Goodwill Trading     Durga Indian & Nepali Food Restaurant
NRN Notice
Namaste Restaurant
Best Personality of
the Month
कवि सोन्सेलिआ
गिरीराज कुँवर
Samabedana
Om New Korean Shopping Center
Gorkhali Smarika
Article of the Month
कोरिया जान चालीस हजार युवाहरुले फर्म भरेरै छोडे
मन्जु खरेल , काठमाण्डौं
Join Us at FACEBOOK
कोरिया लिंकहरू

नेपाली दूतावास कोरिया
नेपाल पत्रकार महासंघ द. कोरिया
नेपाल कोरिया सांस्कृतिक मञ्च
कोरिया एन पी ब्लग
नेपाली विद्यार्थी समाज(सोन्सिक)
एन आर एन कोरिया
कोरियन एम्‍बेसी नेपाल
थसेस ब्‍लग 
म्‍यग्‍दी समाज कोरिया 
रोशन भट्टराई ब्लग 
रुपन्देही सम्पर्क समिति 
बुटवल परिवार कोरिया 
हामी नेपाली हाम्रो नेपाल
नेवाः पुचः दक्षिण कोरिया
तमुधिं कोरिया
रिच नेपाल
नेपालीको सम्झना

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू

समाचार अनलाइन

नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम

 
कोरिया जान चालीस हजार युवाहरुले फर्म भरेरै छोडे
   मन्जु खरेल , काठमाण्डौं
 
काठमाण्डौंको रंगशालामा असार देखि ४ सम्म युवाहरुको हुन सम्मकै भिड देखिएको थियो यो भिड विश्वकपको माचोमा कुनै खेल हेर्नको लागि नभएर कोरियाली श्रम बजारमा भएको नेपाली कामदारहरुको माग अनुसार उपलब्ध थोरै कोटामा कतै परि पो हालिन्छ कि भनेर प्रक्रिया पुराउने हेतुले फर्म भर्नको लागि थियो। छालाको पेटिले भोको कम्मर कसेर ,अघिल्लो सांझदेखि लाईनमा बसेर भएपनि लगभग चालीस हजार युवाहरुले त्यो फर्म भरेरै छोडे यो भिड हेर्दा लाग्दथ्यो कि कोरियाली सरकारले त्यतिकै भिषा उपलब्ध गराउन लागेको हो तर सबैलाई बिदितै यो कोरियाली समुदायले गर्न नरुचाउने तल्लो तहको काम नेपालीहरुलाई गराउन गरिएको माग हो भनेर ।यहांको घुंईचो हेर्दा यस्तो प्रतित हुन्थ्यो मात्र चार हजार कामदारको माग रहेकोमा मौका मिले सबै नेपालीहरुले कोरिया जाने सोच बनाएको छन् । मनमा लाग्यो -विदेशी कामदार हुन किन लालायित भएका होलान् नेपाली युवाहरु ?उत्तर पनि आई हाल्यो-व्यवस्थापन पक्षको बेइमानी।नेपाल हांक्ने कुर्सीमा अहिलेसम्म देशको लागि सोंच्ने कोही राजनेता विराजमान हुन सकेनन् तर राजनीतिक नेताहरु मात्र बसे जसको सरोकार आफ्नै स्वार्थको घडा भर्नु मात्र रहयो।अचेल सबै व्यस्त हुनु पर्दछ।उति पढ्ने फूर्सद हुन्न।त्यसकारण मैले छोटकरीमा यो विषयमा मनमा लाग्या कुराहरु व्यक्त गरेकिछु। यसरी युवाहरु बिदेश पलायन तिर आकर्षित हुनु राज्यको लागि ठूलो समस्या हुन सक्दछ ।कारण कुनै एउटा मुलुक सार्वभौम रहिरहन स्थिर जनसंख्या ,निश्चित भूगोल,प्रचलित राष्ट्रभाषा,मनोवैज्ञानिक रुपमा एउटा साझा उज्जवल भविष्यको आशा ,कार्यपलिका,व्यवस्थापिका ,न्यापालिका (सरकार)सुसंगठित सेना अनिवार्य शर्तहरु हुन।देशको युवा शक्तिको विदेश पलायनको समस्यालाई समयमै निराकरण गर्न नसके भोलिको दिनमा यसले विकराल रुप नलेला भन्न सकिन्न ।मूलकुरा रोजीरोटिको हो।यो त आफ्ना नागरिकहरुको निम्ति राज्यले समाधान गर्नु पर्ने समस्या हो।राज्यले उचित गास, बास, कपासको ब्यबस्था गर्न नसक्दाको परिस्थिति हो यो अस्थिर राजनीति अशान्ति दण्ड हिनता जस्ता समस्याले देश ग्रस्त जसले गर्दा नेपालीहरु विदेश उन्मुख भईरहेका छन्। असल राजनेता नहुंदा देश कस्तो हुन्छ भन्ने उदाहरण हेर्न अन्त कहि जानु पर्दैन। यसो राजधानीका गल्लीहरुमा निधारमा गांठो पारेर कसले मलाई विदेश पठाईदेला भनेर भौतारिएर हिंड्ने युवाहरुको मलिन अनुहारमा हेरे पुग्दछ।
समस्याको जरो कहां छ त भनेर मैले दिनभर आफ्नो श्रीमानको यादलाई समेत भुलेर सोंचे। "समस्याको जरो राजनीतिक व्यवस्थापनमा छ मन्जु"सांझ पख मेरो ब्रह्मले सुस्त स्वरमा भन्यो।आगामी दश बर्ष भित्र देशको के के समस्याहरु समाधान गर्ने,कति बाटो -सडक सरकारले बनाउने,कति श्रमदानमा जनतालाई खनाउने,कति बेरोजगारलाई रोजगार बनाउने,विजुली कति निकाल्ने,सन्चारको कुन विधि जनतालाई दिने भन्ने स्पष्ट भिजन नहुनु नै अहिले देखिएको समस्याको मूल जरो हो।अब विदेशिनेहरुमा चेलाबेटाहरु मात्र नभै चेलीबेटीहरु पनि लाईन लागेका देखिए।कतिपय अवस्थामा यिनको अस्मितामा विदेशीहरुले आंखा लाउने र दागा धर्ने गरिएको सुन्नमा आएकै स्थिति हो।त्यसतर्फ पनि यसो सोंचिदिने कुनै संस्थापन पक्षको भरपर्दो उपस्थिती छैन।समाज फूलिंगको थियोरी अनुसार चलिरहेको छ।एकले अर्कोलाई मूर्ख तुल्याउने सिद्धान्त अनुसार।युवाहरु विदेश गएर कमाएर के गर्ने?उनीहरुका आफन्त जनहरुले दलालहरुको भ्रमजालमा परेर दिन दिनै डबल त्रिपल हुंदै गएको काठमाडौको घर-घडेरी र जग्गाको भाउमा तिनले विदेशबाट पठाका सबै पैसाहरु दाउ राखिसकेका हुन्छन् ।त्यसरी आफू सिद्रा जस्तो भएर कम्तिमा पांच बर्ष पछि मुलुक फर्किंदा हातमा लाग्यो शून्य हुन्छ।युवाहरु निराश हुनु पर्ने अवस्था यसरी पनि हुन्छ।
जनजाति दाजुभाइहरुले मलाई माफ गर्नु होला।हजूरहरुको मान मर्दन गर्नलाई होइन तर उदाहरणको लागि मैले एउटा पूरानो उखानलाई यहां साभार गर्न चाहन्छु।भानुभक्त आचार्यको पालामा एक जना थापा थरका गाम्ले दाइ नेपाल जानु भएछ।उहांको पालामा काठमाडौलाई नेपाल भनिन्थ्यो रे।अनि नेपाली सेनामा भर्ती हुनु भएछ।एक बर्ष पछि एउटा शीषिर यामको जाडोमा एक बोरा चांदीका मोहरहरु भरियालाई बोकाएर घर फर्कनु भएछ।एउटा तीन गाउमा कहलिएको  बाहुन बाजेले त्यो कुरा चाल पाए छन्।त्यस पछि खोलाको छेउमा रहेको आफ्नो धान खेत बेच्ने हल्ला फिंजाएछन्।पुर्ख्यौली जग्गा अलि कम भएको थापा दाइलाई त्यो कुरामा चासो जाग्नु स्वभाविकै थियो।चौपारीको बरपिपल छहारीमा बसेर दुई पक्षको कुराकानी भएछ।अनि ती दाइले त्यो खेत किनेछन्।ती बूढाले उनको हातबाट पैसा छिनेछन्।बूढा बाहुन पनि दंग युवा थापा  पनि दंग!केही महिनाको छुट्टि सकिए पछि जग्गा किन्ने दाइ फेरि नेपाल (काठमाण्डु) फर्केछन्। शरद रितुको बेला "मैले किनेको खेतमा कति धान फले होला ?"भन्ने सोंच्दै फेरि पल्टनमा घर बिदा मागेर ती युवा फर्केछन्।खेत त सबै खोलाले बगाएर बगर बनाएको रहेछ।अनि उनलाई देख्ने बितिक्कै घरमा रुवावासी चलेछ।त्यसै दिनदेखि एउटा उखान अस्तित्वमा आएछ,"थापा दाइ नेपाल गए,पैसा कमाए प्रशस्तै,झेलीको खेलमा परेर खोला छेउमा खेत किने,पैरोले लग्यो खेत छुट्टिमा घर फर्किंदा जस्ताको तस्तै!" आज विदेश गएका अधिकांश युवाहरुले कमाएको धनको हालत पनि असल व्यवस्थापनको अभावमा त्यस्तै खोलाको छेउमा किनिएको खेत भएको छ।
यो के भन्छ अर्थशास्त्रमा रेमिट्यान्स छ नि त्यो युवाहरु विदेश गएर त्यहां कमाएर पठाएको धन हो।सही प्रयोग गर्न सकिएन भने रेमिट्यान्स आत्मघाति बन्दुक साबित हुन्छ भन्ने कुरा असीको दशकको फिलिपिन्स र उसको अहिलेको आर्थिक अवस्थालाई हेरे पुग्ने कुरा हो।सरकारले अब विदेशबाट आउने रेमिट्यान्सलाई सही व्यवस्थापन गर्ने र युवाहरुलाईस् स्वदेशमै व्यवसायहरु गर्न सक्ने वातावरण निर्माण गरिदिने तर्फ गम्भीर भएर सोंचोस,गरोस भन्ने हाम्रो कामना छ।यो गर्नको लागि पैसा चाहिन्न असल राजनेताहरु चाहिन्छ।किनभने थियोरी पहिला र कार्यान्वयन दोस्रो कदमहरु हुन्।असल राजनेताहरु कहां गए खोई,कहिलेसम्म बस्ने नेपालीहरु रोई ?



यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
Taj Mahal Restaurant
Mountain Top Restaurant
Air Ticket Available for Nepal-Korea
अन्तर्वार्ता
-
कहिले प्रधानमन्त्रीको लागि चर्चामा त कहिले भारतीय विशेष दूतसँग एक्लै भेटेको आरोप। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई यस्तै कुराले छाएका छन्, अहिले। उनको पक्ष र विपक्षमा पार्टीमा चर्को स्वर निकाल्नेहरु कम छैनन्। त्यही परिवेशमा नागरिकन्युजका लागि भोजराज भाटले उनीसँग गरेको कुराकानी :
विचार
- कुलचन्द्र गौत्तम
माओवादीले जति छिटो हतियारसहितको पार्टी रहिरहनु आफ्नो लागि हानिकारक छ भन्ने बुझ्दछन्, त्यति नै उनीहरू नयाँ नेपालको आफ्नै परिकल्पनालाई साकार पार्ने दिशामा योगदान गर्न सफल हुनेछन्। पछिल्लो सप्ताहान्तमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिन र एकीकृत नेकपा-माओवादीले माओवादी लडाकूको समायोजन तथा पुनर्स्थापनका लागि केही सिर्जनात्मक प्रस्ताव अगाडि सारे।
लेख
- नारायण श्रेष्ठ
सन २००८ को समरमा अमेरिका टेक्दा हपक्क तातो हावाले मलाई एकैपटक समात्यो। काठमाण्डौको मोडेरेट हावापानी छोडेपछिको त्यो मेरो पहिलो अमेरिकी अनुभव थियो । राजधानी छोड्दा मैले त्यस्तो ‘तातो’ र ‘हृयुमिड’ अमेरिका कल्पना गरेको थिईन । खुल्ला समाजको उदाहरण दिईने अमेरिकी व्यवस्था र सामाजिक संरचनाका बारेमा मेरा कल्पना अली फरक र अमूर्त थिए। अमेरिकी समाज युरोपसंग तुलना गरिने हुनाले कतिपय युरोपेली ठाउँजस्तै अमेरिका पनि केही
पुरुको कोलम
दक्षिण कोरियाको बिभिन्न सिटीहरुहरुमा राजधानी सउलका ट्रेन स्टेशनहरुमा तथा पसल पसलहरुमा नेपालका हिमालियन बालबालिकाहरुको पढाईका लागि भन्दै माग्दै हिड्ने नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु भएको छ । आज जुलाई २३ सउलको यङदम्फो स्टेशन नजीक २ जना नेपाली चेलीहरु माग्दै हिडिरहेको देखेपछि त्यहीं नजीक बसोवास गर्ने एस् थापाले उनीहरुलाई रोक्न खोजे तर यो काम नराम्रो नभएको जिकीर गर्दै उल्टै थापालाई बोल्न समेत दिएनन् ।
मत व्यक्त गर्नुहोस्
एनेकपा माओवादी
नेपाली कांग्रेस
नेकपा एमाले
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork