?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

दुई महाधिवेशन : दुई दर्शनको दृश्य
   विश्वप्रकाश शर्मा
 

Warning: getimagesize(article_uploaded_files/0616e1.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

काठमाडौ, आश्विन २७ - 
जनगणतन्त्र उत्तरकोरियामा सत्तारूढ कम्युनिस्ट पार्टीको महाधिवेशन गोप्य र रहस्यमय ढंगले प्रारम्भ भइरहँदा हामी नेपाली कांग्रेसको महाधिवेशन खुला र भव्यसँग सम्पन्न गर्दै थियांै । दुई भिन्न देशका दुई भिन्न दलका महाधिवेशन दुई भिन्न दर्शनको तुलनात्मक अध्ययन र विश्लेषणका लागि महत्त्वपूर्ण पाठका रूपमा उपलब्ध छन् हाम्रा लागि । देशलाई हामी कुन दिशामा लैजान चाहन्छौं, जनगणतन्त्रको निर्मम विपनातर्फ या लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सामाजिक-आर्थिक रूपान्तरणको सुन्दर सपनातर्फ, मलाई लाग्छ यी दुई महाधिवेशनका फरक चार भिन्नताले हामीलाई यो विषयमा केही सघाउनेछन् । 

टिप्पणीको प्रथम क्रममा राखौं, अधिवेशन आयोजनाको शैली र प्रकृतिलाई । कांग्रेस महाधिवेशन सार्वजनिक प्रचारका साथ सार्वजनिक स्थलमा भएको थियो भने उत्तर कोरियामा वर्कस पार्टी नामधारी सत्तारूढ कम्युनिस्ट पार्टीको अधिवेशन राजधानी प्योङयाङमा करिब भूमिगत ढंगले आयोजना गरियो । उनीहरू सशस्त्र युद्ध, विद्रोह या कुनै पनि प्रकृतिको संघर्षमा छैनन् बरु ६० वर्षदेखि त्यहाँको सत्तामा छन् तर विद्रोहीले लुकेर गरेजस्तै तिनको अधिवेशन सम्पन्न हुनुको अर्थ के हुन्छ ? महाधिवेशन भनेको त संगठनका उपलब्धिलाई खुला गौरवका साथ पेश गर्ने अनि कमजोरी, भावी कार्यक्रम एवं भावी नेतृत्वबारेको छलफललाई सार्वजनिक बहसमा जान दिने खुला 

उत्सव हो । यहाँ लाखौंलाख आँखा कांग्रेसको जाँचपरखमा सामेल भए, त्यहाँ करोडौं मानिस सूचना र बहसभन्दा परै रहे । 

शैलीपछि दोस्रो क्रममा आउँछ महाधिवेशनको मूल ध्येयको प्रश्न । कांग्रेस महाधिवेशनको कुनै विशेष निहित नियत थिएन । पार्टी जीवनको नियमित प्रक्रियाअन्तर्गत भएको थियो यो । यद्यपि केही ढिलो भयो, ४ वर्षमा हुनुपर्ने महाधिवेशन हामीले विविध कारणवश ६ वर्षमा आयोजना गर्‍यौं तर उत्तरकोरियामा कम्युनिस्ट पार्टीले आफ्नो अधिवेशन ३० वर्षपछि आयोजना गर्‍यो । निहित उद्देश्य थियो 'श्रीपेच' हस्तान्तरणको प्रक्रिया थालनी । उत्तरकोरियाले सत्ताका प्रमुख नेता किम जोङ इल आफ्नो मृत्युपछि छोराका हातमा शक्ति हस्तान्तरण गर्न 

चाहन्छन् । जम्माजम्मी त्यही एक मात्र उद्देश्यलाई कुशल कार्यान्वयन गराउन यो महाधिवेशनबाट प्योङयाङमा मार्गप्रशस्त भएको छ । किम जोङ कि जापानी श्रीमतीबाट जन्मिएका २७ वषर्ीय छोरा किम जोङ उन सैन्य आयोगको उपाध्यक्ष बनाइएका छन् र मुलुकको सत्ताको विल्कुल नजिक उभ्याइएका छन् । ३० वर्षअघिको अधिवेशनबाट किम जोङ यसरी नै सैन्य अभिभारामा पुर्‍याइएका थिए । त्यसको १४ वर्षपछि किम इल सुङको जब निधन भयो तब छोरा किम जोङले सत्ता प्राप्त गरे । प्रसिद्ध फोब्र्स पत्रिकाको भविष्यवाणी मान्ने हो भने हाल गम्भीर अस्वस्थ्व रहेका यिनको निधन सन् २०११ मा हुनेछ, हजुरबा किम इल र बाबु किम जोङपछि यी कलिला नाति केटा कम्युनिस्ट सत्ताका नायक बन्नेछन् । बाबुबाट छोरा हुँदै नातिमा सहज ढंगले जंगबहादुरतन्त्र पुग्नेछ तर त्यसलाई जनगणतन्त्र भनिरहन कमरेडहरूलाई हाम्रो संविधानले नेपालमा कुनै बाधा गर्नेछैन । 

दुई महाधिवेशनको भिन्नताउपर प्रकाश पार्ने तेस्रो विषय छ नेतृत्व चयनको प्रक्रिया । स्विट्जरल्यान्डको कलेजबाट सिधै पार्टी सत्तामा पुर्‍याइएका छन् किम जोङ उन । गाउँ, पाखा र तल्ला कमिटीहरू कहीं पनि उनले संगठन र समाजप्रति कुनै दायित्व निभाउनुपरेन । यही यात्रा पूरा गर्न सुशील कोइरालाले जीवनको ५२ वर्ष लगानी गर्नुपर्‍यो । जेल, प्रवास र लामो राजनीतिक क्रियाशीलतापछि कांग्रेस सभापति । वडा, गाउँ हुँदै क्रमशः क्षेत्र र जिल्लाबाट निर्वाचित भएका प्रतिनिधिबाट निर्वाचित हुनुपर्ने कठिन प्रक्रिया । लोकतान्त्रिक गणतन्त्रको आकाशमुनि रहेका हरकोही नागरिक यही कठिन तर बिल्कुल लोकतान्त्रिक आधुनिक प्रक्रियाका पक्षमै उभिन्छन् तर हिसाब गरौं जनगणतन्त्रको चार दिवारीभित्रका ती कम्युनिस्ट कार्यकर्ताको नियतिको ती अभिसप्त छन् 'युवराज' लाई बोकेर गणतन्त्रको गीत गाउन । 

चौथो तुलनाको विषय छ- दुई देशका यी दुई महाधिवेशनमा विपक्षी दलहरू, मित्रराष्ट्रहरू एवं प्रेसको सहभागिताको प्रश्न । कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा २० जना विपक्षी वक्ता थिए । शुभकामनासँगै अर्ती, कतिपयले चुनौती पनि दिन भ्याए, जो लोकतन्त्रको सौन्दर्य थियो । जनगणतन्त्रको दर्शनले विपक्ष नै स्विकार्दैन, यसले बहुलता निषेध गर्छ र एकत्ववादको पक्षपोषण । त्यसैले त्यहाँको अधिवेशनमा पार्टी प्रशासनका बोस, जर्नेल नेता र कम्युनिस्ट प्रशासनका तलबी यन्त्रमानव मात्र सरिक थिए । विपक्षीलाई जेलको सुविधा उपलब्ध गराइने दर्शनमा हामीले अलि अघि ओर्लोन्डो जपताको नाम सुनिसकेका छौं जसले भोक हडतालका क्रममा क्युबाको जेलमा जीवन गुमाए । लु स्याबाओ चीनको जेलमा बन्दी छन्, यिनले भर्खरै पाएको नोबेल शान्ति पुरस्कारले त्यहाँको नियन्त्रित सत्ताको शान्ति खल्बल्याइदिएको छ तर त्यही चीनसम्म पनि सामेल थिएन प्योङयाङको महाधिवेशनमा, जब कि कांग्रेस महाधिवेशनमा दर्जनौं मित्रराष्ट्रका शुभकामना र प्रतिनिधि सहभागी रहे । उता सरकार नियन्त्रित सञ्चारमाध्यमको मात्रै औंलामा गन्न सकिने सहभागिता पुष्टि भइसकेको छ, यता दर्जनौं प्रेस प्रतिनिधि सामेल थिए, लोकतान्त्रिक गणतन्त्रमा जसलाई उन्मुक्त ढंगले आलोचना गर्न या सुझाव पस्कन अधिकार प्राप्त छ । 

कल्पना गरांै एकदिन नेपालमा जनगणतन्त्र आइलाग्यो । स्वतन्त्र प्रेस र विपक्षी दलहरूको भविष्य के हुनेछ त्यो बेला नेपालको 

जनगणतन्त्रमा ? अन्यत्रका अभ्यास चिच्याएर हामीलाई सम्झाइरहेका छन् ती कथित जनगणतन्त्र जम्माजम्मी दल विशेषको अधिनायकवाद मात्र हो । नेपालको आजको जस्तो चेतनशील र खुला समाजका लागि त्यो जम्माजम्मी प्रतिगमन मात्र हो । 'त्योभन्दा भिन्न' हुनेछ नेपालमा जनगणतन्त्रको स्वरूप भनेर कसैले दावा गर्छ भने त्यसको विस्तारित व्याख्यामा सुसूचित हुने हाम्रो हकलाई डा. बाबुराम, हरि रोक्का र देवेन्द्र पौडेलहरूले सम्मान गर्नैपर्छ । हाम्रो जानकारीमा या उत्तरकोरियाका दृश्य छन् या संसदीय समितिमा प्रेषित बहुलता विरोधी प्रस्तावना छन् । हामी जान्दछौं तिनमा गहिरो साइनो छ तर हामी जान्नका लागि उत्सुक छौं- जनगणतन्त्रको स्थापित मान्यतासँग नाता तोडेको छ माओवादीले र लोकतन्त्रको विश्वव्यापी मान्यता माओवादीको दस्तावेजमा विस्तारित बैठकबाट पारित भएर अटाएका छन् । 

नेपाली राजनीतिको आजको संकटको केन्द्रीय तत्त्व प्रधानमन्त्रीको निर्वाचन या त्यसमा रहेको निर्णयहीनता होइन । बरु यो त दलहरूबीचको अविश्वासको परिणाम मात्र हो । बेजोड अविश्वास जो छ त्यही हो संकटको 

मूल । मलाई लाग्छ जनगणतन्त्रको शास्त्रीय मनोविज्ञान संकटको मूलका रूपमा गजधम्म भएर दलका बीचमा बसेको छ । गाँजा रोप्ने कि स्याउ ? भैंसी पूजा कि 

गाई ? बन्द समाज कि खुला ? जनगणतन्त्र कि लोकतान्त्रिक गणतन्त्र ? सर्वप्रथम नेकपा माओवादी यसमा पार्टी निर्णयसाथ स्पष्ट हुन जरुरी छ । माओवादी पार्टी यसमा विधिवत् र इमानदार ढंगले प्रस्ट नहुँदासम्म नेपालको शान्ति प्रक्रियाले गति नलिने निश्चित देखिन्छ । माओवादीले जनगणतन्त्रको बाटोमा जाने भनेर आफूलाई स्पष्ट गर्ने हो भने त्यो क्षण हुनेछ हालसम्मको शान्ति प्रक्रियाको विधिवत् विगठनको घोषणा । लोकतान्त्रिक गणतन्त्रलाई नै आवश्यक बहसका साथ संस्थागत गर्ने निर्णय र निष्कर्षमा माओवादी पुग्ने हो भने त्यसले आजका सबै गतिरोधको निदान तय गर्न दलहरूलाई समर्थ तुल्याउनेछ । तब लडाकु समायोजनदेखि प्रधानमन्त्री चयनसम्मका विषयमा रहेका मतभेदको निप्टारा भेटिन समय लाग्नेछैन । 

कांग्रेस महाधिवेशन लगत्तै जनगणतन्त्र उत्तरकोरियामा सम्पन्न सत्तारूढ कम्युनिस्ट पार्टीको महाधिवेशनका दृश्यले नेपाली समाजलाई भने छनोटको दुईमध्ये कुन विकल्प उचित भन्ने प्रश्नको जबाफ पक्कै मिलिसकेको हुनुपर्छ । माओवादी नेतृत्वले अन्यत्र होइन क्यान्टोनमेन्टमा रहेका लडाकुबाटै जबाफ खोज्ने हो भने पनि मलाई लाग्छ लडाकुहरूको अन्तरआत्माले पार्टी नेतृत्वलाई सही निर्णयमा पुग्न जरुर सघाउनेछ । 'सेनामा समायोजित हुन नपाउँदा विदेश जानुपरे दक्षिणकोरिया रोज्छौ कि उत्तरकोरिया ?' लडाकु समक्ष 

यो सोधिए तिनले के जबाफ दिनेछन् कामरेड पुष्पकमल या मोहन वैद्य जरुर जान्नुहुन्छ । तिनको रोजाइमा जनगणतन्त्र उत्तरकोरिया पर्नेछैन, जहाँ स्वतन्त्रता, रोटी र ओखतीको गोली अभाव छ, जहाँ निरंकुशता, खाद्यान्न संकट र बन्दुकका गोली उपलब्ध छन्, 

जहाँ दस्तावेजमा गजबको जनवाद छ र शासन व्यवहारमा 

अजबको राजतन्त्र ।


प्रकाशित मिति: २०६७ आश्विन २८

Source: Ekantipur

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork