पदको लागि ।

-हाँस्दै अलिकति गयो भने डराइहाल्ने । अरूलाई पदको लागि गरेको भन्न पाइन्छ । धोबीघाटको बेला उहाँ -अध्यक्ष) सन्त्रासमा हुनुहुन्थ्यो हामीले उहाँलाई ठोक्नै खोजेको हो । उहाँको अलि बढी भयो भनेर हामी अलि कस्सिएकै हो । हामीले उहाँलाई धेरै पटक भनेका छांै, धोबीघाटमा तपाईर्ंकै विरुद्ध गएकै हो । उहाँलाई ठ्याक्कै धोबीघाटमा चोट लाग्यो । आफूलाई जुन ठाउँमा चोट लाग्यो र जसलाई लाग्यो उहाँनै पदको लागि रहेछ भन्ने देखियो नि । उहाँ धेरै वर्ष अध्यक्षमा बस्नुभएको छ । हामीले पद खोस्ने कुरा पनि छैन, चाहिएको पनि छैन ।

तपाइर्ंको निष्ठामा प्रश्न छैन तर तपाइंर्ंको पक्षमा लागेकाहरू कोही अवसरवादी छैनन् ?

अवसरवादीहरू जहाँ पनि हुन्छन् भनेर पहिला पनि भने नि । समाजै यस्तो भएकाले हाम्रो र अर्काे पक्षमा त्यस्ता प्रवृत्ति रहेका छन् । प्रधानमन्त्री हुन किन त्यति मरिहत्ते गर्ने हाम्रा साथीहरूले? अगाडि बढ्नुपर्ने बेलामा त्यस्तो स्थानमा गएर किन ध्वस्त पार्न किन मरिहत्ते पार्ने ? त्यसकारण प्रवृत्तिहरू गलत छन् । कसैलाई दोष दिए पनि हुँदैन । हामीलाई सोझ्याउने तरिका हो, त्यो नितान्त गलत छ । यो दुव्र्यवहार गरेको भनेर पुष्टि हुन्छ ।

वामपन्थी नेता गोञ्जालोले जेलबाट सन्देशले पठाउनुभएको छ त्यसलाई कसरी लिनुभएको छ ?

यहाँ अवसरवादलाई सही सावित गर्नको निम्ति गोञ्जालोको घोडा चढेको हो । हामी गोञ्जोलालाई सम्मान गछांै तर जेलमा भएको मान्छेले नेपालको राजनीतिको बारेमा यस्तो उस्तो भन्न सक्दैन । अर्काे गोञ्जालो बिग्रन सक्दैन भनेर ग्यारेन्टी गर्न सकिन्छ ? कुनै जमानामा राम्रो गरेका मान्छेहरू अर्काे जमानामा आएर बिग्रन सक्छ । तर अहिले उहाँको पुरानो छबिबाट नाजायज फाइदा उठाउन खोजिएको हो ।

भनेपछि, रिमको पत्रमार्फत पार्टी फुटाउन तपाइर्ंलाई उक्साएको भन्न खोजेको प्रचारलाई के भन्नुहुन्छ ?

रिममा हाम्रो पार्टी पनि थियो, त्यो बेला । साथीहरूले रिमको कुरा उठाएर किन यस्तो गर्नुहुन्छ ? अहिले रिम छैन । तर रिममार्फत पार्टी फुटाउन खोजिएको छ भनेर हामीहरूलाई भनिएको छ । कसैले भन्दैमा हामीले पार्टी फुटाउने होइन किनभने यो हाम्रो देशको कुरा हो नि । तर विश्व कम्युनिस्ट आन्दोलनमा हरेक पार्टीलाई सुझाव दिने पनि हुन्छ तर सुझाव मान्ने नमान्ने हाम्रो आनो कुरा हो । हामीले विभिन्न पार्टीको कुरा गर्छाै भने उनीहरूले पनि बोल्न सक्छन् । त्यसैले पार्टी फुटाउन खोजियो भनेर प्रचार गर्नु पनि गलत हो ।

जनविद्रोह नगरिकन शान्तिपूर्ण ढङ्गले समाज परिवर्तन गर्न सकिन्न ?

शान्तिपूर्ण रूपमा सम्भव भए त हामीले दश वर्षसम्म हतियार उठाउनुपर्ने नै थिएन । हामीले मात्र होइन, नेपाली काँग्रेसले सात सालमा, एमालेले २८ सालमा बन्दुक उठाउनुपर्ने नै थिएन । विश्वलगायत यहाँ पनि क्रान्ति गर्न बन्दुकको आवश्यकता पर्छ । त्यसैले हामीले बन्दुक उठाएको हो । फेरि क्रान्ति पूरा भएको छैन । यहाँ पनि यही बन्दुकको बलमा आएको हो । मुख्य भूमिका जनताकै छ । अहिले जनताको समस्याको समाधान शान्तिपूर्ण रूपमा हुन्छ भने ठीकै हो । वर्गीय, जातीय, लिङ्गीय हक अधिकारको स्थापित, मजदुर र किसानको अधिकार स्थापित, क्रान्तिकारी भूमिसुधार लागू गर्ने, राज्य पुनःसंरचनामा जनजातिको हकअधिकारलाई स्थापित गर्ने कि नगर्नेलगायत देशको स्वाधीनता, राष्ट्रिय अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्छ । यस्ता यावत् समस्यालाई नयाँ संविधानले सम्बोधन गर्‍यो भने बन्दुक उठाउनुपर्दैन । गरिएन भने आन्दोलन उठिहाल्छ । जसरी २०४७ सालमा बनेको संविधान विश्वको उत्कृष्ट भनिएको थियो तर आन्दोलन त उठिहाल्यो । त्यसैले राम्रो संविधान देश र जनताको पक्षमा बनाउनुपर्छ, भएन भने फेरि आन्दोलनमा जानुपर्छ ।

शान्ति र संविधानको कार्यदिशाको विपरीत जनवादी क्रान्ति गर्न सकिन्छ भनेर फरक मत राख्नुभएको छ । यो जनविद्रोह गर्ने तयारी हो ?

जनविद्रोह हाम्रो प्राथमिकता होइन । मेरो प्रस्तावमा यदि साँच्चिकै देश र जनताको पक्षमा शान्ति र संविधान बन्छ भने ठीक भनेको छु । त्यसरी संविधान बन्दैन भने क्रान्ति त पूरा गर्नुपर्छ । नयाँ जनवादी क्रान्ति भनेका छौं नि, दुई कार्यभारहरू, एउटा त जनवाद स्थापना गरेर जनतालाई राजनीतिक, आर्थिक, सांस्कृतिक रूपमा अधिकारसम्पन्न गर्ने र दोस्रोमा देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने हो । यो भयो भने जनवादी क्रान्ति पूरा हुन्छ, भएन भने त्यसको निम्ति गर्नुपर्छ ।

दुई दशकदेखि अध्यक्ष र तपाईं सँगै हुनुहुन्छ तर अहिले धेरै दूरी बढ्दै गएको छ कारण के हो ? यति धेरै कटुता किन ?

हाम्रो निकटता भनेको देश, जनता र क्रान्तिको पक्षको निम्ति मिलनबिन्दु हो । यो बाट यताउति भएपछि दूरी बढिहाल्छ तर ब्यक्तिगत रूपमा रिस, राग र रिसइबी छैन । उहाँलाई म सम्मान गर्छु र गर्दै आइरहेको छु । जनताले विश्वास गरेकाले जनपक्षीय शान्ति र संविधान उहाँलाई गर्नुस् भनेको हो तर उहाँ विचलित हुनुभयो भने त कसरी मान्ने ? मान्ने कुरै आएन ।

उहाँहरूको सबै खराब, तपाईर्हरूको सबै राम्रो यो भन्न खोज्नुभएको हो ?

एउटा क्राइटेरिया त चाहियो नि, के गरेपछि राम्रो र के गरे पछि खराब ? निरपेक्ष खराब र राम्रो भन्ने त आउँदैन नि । त्यस्को लागि शान्ति र संविधान मापदण्ड हो । देश र जनताका लागि अधिकतम गर्ने हो तर उहाँले छोड्दै छोड्दै जानुभयो । जसरी उहाँले उठाउनुभयो नयाँ जनवादी क्रान्ति पूरा भएको भन्ने कुरा छ, त्यो त भएन । हेर्ने कोण र सिद्धान्त त फरक छ । नेपाली काँग्रेस र एमालेे उसको सिद्धान्त अनुसार हेर्छ ।

तपाईर्कै पार्टीका उपाध्यक्ष डा. भट्टराईको सरकारलाई मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

उहाँको सरकार त छ तर उहाँले व्यक्तिगत रूपमा चलाइरहनुभएको छ । सरकार चलाउने पार्टीमा सात सदस्यीय संयन्त्र छ तर अहिलेसम्म यो विषयमा बैठक बसेको छैन । विचित्र छ । आआनै ढङ्गले चलाइरहनुभएको छ । मैले त उहाँको सरकार फिर्ता हुनुपर्छ भनेर प्रस्ताव नै राखेको छु । पार्टी निर्णयविपरीत थुप्रै काम भएकाले फिर्ता हुनुपर्छ भनेको हो । त्यही विषयमा पार्टीमा सकारात्मक छलफल भइरहेको छ ।

उहाँले आनै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भनिरहनुभएको छ नि ?

अध्यक्षले उहाँलाई समर्थन गर्नुभयो भने त हाम्रो विरोध हुन्छ । काँग्रेसले बाबुरामको हातबाट अपमानजनक सेना समायोजन, शान्ति र संविधानका लागि माओवादीलाई आत्मसमर्पण गराउन सकुन्जेलसम्म उहाँलाई दिने सुर छ । गराइसकेपछि अन्तिममा काँग्रेसले सरकार चलाउने भन्ने गोप्य सहमति छ भनिन्छ, त्यो कति सत्य हो त्यो पछि थाहा होला । म त्यस्तो सहमतिलाई राष्ट्रिय सहमति भन्दिनँ ।

यहाँहरू कस्तो र कसको नेतृत्वमा बनाउन चाहनुहुन्छ ?

पहिला, यो सरकार परिवर्तन हुनुपर्छ । गोकर्ण रिसोर्टमा चार पार्टीका शीर्षस्थ नेतालाई राष्ट्रिय सरकार बनाउने र कस्ाको नेतृत्वमा भन्ने जिम्मा दिइए पनि धेरै समय भइसकेको छ । पछिल्लो कालमा सातबुँैदे सहमतिसँग नयाँ सरकार बनाउनुपर्छ भन्ने छ । सबैको सहमति हुनुपर्छ ।

बाबुरामलाई हटाउने भएपछि तपाईंको पार्टीको नेतृत्वमा हुनुपर्छ कि अरूको ?

हामी हाम्रो पार्टीको दाबी त गर्छाैं । दाबी गर्दैमा हुँदैन, सबैको सहमति हुनुपर्‍यो, काँग्रेसको पनि दाबी हुन्छ । एमालेले पनि गर्ला । तर सबैको सहमति जहाँ हुन्छ त्यही हुन्छ । तर सबैले हाम्रो पार्टीको नेतृत्वमा सहमति गरोस् भन्ने हो ।

अन्त्यमा, तपाईंलाई नेपाली जनताले कसरी हेर्दिओस् भन्ने लाग्छ ?

म देश र जनताका पक्षमा लागिरहेको छु । मलाई देश र जनताका पक्षमा लागेको मान्छेको रूपमा हेर्दिओस् भन्ने लाग्छ ।

Gorkhapatra

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork