?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

राष्ट्रप्रेमी स्व.डा.हर्क गुरुङ्गको सच्चा श्रद्धान्जली एउटा पुण्यकर्मद्वारा
   चङ्ग कुमार गुरुङ
 

आदरणीय महानुभाव गण डा. हर्क गुरुङ को थिए?के थिए? के गर्थे? कसरी गर्थे ? के सोच्थे ? के बोल्थे ? यी आदि बारे जति लेखे पनि कमै हुन्छ .अथवा डा, हर्क देश विदेश जताततै चिनिएका महान व्यक्तित्व थिए घाम जुन जस्तै . नेपाली आकाशको नक्षत्र .त्यसैले यहाँ उनको बारे लेख्नु भन्दा राष्ट्रप्रेमी डा. हर्क गुरुङ को सच्चा श्रद्धान्जली अर्पण गर्न एउटा पुण्य कार्यद्वारा गर्न सकिए अथवा डा. हर्कको स्वप्ना (गरिब नानीहरुलाई नि:शुल्क पढाई दिने ) लाई विपनामा बदल्न सकिए मात्र नै उहाँलाई साँचो अर्थमा बुझेको हुनेछौ भनि यहाँ महानुभावगण समक्ष बिन्ति बिसाउन खोजिएको हो .

निश्चितरुपमा आफ्नो जनतालाई   उचित शिक्षा प्रदान गरि उनीहरुलाई सचेत नागरिक  बनाई राष्ट्रिय विकासको मूलधारमा ल्यानुपर्ने दायित्व राज्यको हो . यद्यपि जनतालाई   सुशिक्षित बनाउनुको साटो सामन्ती ,केन्द्रिकृत र एकाधिकारबादी राज्यसत्ताले जात-जाति, भाषा ,धर्म ,संस्कृति , लिङ्ग , क्षेत्र  आदिका  आधारमा दमनकारी , शोषण  र विभेदकारी  नीति  अबलम्बन  गर्दै आएका कारण जनता जनता  बिचको स्तर  र सम्बन्धको दुरी अझै  टाढीएको  स्थितिमा नै छ  . बिशेषत:  आदिबासी जनजाती,दलित , महिला र केहि क्षेत्रका  जनताको सामाजिक ,आर्थिक ,शैक्षिक र धार्मिक अवस्था बडो दयनीय  अबस्थामा  छन्  . राम्ररी पेटभरी एक छाक खाना खान नपाई पटुकाले पेट बाँधी बाँच्न बाध्य भएका जनताले आफ्नै पौरखले शिक्षा हाँसिल गर्नु भनेको आकाशको फल टिप्नुसरीको कुरा  हो  . भोको पेटले कुन  दर्शन  बुझ्न  सकिन्छ र ? महापुरुष डा.हर्क भन्छन, अधिकतम  जनजाती हरु पछाडी पर्नुको कारण अज्ञानता हो र अज्ञानता रहनुको कारण शिक्षाको अभावले हो र अशिक्षित हुनुको कारण हो गरीबी .  यस्ता अवस्थाका जनताबाट राज्यले कस्तो अपेक्षा गर्न सकिन्छ र ? राष्ट्रप्रेमी डा.हर्क अघि लेख्छन-साधन बिपन्नले हक उपभोग गर्न सक्दैनन् र शक्ति विहिनले अधिकार उपभोग गर्न पाउदैनन . हक उपभोग गर्नलाई क्षमता र अवसर चाहिन्छ जसबाट जनजातीहरु बंचित छन् . यिनीहरु अहिलेकै जस्तो अशिक्षित, उत्पीडित रहनु भनेको  देशको १/३ भन्दा बढी मानब संसाधन पक्षघाट भै राज्यशक्ति नै कमजोर हुनुहो . विगतको राज्य व्यवस्थाले नै निर्माण गरेको हो यो वर्तमान अवस्था र वर्तमानको राज्यव्यवस्थाले नै भविष्यको निर्माण गर्नेछ .  त्यसो  भएतापनि मातृभूमि प्रतिको  मायाले  अभिप्रेरित  भइ  प्रवासमै सहि केहि कमाउने ठाँउमा रहेका हामी  प्रवासीहरुको मनमा  एउटा सोंच पलायो कि - ठूला- ठूला काम गर्न ठूलै दिमाग , ठूलै समय अथवा ठूलै अवसर , ठूलै ठाउँ अथवा ठूलै दर्जा र ठूलै  सम्पत्ति  आदि  चाहिन्छन नै  . र यी हैसियत सबै सित छैनन् पनि . तर सानो र राम्रो काम त सबैले गर्न सकिन्छ नि  . जसको निम्ति हैसियत भन्दा पनि असल मन भए पुग्छ  . यदि हामी सबैका असल मनहरु मिलेर आफ्नो जन्म भुमिमा कुनै एउटा सानो र असल कामको सिर्जना गर्न सक्यौं  भने त्यो काम पूर्ण सफल  पनि  हुन  सक्छ  .  यहि सोंचलाई  व्यवहारिक रुप दिन यस  नेपाल आदिवासी  जनजाती  महासंघ  गणतन्त्र  कोरियाले  केन्द्रिकृत राज्यले श्रोतको बांडफांड र पहुँच  (human-touch)  पुर्याउन नसकेको  डोल्पा जस्तो  अति  सिमान्तकृत  क्षेत्रका अति सिमान्तकृत  डोल्पो जातिका तिन ३ जना बाल-बालिकाहरुलाई  काठमाडौँ  वा  पोखरा को राम्रो आवाशीय विद्यालयमा १० कक्षासम्म नि:शुल्क  पढाई दिन भनि  सम्पट  कसेको  छ   . थोरै  भएपनि शिक्षा हाँसिल गरिसकेपछि ती नानीहरुले प्राप्त गरेका ज्ञान -ज्योतिले  आफ्नो  घर , परिवार,  टोल ,  समाज अथवा एउटा सानो क्षेत्रमा नै सही अज्ञानताको अँध्यारो चिर्नेछ्न  .  अन्तत:  त्यस ज्योतिले  सिङ्गो  मुलुक एवं विश्व मानब समुदायलाई समेत बाटो देखाउने छ . अझै यसो भनौं   हाम्रो सानो  सहयोगले कसैको  भलो  हुनजान्छ र त्यसको प्रतिफल मुलुक लगायत  विश्वजगतले समेत प्राप्त गर्न सक्छ भने कुनै पनि  कोण  बाट हेर्दा यो काम असल मात्र नभई महान कार्य पनि हुन सक्छ .

डोल्पाकै अनि बालबालिकाहरु नै किन ?
यस सन्दर्भमा केहि लेख्नु अघि डोल्पाको भौगोलिक अवस्था र डोल्पावासिहरुको आर्थिक अवस्था तथा उनीहरुको जीवन कति कस्टकर रहेछ भनेर जानकारीका लागि कर्ण शाक्यज्युको थोरै हरफहरु सापट लिई राखिएका छन . --"डोल्पावासीहरु कति गरिब रहेछन् -- गुफा जस्तो ढुंगे घरमा बस्ने, जहाँ भर्यांग छैन र झ्याल हुदैन, ढोका पनि बल्ल बल्ल छिर्न सकिने मात्र . भित्रै सम्म अँध्यारो,विहान-बेलुकाको खाना आलु र फापर मात्र . अरु खाने कुरा केहि छैन . भीरबाट याक खसेर मर्दा गाउँलेहरु त्यसको मासु भागबन्डा गरेर लिने-- . त्यस्तो घटनालाई उनीहरु दशैंको चाडजस्तै मनाउथे, रमाइलो गर्थे . एक टुक्रा मासु पनि चपाईं चपाईं खान्थे . मासुको टुक्रालाई धेरै बेरसम्म जिभ्रोले खेलाउदै स्वाद लिई रहन्थे . डोल्पाको निम्नतल धरातल १०/१२ हजार फिटको उँचाईमा रहेको हुँदा ९० % भूभागमा रुख र झारपात उम्रन पनि धेरै समय लाग्छ . दाउरा नभएका कारण घाँस , झ्याउ र स-साना जङ्गली वुटा , फूलका बिरुवा उखेली सुकाएर बाल्छन् . स्मरण होस् डोल्पा जिल्ला कर्णाली अंचलमा पर्दछ र कर्णाली अंचल त्यस्तो क्षेत्र हो जहाँका अधिकतम जनताहरु विश्व खाद्यसंस्थाको सहयोग बिना जिउन कठिन छ . शाक्य ज्युकै शब्दमा -... उनीहरु गरिबीको रेखामुनी जनावरको जस्तो जिन्दगी.. . अब डोल्पाकै किन त ? भनेर बुझ्न माथिका हरफहरु बाट नै स्पस्ट हुन सकिन्छ . त्यसै गरि आजकी बालिका (छोरी) भोलि अर्को घरकी श्रीमती , बुहारी , नन्द/अमाजु, आमा , सासु र हजुर आमा बन्नेछिन् . र त्यस एउटी शिक्षित नारीले घर परिवार , समाजलाई नै शिक्षित , सचेत र सफल बनाउन अहम भूमिका निर्वाह गर्ने भएकोले नै विशेषत: बालिकाहरुलाई प्राथमिकता दिइएका हुन् .

सोच आउनुको कारण ?       
विश्वमा कहिन कहिँ असलमन भएका व्यक्ति तथा व्यक्तिसमुहले अर्को व्यक्ति तथा व्यक्तिसमुहलाई अथवा  अर्को मुलुक एवं विश्वको नै भलो हुने खालका कार्ययोजना बनाइरहेका हुन्छन्.त्यसै गरि यस नेपाल  आदिवासी जनजाती महासंघ गणतन्त्र कोरियाले पनि देश र देशबासी , जसलाई मायालु मन र  सहयोगी   हात हरुको खाँचो छ ,का निम्ति तत्कालिन र  दिर्घकालिन रुपमा केहि  गर्नु  पर्छ  भन्ने  उद्देश्य  र  लक्ष्य  बनाइरहेको घडीमा  डा. हर्क को  श्रद्धान्जली  - तमु मुखपत्रमा  बिबिध  क्षेत्रका  विख्यातविद,  विद्वान  तथा व्यक्तिहरुको  श्रद्धान्जलीरुपी  लेखहरु  मध्ये  वरिष्ठ  पत्रकार भैरब रिसाल ज्युको डा . गुरुंगको  दुइवटा  ऋण तिर्न बाँकि  शिर्षकमा  लेखिएका  बोलीहरु - ए भैरब जी ! हुम्लाका तामांग  जातिका २ जना (१ केटा/१ केटी)   लाई यस   खाल्डोमा कुनै आवाशीय बिद्यालयमा नि:शुल्क पढाउन मान्छे खोज्नु होस्  न .   त्यहाँका  तामांग  जाति  सारै  पछी  परयो . हुम्ला जस्तो  पछि  परेको  र विघ्नै   दुर्गम  ठाउँका ,  त्यसमा  पनि तामांगको केटा केटीलाई नि:शुल्क पढाई दिएकोमा ....., सम न्यायको सानो ढोकाको फक्लेतो पनि उघ्रने . तर डा. हर्क गैगए .लौन हो! डा. हर्कको  सच्चा क्रियात्मक श्रद्धान्जलीका निम्ति सम्पट कसौं. यी बोलीले नै मन र मस्तिस्क छुन पुगे . यो कर्म महत्व पूर्ण र गर्न पनि सकिने . अथवा एउतै  पुण्यकर्म द्वारा एकातिर पिडित नानीहरुको सहयोग हुने र अर्को तिर जनजाती र राष्ट्रकै अभिभावकको सच्चा क्रियात्मक श्रद्धान्जली पनि हुने अठोट गरि तुरुन्तै   २००८/१२/२८ का दिन नेपालीहरुलाई अति माया गर्नु हुने नेपालीकी आमा छाबिए चिबकी आमा लि क्युम ह्युन सित कुनै दाता खोजिदिन अनुरोध गरिंदा तुरुन्तै त्यस्ता बाल बालिकाहरुका कागज पत्र मगाउने सल्लाह अनुसार नेपाल आदिबासी जनजाती महासंघ नेपालका भू.पु. महासचिब तथा नेपाल आदिबासी जनजाती महासंघ द. कोरियाका विशेष सल्लाहकार प्रा.डा.ओम गुरुङज्यू मार्फत नेपाल आदिबासी जनजाती महासंघ केन्द्रीय कार्यालयलाई त्यस्ता २ नानीहरु खोजि उनीहरुको कागजात पठाईदिनुहुन अनुरोध गरियो .तर कार्यव्यस्तता र हुम्लाजस्तो विकट ठाउं पुग्न तथा नानीहरु खोज्न गाह्रो भएको खबर सहित हुम्ला जस्तै विकट ठाउं डोल्पाका नानीहरुको कागजात धेरै समयपछि मात्र प्राप्त हुन् आयो . यहाँ बीचमा खर्च सम्बन्धि नेपालबाट प्राप्त खबर अनुसारको विवरण सुन्नु भएपछी अचानक आमाले सो कार्यको निम्ति दाताहरुले नसकिने निरासाजनक खबर बताउनु भयो/ माग्ने मनमा कता कता एक किसिमको गहिरो पीडाले चिमोटिरह्यो .फेरी पनि दयालु दाताहरुको खोजीमा अन्य गुम्बाहरुमा हात फैलाउन धाईरहियो . ठुलो आशा र विश्वास दिलाईएका ति गुम्बा हरुबाट पनि अन्तमा लगभग ९ महिना पछि आएर नसकिने जनाईएपछि त जसरि हिमसागरको किनारमा धेरै दिनदेखि त्यहाँका चाँदी र हिराले बनेका जस्ता ,विहान र साँझपखमा सूर्यको किरणले रंगिएका र उज्यालिएका  ति मनमोहक अनि सुन्दर टापू-टाकुरा ,थुम्का र विभिन्न रुप र आकृतिका अलौकिक दृश्यावलोकन गर्दै स्वर्गानुभुति गरिरहेको एउटा यात्रीको मनमा , अचानक तिन दिशाबाट बहदै आएको तातो हावाको झोंक्ले  केहिक्षण मै ति सुन्दर र मनमोहक प्राकृतिक स्वरूप आकारविहीन तरलरूप बनाईएको देख्दा त्यो संसार एकदम उजाड, बिरक्त, उराठ लागेझै हतासिन पुग्छ . कारण हरु जे जस्ता भए पनि यस सन्दर्भमा स्वाभिमानी डा. हर्ककै वाणी- जब आफुमा ल्याकत र ताकत छ भने आफ्नो निधारमा अर्काको हातले भाग्य लेख्नु दिनु हुदैन, भन्ने सम्झना आयो,त्यस पछि तुरुन्तै एउटा संयोजक समिती गठन गरि ति तिन जना नानीबाबुहरुलाई पढाई दिन भनि एउटा शैक्षिक छात्रवृत्ति कोष स्थापनार्थ २०१०/०९/२१ का दिन चिट्ठा कार्यक्रमको आयोजना गरि कोरियन वन ४०,७१,३०० (चालिस लाख एकहत्तर हजार तिन सय वन ) जम्मा गरियो . अझै  कोष  वृद्धि गराउने धेयले यस छात्रवृत्ति कोष स्थापनार्थ गठित संयोजक समिति, कार्यसमितिका सदस्य महानुभावहरु र अन्य महानुभावहरु बाट गरि २०११/०२/०६ सम्ममा ३९,५७,५३० कोरियन वन संकलन भैसकेको छ . अर्थात् सबै गरि ८०,२८,८३० वन संकलन भैसकेको छ ।

खर्च कति ?
वास्तबमा नर्सरी देखि कक्षा१० सम्म सामान्यत:१३ वर्ष सम्म होस्टेल,ट्युसन , लत्ताकपडा ,किताब-कपि कलम आदि, घर आवत जावत (हवाई मार्ग), औषधिमुलो, हेरचाह गर्ने आदि इत्यादी खर्चको हिदाब किताब गर्दा कम्तिमा पनि मासिक १०००० (दश हजार रुपयाँ ) को दरले ५० लाखको वरिपरी पुग्दोरहेछ . यहाँ यस पबित्र कार्यमा जुटेका मध्येका सदस्यहरु ९०% गैरकानुनी बसाइमा भएको हुँदा समस्या आउँन सक्ने देखिएको हुनाले यति खर्च जुटाउन थुप्रै असल मनहरु मिलेमा असम्भव र गाह्रो पनि छैन भनि विश्वास पालिएको छ ।

स्रोत कसरि जुटाउने त?
चिठ्ठा कार्यक्रम , सांस्कृतिक कार्यक्रम, चन्दा संकलन , नियमित रुपमा मासिक तथा बार्षिक रुपमा आर्थिक सहयोग र अन्य कार्यक्रम ।

भावि योजनाहरु?
सुरुमा ३ जना नानिबाबुहरुलाई मात्र पढाई दिन सकिए मात्र एउटा असल कार्यको ढोका खोल्न जाने छ . जसको फल स्वरूप बिस्तारै जुम्ला लगाएत अन्य जिल्लाहरुबाट त्यस्तै अबस्थाका बालबालिकाहरुले  शिक्षाको ज्योति प्राप्तगर्न सहज र सरल हुदै जाने छ .अझै पवित्र मनहरु र सहयोगी हातहरु प्राप्त गर्दै गएमा आदिबासी जनजातिहरु जस्तै गरिब,अशिक्षित ,उत्पीडित गैर जनजातिका बालबालिकाहरुलाई समेत पढाई दिंदै जाने सोंच गरेको छ . अथवा यसो भनिहाल्दा उत्ताउलोजस्तो नसंझिदिनु भए , अन्तमा नेपाल आदिवासी जनजाती महासंघ गणतन्त्र कोरियाले नि:शुल्क आवाशीय बिद्यालय नै संचालन गर्ने छ ।

छात्रवृत्ति कोषको व्यवस्थापन कसरि , कसले गर्ने ?
नेपालमा एउटा संचालक तथा कार्यसमिति गठन गरि ति ३ जना नानिबाबुहरुका रेखदेख गर्ने र छात्रवृत्ति कोषको संचालन एवं संरक्षण कार्य गर्नेछ . जसमा नेपाल आदिवासी जनजाती महासंघ द. कोरियाका विशेष सल्लाहकार ज्यु,दक्षिण कोरियावाट स्वदेश फर्कनु भएका इमान्दार , सक्रिय सदस्य महानुभावगण , सम्बन्धित जिल्ला तथा ने. आ. ज. महासंघ इकाई समितिका पदाधिकारी र नेपाल आदिबासी जनजाती महासंघ केन्द्रीय समितिका पदाधिकारी समेत रहनेछन . त्यस संस्थालाई बलियो बनाउनुको निम्ति कानुनी आधार तथा विधान बनाइनेछ .जुन विधान त्यस समिति र यस नेपाल आदिवासी जनजाती महासंघ द.को बीच सरसल्लाह र सहयोगमा बनाइनेछ . त्यस योजनालाई तार्किक लक्षमा पुर्याउनको निम्ति उपरलेखित समुदाय , स्थानीय आदिवासी जनजातीय संस्थाका प्रतिनिधि गण,विद्वान तथा बुद्धिजिविबर्ग ,उद्योगी व्यवसाहीवर्ग सित सरसल्लाह लिई यस नेपाल आदिवासी जनजाती महासंघ द. कोरियाले प्रमुख भूमिका निभाउने छ .

यसर्थ विस्वभरी छरिएर रहनुभएका आदरणीय आदिवासी जनजाती महासंघहरु,जातीय संघसस्थाहरु तथा महानुभावगण, शोषित ,उत्पीडित ,सिमान्तकृत तथा गरिब आदिबासी जनजाती प्रति सहानुभूति राख्नुहुने अथवा शुभचिन्तक तथा मातृभूमिको माया गर्नु हुने अन्य संघसंस्था र  महानुभावगणमा राष्ट्रप्रेमका द्योतक महामानव डा. हर्क गुरुंगको सच्चा क्रियात्मक श्रद्धान्जली अर्पण गर्नुका  निम्ति यहाँहरुको आत्मीय सहयोगद्वारा यस पुण्य कार्य सफल पारिदिनुहुनेछ भन्ने अपेक्षा राख्दै सबिनाम्रताका साथ हार्दिक अनुरोध गर्दछु . साथै यहाहरुले थालनी गर्नु हुने यस्तै पुण्यकार्य हरुमा यस नेपाल आदिबासी जनजाती महासंघ दक्षिण  कोरियाले  सदा-सर्वदा स्वागत र सहयोग गरिरहने प्रतिवद्दता समेत जाहेरी गर्दछ ।  धन्यवाद ।

सम्पर्क को लागि अध्यक्ष श्री  चङ्ग कुमार गुरुङ फोन नं. (८२१०-५८२६-०५०३)  इमेल: gurung_chang@yahoo.com

सचिब श्री यम श्रीस मगर फोन नं. (८२१०-४४००-०७९२)   इमेल: yamshrees51@gmail.com

नेपाल आदिवासी जनजाती महासंघ गणतन्त्र कोरिया इमेल: janjatikorea@yahoo.com

Bank account

shrees A/C 3520237893003,

Nonghyup bank south korea.

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork