?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

आरनका गोलहरू
   सुबिसुधा आचार्य
 

पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई । आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा फ्यात्त फाल्छ, बिर्खे कामी ।
राक्सिङ गाउँको पुच्छार, इन्द्रावती खोलाको शिरान, मानवबस्तीबाट आधाकोष टाढा फुस्रेडाँडामा एउटा घर छ । घर त के भन्नु भाटाले बारेर, कटुस र सालको च्याउलाले तुनेको एउटा छाप्रो, त्यही छाप्रोमा टन्टलापुर घाम र मुसलधारे पानीबाट शिर ओताउँछन् उसका परिवार ।
छाप्राको पूर्वपट्टि भाटा तेस्र्याएर थोत्रो प्लास्टिकको छपन राखी ढुङ्गाले थिचेको छ, जहाँ एउटा भैँसीको थोरे बस्छ । छाप्राकै दक्षिणपट्टि दुईवटा खाबोमा बाँसको कप्टेरा तेर्साएर थोत्रो बोराले छोपेकोे बिर्खेको कार्यालय मन्त्रालय, विभाग, अदालत सबै छ अर्थात् आरन ।
सङ्घर्ष जीवनको अभिन्न पाटो हो, सङ्घर्षका तीखा काँडाहरूमा भविष्यको गुलाब फक्रन्छ रे, मेहनतको हिलोमा आत्मासुखानुभूतिको कमल फुल्छ रे ! भन्नेहरू यसै भन्छन् । तर सिङ्गो जीवनको पाटोले समयका प्रशस्त घुम ओढिसकेको बिर्खेले गुलाब फक्रेको र कमल फुलेको कत्तिको भेट्यो ? त्यो उसैसँग सोध्नुपर्छ ।
लाज ढाक्ने एउटा लगौटी, दश ठाउँमा टालेको कमिज, त्यो पनि एउटा हातमा आधी बाहुला घन उचाल्दा र बजार्दा केराको पात हावाले हल्लाएझै लफरक लफरक गर्छ । अर्कोपट्टिको बाहुला च्यातिएर खकाने भएको कारण सातपत्रे मयलले ढाकेको निरीह छाला लाज पचाएर जिस्काउँछ बिर्खेको जीवन भोगाइलाई ।
उदयाचलदेखि अस्ताचलसम्म अहोरात्र शिलहरूभित्र फलाम पगाल्नु, स्पातलाई चुटीचुटी गलाउनु, मासीदेखिको बल खिचेर घन ठोक्नु पसिनाको नदीमै नुहाउनु, कालो धुवाँ, गोलहरूको राप, आरनको बास, बस् यही हो उसको जीन्दगी ।
बाँसको कप्टेरोजस्तो एउटा शरीर अजीव श्रमसँग खेलिरहन्छ, पौठेजोरी । घाम कतिखेर उदाउँछ ! जून कतिखेर अस्ताउँछ ! आकासमा बादल लागेको छ कि तारा ? अहँ ! पत्तो हुँदैन उसलाई । उसलाई बस् यति थाहा छआरनका गोलहरू पचाएर खरानी बनाउनुछ । स्पातको बनावटलाई चुटीचुटी गलाउनु छ र आकार दिनु छ हँसिया, कुटो, कोदालो आदिको । यसरी पानीलाई पसिनासँग साट्दा पनि बिहान बेलुका हातमुख जोर्न धौधौ पर्छ ।
लामो समय पारिपट्टिको खुइलो डाँडालाई हेरेर टोलाउँछ ऊ ! उसको शरीर ओभानो बनेको छ पसिना ओभाएर, चानुमानु छैन स्वास्नी घैटी, छोरा पुन्टे अनि छोरी च्यान्टीको ।
खाजाको नाममा मकै र रोटी त जुटाउन सकिन नै ! कुवाको एक ट्वाक चिसो पानीले पनि धित् मार्न पाइनँ धिक्कार होस् मेरो जीन्दगी । ऊ गन्गनाउँछ आफैसँग । तातेको फलाममा पाइन हाल्न ल्याएको पोखरीको पानीको जर्किन उचालेर हेर्छ एकपटक । पानी देखेपछि आँत हरर भएर आउँछ । त्यहीे पानी घटघट पिउँछ र मेट्छ भोक अनि प्यास ।
प्यासको खडेरीले खक्रक्क सुकेको ऊ बिर्सन्छ । भैँसीलाई आल बसाल्ने ठाउँ, उसको छोरी च्यान्टी र छोरो पुन्टेको चर्पी, साथमा भाँडा पखालेको लुगा धोएको पानी बगेर जम्मा हुने ठाउँ । आँत रसाइसके पछि सम्झन्छ, यी सब कुरा थुकथुक लाग्छ प्रस्ट्याउन खोजेको के हो थाहा भएन । फेरि अर्को मनले भन्छ गोलहरू खोज्न, गोल पोल्न वनमा जाँदा पनि कहाँ राम्रो पानी भेटेर पिएको छु र मैले ? खोल्साको खोबिल्टामा जमेको रातो भलपानी सालको पातले उवाएर कैयौँपटक पिएकै हो, आजे सुकै होस् । यसरी नै बुझाउँछ आफ्नो मन ।
हैन हे बिर्खे के मल हालिस् हँ यो सुन्तला र भोगटेको बोटलाई ? भुइँमै हाँगाले छुने गरी फलेको छ । यी आवाजले सोचाइबाट बाहिर निस्कन्छ ऊ । आवाज आएतिर दृष्टि फ्याँक्दा माझघरे साइँलो सु्न्तला र भोगटेको बोटलाई घुरेर (यो हिन्दी शब्द हो) आँखा गाडेर हेरिरहेको देख्छ । अभिवादन गर्न जुरूक्क उठ्दा पो खङ्ग्रङ्ग हुन्छ ऊ, किनकि माथिबाट आएको घामको तातो र आरनमा रहेको गोलको उष्ण रापले कम्मरमा बाँधेको कछाड फुकाली लगांैटीको भरमा पो बसेको रहेछ ऊ । साइँलो बिष्टले सुन्तलाको बोटबाट नजर हटाउन नपाउँदै हत्तपत्त मयलले काती भएको कछाडमा लपेटिन भ्याउँछ, बिर्खे ।
जदौ मालिक साहेब । धनुषझैँ झुकेर निहुरिन्छ बिर्खे माझघरे साइँलाको अगाडि र भन्छ खै के मल हाल्नु र हजुर ! ल्याएर रोपेदेखि मल भनेर एक चिम्टी पनि पाएका छैनन् यी यिनले ।
कसैको हातै मलिलो हुन्छ भन्छन् त्यसै भयो होला, साँच्ची बिरूवा कहाँको नर्सरीबाट ल्याइस् विकासे परेछ क्यारे, हेर कति सानैमा झुत खेलेर फलेको । पसिनाले तल झरेको चस्मा माथि सार्दै बोल्छन् माझघरे ।
काँ मालिक ! नर्सरीसर्सरीतिरबाट ल्याउनु केटाकेटीले चुसेर मलखाल्टोमा फालेका, त्यहीँ उम्रियो, स्वास्नीचाहिँले ट्यास्स कान्लामा टाँसेकी राम्रै परेछ ।
आरनको एकापट्टि छेउमा रहेका भाँडाकुडाँ पन्छाएर मकैको खोस्टाले बुनेको चकटी ओच्छ्याउँदै भन्छ बिर्खे ।
मालिक यता सवारी होस् न के गर्ने साउनको घाम सातपत्रे राँगाको छाला पनि सुक्छ भन्थे हो क्यारे कति चर्केको । माझघरे साइँलालाई बस्ने इसारा गर्दै बोल्छ बिर्खे ।
यस्तै हो समय अहिले टन्टलापुर घाम चर्केको छ एकैछिनमा पानी दर्कन्छ, भरे ठूलै पानी पर्ने हो कि घाम असाध्यै चर्को छ । टाउकाको टोपी फुकालेर हम्कदै बोल्छन् माझघरे साइँला ।
रातो भएर तातेको फलाममा ख्वाल्ल पानी खन्याउँछ बिर्खे । स्याईय गरेको आवाजसँगै कालो बन्छ फलाम । एकछिनसम्म सन्नाटा छाउँछ वातावरणमा । बिर्खे आफ्नै धुनमा पिट्न थाल्छ फलामलाई एकनास घन उचालेर । वातावरणको शून्यतालाई एक झापड लगाउँदै कुराको सिलसिला अगाडि बढाउँछन् माझघरे साइँला ।
तँ यहाँ बसाई सरेको पनि लामो अवधिनै भयो क्यारे ! हिजै जस्तो लाग्छ, समय बित्न बेरै नलाग्ने ।
उचालेको घन बीचैमा रोकेर भन्छ बिर्खे काँ मालिक हजुरलाई समय छिट्टै बितेको जस्तो लागे पनि मलाई भने एक युग काटेजस्तै लाग्दैछ । यी समयका फोकाहरूले ज्यादै नराम्रोसँग हिर्काएर गएको छ मेरो हृदयमा, जसको निलडाम आज पनि मेरो छातीमा ताजै र आलै छ । निधारबाट बगेको पसिना पुछ्दै बोल्छ ।
तैले माझ गाउँ छोड्न नहुने बुझिस् बिर्खे । बिर्खेतिर फर्केर इसारा गर्दै भन्छन् माझघरे साइँला ।
बिर्खे मौन रहन्छ । अगाडि भैसी बाँध्न गाडिएको खाँबोेतिर हेर्दै, उसको सोचाइ पनि त्यही खाँबो जस्तै स्थिर हुन्छ ।
हुन त समय यसरी फेरिन्छ उथलपुथल हुन्छ भन्ने के थाहा भयो र ? सात साल, सत्रसाल, छ्यालीस सालमा पनि आन्दोलनको हुरी मडारिएकै हुन् त्यतिबेलाको परिवर्तित समयले कुनै उपलब्धि हाँसिल गर्न सकेन तर आज साँच्चै परिवर्तनको राँको देशभरि सल्केको कारण केही भिन्नता पक्कै भएको छ । बगलीबाट सुर्ती निकालेर निमोठी मुखमा राख्दै आफ्नो भनाइ सिध्याउँछन् माझघरे साइँला ।
काँ मालिक अहिले पनि खासै परिवर्तन भएजस्तो लाग्दैन, जुन दल, जुन पार्टीका भएपनि पहिला एउटा कुरा पछि अर्को कुरा गरेकै छन् । मुठ्ठीमा नपरून्जेल हरेक कुरा सुनको फूल हुन्छ । जब हातमा पर्छ तब धर्तीको धुलो । लामो सास फोक्सैदेखि तानेर आफ्नो भनाइ सिध्याउँछ बिर्खे ।
यसपटको संवादमा मौन रहन्छन् माझघरे साइँला । सुर्तीको रस घोलिएको थुक घुटुक्क फ्याँक्दै (फ्याँकेको हो कि निलेको हो ? घुटुक्क निल्दै हो वा पिच्च थुक्दै ? ) पारिपट्टिको जुगेनाडाँडा नियाल्छन् उनी । ओ बिर्खे ! कुरै कुरामा मैले त भुसुक्कै बिर्सेछु । दुईचारवटा हँसिया चाहिएको थियो के छ भनेर झरेको हुँ । आफू आउनुको खुलासा गर्दै बोल्छन् माझघरे साइँला ।
खै मालिक आजभोलि फलाम पनि असाध्यै महङ्गो छ, फेरि गोल बनाउन पनि त्यत्तिकै गाह्रो । पहिलाजस्तो जङ्गलमा जथाभावी रूख काटेर गोल बनाउन पाइन्न । सामुदायिक वन, निजी वन भनेर विभाजन भएपछि हाम्रो पेसा त धरापमा पो परेको छ मालिक । हजुरलाई कहिलेसम्ममा चाहिने हो कुन्नि !
कहिलेसम्म भन्नु ? सक्छस् भने हप्तापन्ध्रदिनमा ।
हप्ता पन्ध्रदिनमा त हैन मालिक अढाइ महिनाभित्रमा सक्छु कि !
लौ म के भनौं र तेरो हातको कुरा । लामो हाई काढ्दै उठ्छन् माझघरे साइँला बसेको चकटीबाट । खाबोमा तेस्र्यााएको बलोमा ठोक्किन्छ टाउको । सुमसुमाउँदैभुतुक्कै पो भएँ भन्या टुटुल्को पलायो क्यार ! यो छाप्राको खामो छोटो भयो बिर्खे अलि माथि उकास्नु । आँगनमा निस्केर बोल्छन् माझघरे साँइला ।
खै ! मालिक सोचेको त हुँ फेरि काठकै अभाव । बोल्दा बीचमै रोकिन्छ उसको आवाज ।
रछानको करेलाको झ्याङतिर नियाल्दै बोल्छन् माझघरे साइँला । कस्तो झुत्ती खेलेर फलेका हुन् यी करेला गाँठे ! हेर्दैमा काँचै खाऊँखाऊँ जस्तो । यसको अचार मलाई असाध्यै मनपर्छ अलिकति टिपिदे न बिर्खे लैजाम् ।
ऊ चुपचाप उठेर पुग्छ करेलाको झ्याङअगाडि । लामा, सेता, सलक्क परेका करेला कसैलाई पर्खिरहेका जस्ता देखिन्थे । टिप्नलाई हात अगाडि बढाउँछ बिर्खे ।
हेरे बूढा ! यी सब बजारमा लगेर बेच्ने हुम् म र ढाकाको चोली किन्ने हुम् । ठाउँठाउँ टालेको खद्दरको चोलो देखाउँदै भनेकी थिई सानीले । झसङ्ग भयो करेला टिप्न लाग्दा त्यही बचन सम्झेर बिर्खे । विष्टले मुखै फोरेर मागिसके, नाइनास्ती गर्न पनि पाइएन । चाम्रो भएर एक झुत्तो करेला टिपी माझघरे साइँलाकोे हातमा राखिदियो । करेलाको झुत्तो हातमा झुन्ड्याएर माझघरे साइँला उकालो लाग्छन् सुसेल्दै ।
दुई हात अगाडि बढ्न नपाउँदै सानी टुप्लुकिन्छे मयत्रोमा के के पोको पारेको च्यापेर, जदौ मालिक साहब । बाटोको छेउ लागेर औपचारिकता पूरा गरी सानीले । माझघरे साइँला मुन्टो हल्लाउँदै अगाडि बढे । सानीको आँखा माझघरे साइँलाले झुन्ड्याएको करेलाको झुत्तोमा गएर अल्झियो । कसैले छातीमा बेजोडले मुक्का हानेजस्तो असाध्यै चस्कियो छाती, हातगोडा फतक्क गले । सानीको हृदयमा नमीठो पीडा भरियो । त्यहाँबाट फटाफट आँगनमा पुगी र करेलाको झ्याङ हेरी ।
किन नि तिमीले करेला दिएको ? रसिला आँखाले क्वारक्वार्ती नियाल्दै सोधी सानीले लोग्नेलाई ।
मुखै फोरेर मागेपछि नदिएर के गरौ त ? मेरो ठाउँमा तँ भएको भए के गर्थिस् भन् त ?
दिन्नथेँ सुनेनौ तिमीले, हो म मरे पनि दिन्न थे, खान मन नलागेर हो र साँचेको ? कति सपना अल्झेका थिए ती करेलामा ! च्यान्टीको घाँगर, पुन्टेको भोटो, अनि तिम्रो नी तिम्रो, कमिजको आधी बाहुला छैन ।
योभन्दा बढी बोल्न सकिन सानी । उसको गलामा कसैले बेसरी अठ्याएजस्तो भयो र ऊ भुनभुनाएर भित्र पसी ।
नरमाइलो त बिर्खेलाई पनि लागेको हो । नजाती उसले पनि मान्यो, तर कुनै बेलाको परिस्थिति बलजफ्ती सम्झौता गर्नुपर्ने भइदिन्छ । लामो सुस्केरा हाल्दै गएर बस्यो आरनमा बिर्खे । आज पनि घने माइलोको कोदाला र कोदाली अरचापन भ्याइन मार्छ बूढाले भोलि झरेर हड्डी मक्काउने गरी । मनमनै सोच्छ बिर्खे ।
सानीले थालमा मकैको रोटीको साथमा हरियो खुर्सानी र पिँधेको नुन ल्याएर राखिदिन्छे बिर्खेको अगाडि । रोटीतर्पm एक नजर मिल्काउँदैखै कहाँ गए केटाकेटी ? नाकमुख देखेको छैन ? तँ सँगै गएका भनेको होइन पो रैछ । जर्कीनको पानीले बलेसीमा हात पखाल्दै गनगनायो ऊ, फनक्क फन्केर केही नबोली भित्र पसी सानी ।
घन उचालीउचाली फलामलाई पिट्दै हँसिया, कोदालो आदिको आकार बनाउँदैमा दिन बितेको पत्तै पाएन उसले । उसकी छोरीले टुकी बत्ती सल्काएर आरनमा ल्याइदिँदै बा ! आज ठूलै पानी पर्ला जस्तो छ, अब आरन बन्द गर रे ! आमाले भनेकी । यति भनेर च्यान्टी भित्र पस्छे ।
सिगान फाल्ने बहानामा आँगनमा निस्कन्छ बिर्खे । नभन्दै आकासमा कालो निलो छाएको रहेछ । एक आपसमा बादलको बेजोडको पोठेजोरी देख्छ उसले । साँच्चै पानी त ठूलै आउला जस्तो छ । भैंसीको छाप्रोतिर हेर्छ, छाप्राको डाँडाभाटा माथि राखेको प्लास्टिक हावाले कतिखेर हो कान्लामा झारिदिएछ । ऊ फेरि गएर प्लास्टिक मिलाउँछ र ससाना भाटाले थिच्छ । भैँसी उसलाई देखेर आऽऽइ गर्छ ।
पानी पर्न लागेको आकासतर्पm हेरेर लामो सुस्केरा काढ्छ ऊ । गाउँको पुच्छार, वरपर बस्ती छैन । तल खोला सुसाइरहन्छ सम्भावित बाढीलाई स्वागत गर्दै । आज पनि महामारी आउला जस्तो छ । ओहो ! थाम्दैन यो छाप्रोले भिज्ने भए थाङ्ना, थरी र केटाकेटी । सोच्छ मनमनै । अलिकति काम त्यसै बाँकी थियो र त जाँगर नलाई नलाई आरनमा बसी खलाँती चलाउन थालेको ।
सल्केर आधी भएको चुरोटको ठुटो लिएर बाहिरिई सानी आरनमै । एउटा गोल उठाएर सल्काई, फोक्सोदेखि तानी त्यसको धुवाँ र फुकी बाहिरी वातावरण रङमगाउँदै ।
ल, लेऊ चुरोट । लोग्नेतिर अगाडि बढाई खलाँती आफू चलाउन थाली । बिर्खे चुरोटको ठुटो तान्दैकिन हो सानी दिल असाध्यै डराएको छ, आज कुनै ठूलो अनिष्ट होला भन्ने शङ्काले चिसिँदैछ मुुुटु साहस बरफझैँ बनेर ।
के गर्छौ त च्यान्टेका बा ! दैव लागेर त्यति राम्रो ढुङ्गाले छाएको पक्कीघर छोडेर यहाँ यसरी बस्न पयो । सधैँ डर, त्रास र भयमै बित्ने भोे यो चोला ।
बस्ती नछोडेको भए यो भोकमरी अनिकाल पनि लाग्दैनथ्यो होला है ! बिर्खेले सानीतिर फर्केर जिज्ञासा राख्छ ।
खै म के जानौँ ! त्यतिखेर पुन्टेले मन्दिरभित्र पसेर भगवान्लाई चढाएको भेटी नचोरेको भए हामीले गाउँ छाड्न पर्ने थिएन, यो मुर्दो पनि मर्नै नसकेको छ । यसैको कारण आज यो दशा भोग्नु पयो । यस्तो राक्षस जन्मनु भन्दा च्यान्टी मात्र भैदिएको भए हुने । सानीले दाह्रा किटेर गाली गर्छे पुन्टेलाई ।
भैगो गाली नगर् त्यसलाई, अबुझ थियो गयो, दोष त्यसको मात्र हैन, चोर्नु गलत हो । तर मन्दिरमा हामी पस्नै नहुने ? यही कुरा हो मैले नबुझेको र मनमा खड्केको, कसले बनायो यो नियम, साना जाती मन्दिर पस्न नहुनी, के भगवान् उनीहरूका होइनन् ? मैले बनाएको जलरी महादेवको शिरमा झुण्डेर पानी झरिरहन्छ, मैले बनाएको घण्टा बजाएर जप्छन् भगवान्को नाम, मेरै हातले बनाएको थालीमा पूजा सामान, दीयोमा बत्ती बाल्छन् ठूला जातका भनाउँदाहरू । फेरि हामीचाहिँ भित्र पस्दा बिटुलो हुने ?
आजभोलि त सबै पस्छन् मन्दिरमा, हेर बूढा ! त्यो घरबारी नबेच्नुपथ्र्यो हामीले । आज देशको अवस्थामा परिवर्तन आउने रैछ व्यर्थैै ।
भैगो छाड् ती बितेका कुरा । यो सब जिम्दारको रणनीति हो बुझिस् हाम्रो घरबारी हत्याउने । कुरा गर्न छाडेर आँगनतर्फ ध्यान दिन्छ बिर्खे । ठूलाठूला थोप्ला पानी जमिनमा परेको देख्छ ।
हेर् त पानीको कत्रो थोप्ला, यस्तो लाग्छ आज सिङ्गो समुन्द्र नै खस्छ आकासबाट । भन्दाभन्दै पानी ओइरिन्छ । बा छिटो भित्र आऊ न ढिँडो खान । अहिले पानी चुहिएर यही ढिँडो पनि खोले बन्छ । च्यान्टी कौलास्छे भित्रैबाट ।
तिमीहरू खाँदै गर न ! म भैँसीको छाप्रो ढुङ्गाले थिचिदिन्छु । बिर्खे कछाड फुकालेर लगौँटीको भरमा भैँसीको छाप्रोतिर लाग्छ । सानी बिर्खेको कछाड च्यापेर भित्रिन्छे छाप्रोमा । पानीले चिसो बतास पनि ल्याएको छ बोकेरयो बोक्सीको सास किन चल्नु परेको होला ! अलिअलि भएको मकैका बोटपनि सोत्तर हुने भो । छाप्राको ढोकाबाट चियाएर फलाक्छे सानी । तापतुप चुहिन सुरू हुन्छ छाप्राभित्र पानी । सानीले ओढ्ने ओच्छ्याउने च्यादर समेटेर कम पानी चुहिने कुनामा खाँदखुद पारेर प्लास्टिकले ढाकिदिन्छे । ढिँडोको थालमा पानी चुहिन थाल्छ थाप्ल्याकथुप्लुक् ।
आमा खाऊँ न ढिँडो अहिले फेरि खान पाइन्न । च्यान्टी बोलाउँछे आमालाई ढिँडोको गाँस हाल्दै ।
खै तेरा बाउ आएनन्, निथु्रक्क हुने गरी भिजेर कति बेर लगाको । आऊ न च्यान्टीका बाउ, ऊ चर्को आवाजमा छाप्राको ढोकाबाट अलिकति चियाएर कराउँछे, छड्के बाछिटाले हिर्काउँछ उसको अनुहारभरि । पानीको सहस्र धारामा पनि निथु्रक्क भिजेर भैँसीको छाप्राको प्लास्टिक तानतुन पारेर मिलाउँछ बिर्खे । एकातिर छोप्यो अर्कोतिर ह्वाङगै पार्छ हावाले । छाप्राभित्र भैँसी आऽऽइँ आऽऽइँ गर्दे उफ्रन्छ जोडले ।
किन कराएको ? म छु नि । डराएको होला भनी भैँसीलाई वचनले थुम्थुम्याउँछ ऊ । उता अर्को छाप्राबाट सानी, पुन्टे र च्यान्टी पालैपालो कौलास्छन् उसलाई, पानीको आवाजले मधुरो सुनिन्छ उनीहरूको बोलावट ।
तल इन्द्रावती जवान भएर उर्लिएको सुनिन्छ । यस्तो लाग्छ खोला बिस्तारै बढेर उक्लदैछ पहाड र भेट्दै छ बिर्खेको छाप्रोलाई । कलकल, छङ्छङ्बाहेक अरू आवाज केही सुनिन्न । निस्पट्ट अँध्यारोमा ओताउँदै छ ऊ भैँसीलाई, आफू भिजेर ।
अकस्मात् उज्यालोको एउटा डल्लो ह्वात्त आँखा अगाडि आएर खस्छ । भिजेको भैँसी, लपक्क रूझेको आफू र जतासुकै पानीको गाड देख्छ बिर्खेले । बा हो ! र आमा हो ! भन्ने आवाजहरू एकैपटक कानका जाली छेड्न आइपुग्छन् उसको । त्यतिखेरै अर्को ठूलो भयानक आवाजले चिर्छ कानको पर्दा । तर्सेर छाप्रो भएको गराबाट अर्कोमा खस्छ ऊ । खसेकोसम्म याद छ त्यसपछि केही चाल पाउँदैन ।
बिहान चरा चिरबिराएको आवाज मधुरो सुनिन्छ । चिसोले चपक्क समातेजस्तो महसुस हुन्छ बिर्खेलाई । ऊ आफ्नो आँखा उघार्छ । माटोमा लतपत भएको आफूलाई आफूले नै चिन्न अप्ठेरो पर्छ । जुरूक्क उठ्न खोज्छ खुट्टाहरू हिलोमा दबिएका छन् । बलजफ्ती गोडा निकाल्छ । शरीरमा टाँसिएको माटो कोपरेर फाल्छ र माथ्लो गरामा उक्लन्छ सकिनसकी । सुरूमै आँखा गएर अल्झन्छ भैँसीको छाप्रोमा । छाप्रो ह्वाङ्ग छ । भैँसी छाप्रोमा छैन । कता गयो मुटु चिसो भएर अतालिन्छ ऊ । भस्केको कान्लो पैलाउँदै तलतल दौडाउँछ आँखा । चार कान्ला मुन्तिर भैँसी पसारिएको पाउँछ चारखुट्टा फालेर ।
उसको मन बेचैनीले भरिन्छ । छातीमा मुड्कीले हानेर बिलौना गर्छ केही समय । रूँदारूँदा दायाँबायाँ हेर्छ त्यहाँ । ऊ आफूलाई एक्लै पाउँछ, तब झल्यास्स सम्झ्mन्छ सानी, च्यान्टी र पुन्टेलाई । हतारहतार छाप्रो भएतिर हान्निन्छ ऊ । छाप्रो भत्किएर थुचुक्क बसेको र खाँबो पनि सबै सुतेका देखिन्छन् । बिर्खेको मन थाम्न नसक्ने गरी अतालिन्छ । रूनु न चिच्याउनुको परिवेशमा रूमलिन्छ ऊ । हार गुहार गरौं त चरो मुसो छैन वारीपारी । बसेकै पनि मानवबस्तीबाट टाढा, कोबाट पाओस् सहयोग, आँखाबाट आँसुको भेल बगाउँदै छाप्रोको भाटा पन्छाएर खोज्न थाल्छ, परिवारलाई । एकपछि अर्को गर्दै रातभरको पानीले ढाडिएका लासहरू भेट्छ बिर्खेले छोरी, छोरा र श्रीमतीको ।
हिजो बेलुकाको कालो बादलभन्दा पनि चौगुना कालो ग्रहले थिचेसरी हुन्छ बिर्खेलाई । चारैतिर आँखा बिस्तारै धमिलो बन्दै जान्छ उसको ।
उसले देख्छ, चिरनिन्द्रामा परेका छोराछोरी, स्वास्नी अनि मरेको भैंसी र भसक्क निभेका आरनका गोलहरू । त्यसपछि ऊ पनि ढल्छ । सायद ! सदाका लागि चिरनिद्रामा ।
आरनका गोलहरू सुबिसुधा आचार्य
पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई । आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा फ्यात्त फाल्छ, बिर्खे कामी ।राक्सिङ गाउँको पुच्छार, इन्द्रावती खोलाको शिरान, मानवबस्तीबाट आधाकोष टाढा फुस्रेडाँडामा एउटा घर छ । घर त के भन्नु भाटाले बारेर, कटुस र सालको च्याउलाले तुनेको एउटा छाप्रो, त्यही छाप्रोमा टन्टलापुर घाम र मुसलधारे पानीबाट शिर ओताउँछन् उसका परिवार ।छाप्राको पूर्वपट्टि भाटा तेस्र्याएर थोत्रो प्लास्टिकको छपन राखी ढुङ्गाले थिचेको छ, जहाँ एउटा भैँसीको थोरे बस्छ । छाप्राकै दक्षिणपट्टि दुईवटा खाबोमा बाँसको कप्टेरा तेर्साएर थोत्रो बोराले छोपेकोे बिर्खेको कार्यालय मन्त्रालय, विभाग, अदालत सबै छ अर्थात् आरन ।सङ्घर्ष जीवनको अभिन्न पाटो हो, सङ्घर्षका तीखा काँडाहरूमा भविष्यको गुलाब फक्रन्छ रे, मेहनतको हिलोमा आत्मासुखानुभूतिको कमल फुल्छ रे ! भन्नेहरू यसै भन्छन् । तर सिङ्गो जीवनको पाटोले समयका प्रशस्त घुम ओढिसकेको बिर्खेले गुलाब फक्रेको र कमल फुलेको कत्तिको भेट्यो ? त्यो उसैसँग सोध्नुपर्छ ।लाज ढाक्ने एउटा लगौटी, दश ठाउँमा टालेको कमिज, त्यो पनि एउटा हातमा आधी बाहुला घन उचाल्दा र बजार्दा केराको पात हावाले हल्लाएझै लफरक लफरक गर्छ । अर्कोपट्टिको बाहुला च्यातिएर खकाने भएको कारण सातपत्रे मयलले ढाकेको निरीह छाला लाज पचाएर जिस्काउँछ बिर्खेको जीवन भोगाइलाई ।उदयाचलदेखि अस्ताचलसम्म अहोरात्र शिलहरूभित्र फलाम पगाल्नु, स्पातलाई चुटीचुटी गलाउनु, मासीदेखिको बल खिचेर घन ठोक्नु पसिनाको नदीमै नुहाउनु, कालो धुवाँ, गोलहरूको राप, आरनको बास, बस् यही हो उसको जीन्दगी ।बाँसको कप्टेरोजस्तो एउटा शरीर अजीव श्रमसँग खेलिरहन्छ, पौठेजोरी । घाम कतिखेर उदाउँछ ! जून कतिखेर अस्ताउँछ ! आकासमा बादल लागेको छ कि तारा ? अहँ ! पत्तो हुँदैन उसलाई । उसलाई बस् यति थाहा छआरनका गोलहरू पचाएर खरानी बनाउनुछ । स्पातको बनावटलाई चुटीचुटी गलाउनु छ र आकार दिनु छ हँसिया, कुटो, कोदालो आदिको । यसरी पानीलाई पसिनासँग साट्दा पनि बिहान बेलुका हातमुख जोर्न धौधौ पर्छ ।लामो समय पारिपट्टिको खुइलो डाँडालाई हेरेर टोलाउँछ ऊ ! उसको शरीर ओभानो बनेको छ पसिना ओभाएर, चानुमानु छैन स्वास्नी घैटी, छोरा पुन्टे अनि छोरी च्यान्टीको ।खाजाको नाममा मकै र रोटी त जुटाउन सकिन नै ! कुवाको एक ट्वाक चिसो पानीले पनि धित् मार्न पाइनँ धिक्कार होस् मेरो जीन्दगी । ऊ गन्गनाउँछ आफैसँग । तातेको फलाममा पाइन हाल्न ल्याएको पोखरीको पानीको जर्किन उचालेर हेर्छ एकपटक । पानी देखेपछि आँत हरर भएर आउँछ । त्यहीे पानी घटघट पिउँछ र मेट्छ भोक अनि प्यास ।प्यासको खडेरीले खक्रक्क सुकेको ऊ बिर्सन्छ । भैँसीलाई आल बसाल्ने ठाउँ, उसको छोरी च्यान्टी र छोरो पुन्टेको चर्पी, साथमा भाँडा पखालेको लुगा धोएको पानी बगेर जम्मा हुने ठाउँ । आँत रसाइसके पछि सम्झन्छ, यी सब कुरा थुकथुक लाग्छ प्रस्ट्याउन खोजेको के हो थाहा भएन । फेरि अर्को मनले भन्छ गोलहरू खोज्न, गोल पोल्न वनमा जाँदा पनि कहाँ राम्रो पानी भेटेर पिएको छु र मैले ? खोल्साको खोबिल्टामा जमेको रातो भलपानी सालको पातले उवाएर कैयौँपटक पिएकै हो, आजे सुकै होस् । यसरी नै बुझाउँछ आफ्नो मन ।हैन हे बिर्खे के मल हालिस् हँ यो सुन्तला र भोगटेको बोटलाई ? भुइँमै हाँगाले छुने गरी फलेको छ । यी आवाजले सोचाइबाट बाहिर निस्कन्छ ऊ । आवाज आएतिर दृष्टि फ्याँक्दा माझघरे साइँलो सु्न्तला र भोगटेको बोटलाई घुरेर (यो हिन्दी शब्द हो) आँखा गाडेर हेरिरहेको देख्छ । अभिवादन गर्न जुरूक्क उठ्दा पो खङ्ग्रङ्ग हुन्छ ऊ, किनकि माथिबाट आएको घामको तातो र आरनमा रहेको गोलको उष्ण रापले कम्मरमा बाँधेको कछाड फुकाली लगांैटीको भरमा पो बसेको रहेछ ऊ । साइँलो बिष्टले सुन्तलाको बोटबाट नजर हटाउन नपाउँदै हत्तपत्त मयलले काती भएको कछाडमा लपेटिन भ्याउँछ, बिर्खे ।जदौ मालिक साहेब । धनुषझैँ झुकेर निहुरिन्छ बिर्खे माझघरे साइँलाको अगाडि र भन्छ खै के मल हाल्नु र हजुर ! ल्याएर रोपेदेखि मल भनेर एक चिम्टी पनि पाएका छैनन् यी यिनले ।कसैको हातै मलिलो हुन्छ भन्छन् त्यसै भयो होला, साँच्ची बिरूवा कहाँको नर्सरीबाट ल्याइस् विकासे परेछ क्यारे, हेर कति सानैमा झुत खेलेर फलेको । पसिनाले तल झरेको चस्मा माथि सार्दै बोल्छन् माझघरे ।काँ मालिक ! नर्सरीसर्सरीतिरबाट ल्याउनु केटाकेटीले चुसेर मलखाल्टोमा फालेका, त्यहीँ उम्रियो, स्वास्नीचाहिँले ट्यास्स कान्लामा टाँसेकी राम्रै परेछ ।आरनको एकापट्टि छेउमा रहेका भाँडाकुडाँ पन्छाएर मकैको खोस्टाले बुनेको चकटी ओच्छ्याउँदै भन्छ बिर्खे ।मालिक यता सवारी होस् न के गर्ने साउनको घाम सातपत्रे राँगाको छाला पनि सुक्छ भन्थे हो क्यारे कति चर्केको । माझघरे साइँलालाई बस्ने इसारा गर्दै बोल्छ बिर्खे ।यस्तै हो समय अहिले टन्टलापुर घाम चर्केको छ एकैछिनमा पानी दर्कन्छ, भरे ठूलै पानी पर्ने हो कि घाम असाध्यै चर्को छ । टाउकाको टोपी फुकालेर हम्कदै बोल्छन् माझघरे साइँला ।रातो भएर तातेको फलाममा ख्वाल्ल पानी खन्याउँछ बिर्खे । स्याईय गरेको आवाजसँगै कालो बन्छ फलाम । एकछिनसम्म सन्नाटा छाउँछ वातावरणमा । बिर्खे आफ्नै धुनमा पिट्न थाल्छ फलामलाई एकनास घन उचालेर । वातावरणको शून्यतालाई एक झापड लगाउँदै कुराको सिलसिला अगाडि बढाउँछन् माझघरे साइँला ।तँ यहाँ बसाई सरेको पनि लामो अवधिनै भयो क्यारे ! हिजै जस्तो लाग्छ, समय बित्न बेरै नलाग्ने ।उचालेको घन बीचैमा रोकेर भन्छ बिर्खे काँ मालिक हजुरलाई समय छिट्टै बितेको जस्तो लागे पनि मलाई भने एक युग काटेजस्तै लाग्दैछ । यी समयका फोकाहरूले ज्यादै नराम्रोसँग हिर्काएर गएको छ मेरो हृदयमा, जसको निलडाम आज पनि मेरो छातीमा ताजै र आलै छ । निधारबाट बगेको पसिना पुछ्दै बोल्छ ।तैले माझ गाउँ छोड्न नहुने बुझिस् बिर्खे । बिर्खेतिर फर्केर इसारा गर्दै भन्छन् माझघरे साइँला ।बिर्खे मौन रहन्छ । अगाडि भैसी बाँध्न गाडिएको खाँबोेतिर हेर्दै, उसको सोचाइ पनि त्यही खाँबो जस्तै स्थिर हुन्छ ।हुन त समय यसरी फेरिन्छ उथलपुथल हुन्छ भन्ने के थाहा भयो र ? सात साल, सत्रसाल, छ्यालीस सालमा पनि आन्दोलनको हुरी मडारिएकै हुन् त्यतिबेलाको परिवर्तित समयले कुनै उपलब्धि हाँसिल गर्न सकेन तर आज साँच्चै परिवर्तनको राँको देशभरि सल्केको कारण केही भिन्नता पक्कै भएको छ । बगलीबाट सुर्ती निकालेर निमोठी मुखमा राख्दै आफ्नो भनाइ सिध्याउँछन् माझघरे साइँला ।काँ मालिक अहिले पनि खासै परिवर्तन भएजस्तो लाग्दैन, जुन दल, जुन पार्टीका भएपनि पहिला एउटा कुरा पछि अर्को कुरा गरेकै छन् । मुठ्ठीमा नपरून्जेल हरेक कुरा सुनको फूल हुन्छ । जब हातमा पर्छ तब धर्तीको धुलो । लामो सास फोक्सैदेखि तानेर आफ्नो भनाइ सिध्याउँछ बिर्खे ।यसपटको संवादमा मौन रहन्छन् माझघरे साइँला । सुर्तीको रस घोलिएको थुक घुटुक्क फ्याँक्दै (फ्याँकेको हो कि निलेको हो ? घुटुक्क निल्दै हो वा पिच्च थुक्दै ? ) पारिपट्टिको जुगेनाडाँडा नियाल्छन् उनी । ओ बिर्खे ! कुरै कुरामा मैले त भुसुक्कै बिर्सेछु । दुईचारवटा हँसिया चाहिएको थियो के छ भनेर झरेको हुँ । आफू आउनुको खुलासा गर्दै बोल्छन् माझघरे साइँला ।खै मालिक आजभोलि फलाम पनि असाध्यै महङ्गो छ, फेरि गोल बनाउन पनि त्यत्तिकै गाह्रो । पहिलाजस्तो जङ्गलमा जथाभावी रूख काटेर गोल बनाउन पाइन्न । सामुदायिक वन, निजी वन भनेर विभाजन भएपछि हाम्रो पेसा त धरापमा पो परेको छ मालिक । हजुरलाई कहिलेसम्ममा चाहिने हो कुन्नि !कहिलेसम्म भन्नु ? सक्छस् भने हप्तापन्ध्रदिनमा ।हप्ता पन्ध्रदिनमा त हैन मालिक अढाइ महिनाभित्रमा सक्छु कि !लौ म के भनौं र तेरो हातको कुरा । लामो हाई काढ्दै उठ्छन् माझघरे साइँला बसेको चकटीबाट । खाबोमा तेस्र्यााएको बलोमा ठोक्किन्छ टाउको । सुमसुमाउँदैभुतुक्कै पो भएँ भन्या टुटुल्को पलायो क्यार ! यो छाप्राको खामो छोटो भयो बिर्खे अलि माथि उकास्नु । आँगनमा निस्केर बोल्छन् माझघरे साँइला ।खै ! मालिक सोचेको त हुँ फेरि काठकै अभाव । बोल्दा बीचमै रोकिन्छ उसको आवाज ।रछानको करेलाको झ्याङतिर नियाल्दै बोल्छन् माझघरे साइँला । कस्तो झुत्ती खेलेर फलेका हुन् यी करेला गाँठे ! हेर्दैमा काँचै खाऊँखाऊँ जस्तो । यसको अचार मलाई असाध्यै मनपर्छ अलिकति टिपिदे न बिर्खे लैजाम् ।ऊ चुपचाप उठेर पुग्छ करेलाको झ्याङअगाडि । लामा, सेता, सलक्क परेका करेला कसैलाई पर्खिरहेका जस्ता देखिन्थे । टिप्नलाई हात अगाडि बढाउँछ बिर्खे ।हेरे बूढा ! यी सब बजारमा लगेर बेच्ने हुम् म र ढाकाको चोली किन्ने हुम् । ठाउँठाउँ टालेको खद्दरको चोलो देखाउँदै भनेकी थिई सानीले । झसङ्ग भयो करेला टिप्न लाग्दा त्यही बचन सम्झेर बिर्खे । विष्टले मुखै फोरेर मागिसके, नाइनास्ती गर्न पनि पाइएन । चाम्रो भएर एक झुत्तो करेला टिपी माझघरे साइँलाकोे हातमा राखिदियो । करेलाको झुत्तो हातमा झुन्ड्याएर माझघरे साइँला उकालो लाग्छन् सुसेल्दै ।दुई हात अगाडि बढ्न नपाउँदै सानी टुप्लुकिन्छे मयत्रोमा के के पोको पारेको च्यापेर, जदौ मालिक साहब । बाटोको छेउ लागेर औपचारिकता पूरा गरी सानीले । माझघरे साइँला मुन्टो हल्लाउँदै अगाडि बढे । सानीको आँखा माझघरे साइँलाले झुन्ड्याएको करेलाको झुत्तोमा गएर अल्झियो । कसैले छातीमा बेजोडले मुक्का हानेजस्तो असाध्यै चस्कियो छाती, हातगोडा फतक्क गले । सानीको हृदयमा नमीठो पीडा भरियो । त्यहाँबाट फटाफट आँगनमा पुगी र करेलाको झ्याङ हेरी ।किन नि तिमीले करेला दिएको ? रसिला आँखाले क्वारक्वार्ती नियाल्दै सोधी सानीले लोग्नेलाई ।मुखै फोरेर मागेपछि नदिएर के गरौ त ? मेरो ठाउँमा तँ भएको भए के गर्थिस् भन् त ?दिन्नथेँ सुनेनौ तिमीले, हो म मरे पनि दिन्न थे, खान मन नलागेर हो र साँचेको ? कति सपना अल्झेका थिए ती करेलामा ! च्यान्टीको घाँगर, पुन्टेको भोटो, अनि तिम्रो नी तिम्रो, कमिजको आधी बाहुला छैन ।योभन्दा बढी बोल्न सकिन सानी । उसको गलामा कसैले बेसरी अठ्याएजस्तो भयो र ऊ भुनभुनाएर भित्र पसी ।नरमाइलो त बिर्खेलाई पनि लागेको हो । नजाती उसले पनि मान्यो, तर कुनै बेलाको परिस्थिति बलजफ्ती सम्झौता गर्नुपर्ने भइदिन्छ । लामो सुस्केरा हाल्दै गएर बस्यो आरनमा बिर्खे । आज पनि घने माइलोको कोदाला र कोदाली अरचापन भ्याइन मार्छ बूढाले भोलि झरेर हड्डी मक्काउने गरी । मनमनै सोच्छ बिर्खे ।सानीले थालमा मकैको रोटीको साथमा हरियो खुर्सानी र पिँधेको नुन ल्याएर राखिदिन्छे बिर्खेको अगाडि । रोटीतर्पm एक नजर मिल्काउँदैखै कहाँ गए केटाकेटी ? नाकमुख देखेको छैन ? तँ सँगै गएका भनेको होइन पो रैछ । जर्कीनको पानीले बलेसीमा हात पखाल्दै गनगनायो ऊ, फनक्क फन्केर केही नबोली भित्र पसी सानी ।घन उचालीउचाली फलामलाई पिट्दै हँसिया, कोदालो आदिको आकार बनाउँदैमा दिन बितेको पत्तै पाएन उसले । उसकी छोरीले टुकी बत्ती सल्काएर आरनमा ल्याइदिँदै बा ! आज ठूलै पानी पर्ला जस्तो छ, अब आरन बन्द गर रे ! आमाले भनेकी । यति भनेर च्यान्टी भित्र पस्छे ।सिगान फाल्ने बहानामा आँगनमा निस्कन्छ बिर्खे । नभन्दै आकासमा कालो निलो छाएको रहेछ । एक आपसमा बादलको बेजोडको पोठेजोरी देख्छ उसले । साँच्चै पानी त ठूलै आउला जस्तो छ । भैंसीको छाप्रोतिर हेर्छ, छाप्राको डाँडाभाटा माथि राखेको प्लास्टिक हावाले कतिखेर हो कान्लामा झारिदिएछ । ऊ फेरि गएर प्लास्टिक मिलाउँछ र ससाना भाटाले थिच्छ । भैँसी उसलाई देखेर आऽऽइ गर्छ ।पानी पर्न लागेको आकासतर्पm हेरेर लामो सुस्केरा काढ्छ ऊ । गाउँको पुच्छार, वरपर बस्ती छैन । तल खोला सुसाइरहन्छ सम्भावित बाढीलाई स्वागत गर्दै । आज पनि महामारी आउला जस्तो छ । ओहो ! थाम्दैन यो छाप्रोले भिज्ने भए थाङ्ना, थरी र केटाकेटी । सोच्छ मनमनै । अलिकति काम त्यसै बाँकी थियो र त जाँगर नलाई नलाई आरनमा बसी खलाँती चलाउन थालेको ।सल्केर आधी भएको चुरोटको ठुटो लिएर बाहिरिई सानी आरनमै । एउटा गोल उठाएर सल्काई, फोक्सोदेखि तानी त्यसको धुवाँ र फुकी बाहिरी वातावरण रङमगाउँदै ।ल, लेऊ चुरोट । लोग्नेतिर अगाडि बढाई खलाँती आफू चलाउन थाली । बिर्खे चुरोटको ठुटो तान्दैकिन हो सानी दिल असाध्यै डराएको छ, आज कुनै ठूलो अनिष्ट होला भन्ने शङ्काले चिसिँदैछ मुुुटु साहस बरफझैँ बनेर ।के गर्छौ त च्यान्टेका बा ! दैव लागेर त्यति राम्रो ढुङ्गाले छाएको पक्कीघर छोडेर यहाँ यसरी बस्न पयो । सधैँ डर, त्रास र भयमै बित्ने भोे यो चोला ।बस्ती नछोडेको भए यो भोकमरी अनिकाल पनि लाग्दैनथ्यो होला है ! बिर्खेले सानीतिर फर्केर जिज्ञासा राख्छ ।खै म के जानौँ ! त्यतिखेर पुन्टेले मन्दिरभित्र पसेर भगवान्लाई चढाएको भेटी नचोरेको भए हामीले गाउँ छाड्न पर्ने थिएन, यो मुर्दो पनि मर्नै नसकेको छ । यसैको कारण आज यो दशा भोग्नु पयो । यस्तो राक्षस जन्मनु भन्दा च्यान्टी मात्र भैदिएको भए हुने । सानीले दाह्रा किटेर गाली गर्छे पुन्टेलाई ।

भैगो गाली नगर् त्यसलाई, अबुझ थियो गयो, दोष त्यसको मात्र हैन, चोर्नु गलत हो । तर मन्दिरमा हामी पस्नै नहुने ? यही कुरा हो मैले नबुझेको र मनमा खड्केको, कसले बनायो यो नियम, साना जाती मन्दिर पस्न नहुनी, के भगवान् उनीहरूका होइनन् ? मैले बनाएको जलरी महादेवको शिरमा झुण्डेर पानी झरिरहन्छ, मैले बनाएको घण्टा बजाएर जप्छन् भगवान्को नाम, मेरै हातले बनाएको थालीमा पूजा सामान, दीयोमा बत्ती बाल्छन् ठूला जातका भनाउँदाहरू । फेरि हामीचाहिँ भित्र पस्दा बिटुलो हुने ?आजभोलि त सबै पस्छन् मन्दिरमा, हेर बूढा ! त्यो घरबारी नबेच्नुपथ्र्यो हामीले । आज देशको अवस्थामा परिवर्तन आउने रैछ व्यर्थैै ।भैगो छाड् ती बितेका कुरा । यो सब जिम्दारको रणनीति हो बुझिस् हाम्रो घरबारी हत्याउने । कुरा गर्न छाडेर आँगनतर्फ ध्यान दिन्छ बिर्खे । ठूलाठूला थोप्ला पानी जमिनमा परेको देख्छ ।हेर् त पानीको कत्रो थोप्ला, यस्तो लाग्छ आज सिङ्गो समुन्द्र नै खस्छ आकासबाट । भन्दाभन्दै पानी ओइरिन्छ । बा छिटो भित्र आऊ न ढिँडो खान । अहिले पानी चुहिएर यही ढिँडो पनि खोले बन्छ । च्यान्टी कौलास्छे भित्रैबाट ।तिमीहरू खाँदै गर न ! म भैँसीको छाप्रो ढुङ्गाले थिचिदिन्छु । बिर्खे कछाड फुकालेर लगौँटीको भरमा भैँसीको छाप्रोतिर लाग्छ । सानी बिर्खेको कछाड च्यापेर भित्रिन्छे छाप्रोमा । पानीले चिसो बतास पनि ल्याएको छ बोकेरयो बोक्सीको सास किन चल्नु परेको होला ! अलिअलि भएको मकैका बोटपनि सोत्तर हुने भो । छाप्राको ढोकाबाट चियाएर फलाक्छे सानी । तापतुप चुहिन सुरू हुन्छ छाप्राभित्र पानी । सानीले ओढ्ने ओच्छ्याउने च्यादर समेटेर कम पानी चुहिने कुनामा खाँदखुद पारेर प्लास्टिकले ढाकिदिन्छे । ढिँडोको थालमा पानी चुहिन थाल्छ थाप्ल्याकथुप्लुक् ।आमा खाऊँ न ढिँडो अहिले फेरि खान पाइन्न । च्यान्टी बोलाउँछे आमालाई ढिँडोको गाँस हाल्दै ।खै तेरा बाउ आएनन्, निथु्रक्क हुने गरी भिजेर कति बेर लगाको । आऊ न च्यान्टीका बाउ, ऊ चर्को आवाजमा छाप्राको ढोकाबाट अलिकति चियाएर कराउँछे, छड्के बाछिटाले हिर्काउँछ उसको अनुहारभरि । पानीको सहस्र धारामा पनि निथु्रक्क भिजेर भैँसीको छाप्राको प्लास्टिक तानतुन पारेर मिलाउँछ बिर्खे । एकातिर छोप्यो अर्कोतिर ह्वाङगै पार्छ हावाले । छाप्राभित्र भैँसी आऽऽइँ आऽऽइँ गर्दे उफ्रन्छ जोडले ।किन कराएको ? म छु नि । डराएको होला भनी भैँसीलाई वचनले थुम्थुम्याउँछ ऊ । उता अर्को छाप्राबाट सानी, पुन्टे र च्यान्टी पालैपालो कौलास्छन् उसलाई, पानीको आवाजले मधुरो सुनिन्छ उनीहरूको बोलावट ।तल इन्द्रावती जवान भएर उर्लिएको सुनिन्छ । यस्तो लाग्छ खोला बिस्तारै बढेर उक्लदैछ पहाड र भेट्दै छ बिर्खेको छाप्रोलाई । कलकल, छङ्छङ्बाहेक अरू आवाज केही सुनिन्न । निस्पट्ट अँध्यारोमा ओताउँदै छ ऊ भैँसीलाई, आफू भिजेर ।अकस्मात् उज्यालोको एउटा डल्लो ह्वात्त आँखा अगाडि आएर खस्छ । भिजेको भैँसी, लपक्क रूझेको आफू र जतासुकै पानीको गाड देख्छ बिर्खेले । बा हो ! र आमा हो ! भन्ने आवाजहरू एकैपटक कानका जाली छेड्न आइपुग्छन् उसको । त्यतिखेरै अर्को ठूलो भयानक आवाजले चिर्छ कानको पर्दा । तर्सेर छाप्रो भएको गराबाट अर्कोमा खस्छ ऊ । खसेकोसम्म याद छ त्यसपछि केही चाल पाउँदैन ।बिहान चरा चिरबिराएको आवाज मधुरो सुनिन्छ । चिसोले चपक्क समातेजस्तो महसुस हुन्छ बिर्खेलाई । ऊ आफ्नो आँखा उघार्छ । माटोमा लतपत भएको आफूलाई आफूले नै चिन्न अप्ठेरो पर्छ । जुरूक्क उठ्न खोज्छ खुट्टाहरू हिलोमा दबिएका छन् । बलजफ्ती गोडा निकाल्छ । शरीरमा टाँसिएको माटो कोपरेर फाल्छ र माथ्लो गरामा उक्लन्छ सकिनसकी । सुरूमै आँखा गएर अल्झन्छ भैँसीको छाप्रोमा । छाप्रो ह्वाङ्ग छ । भैँसी छाप्रोमा छैन । कता गयो मुटु चिसो भएर अतालिन्छ ऊ । भस्केको कान्लो पैलाउँदै तलतल दौडाउँछ आँखा । चार कान्ला मुन्तिर भैँसी पसारिएको पाउँछ चारखुट्टा फालेर ।उसको मन बेचैनीले भरिन्छ । छातीमा मुड्कीले हानेर बिलौना गर्छ केही समय । रूँदारूँदा दायाँबायाँ हेर्छ त्यहाँ । ऊ आफूलाई एक्लै पाउँछ, तब झल्यास्स सम्झ्mन्छ सानी, च्यान्टी र पुन्टेलाई । हतारहतार छाप्रो भएतिर हान्निन्छ ऊ । छाप्रो भत्किएर थुचुक्क बसेको र खाँबो पनि सबै सुतेका देखिन्छन् । बिर्खेको मन थाम्न नसक्ने गरी अतालिन्छ । रूनु न चिच्याउनुको परिवेशमा रूमलिन्छ ऊ । हार गुहार गरौं त चरो मुसो छैन वारीपारी । बसेकै पनि मानवबस्तीबाट टाढा, कोबाट पाओस् सहयोग, आँखाबाट आँसुको भेल बगाउँदै छाप्रोको भाटा पन्छाएर खोज्न थाल्छ, परिवारलाई । एकपछि अर्को गर्दै रातभरको पानीले ढाडिएका लासहरू भेट्छ बिर्खेले छोरी, छोरा र श्रीमतीको ।हिजो बेलुकाको कालो बादलभन्दा पनि चौगुना कालो ग्रहले थिचेसरी हुन्छ बिर्खेलाई । चारैतिर आँखा बिस्तारै धमिलो बन्दै जान्छ उसको ।उसले देख्छ, चिरनिन्द्रामा परेका छोराछोरी, स्वास्नी अनि मरेको भैंसी र भसक्क निभेका आरनका गोलहरू । त्यसपछि ऊ पनि ढल्छ । सायद ! सदाका लागि चिरनिद्रामा ।

subisudha9841140180@gmail.com
(कथाकार मेट्रो अनलाइन दैनिक पत्रिका, काठमाडौंको सम्पादक हुन् ।)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork