?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

बकवास-राजनीतिको माकुने प्रवृत्ति
   झलकपाणि तिवारी
 

Warning: getimagesize(article_uploaded_files/34f48jhalak_tiwari_173125840.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

यो एउटा त्यस्तै बकवास हो, जसरी माकुने र केही उनका सहयोगी अखबारहरूले भक्तमान अपहरणकान्डमा गरेका थिए ।

नेपालका राजनीतिक दलका नेताहरूमा संकीर्ण स्वार्थका खातिर झूटो बोल्ने गलत संस्कार अचेल फस्टाउँदै गइरहेको छ । त्यसको फाइदा उठाउँदै कैयौँ अपराधीले कानुनी सजायबाट उन्मुक्ति पाउने गरेका छन् । खासगरी माओवादी जनयुद्ध सुरु भएपछि सेना र राजनीतिक दलका नेताद्वारा अपराधीले गरेका कार्यलाई 'माओवादीले गरेको' ठोकुवा गर्दै भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने अभियान नै चल्यो । युद्धकालमा पनि माओवादीले आफूले गरेको कामको जिम्मा लिने, गल्ती गर्ने कार्यकर्तालाई कार्बाही गर्ने र कतिपय गर्न नहुने कार्य भएको भन्दै क्षमा माग्दै राजनीतिक इमानदारिता देखाउँदै आएको थियो । पछिल्लो शान्तिप्रक्रिया सुरु भएपछि भने केही नेताहरू यस्ता बकवास गर्न केही हच्किएका थिए, तर माकुने सरकारको गठनसँगै पुनः यस्तै भाषा बोल्ने क्रम वृद्धि हुन गयो ।

सरकारको नेतृत्व गर्ने र अपराधी लुकाउन आफैँ निरपराधीलाई अपराधी घोषणा गर्ने कुकर्म गर्दै आएका कामचलाउ सरकारका प्रधानमन्त्री माधव नेपालले फेरि एकपल्ट झूटो बकवास गरेको चर्चा हुन थालेको छ । प्रसंग ओखलढंुगाका एमाले नेता छवि कार्कीको हत्याको हो । केही अज्ञात अपराधीद्वारा उनको हत्या भयो । तर, माकुनेले हत्या माओवादीले गरेको घोषणा गरे । यो एउटा यस्तै बकवास हो, जसरी माकुने र केही उनकै सहयोगी अखबारहरूले भक्तमान अपहरणकान्डमा गरेका थिए । भक्तमान प्रकरणमा एमाले युथफोर्सले पनि आयोग बनाएको थियो । पोखरातिरका अपराधीलाई सहयोग गर्दै आएका राजीव पहारीको नेतृत्वमा बनेको आयोगले पनि माओवादीले नै अपहरण गरेको घोषणा गर्‍यो, तर बाँचेर आएका भक्तमान र माकुने सरकार मातहतकै प्रहरीले गरेको अनुसन्धानले आफ्नै प्रधानमन्त्रीको भनाइ बकवास भएको पुष्टि गर्‍यो ।

माकुनेको बकवास यतिमा मात्र सीमित थिएन । बुटवलमा मारिएका व्यापारी दम्पती र वीरगञ्जमा मारिएका हिन्दू युवाको हत्यामा पनि उनले माओवादीलाई आरोप लगाउन चुकेनन् । तर, तथ्यहरूले यी कुरा पुष्टि गरेनन् । उल्टै माकुने कतै अपराधी बचाउन नियोजित रूपमा झूट बोल्दै छन् कि भन्ने आशंकालाई पुष्टि गर्ने काम गर्‍यो । अहिले यस्तै बकवासपूर्ण घोषणा माकुनेले कार्की हत्यामा पनि गरेका छन् ।

अहिलेसम्मका गतिविधिमाथि पूर्वाग्रह नराखी हेर्ने हो भने माओवादीले आपराधिक कार्य गर्नका लागि आफ्ना कार्यकर्तालाई हतियार बाँडेको देखिँदैन । हिजो माओवादी पार्टी जनयुद्धमा थियो, र त्यो घोषित युद्ध थियो । आज माओवादी पार्टी शान्तिपूर्ण आन्दोलनमा छ, र उसले घोषित रूपमा र संसारले देख्ने गरी शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । विरोधीहरूले हतियारकै बलमा माओवादीलाई सिध्याउने षडयन्त्र गरे भने माओवादीले घोषणा नै गरेर, जनतालाई सूचित गरेरै हतियार चलाउन सक्छ । त्यसैले अहिले हतियार र सेनालाई राष्ट्रसंघको सुपरीवेक्षणमा राखेर माओवादी पार्टी शान्तिपूर्ण आन्दोलनमा छ । त्यसरी घामजस्तै छर्लंग व्यवहार गर्दागर्दै पनि माकुनेलगायतकाहरू किन माओवादीलाई बदनाम गर्न यस्ता बकवास गर्दै हिँड्छन् ?

१. नेपाली जनताको शान्ति र संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध गर्न उनीहरू कुनै आपराधिक षडयन्त्र गर्न चाहन्छन् । जसका निम्ति देशभित्र र बाहिरका केही आपराधिक तत्त्वहरूसँग उनीहरूको साँठगाँठ रहेको देखिएको छ । शान्तिप्रक्रिया सुरु भएपछि नै एक सयभन्दा बढी माओवादी नेता र कार्यकर्ताको हत्या गराउन सफल हुनुले यो तथ्य पुष्टि गर्दछ ।

२. संसारभरका साम्राज्यवादीहरू आफ्ना गुप्तचर सञ्जालमार्फत जनताका लोकपि्रय राजनेताहरूको हत्या गरेर आफ्नो आयु लम्बाउन चाहन्छन् । तिनै गुप्तचर संस्थाहरूले राजधानीलगायतका स्थानमा गम्भीर प्रकृतिका हत्या गराउँदै र कानुनको नजरबाट आफूलाई बचाउँदै आएका छन् । 'मालिक'लाई बचाउने दासधर्मअनुसार नै माकुने पनि अपराधी बचाउन बाध्य देखिन्छन् । जमिम शाह हत्याकाण्ड यसको ज्वलन्त उदाहरण हो । यद्यपि नेपाली जनताले एमालेका पूर्वमहासचिव मदन भण्डारी र राजा वीरेन्द्र शाहको हत्यामा पनि विदेशी संलग्नता र देशका शासकहरूको निरीहता अनुभव गरेकै विषय हो ।

३. माओवादी पार्टीलाई यिनीहरूले आफ्नो वर्गबैरी सम्झन्छन् । माओवादी शान्तिपूर्ण ढंगले नेपाली समाजमा क्रान्ति गर्न चाहन्छ । जसबाट राज्यका किसान, मजदुर, महिला, दलित र उत्पीडितहरू, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता पक्षधरहरूले विशेषअधिकार प्राप्त गर्न सक्छन् । त्यसबाट माकुनेले प्रतिनिधित्व गर्ने वर्ग विदेशी दलाल, नोकरशाह र सामन्तहरूको अधिकार सीमित हुन्छ वा कटौती हुन्छ । यसै कारण माओवादी पार्टीको लोकपि्रयतामा उनीहरू आफ्नो मृत्यु देख्छन् ।

४. नेपालमा यतिखेरको राजनीतिक गत्यावरोधको वास्तविक कारण देश फेरि पनि गुलाम नै बनिरहने वा स्वाधीन र आत्मनिर्भर राष्ट्रका रूपमा उठ्ने भन्ने हो । माकुने, ओलीहरूले नेतृत्व गरेको एमालेको एउटा गुट र कांग्रेसभित्रका भारतका मित्रहरू -दलालहरू) यो देशलाई स्वाधीन र समुन्नत राष्ट्रका रूपमा उभिएको देख्न चाहँदैनन् । त्यसकारण शान्ति र सत्यको विरुद्ध युद्ध र झूटको सहारामा उनीहरू अगाडि बढ्ने दुस्साहस गरिरहेका छन् ।

५. उनीहरू नेपाली जनताको पछिल्लो अभिमत जनयुद्ध, जनआन्दोलन र संविधानसभाको निर्वाचन सबैलाई अपमान र अपहेलना गर्न चाहन्छन् । किनकि नेपाली जनता उनीहरूको पक्षमा छैनन् भन्ने पुष्टि भैसकेको छ । सत्यको प्रचारबाट जनतालाई आफ्नो पक्षमा पार्न नसकिने भएपछि झूट, अशान्ति र हिंसाको सहारा लिनु प्रतिक्रियावादीहरूको धर्म हो । माकुनेलगायतका शक्ति त्यसो गर्न बाध्य छन् । यी बकवास यसैका उदाहरण हुन् ।

तसर्थ, कार्की हत्या माओवादीले गर्‍यो भन्ने माकुनेहरूको बकवास-राजनीतिको पोल अन्य घटनाझैँ ढिलोचाँडो खुल्ने नै छ । यस्ता बकम्फुसे कुरा नेपाली जनताले पत्याएका थिएनन् र फेरि पनि पत्याउने छैनन् । बरु यस्ता आपराधिक राजनीतिक प्रवृत्तिको जवाफ नेपाली जनताले शान्तिपूर्ण ढंगले दिँदै आएका छन् र दिँदै जानेछन् । यस्ता बकवास-राजनीतिले नेपालको राष्ट्रिय स्वाधीनता, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता उपलब्धिहरूको रक्षा गर्न र राष्ट्रको समृद्धि प्राप्त गर्न नेपाली जनता एकजुट बन्ने अभियानलाई रोक्न सक्दैन ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork