?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

अमेरिका, ओबामा र सपना
   नारायण श्रेष्ठ
 

Warning: getimagesize(article_uploaded_files/16af0narayan-sherestha.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155
सन २००८ को समरमा अमेरिका टेक्दा हपक्क तातो हावाले मलाई एकैपटक समात्यो। काठमाण्डौको मोडेरेट हावापानी छोडेपछिको त्यो मेरो पहिलो अमेरिकी अनुभव थियो । राजधानी छोड्दा मैले त्यस्तो तातो र हृयुमिड अमेरिका कल्पना गरेको थिईन । खुल्ला समाजको उदाहरण दिईने अमेरिकी व्यवस्था र सामाजिक संरचनाका बारेमा मेरा कल्पना अली फरक र अमूर्त थिए। अमेरिकी समाज युरोपसंग तुलना गरिने हुनाले कतिपय युरोपेली ठाउँजस्तै अमेरिका पनि केही चीसो होला भन्ने मेरो कल्पना थियो । सन् २००८ को त्यो यात्रामा राष्ट्रपतिय चुनाव तयारीको ताप देख्ने मौका मिल्यो । अस्वेत मुलका बराक ओबामाको चुनावी दौड मेरा लागि रुचिको विषय थियो । युवाहरु र आप्रवासी समुदायमा उनको समर्थक प्रसस्तै थिए, तर मैले भेटेका कतिपय स्वेतहरु भने अमेरिकी समाज सोचेभन्दा बढी सांप्रदायीक भएको र अस्वेत अमेरिकी ओबामाले चुनाव जित्न नसक्ने तर्क गर्थे । अमेरिकी समाजको अ पनि नबुझ्ने मेरा लागि जुनसुकै तर्कलाई पनि होला भन्नु बाहेक अर्को विकल्प थिएन । दुबैखाले तर्कहरुका अगाडि हुनसक्छ भन्ने अर्थमा मुन्टो हल्लाउँदै ओबामाको अटोबायोग्राफी डि्रम्स प|mम माई फाद -र) लिएर म नेपाल फर्किएँ । त्यसको केही हप्तापछि काठमाण्डौमा अमेरिकी दुतावासका कर्मचारी र अमेरिकी गैर सरकारी संस्थाहरुमा काम गर्नेहरु बीचमा अमेरिकी चुनावका बारेमा एउटा प्रारम्भीक बहस भयो । त्यो बहसको लगत्तै ओबामा लेखिएका स्टिकरहरु राजधानी काठमाण्डौको धुलाम्य सडकामा पनि देख्न पाईयो । रमाईलो के थियो भने आधा दिन समय फरक हुने अमेरिकाको चुनावमा नेपाली रुचि निकै बाक्लो थियो ।

ती घटना र दृष्यहरुको दुई वर्षपछि, सन २०१० को जुन महिनामा, म फेरि अमेरिका आउँदै थिएँ । देशमा प्रधानमन्त्री माधव नेपालले पदबाट राजीनामा दिएका थिए । तर सत्ता सम्हाल्ने अर्को मुखियाको टुंगो थिएन । काठमाण्डौबाट नयाँ दिल्ली लाग्दा विमानमा सयौं युवाहरु खाडी र मलेसिया उड्दै थिए । दर्जनौं भुटानीहरु नेपाल छोडेर तेश्रो देश स्थानान्तरण हुँदै थिए । केही युवाहरुको जोडी पी आर -स्थायी बसोबासको ब्यवस्था) मिलाएर क्यानडा लाग्दै थिए । नेपाली समाजको एउटा कम्प्लेक्स जहाजभित्र देख्दै थिएँ म । बल भएका, वुद्धि भएका र केही नभएका सबैको जोडबल देश बाहिर जानुमै थियो । समाजको यो बाध्यता, पलायनको यो तरिका झन झन द्रुत भैरहेको छ । युवाहरु सबभन्दा धेरै निरास थिए । पढेकाहरु देशमा केही गर्ने अवसर नभएकोमा दिक्दार थिए । पढ्न नपाएकाहरु बेरोजगार हुनु परेकोमा निरास थिए । देशभित्र रोजगारीको कुनै अवसर नभएकाले बाध्य भएर विदेश हिंड्नु परेको उनीहरुको दुखेसो थियो ।

परदेश हिंडेका तन्नेरीहरुको अवस्था देख्दा लाग्थ्यो आशा केहीमा छ भने राजनीति गर्ने नेताहरुमा मात्रै छ । उनीहरु आफैभित्र रमाएका छन, आफैभित्र आशाको एउटा धर्को पालेर बसेका छन् । तर यो बेहालका बारेमा उनीहरुलाई कुनै मतलव छैन । आफु मात्रै ठीक अरु बेठीक, आनै डम्फुको तालमा सबैले नाच्नै पर्छ नत्र भर्सेलै परोस भन्ने सैलीको राजनीति देख्दा मन खिन्न भएर आयो । वुद्धि, ताकत र शक्तिको पलायन त अत्यास लाग्दो छँदै थियो देशका नेताहरु किन जनताको हितमा भन्दा आफू र आना कार्यकर्ताका लागि मात्र काम गरिरहेका छन् भन्ने देख्दा स्खलीत नेताहरुको तस्विर मात्र आउँन थाल्यो । त्यस्तै सोच्दै म सपना र अवसरहरुको भूमि मानिने अमेरिका आइपुगें । यो पटकको आगमनमा मेरा केही योजनाहरु थिए । मेरो नियमित कार्यक्रम साझा सवाल तयार गर्नु थियो । अमेरिकामा बसोबास गर्ने नेपाली तथा अमेरिकी नेपालीहरुसंग कुराकानी गर्ने योजना थियो । नेपालको राजनीति र आर्थिक अवस्थालाई उनीहरुले कसरी हेरिरहेका छन् भन्ने जान्नु थियो ।

यसपटक आइपुग्दा परिवर्तन हामी सक्छौं भन्ने ओबामाले राष्ट्रपतीय चुनाव जितिसकेका थिए । अमेरिकी मिडियामा जन स्वास्थ्य, मेक्सिकोको खाडी नजिक समुद्र पींधबाट पोखिएको तेल लगायतका मुद्दामा वहस चल्दै थियो । आर्थिक मन्दीले गाँजेपछि तंगि्रन लागेको अमेरिकी समाजमा कुरा चाहीं आशा र विश्वासकै थियो । प्रत्येक व्यक्तिमा जसरी पनि अगाडि नै बढ्नु पर्छ, काम गर्न सके राता रात सफल हुन सकिन्छ भन्ने विश्वास देखिन्थ्यो । यो मान्यता र आत्मविश्वास मेरा लागि गजवको विषय हो । असफल कोही पनि हुँदैनन, सफल बन्ने सपना नै बुनिरहेका छन हर कोही अमेरिकामा ।

अमेरिकामा भेटिएका र मैले कुराकानी गरेका मध्ये कतिपय बिद्यार्थीहरु थिए । भिसा स्ट्याटस मिलाउन, कलेज धान्न र पढाई खर्च पुर्‍याउन तिनीहरु रातोदिन घोटिइरहेका छन् । भिसा जोगाइराख्न कम्तिमा पनि निश्चित कोर्स पढेकै हुनु पर्ने अमेरीकी नीति पूरा गर्न तिनीहरु कमाएको रकमको महत्वपूर्ण हिस्सा कलेजहरुलाई तीर्न बाधय छन् । गैरकानुनी बसोबास गर्ने पनि छन् । कानून रुपामा बसोबास गर्ने र केही पुरानाहरुको चाल बेग्लै छ । कलेज पढाउने र राम्रो सरकारी वा कम्पनीमा काम गर्नेहरुको अवस्था लोभलाग्दो छ । केही केही छन्, जो नेपाली माटो र व्यवस्थालाई जतिखेर पनि गाली गर्छन् । तिनीहरुलाई अमेरिकामा पनि काठमाण्डौको बाग्मती गनाउँछ, फोहरले सताउँछ । त्यस्ताहरु चैं कुनै न कुनै नाममा देश, नीति र नेतालाई दोष दिएर अमेरिकामै फुरुङ्ग छन् ।

जतिबेला पनि देशकै कुरा, देशकै चिन्ता र चिन्तन गर्ने पनि छन । देश नगएको वर्षौं भयो र पनि उनीहरुमा देशप्रति आस्था र प्रेम देख्दा मलाई खुसी लाग्यो । अलि अलि भए पनि नेपाललाई सघाउँ, आफै पढेको स्कुललाई भए पनि राम्रो बनाउँ भन्ने सकारात्मक सोचकाहरु पनि छन् । कतिपय नेपालीहरु अमेरिकामा अध्ययनपछि नेपालै र्फकने र केही गर्ने सपना देखिरहेका छन् । अर्को एउटा तप्का छ जो नेपाल नगएको वर्षौं भेसकेको छ । कल्पनाकै भरमा नेपाली नीति र प्रणालीलाई गाली गर्नेहरुमा ती माहिर देखिन्छन् । सारमा अमेरिकी आप्रवासी समाजको विविधता नेपाली अमेरिकीमा पनि देखिन्छ ।

काठमाण्डौको राजनीतिमा विदेशी प्रभाव छ भनेर विश्वास गर्नेहरु धेरै छन् । उनीहरुको तर्कमा छिमेकी देश र सात समुद्रपारिको अमेरिकालगायतका मुलुकहरु नेपालजस्तो सानो देशको आन्तरिक मामलामा हाबी छन् । तर, अमेरिकामा रहेका नेपाली समुदाय अमेरिकी नीति निर्माताहरुका लागि खासै चासोको मुद्दा बनेको मैले देखिँन । अमेरिकामा रहेका नेपाली समुदायको महत्वपुर्ण भनिएका कतिपय औपचारिक कार्यक्रमहरुमा कतै पनि अमेरिकी कांग्रेसम्यान वा सिनेटेरको उपस्थिति हँुंदैन । शायद यहाँ रहेका नेपालीहरुका लागि त्यहाँसम्म पहुँच विस्तार गर्ने खाँचो नै परेको छैन वा उनीहरु पनि त्यहाँ पुग्ने सपना मात्रै बोकिरहेका छन् ।

अमेरिकी समाजका लागि नेपालीहरुको उपस्थिति सानो अंस मात्रै हो । यसले अमेरिकी ध्यान खिच्न सकिरहेको छैन । तर अवको एक दशकपछि अमेरिकी कांग्रेसमा सांकेतिक भए पनि नेपाली उमेद्वार उठाउने सपना देख्ने पनि छन् । सिंहदरबारको राजनीति ताक्नेहरु बेला मौका अमेरिका धाउन मन पराउँछन् । त्यसले नेपाली नेता र समाजमा पार्ने मनोबैज्ञाक असर त केही होला । तर अमेरिका आएर नेताहरुले खासै ठूलो उपलब्धी हात लाउन नसकेको यहाँ रहेका नेपालीहरुको गुनासो हुने गर्छ । सायद अमेरिकाको चिल्ला सडक, पुलमाथि पुलको खात र अग्ला भवनहरु देखेर नेताहरु अचम्मित हुँदा गर्न सकिने संभावित कुटनीतिक पहल नै बिर्साएका हुन सक्छन् । यस्तो पनि तर्क सुन्न पाइन्छ कि यी चिल्ला राजमार्गमा ८० माईल प्रतिघण्टाको गतिमा नेताहरुलाई सयर गराउने हो भने उनीहरुले देश र जनतालाई केही गर्न नसकेको र साँच्चै आफूले गरेका गल्ती महसुस गर्नेछन् । ती कल्पना वास्तविकतामा परिणत हुन सक्छन् या सक्दैन तर यथार्थमा नेताहरु अमेरिका छोडेर एअरपोर्ट पुग्नेवित्तिकै विकासको यो नमूना बिर्सिदिन्छन् । सम्झने भए कम्तिमा भएका कानून पालना गराउन केही प्रयास त हुन्थ्यो होला

अमेरिकी राष्ट्रपति ओवामाले आनो पुस्तक डि्रम्स प|mम माई फाद -र) मा ज्ञानका लागि अमेरिका पढ्न आएका पहिलो पुस्ताका केन्याली आना बाबुका बारेमा अमेरिकी अर्थव्यवस्थाको ज्ञान लिएपछि पिताजी केन्या फर्किएको बताएका छन् । पुस्तकमा उल्लेखित ओबामाका संघर्षमय दिनहरु हरकोहीका लागि उर्जा थप्न योग्य छन् । दुई वर्षको अन्तरालमा उक्त पुस्तक मैले पढें। र यतिबेलाको अमेरिका यात्रामा मनमनै कल्पना गर्दै छु के पछिल्लो पुस्ताको नेपाली अमेरिकी यो देशको कंग्रेसम्यान या सिनेटर बन्ने हैसियत राख्लान् ?

(लेखक बिबिसी वल्र्ड ट्रष्टद्वारा सञ्चालित साझा सवालका सञ्चालक हुन्)

Source: Onlinekhabar

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork