?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

दोहोरो नागरिकता र राज्यविहीनताका कुरा
   सूर्यनाथ उपाध्याय
 

नागरिकताका बारेमा केही चर्चित व्यक्तिहरूबाट एउटा संयुक्त विज्ञप्तिजस्तो बहस भनिएको अपिल कान्तिपुर दैनिकमा मंसिर २ को अंकमा प्रकाशन भएको देखियो । उक्त अपिलमा मूलतः संविधानसभाको उच्चस्तरीय कार्यदलले नागरिकताका विषयमा प्रस्ताव गरेको प्रावधानका बारेमा विश्लेषण गरेर त्यो मानवअधिकार विरोधीले नेपालको अन्तर्राष्ट्रिय दायित्वसित मेल नखाने मात्र होइन, त्यसबाट बालबालिका राज्यविहीन हुने चिन्ता प्रकट गर्दै यसलाई महिला र पुरुषबीच समानताका दृष्टिले उदार बनाउनुपर्छ भन्ने वकालत गरिएको छ । उहाँहरूको मुख्य भनाइ सारअनुसार -
(क) जुनसुकै नेपाली महिलाले जुनसुकै देशमा गएर वा नेपालमै वा विदेशमा बसेर पनि जोकोही विदेशीसितको सम्पर्कले बच्चा जन्माउँछन् भने त्यो बच्चा बाबुको सोधखोजबिना नेपालको जन्मसिद्ध नागरिक हुन पाउनुपर्छ ।

(ख) नेपाली महिलाले विवाह गरेको कुनै पनि पुरुष उसको देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि अंगीकृत नेपाली नागरिक हुन पाउनुपर्छ ।

अपिलको विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिले नागरिकतालाई जन्मसिद्ध र अंगीकृत गरी दुई भागमा विभाजन गर्ने कि नगर्ने भन्ने प्रश्न उपस्थित हुन्छ । कुनै पनि नागरिकताले व्यक्तिको एउटा विशेष अवस्था जनाउँछ जुन अवस्थाले उसको इतिहास, भूगोल, प्रतिबद्धता र एउटा छुट्टै पहिचान स्थापित गर्छ । त्यो पहिचानभित्र त्यस्तो व्यक्तिको संस्कार, रीतिथिति, भाषा, बानीव्यवहार र इतिहास बोलिरहेको हुन्छ । यो स्थितिले एउटा खास किसिमको संस्कारलाई बोध गर्ने हुनाले त्यसको निरन्तरताको आवश्यकता बोध गर्ने कि नगर्ने भन्ने कुरा नै सबैभन्दा पहिलो विषय हो । नेपालले नेपालीत्वको निरन्तरताका लागि नै सन्तान दरसन्तानमा त्यस्तो संस्कारको निरन्तरता खोज्नु मानव इतिहासको बिल्कुलै स्वाभाविक प्रवृत्ति हो । यसैकारणले नेपालीका सन्तानलाई नेपालको नागरिकता दिइन्छ उसले पाउँछ पनि । त्यसैले नेपाली आमा र बाबुका सन्तानले नेपालको जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्नु बिल्कुलै स्वाभाविक कुरा हो ।

नागरिकताका विषयमा अपनाइएका जन्म र वंशका दुई आधारहरूमा वंशका आधारमा नागरिकता दिने र त्यसलाई प्राथमिक स्थानमा राख्ने कुरा नेपालका मानवअधिकारसम्बन्धी कुनै पनि अन्तर्राष्ट्रिय वा राष्ट्रिय प्रतिबद्धताविपरीत हुँदैन । त्यसपछि, नेपाली नागरिक र विदेशीबीचको समागमबाट जन्मेको सन्तानका हकमा के हुने भन्ने कुरा आउँछ ।

यस कुरालाई बुझ्न पहिलो कुरा त्यस्तो विदेशीको अवस्था के हुन्छ भन्नेतर्फ लागौं । नागरिकता र विवाह यी दुईवटा बेग्लाबेग्लै स्थिति हुन् । विवाहका कारणले जोसित विवाह भएको छ त्यस देशको नागरिकता स्वतः पाउने भन्ने कुरा आउँदैन, कुनै पनि मान्यता प्राप्त सिद्धान्तले त्यसलाई स्विकार्न सक्दैन । त्यसैले नेपालको नागरिकले विदेशीसित विवाह गरेमा त्यस्तो नेपाली नागरिकले आफ्नो पति वा पत्नीलाई आफूसँगै नेपालमै स्थायी बसोबास गरी राख्ने भएमा सुविधाका दृष्टिले ती विदेशीलाई पनि केही सर्त राखेर मात्र अंगीकृत अर्थात् पछि प्राप्त गरेको भनेर जनिने नागरिकता दिन सकिन्छ । त्यसका लागि उसले आफ्नो पूर्वनागरिकता त्याग्ने र नेपालमा स्थायी बसोबास गर्नु आवश्यक हुन्छ किनभने नागरिकताले सम्बन्धित देशसितको विशेष सम्बन्ध र प्रतिबद्धता जनाउँछ तथा केही उत्तरदायित्व पनि आउँछ । नागरिकताको परिवर्तनले मानिसको सामाजिक, राजनीतिक र कानुनी हैसियत र उसको प्रतिबद्धता र उत्तरदायित्व पनि परिवर्तन हुन्छ । एउटा देश, भूगोल, संस्कृति, संस्कार र प्रवृत्तिबाट अर्कै हैसियत र प्रतिबद्धतामा परिवर्तन हुने हुँदा यस्तो विषयमा केही कडा सर्तहरू राखिनु कुनै नौलो कुरा होइन । नेपालले त झन् यस विषयमा कडा हुनैपर्‍यो । हाम्रो साधनस्रोतको तुलनामा जनसंख्या बढिरहेको छ र त्यसमा पनि विश्वका दुई ज्यादै ठूलो जनसंख्या भएका देशबीच हामी छौं । आफूलाई जोगाउन यो आवश्यक छ । हामीले अमेरिकाले जस्तो डीभी दिएर मानिस भित्र्याएर नागरिक बनाउन सक्दैनौं न त क्यानडा वा न्युजिल्यान्डजस्तो माइग्रेसनको सुविधा नै दिन सक्छौं । यसो भनेर हामीले संसारसामु लाज मान्ने कुरा छैन । कुन देशले आफ्नो स्वार्थ हेर्दैन ? यही कारणले नेपाली महिलासित विवाह गर्ने विदेशी पुरुषका हकमा १५ वर्षको स्थायी बसोबासको प्रबन्ध राखिएको हुनुपर्छ ।

यसै सन्दर्भमा, नेपाली पुरुषहरूले विदेशी महिलासित विवाह गरेको छ भने त्यस्ती महिलाका हकमा स्थायी बसोबासको बन्देज नभई अर्को देशको नागरिकता त्याग्नु नै पर्याप्त मानिएको छ । यो व्यवस्था विशेष गरेर हाम्रो सामाजिक, आर्थिक संरचनाले गर्दा महिलाका हकमा गरिएको एउटा विशेष सहुलियतको विषय हो । जतिसुकै समानताका कुरा गरे पनि जे वास्तविकता छ त्यसलाई नकारेर हामी कानुन बनाउन सक्दैनौं । त्यस्तो कानुन बनि नै हाल्यो भने पनि त्यो अव्यावहारिक हुन्छ र त्यसले अनेकौं विकृति ल्याउँछ । हाम्रो समाज अझै पनि पितृसत्तात्मक रहेको र सोही आधारमा सामाजिक र सांस्कृतिक संरचना निर्माण भएको यथार्थ हो । हाम्रो र धेरै अन्यको संस्कारमा पनि छोरीहरू विवाहपश्चात् श्रीमान्का घरमा गएर बस्छन् र पुरुषबाटै वंशको सुरुवात भएको मानिन्छ । अपिलकर्ता महोदयलगायत हामी सबैका हकमा यो लागू भएको छ । भोलिको संसार के होला हामी अहिल्यै भन्न सक्दैनौं । तर वर्तमान अवस्थामा यस्तो छ र यसैलाई ध्यानमा राखेर संविधानसभामा बहुमतले सभासदहरूले त्यस्तो प्रावधान राखेको हुनुपर्छ जसलाई अन्यथा भन्न मिल्दैन ।

अब रह्यो, नेपाली महिला र विदेशी पुरुषबीच भएको समागमबाट जन्मेको बच्चा राज्यविहीन हुन्छ कि भन्ने चिन्ता । सबैभन्दा पहिले राज्यविहीनता भनेको के हो ? कुनै पनि बच्चाले कुनै पनि देशको नागरिकता पाउने हैसियत राख्दैन भने त्यसबाट राज्यविहीनताको स्थिति उत्पन्न हुन्छ । कुनै व्यक्तिले आफूले नागरिकता पाउने नैसर्गिक हैसियत राखेको राज्यको नागरिकता नलिई वा त्यसका लागि प्रयास नै नगरी अर्को राज्यले मलाई नागरिकता देओस् भन्ने चाहने र नपाउने अवस्थालाई राज्यविहीनताको स्थिति मानिँदैन । मैले जानेसम्म बाबुको वंशजका आधारमा नागरिकता नदिने मुलुक छैन । विदेशीसँग विवाह गर्ने महिलाले बाबुको मुलुकको नागरिकता स्वतः प्राप्त गर्छे । सर्वप्रथम यो तथ्य बुझ्नु जरुरी छ । नेपाली नागरिक महिला र विदेशी पुरुषबीचको समागमबाट जन्मेका बच्चा राज्यविहीन हुने अवस्था आउँदैन । पहिलो कुरा त बाबुको देशको नागरिकताले त्यसको ठेगान लाग्छ । नेपालको वर्तमानकै कानुनको कुरा गर्ने हो भने पनि यदि त्यो बालबालिका नेपालमै जन्मेको हो र ऊ नेपालमै स्थायी बसोबास गरेको हो र बाबुका नामबाट नागरिकता भने लिएको छैन भने अंगीकृत नागरिकता पाउने हैसियत राख्छ । विशेष समितिबाट प्रस्तावित मस्यौदामा पनि त्यही कुरा छ । अपिलकर्ताहरूको धारणालाई स्वीकार गर्ने हो भने त्यस्तो बालकले दोहोरो नागरिकता पाउने हुन्छ । दोहोरो नागरिकता प्राप्त गर्नु र राज्यविहीन हुनु फरकफरक कुरा हो ।

नेपाली महिला र विदेशी पुरुषबीचको समागमबाट विदेशमा जन्मेका नेपाली बालबालिका विभिन्न कारणवश आमाको बाध्यतावश नेपालमा आएर स्यायी रूपले बसोबास गर्छ भने प्रमाणसहितको त्यस्तो कारण जनाएर अंगीकृत दिन र पाउनमा वर्तमान कानुनले कुनै बन्देज लगाएको छैन । बाबुको ठेगान नलागेका तर नेपालमै स्यायी बसोबास गरेका नेपाली महिलाका सन्तानहरूले पनि आमाका नामबाट पनि सोही कुराको प्रमाण पुर्‍याई अंगीकृत नागरिकता पाउन सक्छन् । यो पनि विवादको विषय छैन, समस्या पनि छैन । अनाहकमा नभएको नरहेको कुरालाई ठूलो कुरा बनाएर राज्यविहीन हुने भयो भनी कोकोहोलो मच्चाउने काम विदेशी निकायले गरेका छन् । स्थानीय यूएनएचसीआरले यस विषयमा सरकारलाई दबाब दिएको कुरा सबैले बुझेका छन् ।

नागरिकताकै सिलसिलामा छिमेकी देशबाट यस देशमा आउने, बस्ने, व्यापार गर्ने र नागरिकता लिने वा त्यस्तालाई नागरिकता ऐन र संविधान नै भए पनि संशोधन गरेर जसरी पनि नागरिकता दिने कुरा भइरहेको सबै नेपालीले बुझेकै कुरा हो । त्यस विषयमा सरकारले रेकर्ड राख्ने, जन्मदर्तालाई तल्लो तहमा व्यवस्थित गर्ने छिमेकीसित सिमानाको नियमनका लागि वार्ता गर्ने भन्नेजस्ता सदावहार सुझावहरू पनि छन् । के त्यो त्यति सजिलो छ ? के त्यो हामीले मात्र गरेर रोकिन्छ ? दुवै देशका नागरिकका लागि अनियन्त्रित खुला सिमाना र बसोबास तथा व्यापार र उद्योगका हकमा पारस्परिकताका नाममा हामीले भोग्नुपरेको असमानता यो सदावहार सुझाव ले सजिलै हटाउन सक्ला ? दुवै देशको खुला सिमाना समेतबाट सिर्जित विशेष सम्बन्ध लाई पटकपटक दोहोर्‍याई तेहर्‍याई मात्र होइन, त्यसलाई अझ सुदृढ बनाउनमै जोड दिने मात्र होइन, त्यो नै हाम्रो सम्बन्धको गौरव हो भनेर नथाक्ने भारतीय नीतिकारहरूको रणनीति सबैले बुझेकै कुरो हो । बरु, अपिलकर्ता महोदयहरूबाट नेपाली जनता र राष्ट्रको दीर्घकालीन हित विचार गरी त्यस्तो खुला व्यवस्था नियमनका लागि सशक्त आवाज उठाए कसो होला ?

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork