?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

केही गर्यो नेपाली सम्पर्क समितिले
   पुरु जोशी
 

Warning: getimagesize(article_uploaded_files/eefd1puru_camara.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

दक्षिण कोरियामा हालसम्म पाईएको रेकर्ड अनुसार पढाई वा अन्य पेशा अपनाई सन् १९८६/८७ देखि नेपालीहरु कोरिया भित्रेको पाईन्छ । १, २, ३ गरेर शुरु भएको नेपालीहरुको संख्या हाल आएर लगभग ९ देखि १० हजारको हाराहारीमा पुगेको छ । नेपालीहरुको चाप बढे अनुसार यहाँ बिभिन्न जातीय क्षेत्रिय राजनैतिक तथा सामाजिक गरी लगभग ६० भन्दा बढी नेपाली संघसंस्थाहरुको स्थापना भैसेकेको छ । तर सबैभन्दा पहिले सन् १९९३ मा कोरियाको म्यङदोङको क्याथोलिक गिर्जाघरमा भएको नेपालीहरुको एक बृहत भेलाले सम्पूर्ण नेपालीहरुको साझा संस्थाको आवश्यक महसुस गरी नेपाली सम्पर्क समितिको जन्म भएको थियो । जुन संस्था आजसम्म पनि हामी सम्पूर्ण नेपालीहरुको बीचमा छाता संस्थाको नामले चिरपरिचित छ ।

जति नेपालीहरुको चाप बढ्छ त्यति नै समस्याहरु पनि बढेका छन् । हालसम्म नेपाली सम्पर्क समितिले कोरियामा भैपरी आएका नेपालीहरुका थुप्रै समस्याहरुको समाधान गरिदिएको छ । नेपाली राजदूतावास नभएको बेला दूतावासको भूमिका निभाई यहाँका नेपालीहरुलाई सहयोग दिएका छन् । रोजगारीको सिलसिलामा मृत्यु भएका नेपालीहरुको लागि र उनीहरुका परिवारको लागि उचित राहतको ब्यवस्था मिलाइदिने गरेको हामीलाई थाहै छ ।

तर छाता संस्था अर्थात सबैको साझा संस्थाका रुपमा परिचित नेपाली सम्पर्क समितिले केही बर्ष यतादेखि नेपालीहरुको मन जित्न सकेको छैन भन्ने कुरामा दुई मत नहोला । नेपाली सम्पर्क समितिलाई छाता संस्थाको रुपमा स्वीकार्न नचाहने संस्थाहरु पनि यहाँ नभएका होइनन् र नेपाली सम्पर्क समितिको निर्णयलाई स्वीकार्न नचाहनेहरुको पनि कमी छैन । तर जे भए पनि नेपाली सम्पर्क समितिले केही बर्ष यतादेखि आफ्नो कृयाकलापमा केही सुस्तता चाहिं आएको नै हो ।

नेपाली संघसंस्थाहरु एक आपसमा सहयोगको भावना लिएर स्थापना गरिन्छ । संस्थाहरु बीच आपसी सद्भावना गर्ने हेतुले स्थापना गरिन्छ । तर प्रत्येक ६/६ महिनामा एक अर्का बीच झगडा हुन्छ । के का लागि झगडा हुन्छ भनेर त हामीलाई थाहा नै छ । हजर त्यही साँस्कृतिक कार्यक्रम गर्नका लागि झगडा गरिन्छ । आपसी होडबाजी हुन्छ । आर्थिक शक्ति र आफ्ना संस्थाको सदस्य संख्याको कुरा निस्कन्छ र जसको शक्ति उसको भक्ति भने झैं साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने होड चल्छ । जुन होडले यसपाली पनि दुई संस्थाहरु नेपाल तामाङ संघ र किराँत राई यायोक्खा बीच सहमति हुन नसक्दा एकै दिनमा दुईवटा संस्थाहरुको साँस्कृतिक कार्यक्रम हुने भएको छ । यो भन्दा पहिले पनि एकचोटी एकै दिनमा दुईवटा नेपाली कार्यक्रमहरु जुधेको थियो । तर त्यो बेला एकथरी आयोजक चाहिं निजी कम्पनी भएको थियो भने एक थरी नेपाल मगर संघ थियो । निजीलाई भन्दा मगर साथीहरुको साझा संस्थालाई बढी प्राथमिकता दिनु पर्छ भनी अधिकांश नेपालीहरु मगर संघकै कार्यक्रम हल पुगे र सफल भए पनि । तर यसपाली भने आयोजक दुई वटै नेपाली जातीय संस्था हुन पुगेको छ । यसलाई नेपाली सम्पर्क समिति 'दुःखद घटना'को रुपमा लिई एउटा बिज्ञप्ति पनि प्रकाशित गर्यो तर कोही छाता संस्था नेपाली सम्पर्क समितिले महत्वपूर्ण भूमिका निर्वाह नगरे कै कारण यस्तो भएको भन्छन् ।

यहि 'दुःखद घटना' का कारण नेपाली सम्पर्क समितिले गत अगष्ट ३० का दिन कोरियाका अधिकांश संघसंस्थाहरुलाई एकै ठाउंमा भेला गराई बृहत छलफल तथा अन्तरकृयाको आयोजना गर्यो । सो दिन उपस्थित केही संस्थाका प्रतिनिधीहरुको बिरोधहरु पनि खेप्नु पर्यो । कार्यक्रम साँझसम्म चलेको थियो र अन्तमा निस्केको निचोडबाट नेपाली सम्पर्क समितिले एउटा सहमति पत्र तयार गर्न सफल भएको छ । नेपाली सम्पर्क समितिले गरेको त्यो एउटा उदाहरणीय काम हो । उक्त सहमति पत्रलाई आगामी २०१० को छुसक देखि लागू गर्न र गराउन सबै संघसंस्थाहरुलाई आव्हान पनि गरिसकेको छ ।

हुन त तल उल्लेखित सहमति पत्रलाई नमान्ने संस्थाहरु पनि नभएका होइनन् तर जे जस्तो भएपनि नेपाली सम्पर्क समितिले गरेको यो पहल भने उल्लेखनीय नै छ । के छ त त्यो सहमति पत्रमा हेरौं है त ।


सहमति पत्र

नेपाली सम्पर्क समिति गणतन्त्र कोरियालाई आफ्नो छाता संंस्था मान्दै आएका कोरियामा अवस्थित विभिन्न संघ संस्थाहरुले विगतमा जे जुन सुकै निर्णय भएको भएता पनि आगामी २०१० को छुसकको विदादेखि लागू हुनेगरि अव आइन्दा लामो विदाहरुमा के कसरी सांस्कृतिक कार्यक्रम वा चिट्ठा आयोजक छनौट गर्ने सम्वन्धमा नेपाली सम्पर्क समिति कोरियाले बिभिन्न संस्थाको प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा मिति २००९ अगष्ट ३० तारिखका दिन नेपाली सम्पर्क समितिले आयोजना गरेको भेलामा प्रस्तुत गरिएको अवधारणा पत्रमा ब्यापक छलफल गरी भेलाको सुझाब अनुसार केही बुंदाहरुमा परिमार्जन तथा थप गरी निम्न अनुसारको सहमति पालना गर्ने गराउने निर्णय गरियो ।


सहमतिको बुंदाहरु

१। यो सहमति पत्र नेपाली सम्पर्क समिति गणतन्त्र कोरियालाई छाता संस्था मान्दै आएका संस्थाहरुले अक्षरस पालना गर्नेछन् ।


२। यो सहमति पत्रमा उल्लेख गरिएका बुंदाहरु पालना गर्ने गराउने सन्दर्भमा नेपाली सम्पर्क समिति गणतन्त्र कोरियाले गर्ने आव्हानलाई पालना गर्नु सबै संस्थाको अनिवार्य कर्तब्य हुनेछ ।


३। प्रत्येक बर्षको लामो विदाहरुमा जस्तै छुसक सलनालमा बढीमा दुईवटा संस्थाले मात्र कार्यक्रम र चिट्ठाको आयोजना गर्न पाउनेछ ।


४। कुन कुन संस्थाले कार्यक्रम वा चिट्ठा गर्न पाउने सन्दर्भमा छनौट प्रकृया गोलाप्रथाद्धारा निर्धारण गरिनेछ र छनौटमा निम्न अनुसारको प्रकृया अपनाईनेछ ।

क। प्रत्येक छुसकको विदा लगत्तै आगामी वर्षको कार्यक्रमको लागि नेपाली सम्पर्क समितिले ईच्छुक संस्थाहरुलाई आव्हान गर्नेछ ।

ख। ईच्छुक संस्था भन्नाले पहिलो पटकको लागि २००९ अगष्ट ३० तारिखसम्म बिधिसम्मत गठन भएका संस्थाहरुले छनौट प्रकृयामा भाग लिन पाउनेछन् ।

ग। अर्को बर्षदेखि छनौटमा सहभागी हुन कम्तीमा १ वर्ष १२ महिना पुगेको हुनुपर्ने ।

घ। यो सहमति पत्र लागू भएको मिति देखि कार्यक्रम गरेका संघसंस्थाहरुले कार्यक्रम गरेको मितिले ३ बर्षसम्म गोलाप्रथामा सहभागी हुन पाउने छैनन् ।

ङ। छनौटमा सहभागी हुन सम्बन्धित संस्थाको कार्यसमितिको उद्देश्य र निर्णय सहितको पत्र पेश गर्नु पर्ने ।

च। छनौटमा सहभागी हुन चाहने संस्थाले नेपाली सम्पर्क समितिले उपलब्ध गराउने फर्म सहित पांच लाख वन् नगद बुझाउनु पर्नेछ ।

छ। छनौटमा सहभागी संस्थाहरुबाट संकलित रकम कार्यक्रम र चिठ्ठा गर्ने दुई दुई गरी चारवटा संस्थाहरुबाट पांच लाख फिर्ता नहुने गरी नेपाली सम्पर्क समितिको कोषमा जम्मा गरिने र अन्य छनौटमा नपरेका संस्थाहरुबाट प्राप्त पांच लाख मध्ये १० प्रतिशत कटाई नेपाली सम्पर्क समितिको कोषमा राखिने र बांकी रकम तत्कालै सम्बन्धित संस्थालाई फिर्ता गरिनेछ ।


५। छनौटमा परेका संस्थाहरुले आवश्यक हल तथा स्पोनसरको व्यवस्था आफै गर्नु पर्नेछ र सोको लागि नेपाली सम्पर्क समितिले आवश्यक सहयोग गर्नेछ ।


६। छनौटमा परेका संस्थाहरुको सहयोगको लागि नेपाली सम्पर्क समितिले आवश्यक अपील गर्नेछ र यदि कुनै संस्थाले सहमति बिना कार्यक्रम जुधाएमा सोको बिरुद्धमा नेपाली सम्पर्क समितिले सम्पूर्ण संघ संस्थाहरुलाई आव्हान गरी आवश्यक कदम चाल्नेछ ।


७। छनौटमा परेका संस्थाहरुले कुनै पनि कारणवश कार्यक्रम गर्न नसक्ने भएमा दुई महिना अगावै नेपाली सम्पर्क समितिमा कारण खोलाई जानकारी गराउनु पर्नेछ ।


८। कुनै संस्थाले कार्यक्रम नगर्ने जानकारी प्राप्त भएपछि सम्बन्धित संस्थाले नेपाली सम्पर्क समितिमा जम्मा गरेको रकमबाट बिस प्रतिशत कटाई बांकी रकम फिर्ता दिईनेछ र त्यस दिनको लागि नयां आयोजकको लागि फेरी आव्हान गर्नेछ ।


९। यदि कुनै संस्थाले आयोजना गर्ने चासो नदेखाएमा नेपाली सम्पर्क समिति आफै वा नेपाली सम्पर्क समिति र कुनै संस्थाको सहआयोजनामा कार्यक्रमको आयोजना गर्नेछ ।


१०। माथिका बुदाहरुमा जे जुन बिषय उल्लेख भएको भएता पनि लामो बिदाहरुमा विभिन्न संघ संस्थाहरुले अन्य लाभका कार्यक्रम वाहेक संस्थाको साधारण सभा पिकनिक बिचार गोष्ठी सेमिनार जस्ता कार्यक्रमहरु आयोजना गर्न कुनै किसिमको रोकतोक हुने छैन र यस्ता आयोजनाहरुलाई कुनै संस्थाको बिरुद्ध गरिएको आयोजना भनेर मानिने छैन ।


११। लामो बिदाहरुमा पर्ने आईतवार वाहेकका विदा तथा आईतवारका दिनहरुमा कुनै संघ संस्थाहरुले आ आफ्नो तरिकाले कार्यक्रमहरुको आयोजना गर्न यो सहमति पत्रले छेक्ने छैन । तर कुनै संघ संस्थाले कुनै कार्यक्रम आयोजना गर्दा नजुधाई आपसी समझदारी र सद्भावमा बाधा नपुर् याउन सचेत हुनु पर्नेछ ।


अन्य बिषयः

कोरियामा हाल देखिएको समस्याहरु मध्ये बिभिन्न बहानामा चन्दा संकलन पनि एक भएकोले अब आईन्दा कोरियामा बिभिन्न संघसंस्थाहरु मार्फत वा ब्यक्तिगत रुपले रकम संकलन गर्दा नेपाली सम्पर्क समितिको सहमति पत्र अनिवार्य रुपमा साथमा हुनुपर्नेछ । यसरी सहमति पत्र जारी गर्नुपूर्व नेपाली सम्पर्क समितिले रकम संकलन किन र के कारण हो सो बारे छानविन गरी आवश्यक देखिए मात्र पत्र जारी गर्नेछ । नेपाली सम्पर्क समितिको सहमति पत्र बिना कसैले रकम उठाउने प्रयास गरेमा सो कार्यलाई निरुत्साहित गर्न सबै संघ संस्थाको कर्तब्य हुनेछ ।


अध्यक्षः डेविट राई

यो सहमति पत्रलाई अब कस कसले मान्ने हो क कसले नमान्ने हो र के कति परिमार्जन र सच्याउनु पर्ने हो त्यो हेर्न बाँकी नै छ ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork