Durga Indian & Nepali Food Restaurant
NRN Notice
Namaste Restaurant
Best Personality of
the Month
कवि सोन्सेलिआ
गिरीराज कुँवर
Samabedana
Om New Korean Shopping Center
Gorkhali Smarika
Article of the Month
कोरिया जान चालीस हजार युवाहरुले फर्म भरेरै छोडे
मन्जु खरेल , काठमाण्डौं
Join Us at FACEBOOK
कोरिया लिंकहरू

नेपाली दूतावास कोरिया
नेपाल पत्रकार महासंघ द. कोरिया
नेपाल कोरिया सांस्कृतिक मञ्च
कोरिया एन पी ब्लग
नेपाली विद्यार्थी समाज(सोन्सिक)
एन आर एन कोरिया
कोरियन एम्‍बेसी नेपाल
थसेस ब्‍लग 
म्‍यग्‍दी समाज कोरिया 
रोशन भट्टराई ब्लग 
रुपन्देही सम्पर्क समिति 
बुटवल परिवार कोरिया 
हामी नेपाली हाम्रो नेपाल
नेवाः पुचः दक्षिण कोरिया
तमुधिं कोरिया
रिच नेपाल
नेपालीको सम्झना

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू

समाचार अनलाइन

नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम

 
विदेशमा अरुबाट हेपिंदा,दबाईदा आत्म स्वाभिमान भनेको के हो भन्ने कुरा बुझ्दछन्।
   रघु त्रिपाठी, दक्षिण कोरिया
 
 राष्ट्रको विकासमा प्रवासीएका युवाहरुको दायित्व.......       
देश विकास भन्ने बितिक्कै विकासका पूर्वाधारहरुको विकास र वैचारिक,सांस्क्रितिक र वित्तियरुपमा हाम्रो मौजुद जनसंख्याले भोगिरहेको चौतर्फ़ी समस्याहरुको समयानुकुल निकास दिनु भन्ने कुरा बुझिन्छ। यसलाई अगुवाई गर्ने भनेको युवाहरुले हो। प्रथम,विकासका पूर्वाधारहरुको निर्माणको समस्या समाधान गर्ने अभिभारा उनीहरुको कांधमा छ। तिकरुपमा देशको विकास नभै मानसिकरुपमा भनौं वैचारिक रुपमा राष्ट्रको विकास हुंदैन।
अहिले मुलुकले के मागिरहेको छ ? मुलुकमा विजुली छैन,सडकहरु गतिला छैनन् ,त्यसकारणले प्राक्रितिकरुपमा खनिज पदार्थहरुले सम्पन्न पोषिलो नेपाली पानी समेत सबै नेपालीहरुको पहुंचमा नपुगेको अहिलेको अवस्था हो । स्रोकुरा,विकासका पूर्वाधारहरु निर्माण गर्नको निम्ति वैचारिक अगुवाई विना असंभव छ। पूरानो पुस्ताका सबै तहका अगुवाहरुसित भएका विभिन्न असल अनुभवहरु,सीपहरु र संग्रहित ग्यानहरुको आवश्यक संयोजन गरेर व्यवहारमा लागु गर्न सक्ने सबै क्षमता युवाहरुमा हुन्छ। त्यसलाई युवाहरुले देशको विकासमा लागु गर्नु पर्दछ। यसरी समग्र मुलुकको विकास गर्ने संभावनाको स्रोत युवाहरुमा छ। हाम्रो नेपालको त्यो अजेय शक्ति अझै मरेको छैन। त्यो त्यही छ-नेपाल भित्र  र विभिन्न मुलुकहरुमा छरिएर रहेको छ त्यो ।
     
मुलुकलाई वास्तविकरुपमा विकासको पथमा डोर्याएर मुलुकलाई विध्यमान् चरम गरीबि, निरक्षरता, औध्योगिक पछौटेपनको अवस्थाबाट डोर्याएर सही राष्ट्रिय निकास दिने यस्तो युवाशक्ति तिब्ररुपमा विदेश पलायनहुने कार्यले हाम्रो देश र जनताको भविष्य अहिले यस्तै हुन्छ भन्न नसकिने स्थिति छ।युवाहरु विदेश पलायन हुने कार्यको थालनीको एउटा ऎतिहासिक पाटो र अभिलेख छ ।  चौथो नेपाल एकिकरण (प्रिथ्वी नारायण शाहको अगुवाईमा सम्मपन्न)ले मुलुकलाई राजनैतिकरुपमा एकिकरण गर्यो। उनका केही उत्तराधिकारीहरुको अदूरदर्शी कार्यले सही फौजी रणनीति अपनाउन नसकेको कारणले १८१४-१६को नेपाल अंग्रेज युद्धमा नेपाल पराजित हुनु र सुगौली सन्धीमा हस्ताक्षर हुनु नै युवाहरु विदेश पलायन हुने कार्यको थालनी विन्दु हो। तरवारसित खेल्न सक्षम देशभक्त सेनापति बलभद्र कुंवर जब दरवारसित खेल्न सकेनन् , जब नेपालको संस्थापन पक्षको अगुवाई गरिरहेको दरबारले उनको क्षमताको कदर गर्न सकेन तब उनी लाहोरमा गएर पन्जाबी राजा रणजीत सिंहको सेनामा भर्ती भए र तिनैको पक्षमा अफ़गानिस्तानमा लड्दा लड्दै वीरगति प्राप्त गरे।
 बलभद्र कुवंरदेखि शुरु भएको नेपाली युवाहरु प्रवासिने कार्य प्रथम र दोस्रो महा समरहरु सम्म फ़ौजीशक्तिको रुपमा भयो। अंग्रेजहरुले नेपालसितको सुगौली सन्धीको लगत्तै स्थापना गरेको शीरमूर बटालिएनबाट शुरु भएको फौजी जनशक्ति खपट अभियान १५  अगस्त १९४७मा भारत स्वतन्त्र भएपछि गोर्खाली सेना अंग्रेज र भारतको विचमा बांडिनु पर्यो। सन ७० को दशक पछि नेपाली युवाहरु गैर-जंगी कार्यमा समेत विदेशमा जान थालेको पाईन्छ।अहिलेको अवस्था त्यसैको विकसितरुप हो। युवाहरु विदेशमा हुंदा रेमिटेन्स त आउंछ तर सरकारले त्यसको समुचित व्यवस्थापन गर्न नसक्दा रेमिटेन्स रिमेडी होइन गन बनेर आउन सक्छ।विदेशी आय मुलुकको लागि आर्थिक उपचार होइन तर आत्मघाति बन्दुक सावित हुन सक्दछ भन्ने कुरा फिलिपिन्सको अनुभव हेरे पुग्दछ। नेपालको हकमा पनि यो कुरा धेरै हदसम्म लागु हुन्छ।
 एउटा अवस्था यस्तो छ-नेपाली युवाहरु विदेशीने क्रम बढिरहेको छ तर फर्कने क्रम निकै कम छ।यसका कारक तत्वहरु मध्यमा देशमा विध्यमान वेरोजगारी, अभाव, अराजकता र उनीहरुको भविष्य प्रतिको चरम सरकारी उदासिनता आदि जिम्मेवार छन्। कुनै पनि चराचर जगतको प्राणीले अभावग्रस्त अवस्थामा आफ्नो जन्मघरमा बसिरहन्न। जो बसिरहन्छ सो सिद्धिन्छ। युवाहरुको हकमा पनि यो कुरा लागु हुन्छ।

अब के गर्ने त ?
   जुन निरिह अवस्थामा रुंदै रुंदै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल छोडेर गलामा फूलको माला भिरेर युवाहरु विदेश जान्छन् निश्चितरुपमा लामो समय विदेशमा बसिसके पछि तुलनात्मकरुपमा पूंजीगतरुपमा सक्षम हुन्छन्। देशप्रति,जनताप्रति उनीहरुको प्रेम पनि धेरै खारिएको हुन्छ। विदेशमा अरुबाट हेपिंदा,दबाईदा आत्म स्वाभिमान भनेको के हो भन्ने कुरा देशमै बस्नेहरुले भन्दा उनीहरुले बुझ्दछन्। 

त्यसकारण सरकारले विदेशमा बसेर विभिन्न कामको अनुभव संगालेका नेपाली नागरिकहरुलाई उनिहरुको अनुभवको आधारमा स्वदेशमै रोजगार दिन मिल्ने नीति लिएर विदेशमा भएका गैर आवासिय नेपालीहरु संग सुलभ ब्याजमा लोन लिएर भएपनि रोजगार मुलक उधोग धन्दा तथा कल कारखाना खोलेर विदेशी अनुभव तथा टेक्नोलोजी भित्राउने तीर नेपाल सरकारले ध्यान पुर्याउन सकेमा विदेशीन वाध्य भएका तर आफ्नै मुलुकमा रोजगारीको वातावरण तयार भएमा स्वदेशमै बसेर केही गर्ने रहर भएका लाखौ यूवाहरुको सपना पुराहुने थियो की ?

मुलुक जति अधोगतिमा गएको भएपनि विदेशमा बसेका युवाहरु अब नयां मुलुक बनाउने अठोट सहित स्वदेश फर्कनु पर्दछ।सरकारले युवाहरुलाई जति हेला गरे पनि सरकारलाई सल्लाह दिने,सुधार्ने,मुलुकलाई संहाल्ने भनेको युवाहरुले हो।प्रवासिएका युवाहरुले अब सोंच्नु पर्ने बेला भएको छ।  प्रवासी युवाहरु हो स्वदेश बनाउने सपना सहित सीप,धन र प्रविधी बोकेर नेपाल जाऔं !
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 2 )
thanks,lekh ramro lagyo hami chhittai aaphno desh ma janu parchha ra hami sabai milera nepal ma kehi naulo kam garnu parch jasto malaipani lageko 6 ni.
prakash pokharel , kimea,southkorea

tapain chahi kahile farkidai hunuhunchha ta ? ma ta aba ali baki chha farkine wala nai chu,,,, ho ta ni yar desh ko lagi ta kehi garnu paryo hain ta? now south korea
Loken S , jhannam,061...... mahendranagar in nepal
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
Mountain Top Restaurant
Air Ticket Available for Nepal-Korea
अन्तर्वार्ता
-
कहिले प्रधानमन्त्रीको लागि चर्चामा त कहिले भारतीय विशेष दूतसँग एक्लै भेटेको आरोप। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई यस्तै कुराले छाएका छन्, अहिले। उनको पक्ष र विपक्षमा पार्टीमा चर्को स्वर निकाल्नेहरु कम छैनन्। त्यही परिवेशमा नागरिकन्युजका लागि भोजराज भाटले उनीसँग गरेको कुराकानी :
विचार
- कुलचन्द्र गौत्तम
माओवादीले जति छिटो हतियारसहितको पार्टी रहिरहनु आफ्नो लागि हानिकारक छ भन्ने बुझ्दछन्, त्यति नै उनीहरू नयाँ नेपालको आफ्नै परिकल्पनालाई साकार पार्ने दिशामा योगदान गर्न सफल हुनेछन्। पछिल्लो सप्ताहान्तमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिन र एकीकृत नेकपा-माओवादीले माओवादी लडाकूको समायोजन तथा पुनर्स्थापनका लागि केही सिर्जनात्मक प्रस्ताव अगाडि सारे।
लेख
- नारायण श्रेष्ठ
सन २००८ को समरमा अमेरिका टेक्दा हपक्क तातो हावाले मलाई एकैपटक समात्यो। काठमाण्डौको मोडेरेट हावापानी छोडेपछिको त्यो मेरो पहिलो अमेरिकी अनुभव थियो । राजधानी छोड्दा मैले त्यस्तो ‘तातो’ र ‘हृयुमिड’ अमेरिका कल्पना गरेको थिईन । खुल्ला समाजको उदाहरण दिईने अमेरिकी व्यवस्था र सामाजिक संरचनाका बारेमा मेरा कल्पना अली फरक र अमूर्त थिए। अमेरिकी समाज युरोपसंग तुलना गरिने हुनाले कतिपय युरोपेली ठाउँजस्तै अमेरिका पनि केही
पुरुको कोलम
दक्षिण कोरियाको बिभिन्न सिटीहरुहरुमा राजधानी सउलका ट्रेन स्टेशनहरुमा तथा पसल पसलहरुमा नेपालका हिमालियन बालबालिकाहरुको पढाईका लागि भन्दै माग्दै हिड्ने नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु भएको छ । आज जुलाई २३ सउलको यङदम्फो स्टेशन नजीक २ जना नेपाली चेलीहरु माग्दै हिडिरहेको देखेपछि त्यहीं नजीक बसोवास गर्ने एस् थापाले उनीहरुलाई रोक्न खोजे तर यो काम नराम्रो नभएको जिकीर गर्दै उल्टै थापालाई बोल्न समेत दिएनन् ।
मत व्यक्त गर्नुहोस्
एनेकपा माओवादी
नेपाली कांग्रेस
नेकपा एमाले
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork