?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

जातीय संघीयता र किच्चक घरवेटी बाको दादागिरी
   सरोजदिलु विश्वकर्मा
 

फरक-फरक च्यापु भएका किच्चकै किच्चक जातका घरवेटीहरु । यो १६ वर्षको काठमाडौं बसाईमा एक दर्जन जति डेरा सरिएछ । कति डेरा समयमा वहाल तिर्न नसकेर सरियो कतिमा भौतिक सुविधा र सरसफाई नभएर सरियो कतिमा विवाह नगर्नाका कारणलॆ त कतिमा विवाह गर्नाका कारणले सरियो । कतिमा विधार्थी भएका कारणले सर्नु पर्यो त केहीमा घरवेटीकी छोरीका कारणले झेालीकुम्ली बोकेर हिड्नु पर्यो । डेरा सरिरहनुको दोष मेरो होईन तिनै किच्चक घरवेटीहरुकै हो । वहाल तिर्न २।४ दिन ढिला हुँदा ुनिस्केर जाु भन्ने पानी धारा टोइलेटको सुविधाविना भाडा उठाएर खाने विधार्थीहरुको सम्वेदना नबुझी रातविहानै पैसा माग्ने र हाम्रा पैसाले हिःपप् छोरीकेा लिपीस्टीकदेखि पेन्टीसम्म किन्न हुने तर छोरी दिन नमान्ने यी घरवेटी बाहरु अनि हाम्रै कमाइृमा मोज र भोज गर्ने ती तरुणी छोरीहरुले फर्केर नहेर्नाले पनि डेरा सरियो । यस्तै छ राजधानीको बसाई ।

यसपाली भने पत्रकार भएको आरोपमा डेरा सरियो । कम्युनिष्ट पार्टीका खुन्खार कार्यकर्ता हाम्रा भुपु घरवेटी बा वहाल बस्ने तरुनीहरुलाई भने भाडा लिदैंनरहेछन् । सुनिन्थ्यो- घरवेटी छोरीसंग लभ पर्यो भने खल्तीबाट भाडा तिर्न पर्दैन रे । तर मेरा घरवेटी छोरीहरु भने सवै धुतार । वरु कतिमा त घरवेटीहरु नै तरुणीवरुणी वहाल बस्नेहरुसंग नै लभ् गर्दारैछन् । वस् ती तरुनीले घरभित्र बोलाएर दाँत ङिच्याईदिए पुग्यो । अनि एकदिन रंगेहात फेला परे घरवेटी बा र सायद यो भित्रका अरु खुल्दुलीहरु खोतलिने डरले पत्रकार भन्नासाथ उनले निस्केर जा भने । अनि भर्खरै डेरा सरियो ।

अघिल्लो वर्ष पानीको हाहाकार हुँदा पाटनको कुम्भेश्वर धारामा पानी भर्न जाँदा लोकल पाहरुले पा भनेको नेपाल खाल्डोका आदिवासी र वहालवालाहरुलाई वोईलर ठानी रड्ले टाउको फक्ल्याक्क पारिदिएको सम्झदा अहिले पनि आङ जिरिङ्ग हुन्छ । आजपनि हामी वोईलरले ती पाहरुको अगाडि शीरनत गरेर ुहजुर निगाह होस्ु भन्नै पर्छ । नत्र तिनले ुहामी लोकलु भन्नासाथ हामी बोईलरहरुले टाउको जोगाउन दौडनु वाहेक अर्को विकल्प हुन्न । तिनै पाहरुको त्राहीमा हामी वोइलरहरु राजधानीमा शीर उचालेर कोरकोराउन पनि प्रतिवन्धित छौं । कुनै मजवुत कानुन छैन यी घरवेटी विरुद्ध उजुरवाजुर गर्ने । कोही सुनिदिनेवाला पनि छैन वहालवालामाथिको अन्याय । त्यसैले उसले ुनिस्केर जाु भन्नासाथ मरेको विरालो काखी च्यापेर सर्नु परिहाल्छ । किनकी राष्ट्रलाई कहिल्यै कर नतिर्ने यी घरवेटी वाहरुका लागि हामी सवै वहालवालाहरु पाखे र खान नपाएर काठमाडौं छिरेका शरणार्थीहरु हौं । अनि उनको नजरमा हामी किरायदार सेकण्डक्लास नागरिक नै हैा । अर्थात हामी भनेको उनको कमाई गरिदिने जोताहा गोरुसरह हौं तिनले जसरी जोतेपनि हुन्छ ।

हुन त वहाल बस्नेहरु नहुने हो भने कतिपय घरवेटीहरुले या सडकमा बसेर माग्नु पर्दछ या चोर्न हिड्नुपर्दछ । यिनका छोराहरुले मुँद्रा लाउन पनि पाउने छैनन् भने छोरीहरुले सेन्टी र पेन्टी फेर्न पाउने छैनन् । चौवाटोमा पसल थापेर वहालवालाहरुको कमाई कज्याउने यिनको धन्दा पनि चल्ने छैन । त्यसवेला मात्र सवै उस्तै मानिस भन्ने यी घरवेटीहरुको चेतना खुल्ने थियो ।

यी घरवेटी बा तिनका छोरीहरुको रवाफ हेर्दा राजधानीमा घर भाडामा लाउनेहरुकेा भविश्य अझ अन्धकार देखिन्छ । जवकि संघीय प्रणालीमा जाँदा राजधानीमा नेवाहरुको अधिपत्य हुने निस्चित छ । ती नेवार भनेकै यहाँका पक्का घरवेटी बाहरु हुन् । अनि जव नेवारहरुको अधिपत्य जम्छ गैरनेवारलाई यहाँका भुस्याहा कुकुरलेसमेत भुक्नेछन् लखेट्ने छन् । तिनलाई ठाडो आँखाले हेर्दा पनि हाम्रा आँखा निकालिने छन् । झन् त्यसवेला हामी दलितहरुको हालत के होला एकैक्षण कल्पना गरौं त । आजै त छिःिःछ र दुर्दुर् गर्ने यी घरवेटीहरुले डेरामा त परै राखौं घरको फेरामा एकक्षण उभिँदासमेत वहाल उठाउने छन् ।

अर्थात यस प्रसंगलाई एकक्षण जातीय राज्यसंग तुलना गरेर हेरौंः यदि माओवादीले उठाएजस्तो जातीय राज्यमा गईयो भने अल्पसंख्यक र उत्पीडितहरु विशेषतः दलित र मुश्लिमहरु तथा वहुसंख्यक जातजातिहरुको सम्वन्ध पनि घरवेटी बा र वहालवाला पाखेवीचको जस्तो हुने देखिन्छ । जस्को उधाहरण आजको नेवारमय राजधानीले प्रष्ट दिएको छ । भोली नेवा राज्यमा अल्पसंख्यकले यो भन्दा चर्को उत्पीडन र वहुसंख्यकको दादागीरी भोग्नै पर्छ । यसका अलावा थारुहट ताम्वासालिङ्ग लिम्वुवानमा ती वाहेकका जातिहरु आजका किरायकादारको हालतमा पुग्ने छन् । मधेशमा गोरा छालाहरुलाई लोकल पाहरुले शीर उचो गरेर हिड्न दिने छैनन् । यस्ता जातीय राज्यमा अल्पसंखयकहरुले मरेको विरालो काखी च्याप्दै मुसाले मुसा नै वाँदरले वाँदर नै खरायोले खरायो नै साथी खोजेजस्तै आफ्ना जात समुहको खोजी गर्दै बसाईसराई गर्नुपर्ने तिव्र सम्भावना रहन्छ । जवकि लोकतन्त्रमा वहुमतकै निर्णय सदर हुन्छ । जवकि वहुसंख्यकहरु आफ्ना जातजाति र समुहको पक्षमा नै लाग्नेछन् । यसलेगर्दा अल्पसंख्यकहरुले कहिले न्याय पाउने छैनन् र न्याय माग्न जाँदा पीडितले वंगलामुखिमा झै रड् खानुपर्ने स्थिती प्रत्येक राज्यमा दोहोरिन्छ । अतः शुरुशुरुमा त कांग्रेस-कम्युनिष्ट एक हौं भनेजस्तै जातीय राज्य पाएकोमा एकताको माहोल नै होला तर अन्नतः चुप लागेर खुरुखुरु कर तिर यात झोली-कुम्लो कसी बाटो लाग् भन्ने हालतमा यी दलित तथा मुश्लिमहरु पुग्नेछन् । यतिमात्र होइन जातीय राज्यका पक्षपाति जानजातिभित्र समेत वहुजात हुनेले अवसरको उपभोग ज्यादासे ज्यादा गर्न पाउँछन् भने कुसुण्डा लेप्चा झाँगड आदिको हालत त उही हो आजका राजधानीका वहालवालाभन्दा गए-गुज्रेको ।

माओवादीमा नागरिक सर्वोच्चताको आन्दोलनसंगै जातीय गणराज्य घोषणा गर्ने अभियान पनि शुरु भएको छ । थारुहट र किराँत राज्य घोषणा भईसकेका छन् । सायद अव खड्ग विश्वकर्माले कालिकोटे राज्य बनाउलान् नै । त्यसो भयो भने त दलितप्रति माओवादी पार्टी र कार्यकर्ताहरु वास्तवमै समवेदनशील रहेछन् भन्ने बुझनुपर्दछ । नत्र अरु जातिकेा राज्यमा दलितले आफ्नो पहिचान गुमाएर वहुमत जातिको पहिचान ग्रहण गर्नु र उनीहरुको अधिपत्यलाई स्वीकार्नु हो । र त्यसवापत दलितले केही निगाह पाउँनेछन् जुन आजको विष्ट कमाएर दुईचार माना वाली बटुल्नुजस्तै हो । अतः ती जातीय राज्यमा दलितहरुले चै फेरिपनि विष्टैमात्र कमाउनु पर्ने र त्यसवापत पुच्छर र गर्दन बोक्ने अथवा खला उठाउनु पर्नेहुन्छ । अर्थात आजको नेपा राज्यमा पाहरुले हामी किरायदारलाई जसरी आफ्नो लंगौटी झैं सम्झेर ुआईज बस् अनि निस्केर जाु भनिरहन्छन् त्यसरी नै जातीय राज्यका नयाँ पाहरुले अल्पमत र दलित मुश्लिमहरुलाई ुखाए खा नखाए घिच्ुको स्थितीमा पुर्याउने छन् । र तिनका छोराछोरीहरुले हाम्रा हाड्-छाला तरेर सेन्टीपेन्टी लगाईरहने छन् । त्यसवेला हाम्रो भने डेरा खोज्दै र सर्दैसर्दै प्रत्येकराज्यमा जात्जातका घरवेटी पोस्ने धन्दामात्र हुनेछ ।

अतः जनजातिको पक्षमा आईएल्ओ १६९ ले जसरी ब्याख्या गरेको छ त्यो नेपालको संस्कृति र बनोट अनुसार छैन दलित तथा अन्य अल्पसंख्यकको भावना प्रतिकुल पनि छ । साथै हामी आईएल्ओ लागि नयाँ नेपाल बनाउन गईरहेका पनि होईनौ नयाँ नेपाल नेपाली जनताको लागि बनाउने हो । त्यसैले माओवादीलगायत जनजाति वुद्धिजीवि मित्र र प्राडाहरुले जातीय राज्यको सोंचलाई उखेलेमात्र हामी सवै मिलि अतिहिन्दू वाहुनवादी संस्कारविरुद्ध लड्न सक्छौं । होईन फेरि पनि स्वायत्त जातीय राज्यमा हामी अल्पमत र उत्पीडित जातिलाई किरायदार मात्र बनाउने हो भने हाम्रा लागि जातिवादभन्दा वाहुनवाद नै जिन्दावाद ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork