?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

श्रम, आत्म सम्मानको लागी
   नारायण थपलिया "निर्मल"
 

 
                  रोजगार अनुमति प्रणाली  (इपिएस) मार्फत रोजगारीको लागि द. कोरिया प्रवेश गर्नुको उदेश्य भनेको सुरक्षित ढंगबाट श्रम गरि आर्जेको धन स्वदेशमा भित्र्याउनु  नै हो |  कोरिया प्रवेश पश्चात विभिन्न समस्यासंग पौठाजोरी गर्नु परेको स्थिति सबै कामदारले भोग्नु परेको छ | दोहोरो सम्झौता पत्रमा हस्ताक्षर गरि कामको निमित्त कम्पनीमा प्रवेश गरि सके पछी कम्पनि मालिकले सम्झौता बमोजिम व्यवहार नगर्दा कामदारले अनेक समस्या व्यहोर्नु परेको हुन्छ | सम्झौता बिपरित काम लगाउने, धेरै समय काममा लगाई  थोरै समयको मात्रै पारिश्रमिक दिने, खान बस्नको उचित व्यवस्था नगरिदिने, गुणस्तरहिन खान खुवाएर पैसा समेत लिने, काम गर्दा नियम अनुसार आराम गर्ने समय नदिने, अत्याधुनिक मेसिनमा काम गर्दा ज्ञानको अभावले बिग्रिएमा तलबमा काट्ने,बढी भन्दा बढी उत्पादनको लागि दबाब दिने, अमानबिय व्यवहार गरि मानसिक पिडा भोग्न बाध्य बनाउने, काम गर्दा गर्दै दुर्घटना हुँदा खर्च कामदारले नै व्यहोर्नु पर्ने, सुरक्षित उपकरणको उपलब्ध नगरिदिने जस्ता अनेकौ समस्या इ पि एस बाट आएका कामदारले भोग्दै आउनु परेको अवस्था हो ।

द. कोरियामा कामदारले सबैभन्दा पहिला आफुले भोग्नु परेको समस्याको उचित निवारण कहाँ बाट हुन्छ अथवा बिना समस्या कोरिया बसाई  अबधि सुरक्षित गर्न के गर्नु पर्छ कुरामा ध्यान दिनु जरुरि हुन्छ | कोरियामा  हरेक कम्पनि मालिकले कोरियाको  छोटो इतिहासमा तिब्र बिकासको पाठ सिक्दै आफु पनि छिटो भन्दा छिटो मुनाफा आर्जन गरि कम्पनि विस्तार गर्दै धनि बन्ने सपना देखेको हुन्छ | जसको सिकारमा बिदेशी कामदार परेका छन् |
           जसरी कोरियन मालिकले कामदारलाई प्रयोग गरेर ठुलो उद्योगपति बन्ने चाहना राख्छ त्यसरीनै कामदारले  कोरियामा पैसा मात्र कमाउने मानसिकता बाट माथि उठेर "आत्मसम्मानका साथ कोरियामा समान ब्यबहार" को नीति अवलम्बन गरि आवश्यक नीतिनियम तथा भाषाको ज्ञान हुनु जरुरि हुन्छ | हाजिर लगाएर तलब पकाउने  नेपालको जागिरे  कुप्रथाबाट प्रभावित नेपाली मानसपटलमा भूतको कथा जस्तो लाग्ने कोरियाको प्रगति र बिकाश पचाउन  गार्हो पर्छ | दिन रात काम गरेर छोटो अवधीमा बिकाशको छुटै नमुना देखाउने कोरियाको तिब्र बिकाश गाउँ जाँदा बच्चालाई सुनाउने कथा मात्रै हैन यहाँको बिकाशको पाठसंगै  आदर सम्मान, मेहनत शिष्टता अनुशासन,लगनसिल तथा सिप र कलाको सिको गरेर ब्यबहारमा उतार्न सक्ने दख्खल मानसिकता बोकेर फर्कनु नै कोरियामा काम गरेर फर्केका नेपालीको परिचय हुन जान्छ | कोरिया आएका नेपालीबाट नेपाल राज्यले पनि धेरै अपेक्षा गरेको हुनु पर्छ  रित्तो हात फर्के पनि समाजले धेरै नै आशा गरेको हुन्छ | जुन यहाँ सिकेका कुरा स्वदेशमा लागू गर्न सक्नु पर्छ |   सबै नेपाली बाट त्यो सम्भव हुन नसक्ला, कतिपय नेपाली कामदारले कोरियामा आफ्नै कारणले समस्या भित्र्याउने गरेका छन् |

नेपालमा  दक्षिण कोरियाको कम्पनीमा भएको टेक्नोलोजी देख्न  र सिक्न पाएका हुदैनन् नेपालीले | अवसर पाउदा पनि जान्न र सिक्न नखोज्नु नेपालीको कमजोरी हो | काममा ढिला सुस्ती गर्ने नेपालीको बानी नै परेको छ | कोरियाको सभ्यता संस्कार र रितिरिवाजको जानकारी नहुदा कोरियनसंगको व्यवहारमा मेल नहुनुले कोरियनले  नकारात्मक दृस्टी कोणले हेर्ने गरेको पाइएको छ | काम गर्दा आफु भन्दा ठुलोले भनेको नमान्ने काममा लापर्वाई गर्ने, एउटा काम  सिकाउदा अर्को काम गरिदिने, नियम बिपरित आफु खुसी काम  काम गरि बिगार्दा पनि आफै ठुलो बनेर कुतर्क गर्ने वा झगडा गर्न खोज्ने, तलब लिएको समयमा पनि काममा ठगि बरालिने जस्ता कारणले नेपालीहरुमा  कोरियन कम्पनि मालिकको बिस्वाश घट्दै गएको छ | विभिन्न संस्थाको प्रतिनिधि लगायत नेपाल सरकारको सरोकार वालाको अनुरोधमा कोरियन सरकारले नेपालको अवस्था र नेपाली बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न नेपाली कामदारको संख्या वृद्धि गर्ने निर्णय गरेतापनि कम्पनि मालिकले नेपाली कामदारलाई स्वीकार्न छाडी सकेको कुरा काम छाडेर कामको खोजीमा बस्ने नेपालीहरुको अनुभवले नै बताउछ |कतिपय नेपालीहरु पैसा बचाउनको लागि आवश्यक ज्ञान र सिप सिक्नको लागि पनि हिच्किचाउने गरेको पाइन्छ |जसको परिणाम थोरै लोभले गर्दा ठुलो नोक्सानी बेहोर्न पुग्छन | भाषा र नियमको जानकारी राख्ने कामदारले कम्पनि मालिकबाट ठगिने सम्भावना कम हुन्छ | भाषा र नियमको जानकारी राख्नको लागि कोरियन सरकारले विभिन्न क्षेत्रमा श्रमिक सहयोग केन्द्रको स्थापना गरेको छ | धार्मिक संक्रिनता नराख्ने हो भने विभिन्न चर्चहरुले पनि भाषा र नियमको जानकारी दिने गरेका छन् |  अन्तरास्ट्रिय श्रम संगठन ( ILO ) को नियम अन्तर्गत रहेर काम गर्नु पाउनु पर्ने संसारभरको नियम भन्दा फरक छैन कोरियाको श्रम ऐन | हरेक कामदारले अन्याय पाएको बेला न्यायको निम्ति सम्बन्धित निकायको  ढोका सम्म धाउन सक्ने सक्षम र सचेत हुनुपर्छ  हरेक  नेपाली |
कामदारले तालिम अवधिमा नै आवश्यक पर्ने श्रमिक सहयोग केन्द्र (labour help center ) को बारेमा जानकारी पाई सकेको  हुन्छ | कुनै पनि बेला आवश्यक पर्ने त्यस्ता सहयोग केन्द्रसंग सम्पर्कमा रहेर आफुले पाउनु पर्ने अधिकारको सुरक्षित गर्न सक्ने ब्याक्ति सचेत कामदार हो | कुनै पनि समस्या आइ परेमा सम्बन्धित निकायमा गएर भन्न सकोस भनेर नै भाषा परीक्षा उतिर्ण गर्नु परेको हो | कम्पनि मालिकले  सरकारको नियम बिपरित कामदारबाट  फाइदा लिएमा कोरियन श्रम विभागमा उजुरी गर्ने हो भने कम्पनि मालिकले ठुलो नोक्सानी बोहोर्नु पर्ने हुन्छ | त्यसैले कामदारलाई अन्याय परेको खण्डमा सम्बन्धित निकायसम्म गुनासो पोख्न सक्ने भएमा अनावश्यक  समस्या झेल्नु  पर्दैन | कामदारले नियम कानुनको कुरा नजान्ने र जाने  पनि भन्न नसक्ने कमजोरीको फाइदा उठाउदै कम्पनि मालिकले कामदार माथि श्रम सोषण गर्छ  भन्ने कुरा बुझेर आफुलाई कानुनी कुरा र भाषामा सवल बनाउदै लैजानु जरुरि  छ |

नेपालीको सेवा सुरक्षा र हकहितको लागि नेपाल सरकरले कोरियामा नेपाली राजदुताबास को स्थापना गरेको हो | कामदारको कार्यस्थलसम्म  पुग्न राजदुताबासको कर्मचारीले नभ्याउन सक्लान , आवश्यक पर्दा कामदार आफैले राजदुताबासबाट सहयोग लिन पछी पर्नु हुदैन | द. कोरियामा
गैर आवासीय नेपाली संघ ( NRN ),  नेपाल सम्पर्क समिति (NCC )  नेपाल पत्रकार महासंघ, मानब अधिकार बादी संघ, नेपालका जिल्लै पिच्छेका सम्पर्क समितिह,रु पार्टी पिच्छेका भात्री संगठनहरु धर्म पिच्छेका समुहहरु लगायत विभिन्न संस्थाहरुका पदाधिकारीहरु  पद प्राप्ति पछि नाक फुलाएर अथिति ग्रहण गर्दै बस्नको  लागि  मात्र नभई आवश्यक  परेको स्थानमा नेपालीको सहयोग गर्न तत्पर रहने छन् भन्ने कुरामा हामी सबै कोरियामा रहेका नेपालीले बिश्वास गर्नु पर्दछ |

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork