?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

पांचौ नेपाल एकिकरणको आवश्यकताबारे केही कुराहरु
   -जगेन्द्र छन्त्याल
 

Warning: getimagesize(article_uploaded_files/7ef94DSC02967.JPG): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

म भर्खर उछेकुकबाट फर्कंदैछु।उछेकुक भनेको हुलाक विभाग हो। मैले त्यहां केही नेपाली दाजुभाइ तथा दिदी बैनीहरुलाई भेटें।कतिले सामान पठाउंदै हुनुहुन्थ्यो भने कतिले सामान पठाउन फारम भरिरहेका साथीहरुलाई पर्खंदै ।काम सकिएपछि उछेकुकको बाहिर पूराना एक जना सित भलाकुसारी र बांकी सित चिन जान गरागर भयो।जाम न त एउटा काफेमा बसेर काफे लसे खाम भनेर मैले नै प्रस्ताव पेश गरें।उमेरले म नै वरिष्ठ भएको हुंदा यसो भन्नु मेरो दायित्व नै लाग्यो।फेरि सामान्य "पब्लिक फिगर" पनि भएको नाताले जनसम्पर्ककै खातिर पनि मेरो प्रस्ताव लक्षित थियो।सहजरुपमा मेरो प्रस्तावलाई स्वीकारे पछि हामी सात जना नेपाली नागरिकहरु लाग्यौं स्थानीय मकडोन्याल्डमा।राजिन्दर जैसवालले भन्नु भयो,"अरे दाजु भौजीलाई सन्चै त छ?" ।" हजूर भाइ,सन्चै छ।" मैले काउन्टरमा उभिएरै जवाफ दिएं। नरेन्द्र खड्काले भन्नु भयो,"नेपालको नयां हालखबर के छ नि दाजु?" जवाफमा मैले कोटको गोजीमा काउन्टरबाट फिर्ता भएको योंगसूजुक कोच्दै " खै,भाइ तपाईहरु नै बढी सुसूचित हुनुहुन्छ होला कि? मलाई भन्दा तपाईहरुलाई धेरै थाहा छ कि भाइ?"मैले स्पष्टिकरण दिएं।"ए,बल्ल बुझें दा,"सटिक जवाफ आयो उनको मुखारविन्दबाट।" सबै अगतिला खबर मात्र देखिन्छन ,जे भेटिन्छ त्यही पढिन्छ।देश बिग्रिसकेको खबर छ दाइ।"उनले चिन्तित मुद्रामा यी बेलिबिस्तार लाए।अहिले सम्म नबोलेकि उमा गडतौला बहिनीले ती भाइको कुरामा सहमतिमूलक दलिल पेस गरिन्,"देश विखण्डित हुने भो दाइ,देश बिग्रि सक्यो।" "ए यो बेन्चहरु पनि कति साना रहेछन्,म त आधामात्र अटाएं,खै स्टुल खोजेर ल्या त भाइ,भीम गुरुंग ले दलबहादुर राना लाई अह्राउनु भयो।"हस भन्दै यी मझौला कदका मित्रले पर कुनाबाट एउटा स्टुल ल्याउनु भो र हाम्रो टेबलको छेउमा हाजिर गराउनु भयो।दीपा लामिछाने बैनीले भन्नु भयो ,दाइलाई मैले पहिला हानारोमा पनि देखेकि थिएं।भेट्न पाउंदा खुशी लाग्यो।पूर्व स्म्रितिको धमिलो पर्दामा मेरो दिमागले कहिले हो ठ्याक्कै मिति सम्झन नसके पनि "ए,हो है?" भनेर संझे जस्तो गर्नु बाहेक अरु उपाय थिएन।
कुराकानि कै क्रममा मैले के बुझें भने वर्तमानमा नेपालले भोगिरहेका यावत समस्याहरुको बारेमा यो पछिल्लो युवापुस्ता सचेत छ,जागरुक छ र हरेक क्षेत्रमा हाम्रो देश एक भएको,अघि बढेको र अन्तर्राष्ट्रिय जगतमा यसले आफ्नो कुटनैतिक हैसियत दह्रो बनाएको दिन छिटै देख्न सकियोस भनेर सपना देखिरहेको छ जुन नेपालीपनको असाध्यै सकारात्मक पाटो हो।छन केही गलत आचरणका सुझ बुझ नभका युवाहरु -जसले विरोध प्रदर्शनको नाममा सरकारी गाडीहरुमा रांको झोंस्दै आफूलाई विध्यार्थी भन्दछन।जैसवाल भाइले मेरो बारेमा भूमिका सहित केही जानकारी दिनु भए पछि भीम जी ले भन्नु भयो।"ए ,तपाई हो त्यो आलु राष्ट्रको अवधारणा लेखको लेखक!""हो,हजूर।कस्तो लाग्यो त लेख?"प्रतिक्रिया जान्न खोजें।"तपाईको मुख हेरेर भनेको होइन,कस्सम राम्रो छ"जैसवाल भाइले तिक्खर शुद्द नेपालीमा भन्नु भयो।काफे लशॆ नावसमिदा!"काउन्टरकि कोरियन बैनीले हाम्रो वार्तालापमा हस्तक्षेप गरिन्।म उठेर लिन जान लागेको छरिता युवाहरुले बेन्चमै बसालि हाले।काफे लसेको चुस्कि लिंदै हाम्रो मकडोन्याल्ड वार्ता जारि रहयो।"सारमा राम्रै छ।संघियताको विरोध चाही नगर्नु पर्ने।"उहांको राय थियो।"पैला देश बचाउनु पर्दछ भन्ने उहांको अडान सही हो।"दलबहादुर जीले थप्नु भयो।"लेखले आफैमा के रे त्यो संघियताको विरोध गरेको छैन्।त्यो पछिल्लो कुरा हो।ह्वांले उठाउनु भको कुरा यो संक्रमणकालमा देश जोगाउनु ठूलो कुरा हो भनेको।" नरेन्द्र जीले आफ्ना सलक्क परेका लामा कपाल मिलाउंदै थप्नु भयो।"दाइ अहिले के गर्दै हुनुहुन्छ नि?"उमा बैनीले सोध्नु भयो।"यसो नेपाली साथीहरु सित भेटघाट गर्छु।शनिबार र आईतबार मण्डलीमा हुन्छु ।अरुबेला लेखपढ गर्छु।""ए,अहिले के लेख्दै नि दा?"नरेन्द्र खड्का जीले सोध्नु भयो।" नेपाललाई फेरि एकिकरण गर्नु पर्ने विषयमा लेख्दै छु भाइ।"मेरो जवाफ थियो।"कसरी नि ?" उहांहरुको सामुहिक प्रश्न म तिर खनियो।पहिला सुखदुखको कुरा गरौं, मैले समाधान गर्न सक्ने केही समस्या छ कि?" मैले सोधें।सबैको समस्या बुझे पछि थाहा भयो ढाडको समस्या दुईजनाको रहेछ।बुलिचिरोले पनि सन्चो नभको रे।"हामीले नि यसो गाइने डाक्टरलाई भेट्न पाए हुन्थ्यो" वाणिज्यमा स्नातक गरेकि गड्तौला बैनीले भनिन्।"लौ उसो भए अर्को आईतवार मसित हस्पिटल जाने।"सबले "हस हुन्छ।" भने। "हैन दा,नेपाललाई कसरी एकिकरण गर्ने नि,बताउनु न; मेरो ढाड दु:खेर के भो र भांच्चिहाल्या छैन् उता देशको ढाड भांच्चिनै लाग्यो।"नरेन्द्रले सोधे।
"लामो कुरा के गरुं र उपर्युक्त समय आएपछि बताउंला।अहिले उठौं।"मैले भलाकुसारी सभाको अन्त्य गर्ने प्रस्ताव राखें।त्यो प्रस्ताबलाई सबैले उठेर अनुमोदन गर्यौ र आ- आफ्ना बाटातर्फ लाग्यौ।
सम्विधान सभाको आयु थपिए पछि मलाई अब यस विषयमा बोल्ने उपयुक्त समय आएको लागेको छ। हाम्रो देश अहिले जाति,भाषा,धर्म र क्षेत्रियताको आधारमा विखण्डनको चपेटामा पर्नै लागेको छ।त्यो अहिले भुसको आगोको रुपमा मन्दिरको गर्भग्रिहको माझमा रहेको मुर्तिको अवस्थामा छ।आन्तरिक वा वाह्य कुनै पनि शक्तिले विखण्डनकारी नांग्लोले हम्कने बितिक्कै त्यो ज्वालामुखिको लप्का बन्ने खतरा छ।त्यसले के जनाउंदछ भने युगौं लामो हाम्रो देशको निर्माण प्रक्रियामा केही आधारगत त्रुतिहरु विध्यमान छन्।हो,त्यही आधारगत त्रुतिको कारणले अधिरचनागत त्रुतिहरु जन्मिन्छन्।नियम-कानूनहरु,वित्त विनियोजन र भू-स्वामित्व जस्ता कुराहरुमा त्रुतिहरु निस्कन्छन।यसरी नेपालको निर्माणमा रहेको त्यो आधारगत अन्तरविरोधलाई हल गर्ने हेतुले ऎलेसम्म चार पटक नेपाल एकिकरण भएको स्थिति हो।त्यसरी बिभाजित नेपाललाई राजनीतिकरुपमा एकिकरण गर्ने चार भिन्न प्रयासहरुलाई नेपालको एतिहासिक आंखि झ्यालबाट देखियो। ती चारै प्रयासहरुले गर्न नसकेको बांकी काम अबको नयां नेपालमा हुनु पर्दछ त्यो हो पांचौ नेपाल एकिकरण । यो एकिकरण राजनैतीक नभै भावनात्मक र भौतिक नभै आत्मिकी एकिकरण हो र हुनु पर्दछ भन्नु नै आजको मेरो थेसिस हो। यस बिषयमा एउटा नयां वहसको आवश्यकता तड्कारो छ।बुढाहरुले वादे वादे तत्वबोध जायते त्यसै भनेका होइनन्।छलफल गर्दै जांदा ज्ञान प्राप्त हुन्छ भन्ने यो भनाई पूरानो भएपनि कतिले भने जस्तो "प्रतिक्रियावादी" अवश्यै छैन।यहां उठाउन खोजेको विषय विश्व राजनीतिक रंगमंचमा अस्तित्वमा रहेदेखियताका समयहरुमा नेपालले भोगेका संघटन र विघटनका हर्ष र विस्मातद्वयकारी अवस्थाहरुको बारेमा हो-विशेष गरि ती घटनाहरुबाट हालको पुस्ताले सिक्न सक्ने केही कुराहरु छन् कि छैनन् भनेर हेर्नु र त्यसो गर्न पाठकहरुलाई उत्साहित तुल्याउनु उसको अभिप्राय हो।
पांचौ नेपाल एकिकरणको बारेमा चर्चा गर्नु अघि प्रथमत: नेपाल भनेको कहांदेखि कहांसम्मको भूभाग हो त्यतातिर जाऔं।फ्रान्सिस बुचानन(१८१४) लगायतका इतिहासकारहरूले नेपाल भनेको बिभिन्न साना साना राज्य (प्रिन्सीपलीटीज) मा बाँडीए पनि कस्मीरदेखि भुटानसम्मको हिमालय पहाडको दक्षिण तथा गंगाको मैदानको उत्तरी कांठ सम्मको क्षेत्र होभनेका छन ।त्यो भनाइमा सत्यता पनि पाइन्छ कस्मीर राज्य बाट पुर्व लागेपछी भुटानसम्म प्राय उस्तै प्रकारको रहन सहन बसोबास तथा भौगोलिक बनावट रहेको छ ।अरू त कुरै छोडौ इतिहासको बिभिन्न कालखण्डका यो क्षेत्रका राजाहरूले सकेसम्म उत्तर तिब्बती क्षेत्र तथा दक्षीण भारतीय क्षेत्रमा राज्य बिस्तारको प्रयास कमै गरेका छन चाहे ति राजा मानदेव हुन, या जुम्लाका राजा जितारी मल्ल हुन या काठमाण्डु उपत्यकाका राजा यक्ष मल्ल या त पाल्पाका राजा मणीमुकुन्द सेन अथवा गोरखाका राजा प्रिथ्वि नारायण शाह नै किन नहुन् । हाम्रो इलामको घरमा जे पाक्छ, जस्तो खाइन्छ प्राय: त्यस्तै नै दार्जिलिंगदेखि जलपाइगुडीसम्मको भूभागमा खाइन्छ। त्यस्तै डोटीकै जस्तो चालचलन र बैतडीका जस्तै चन्द थरवालाहरू सिमलामा पनि पाइन्छन ।नेपालको इतिहासमा नेपालीपाराको स्पष्ट हुनसकिने गरेर प्रिथ्वी नारायणको उदय हुनु अघि तीन चोटी नेपाल एकिकृत भएको पाइन्छ । राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालामा, तथा जुम्लाका राजा जितारी मल्लका पालामा बिभिन्न कारणहरुले विघटनको संघारमा पुगेको नेपाल राजनैतीकरुपमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथि उल्लेखित राजाहरूले लामो समय बचाइ राख्न सकेनन्।ती राजाहरुको अदूरदर्शी आर्थिक नीति,अस्पष्ट राजनैतीक दर्शन र असक्षम प्रशासनिक नीति ती शिघ्र बिघटनका पछाडिका कारणहरु थिए। तिनले आफ्ना भाइ-छोराहरूको वीचमा आफ्नै जीवनकालमा ती भूभागलाई बपौतीको रुपमा बांडेर गए भनेर के ती इतिहासका पुस्तकहरुमा लेखिएका छैनन् र?चौथो पल्ट राजा पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछि नेपाललाई पुन: विभाजन हुन नदिई जोगाइ राख्ने पद्धती बसाएर गए ।अहिलेको नेपाल पृथ्वी नारायण शाहले शुरूगरेको एकिकरण अभियान अन्तर्गतको भुभाग हो ।यसरी गत सहश्राब्दीको उत्तरार्धको शुरुमा राजा मानदेवले गर्न खोजेको राज्य विस्तारलाई त्यतिकै फ़ड्को मार्ने हो भने पनि चार महत्वपूर्ण एकिकरणहरु भएका थिए।
सबै भन्दा पछिल्लो र चौथो राजनीतिक एकिकरणको काम पृथ्वीनारायण शाहले गरे। उनले साना-तिना, भुरे-टाकुरे राज्य एकीकरण गर्ने काम नेपाली बिक्रम सम्बत् १८२८ देखि सुरु गरेका थिए । भारतमा शासन गरिरहेको बेलायती इस्ट इन्डिया कम्पनी सरकारको दब्दबा बढिरहेकोले हिमाली भेगमा छरिएर रहेका स-साना राज्य-रजौटाहरुलाई अंग्रेजले आफ्नो साम्राज्य भित्र पार्लान् भन्ने भयले एक सशक्त राज्यका रुपमा खडा गर्न पृथ्वीनारायण शाहले एकीकरण अभियान चालेका थिए । उनको निधनपछि प्रतापसिंह शाह, बहादुर शाह, राजेन्द्र लक्ष्मीजस्ता उनका सन्ततिले तत्कालीन अवस्थामा छरिएर रहेका बाइसे, चौबीसे, सेन राज्य, कुमाउ, गढवाल, सिरमोर, बार्‍ह ठकुर्राई, अठार ठकुर्राई, काठमाडौं उपत्यका, माझकिराँत, पल्लोकिराँत, लिम्बुवान क्षेत्र तथा लेप्चा इलाकासमेत ५६ स-सना राज्य एकीकरण गरी सम्बत् १८६३ सम्ममा एक मजबूत हिमाली राष्ट्र खडा गरी नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा किल्ला काँगडासम्म पुर्‍याएका थिए ।
यस्तै ऐतिहासिक कालमा नेपाल उत्तरमा तिब्बततर्फ टासिल्हुन्पोसम्म तन्किएको र दक्षिणमा घाघरा-गङ्गा नदीको मैदानसम्म फैलिएको थियो । यसलाई विशाल नेपाल भनिन्थ्यो । हाम्रो देशको पश्चिमी सिमानाले सम्वत् १८६३ मा काँगडा टेकेको थियो । तर ३ वर्षछि १८६६ मा सतलज नदीको सीमामा र्फकन पर्‍यो । यसपछि भारतमा राज्य गरिरहेका इष्ट इण्डिया कम्पनी सरकारको करकाप, छलछाममा परी वाध्य भएर नेपाल र कम्पनी सरकारका बीच भएको १८७२ चैत १ को सुगौली सन्धिका कारणले नेपालले पूर्वमा मेचीदेखि टिष्टासम्मको भू-भाग, पश्चिममा महाकालीदेखि सतलजसम्म र दक्षिणमा चुरे श्रृंखलादेखि दक्षिणको भू-भाग गुमाउनु परेको थियो । यसबाट नेपालको पूर्व र पश्चिमको पखेटा काटियो । दक्षिणको पुच्छर पनि निमोठियो । उत्तरतर्फ नेपालको गोर्खाली सेनाले सम्वत् १८४५ मा तिब्बतको ल्हासा नजिकको टासिल्हुन्पोसम्म विजय गरी नेपालको झण्डा फहराएकोमा नेपाल-तिब्बतबीच भएको १८४६ जेठ १९ को केरुङ सन्धि र १९१२ चैत ३ को थापाथली सन्धिले वर्तमान सिमानामा धकेल्यो ।सुगौली सन्धिले छिनिएको दक्षिणी सीमाक्षेत्रमध्ये अंग्रेजले १८७३ पुस ७ मा पूर्वी तराई र १९१७ कात्तिक ३ मा पश्चिम तराई -नयाँ मुलुकको रूपमा चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्ला) पूरक सन्धि गरी नेपाललाई फिर्ता गर्‍यो । यिनै सन्धिहरूपछिको भू-भागमा नेपालको वर्तमान सिमाना कायम रहेको स्थिति हो।
इतिहासको सुनौला पानाहरुमा धुमिलरुपमा देखिने अरु राजतन्त्रहरुलाई छोडेर लिच्छबिकालदेखि यताको पानालाई निचोर्दै आयौं भने हाम्रा हत्केलाहरुमा यी तथ्यहरु आउंदछन्:सन २५० को हाराहरीमा भारतको उत्तरीभागबाट नेपालमा बसाई सरेका सम्पन्न घरानाका मानिसहरु लिच्छवीहरु थिए।ऎतिहासिक महत्वको पहिलो लिच्छवी राजा मानदेव १ थिए।अर्का महत्वपूर्ण राजा अंशुवर्मा थिए जसले तिब्बतसंगको व्यापारिक मार्ग खोलेका थिए।उनका छोरीहरु मध्यकि एउटी,भ्रिकुटी,जसको विवाह तिब्बती शासक स्रंचोंग गोम्पो सितभएको थियो,उनी तिब्बत र चीनमा बुद्दको सुसमाचार फ़ैलाउनमा शीर्ष भूमिकामा थिईन्।सातौं शताब्दीमा भारतको भ्रमण गर्नु भएका चिनीयां यात्री हुवेनसांगले आफ़्नो लेखहरुमा नेपाली राजा अंशुवर्मालाई महाप्रतिभाशाली भएको बताएका छन्।अर्का लिच्छवी राजा नरेन्द्रदेवले चीनसंग दौत्य सम्बन्ध स्थापना गरे र उनका उत्तराधिकारीहरुले भारतीय राज घरानासंग वैवाहिक सम्बन्ध राखि भारतसंगको मित्रताको जग बसाले।लिच्छवी शासन नेपालमा ६३० वर्ष चल्यो। नेपालको राजनीतिक क्षितिजमा लिच्छवीहरुको पतन पछि मल्ल कालको उदय हुन्छ जुन अवधिमा कान्तिपुर (पछि काठमाडौ भनियो) सहरको जग बसालिएको थियो।शुरुको मल्ल शासन १२ औं शदीमा अरी मल्लबाट शुरु भयो र त्यस पछिको २०० वर्षहरुभित्र बाईसी नामक स-साना राज्यहरुमा विखण्डन हुनु अघि एउटा विशाल साम्राज्यको रुपमा फ़ैलियो।यो परिघटना चौवीसी राज्यहरुको उदयसंग बढी वा घटी संयोगमुलक थियो।यी राज्यहरुको इतिहास तिनीहरु अरु साना र ठूला राज्यहरुसंग एकिक्रित नेपाल अधिराज्यको निर्माण गर्न नमिलुन्जेलको इतिहास धेरै धमिलो छ।यसरी विखण्डन हुनाका दुई कारणहरु थिए-क.पूरानो र सानो उत्पादन सम्बन्ध ख.भौगोलिक बिकटता।जयस्थिती मल्ल,जो संगै काठमाण्डु उपत्यकामा पछिल्लो मल्ल कालको शुरु हुन्छ,उनले १४औं शताब्दीको अन्ततिर शासन गरेका थिए।उनको शासनकाल अल्पावधिको भएतापनि, कयौं सामाजिक र आर्थिक सुधारहरु जस्तै उपत्यकाका जनताहरुलाई संस्क्रितकरण गर्नु, नयां जमिन नापी तथा वितरण विधिहरु लागु गर्नुले उपत्यकाका शासकहरु मध्यमा उनको स्थान उच्च छ।उनका नाती यक्ष मल्लले १५ औं शताब्दीको लगभग अन्तसम्म उपत्यकामा शासन गरे।उनको देहान्तपछि, सन १४८४ तिर उपत्यकालाई वपौतीको सिद्दान्त मुताविक तीन स्वतन्त्र राज्यहरु- कान्तिपुर,भादगाउं र पाटन (नेवारी भाषामा ऎल,खोप र यॆं) मा विभाजन गरियो।यस विभाजनले मल्लहरुलाई भौगोलिक तथा वाणिज्य उपलब्धीहरुको लागि आपसमा काटमारमुलक युद्धहरु(internecine wars) तिर तान्यो।परस्परको मारकाटले तिनीहरुलाई विस्तारै गाल्दै लग्यो र प्रिथ्वी नारायण शाहको उपत्यका माथिको चढाईको समयसम्ममा,तिनीहरु आफ़ै राजनीतिकरुपमा लोप हुनै लागेका थिए।अन्तिम शासकहरु जय प्रकाश मल्ल,तेज नरसिंह मल्ल र रन्जित मल्ल क्रमश:कान्तिपुर,भादगाउं र पाटनका राजाहरु थिए।त्यसकारण या त कुनै राजनैतीक शक्तिको मातहतमा उदयीमान एकिक्रित राष्ट्र बन्ने र पहिलेको भन्दा प्रगतिशिल उत्पादन सम्बन्धको विकास गर्ने या वाणिज्यको माध्यमले सारा भारत निलेको अंग्रेज साम्राज्यमा बिलय हुने -यी दुई बाहेक अरु बिकल्प हाम्रा पूर्वजहरु सित थिएनन्।
शाह वंश र नेपालको चौथो पुन:एकिकरण

(क)प्रगतिशिल शाह वंश

प्रिथ्वी नारायण शाह (सन १६६९-१७७५),जस संगै हामी नेपाली इतिहासको आधुनिककालमा प्रवेश गर्दछौं,गोरखाको शाह घरानाका संस्थापक राजा द्रव्य शाहका नवौं पुस्ताका राजा थिए यिनी।आफ़्ना पिता नरभूपाल शाहको उत्तराधिकार उनले सन१७४३ मा राजा भएर हासिल गरे। मल्ल राज्यहरु,बाईसी र चौबीसी गरि मुलुक तीन भौगोलिक खण्डमा विभाजित भएको उनलाई ठीक लागेको थिएन जसका राजनैतीक अवस्थाहरुको बारेमा उनी एकदम सचेत थिए।उनले ती स -साना राज्यहरुलाई भविष्यमा अस्तित्वमा रहन एकिकरण गर्नु पर्ने कार्यलाई एउटा जरुरी शर्तको रुपमा अग्रिमरुपमा देखे र तदनुसार आफ़ूलाई सो कार्यमा लगाए।
पहाडी राज्यहरु माझको परिस्थिती सम्बन्धी उनको मूल्यांकन सही थियो,र ती राज्यहरुलाई तुलनात्मकरुपमा सजिलै अधिनस्थ गरिएको थियो।राजा प्रिथिविनारायणको बिजय अभियान सन १७४४मा नुवाकोटको विजयसंगै शुरु भयो जुन काठमाडौ र गोर्खाको विचमा पर्दछ।नुवाकोटको विजयसंगै उनले काठमाडौ उपत्यका ओरिपरिका सामरिक महत्वका स्थानहरु अधिनमा लिए।यसरी उपत्यकाको बाहिरी जगत् सितको सम्बन्ध काटिएको थियो।सन१७५६ मा तिब्बतसितको कुति नाका कब्जा गरिए पछि र तामा व्यापारी छन्त्यालहरुलाई आफूसंग मिलाए पछि यी राजाले तिब्बत सितको उपत्यकाको व्यापार बन्द गरिदिए।अन्तमा गोर्खाली फौजको अगुवाई गर्दै प्रिथ्वी नारायण शाह काठमाडौ पसे।किर्तिपुरको विजय पछि काठमाडौका राजा जय प्रकाश मल्लले बेलायतीहरुको सहयोग मागे।तसर्थ तत्कालिन ईष्ट ईण्डिया कम्पनि(भारतमा बेलायती स्वार्थको रक्षा गर्ने सशस्त्र व्यापारीहरुको समूह)ले कप्तान किनलोकको नेत्रित्वमा एउटा फौज सन १७६७मा पठायो।सो बेलायती फौजलाई गोर्खाली फौजले सिन्धुली गढीको लडाईंमा हरायो।यो एउटा ऎतिहासिक हलमार्क थियो।यो लडाईमा गोर्खा हारेको भए नेपालको के हविगत हुन्थ्यो? देशै नभएको स्थितिको अनुमान गर्दा पनि जिउ सिरिंग हुन्छ ।सेप्टेम्बर २५, १७६७ मा काठमाडौ कब्जा नाटकिय ढंगले भएको थियो। जसै काठमाडौका मानिसहरुले इन्द्रजात्रा मनाई रहेका थिए त्यहि घडिमा प्रिथिवी नारायण शाह र उनका सैन्यहरुले काठमाडौमा परेड खेल्दै प्रवेश गरे।काठमाडौको राजाको निम्ति भनेर राजदरबार अगाडि एउटा सिंहासन राखिएको थियो जसमा प्रिथ्वी गएर बसे र जसको हातमा लठ्ठी उसको साथमा भैंसी भने झैं राजनैतिक रुपमा मात्र नभै बिना कुनै जनप्रतिरोध यसरी सांस्क्रितिक रुपमा समेत उनी राजा भए।निरन्तरको युद्धकर तिर्दा हैरान काठमाडौबासीले राहत महशुस गर्दै उनको जय जयकार गरे।ज्यान जोगाउंदै जय प्रकाश मल्ल पाटनमा शरणार्थी बने जुन केही दिनमै कब्जा गरिएको थियो।जयप्रकाश र तेजनरसिंह मल्ल(पाटन सम्राट) को लागि अब टेक्ने हांगो भने नि समाउने डाली भने नि भाद गाउं मात्र थियो।सिद्धि नरसिंह मल्ल जो प्रिथ्वी नारायण शाहका मित बा थिए;उनलाई समेत अन्तमा गोर्खालीहरुले कब्जा गरे।यसरी सन् १७६९ सम्ममा उपत्यकाको सबै भूभाग एकिकरण भयो।यसरी आफूले गरेको कामले नै प्रिथ्वी नारायण शाहले नेपालका बिभिन्न धार्मिक-जातिय समुहहरुलाई एउटा राष्ट्रियताको सुत्रमा पुन आबद्द गरे।सिंगो मुलुकको एकिकरणको लागि कतिपय वाधक चिजहरु (अधोगतितिर लागेका अर्थतन्त्रहरु,भाषाहरु र संस्क्रितिहरु समेत)माथि दमन हुनु ऎतिहासिक स्वभाविकता थियो।ती मध्यॆको कुनै एउटा अगाडि आउनु ऎतिहासिक वस्तुगत आवश्यकता थियो।उनकै सामाजिक र आर्थिक विचारहरुले लामो समय सम्म हाम्रो मुलुकको सामाजिक-आर्थिक मार्ग प्रदर्शन गरिरहे।उनको "नेपाल एउटा दुई ढुंगाविचको तरुल" भन्ने उखानले नेपालको विदेश नीति निर्माणमा आज पर्यन्त निर्णायक भूमिका खेलिरहेको छ।
(ख)पीडित शाह वंश(गिर्वाणयुद्ध-त्रिभुवन)

यसरी प्रिथ्वी नारायण शाहदेखि बहादुर शाहको सम्मको शाह वंश अपेक्षाक्रितरुपमा प्रगतिशिल थियो जसले जसरी भएपनि टुट फुटको स्थितिमा रहेका साना राज्यहरुलाई मानसिक वा आत्मिकीरुपमा नभए पनि राजनीतिकरुपमा एक बनाउने ऎतिहासिक अगुवाई गर्यो।त्यस पछिको शाह वंशको नेत्रित्व अधोगतिशिल हुनु नै हाम्रो इतिहासको फलक्चुएशन थियो।अगुवा गलत भयो भने जनताहरु अल्मलिन्छन् र विकास होइन बिनाशतिर जान्छन् भन्ने कुराको उदाहरण त्यसबेलादेखि जंग बहादुरको उदय हुंदासम्मको इतिहासले भन्दछ।भर्खर राजनैतीकरुपमा एकिकरण भएर पश्चिमकिल्ला कांगडा र पूर्वमा टिष्टा ,उत्तरमा सिगात्से र दक्षिणमा वर्तमान नेपाल-भारत सिमा भन्दा ६.५ डिग्री दक्षिणसम्म फैलिएको नेपाल बेलायती उपनिवेशवादीहरुको सैन्य हस्तक्षेप पछि आफ्नो विस्तार क्रम रोक्न वाध्य भएको पाईन्छ। ऎतिहासिकरुपमा, उदयीमान दुई शक्तिहरुको विचमा यसरी कहिं न कहिं टक्कर हुनु स्वभाविक थियो र भयो नै।बुटवल र स्यूराजको भुस्वामित्व नेपाल वा अंग्रेज सरकार मध्य कस्को हुने भन्ने विवादमा नै एंग्लो-नेपाल युद्द (१८१४-१८१६) को आगो सल्किएको थियो।ती भूभागबाट नेपाली सेनाहरु हटाउनु भन्ने बेलायती प्रस्ताबलाई नेपाली सेनापति रणजोर सिंह थापाले "थाल मेरो भए पछि बिट कसको त?" भन्ने कठोर प्रश्न गरेर नाजवाफ बनाएको बताईन्छ।युद्ध भयो र धेरै मोर्चाहरुमा सौर्य र बहादुरीका साथ नेपालीहरुले लडे पनि बेलायतीहरुको बिशाल सेना र सर्वोत्तम हतियारहरुको सामु धेरै बर्ष लडाई थेग्ने अवस्था रहेन।नेपाली सेनाले महाकाली नदी र सतलज नदीवीचको भुभाग छोड्नु पर्यो।सायद नेपालीहरुले किल्लाबन्द शैलीलाई परित्याग गरेर प्रिथ्वी नारायणकै शैलीमा चलायमान युद्ध गरेको भए त्यो युद्धलाई अझै पांच वर्ष थेग्न र सुगौली सन्धि हुनबाट रोक्न सक्दथे कि भनेर झिनो अनुमान गर्न सकिन्छ।युवा अवस्था मै राजा बनेका व्यक्तिहरु व्युरोक्रेसीका शिकार भए।
१८१६को लज्जास्पद सुगौली सन्धी पछि नेपालले जम्मा गरेको विशाल स्थल सेनामध्य आधाजसो बेरोजगार हुने अबस्था आयो।कति त उतै कुमाउं -गढवाल र अल्मोडा तिर बसे।अंग्रेजहरुले युद्द मैदानमा दुईटा कुरा देखे- क.नेपाली सेनाको आत्मबल असाध्यै उच्च थियो तर उनीहरुसित उचित हातहतियारहरु थिएनन्।ख.नेपाली सेना शारीरिकरुपमा असाध्यै बलियो थियो तर तिनलाई परिचालन गर्ने राजनीतिक नेत्रित्व(तत्कालिन दरबार) परस्परको झगडाले नेत्रित्व गर्न असक्षम थियो।यो प्रधान अन्तरविरोधबाट अंग्रेजहरुले एउटा नयां समिकरण निकाले-कटौतिमा परेका नेपालीहरुलाई आफ्नो सेनामा सामेल हुन प्रेरित गर्ने।शीरमूर बटालियनको स्थापना त्यसको उदाहरण हो।
यथास्थितीवादी शाह वंश(महेन्द्र-शाहकालको अन्त्य सम्म)

महेन्द्र शाहले प्रिथ्वी नारायण शाह पछिको दोस्रो सक्षम राजाको रुपमा देशमा लामो शासन गरे।उनले प्रवासिएका प्रतिभाशाली नेपालीहरुलाई नेपाल बोलाएर क्षमतानुसारको काम दिए।नेपाली अर्थतन्त्रलाई एउटा भिन्दै स्वरुप दिए।भाषाको बिकासमा अरु ईटाहरु थपिए।राष्ट्रवादको मामिलामा (कालापानीको मुद्दालाई छोडेर)उनले अरु कुनै मोल मोलाहिजा गरेको उदाहरण छैन।पूर्व पश्चिम राजमार्ग उनकै समयमा बन्यो।अरनिको राजमार्ग पनि उनकै पालामा बन्यो। सो बन्ने संझौतामा हस्ताक्षर गरेको थाहा पाएर भारतीय संस्थापनका अग्रजहरुले त्यसबाट नेपालमा कम्युनिष्ट प्रभाव बढ्ने हुनाले त्यो सडक तत्काल नबनाउंदा भारत र नेपाल दुबैको हित हुने कुरा उठाए पछि महेन्द्रको सटिक कुटनीतिक जवाफ थियो," साम्यवाद ट्याक्सी चढेर आउंदैन।"ग्रामिण भेकमा आधारित पिछडिएको अर्थतन्त्रलाई आधुनिक पूंजिवादी अर्थतन्त्रमा परिणत गर्न भने उनले सकेनन्। नसक्नुमा उनको स्वार्थ थियो।पूंजिवादमा राजतन्त्रको स्थान र उल्लेखनिय भूमिका खासै रहन्न।उनको देहान्त पछि उनका छोराहरुमा अनुहार हेर्दा सोझा देखिने बीरेन्द्रले पनि गरिवी निवारणमा खासै योगदान दिएनन।समय अनुसार आफूलाई बदल्न नसक्दा महेन्द्र-ज्ञानेन्द्र काल पीडक काल रह्यो।
इतिहासको चक्र घुमेर फेरि उही स्थानमा पुगेको छ नेपाल बिखण्डनको मूल प्रेरक तत्व क.पूरानो र सानो उत्पादन सम्बन्ध र ख.भौगोलिक बिकटता। कायमै छ।दूर्गम स्थानहरुमा राज्यको उपस्थिती नै छैन।यो अन्तरविरोधको समाधानको पहिलो विकल्पको रुपमा अब बन्ने जुनसुकै सरकारले पनि पूरानो र सानो उत्पादन सम्बन्धलाई आधुनिक र एकिक्रित उत्पादन सम्बन्धमा विकास गर्नु पर्दछ । सन्चार ,विजुली र सडक सन्जालको विस्तारद्वारा भौगोलिक निकटताको विकास गरि जनताहरु बिच हामी एकै देशका नागरिक हौं ,हाम्रो साझा स्वार्थ छ,यो देश रहे मात्र हामी रहन्छौं भन्ने भावनाको विकासमा सबै लाग्नु आवश्यक छ।स्वदेशी सरकारले यो कुराको प्रत्याभूति जनतालाई दिन लामो प्रतिक्षामा राखि रहे भने आगामी बीस बर्ष भित्र नेपाल नामको यो फलामे बोरा एशियाका शक्तिशाली दुई आर्थिक चुम्बकहरु चीन र भारत मध्य एउटा को गुरुत्वमा पर्ने खतरा छ।त्यसकारण या त उदयीमान एकिक्रित पूंजिवादी राष्ट्र बन्ने र पहिलेको भन्दा प्रगतिशिल उत्पादन सम्बन्धको विकास गर्ने या अर्थतन्त्रको विकासको गुरुत्वले अमेरिका र यूरोप सित टक्कर गर्ने यी दुई सूरजहरुमध्य एउटामा बिलय हुने -यी दुई बाहेक अरु बिकल्प अहिलेलाई हामीसित छैन।नेपाली जनताहरु र राजनीतिक संस्थापनले परस्परमा मिलेर अघिल्लो विकल्प अंगाल्नु अहिलेको आवश्यकता हो।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork