?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

स्वदेशको माया र पर्वको सम्झना:
   - अर्जुन दुङमेन् / बगदाद, इराक।
 

सुनिन्छ र भन्छन अहिले  पनि गाउँघरतिर  जनजाति, दलित, पिछडिएका तथा गरीबहरुका परिवारको छोराछोरीहरुले बिदेश जानु पर्छ। अनि कमाएर ल्याउँछन। छेत्री, ब्राम्हण समुदाय वा त्यो परिवारको ब्यक्ति सानै उमेर देखी इखालु, मेहनती, तेज अर्थात चलाख हुन्छन। उनिहरु बिदेश जान र गएर अरुको गुलामी बन्न चाहँदैनन। परिश्रम र मेहनत गरी धेरै पढेर आफ्नो देश मै ठूला-ठूला मान्छे बन्छन। त किन उनिहरुले बिदेश जानु पर्‍यो र ? यता जनजाति भित्रका भने अझै बिशेषत: राई, लिम्बु, गुरुङ्ग, मगर, नेवार समुदायका यूवाहरुले चाँही सिङ्गापुर प्रहरी तथा भारतीय र बेलायती सेनामा भर्ती भएर लाहुरे भनी उपाधी पाउँनु पर्ने बहुतै साँघुरो मनस्तिथी उसको घर-परिवार, समाजबाट नै बनाई दिईएको हुन्छ। मलाई पनि त्यो ?टिनएज? मा लाहुरे हुने हुँईमको हावाले भने हल्का तानिरहेको थियो शायदै। उक्त मनस्थितिले टनटनी बाँधिएकोले गर्दा नै होला मैले पनि आफ्नो त्यो उमेरमा यसो प्रयास भने नगरेको होइन। तर हामीले लाहुरे हुनै पर्छ र बिदेश जानै पर्छ भन्ने बिचारबाट भने बिल्कुलै असहमती राख्ने स्वभाबको थिए म। घर-परिवार र काका-बाबा अनी दाजुभाइहरुको यि यस्ता लाहुरेको कुरो र बिदेशको कुरो रती पनि मलाई सह्य हुँदैन थियो। परदेशबाट भन्दै बिदेशबाट हजार-दुइहजारको जुत्ता ठट्टाएर घर आउँने दाजुभाइ, साथीभाइहरुको गफ उस्तै। कसैले त सहि र पच्य हुने कुरो नै पनि गर्थे त कसै-कसैका भने एकदमै अहमता सहितको। झनै मलाई मन नपर्ने। त्यसैले पनि मैले बिदेश भनेको जीवनमा जाँदिन भन्ने मनमा अठोट गरेको थिए। मेरा अधिकतम साथीहरु पनि गैर जनजातिहरु नै बढी हुनुहुन्थियो। वहाँहरुले केही बर्ष अघिनै राम्ररी मष्टर डिग्री गरेर आफ्नो जीवन शिक्षाको ज्योतिले भरिपूर्ण र चमक्दार बनाई अहिले कुनै न कुनै आ-आफ्नो क्षेत्र अंगाली सक्नु भयो।
      तर त्यतिबेला, यतातिर मेरो भने बि.बि.यस. दोश्रो बर्षको रिजल्ट आयो। उपयुक्त परिणाम आएन। धेरै दु:ख लाग्यो। एउटा नेपाली उखान अनुसार- 'एकै पटक दुईवटा डुंगामा पाइला राख्यो भने पारी तर्न सकिदैन।' मलाई त्यस्तै लाग्यो। अनी करिब २ बर्ष जती प्राईभेट ईन्ष्टिच्युट अनी ४ बर्ष देखी स्थानिय सेकेण्डरी लेवल अंग्रेजी बिद्यालय (प्राइभेट स्कूल) मा शिक्षण गर्दै आएको आफ्नो बर्तमान पेशालाई माया मारेर पढाईलाई अगाडि बढाउँने शिलशिलामा धरानबाट मेरो तेश्रो बर्षको पढाई ?माईग्रेशन? गरी काठमाण्डौ तर्फ हाँकिए। आफ्नो बि.बि.यस.को पढाई दु:ख-सुख कट्यो। तर त्यहाँ पो झन समस्याहरु त थुप्रिएर ताँत लागे। एकातिर आफ्नो उदेश्यको लहर छ, कुनै पनि हालतमा धेरै शिक्षा हाँसिल गर्ने अनी एउटा सफल शिक्षक बन्ने, ताकी आफुमा भएको ज्ञान अरुलाई बाँटौ। अर्थात आफ्नो पनि जीवनमा शिक्षाको उज्यालो होस् र उक्त प्रकाशले अरुलाई पनि छाओस। तर के गर्ने? पढ्छु भनेर मात्रै पनि नहुने! बसेर खाना कसैलाई कही पनि मिल्दैन। यसमा पनि आदिकवि भानुभक्त आचार्यका प्रश्नोत्तर कवितामा लेखेका छन, याद आयो- 'जिउँदै मर्‍याको भनि नाम् छ कस्को? उद्यम विना बित्तछ काल जस्को।' भने झै जिउँदै मरेको जीवन जस्तै हुने भो, बेरोजगारीको कारणले। देशमा बेरोजगारी समस्या त्यही हो। बन्द, हड्ताल, चक्काजाम, तोड्फोड आदि। दिनानु दिन तिब्र गतिमा बढेको बढ्यै। केही काम छैन। काम (कर्म) नगरेपछी मन पनि त्यसै दु:खी।

      यस भन्दा अगाडि नै नेपालको सरकारी निकायको बिभिन्न प्रकारका निजामती सेवाहरुका लोकसेवा आयोगहरुमा पनि थुप्रै पटक भाग लिएको थिए । तर के गर्ने र? हामी गरीब देशको कंङ्गाल नागरिक! कुनै एउटा पखेराको झुपडिमा जन्मेका कारणले गर्दाहोला त्यस्तो जेहेन्दार विद्यार्थी पनि परिएन। माथि-माथि नै मन्त्रालयबाट फोन गरीदिने ब्यक्ति पनि कोही भएनन, छैनन। बिभिन्न दलका नेतृत्वपंङ्तिमा रहेका हाम्रा नेतागणहरुले भन्नको लागि सबैले भन्छन। मज्जाले भन्छन आफ्नो भाषणहरुमा अनी लेख्छन आफ्नो घोषणा-पत्र र पर्चाहरुमा- पूर्ण रोजगारीको ब्याबस्था। शिक्षाको गुणस्तरमा बृद्धि। शिक्षा र स्वास्थ्यमा लगानी। बिजुलीबत्ती तथा खानेपानीको राम्रो ब्याबस्था। कल-कारखाना र सडक निर्माण आदि। तर गर्ने बेलामा केहीपनी गर्दैनन। प्रथमत: बेरोजगारी नै देशको सबै भन्दा ठूलो समस्याको रुपमा देखा परेको छ। यही यूवा जमातको बेरोजगारी र ज्यादा फुर्सदीलो समयको कारणले गर्दा हत्या, हिंशा, तोड्फोड, नारा-जुलुश, सडकमा टायर बाल्ने जस्ता बिकृतिहरुले तिब्रता पाएको हो। यसैले, मैले पनि अब आफ्नो अठोट तोड्नु पर्ने भयो। सोच्नै पर्ने बेला भयो, बाध्य भएँ। मैले अब बिदेश जानै पर्ने रहेछ। केही दुई पैसा कमाएर पनि आफ्नो जिन्दगीको जिउँने आधार बनाउँनु पर्ने हुन्छ। 'मनी इज नट एभ्रिथिङ्ग बट समथिङ्ग' भने झै केहि गर्नको लागि पैसा पनि त चाहिने नै भयो। धेरै पैसा कमाएर फर्कन्छु अनी पुन: ईच्छा पूरा हुने गरेर पढ्छु। घर-परिवारमा पनि राम्रो संग आफ्नो दायित्व पूरा गर्छु। यसरी मिठा-मिठा सपनाहरु हृदयभरी गुन्दै बिदेश लागे। अब एउटा आफ्नो गन्तब्य स्थल तर्फ आफ्नै गतिमा कुदिरहेको रेल लिख भन्दा बाहिर गए झै उदेश्य भन्दा बिपरित भई दियो जीवन। पढाई नै माया मारेर बिदेश हिंड्नु पर्‍यो। कर्मको रेखाले यही पुर्‍याई दिएछ यो- खाडीमा। दु:ख र सुख त हामी मानवको जीवनसाथी नै हो। तर आफ्नो घर अनी आफ्नो देशबाट बाहिर लागि सकेपछी सुखको त के नै अनुभुती गर्न सकिन्छ र! अर्काको गाली, ताली अनी लात्ती पनि यि त स्वाभाबिक नै हुन। तर, पहिले जे-जे र जस्तो सुकै समस्याहरु भोग्न परेको भएतापनी अहिले खुशी कै भान भईरहेछ। यो अर्थमाकी, म पहिले बिदेश जान र जानेलाई घृणाको भावनाले हेर्ने गर्थे। यद्यपी, अझैपनि बिदेश जानु राम्रो हो भनेर चाँही म कदापी भन्न सक्तिन। किनकी, बिदेशिनु भनेको स्वदेशको हरेक कुरोलाई त्यागेर बिदेशका कुराहरु अबलम्बन गर्नु वा स्वीकार गर्नु हो। जसमा जे पनि हुन सक्छन। तर मलाई यो लाग्यो- देशमा जो-जो साँढे भएर, कसैको मतियार भएर बसेका छन भने झन त्यस्ता ब्यक्तिले बिदेश जानु पर्ने हुँदो रहेछ। तब उसलाई थाहा हुन्छ। अर्थात जो कोहीमा पनि हरेक कुरोमा परिपक्कता आउँछ। जीवन के रहेछ? जीवन जिउँने आधार बनाउँन के-के गर्नु पर्दो रहेछ? ति कुरोहरु उसले स्वयंम भोग्न वाध्य हुन्छ। यो एउटा सकारात्मक पक्ष हो भने अर्को यहाँ बिदेशमा खाली दलित, जनजाति वा गरीब-दुखीहरु मात्रै रहन्छन अर्थात बिदेश जान्छन भन्ने होइन, रहेछ। काम गर्ने ति मलीला हातहरुले कुनै ठूला-साना, धनी-गरीब, जात-जाति केही पनि नछुट्याउँदो रहेछ र छुट्याउँदैन पनि।

      हामीले अमेरीका र यूरोपियन देश भने पछी जान त हैन, सुन्नमा नै कती फुरुक्क र हुरुक्क हुन्छौ। तर त्यही अमेरीका, यूरोपियन राष्ट्रबाट आएका अमेरिकन, यूरोपियनहरु उही प्रति दिनको १२-१८ घण्टाको दरले भरदिन काम गरिरहेका छन। उनिहरु र उनिहरुको देश त्यही भएर पनि हरेक क्षेत्रमा अग्रणी रहेको हुनुपर्छ। यहाँको काम गर्ने शैलीमा कुनै थिचो-मिचो छैन। म ठूलो मान्छे यो काम गर्दिन, तिमी सानो मान्छे, तिमीले नै यो काम गर्नु पर्छ भन्ने त्यस्तो खालको कार्य बिभेद पनि हुँदैन। जो कोहीले पनि जस्तो सुकै काम गर्न तयार हुन्छन र हुनुपर्छ। हरेक कार्य समयानुकुल समयको ख्याल गरेर, प्रबिधीगत र सुरक्षित तवरले गरीन्छ। आ-आफ्नो कार्यमा सबै इमान्दारी एबंम उत्तरदायी हुनुपर्छ। कसैलाई बेवारीसे दिन बिताउँने फुर्सदको समय मिल्दैन। यहाँ कसैलाई जात, धर्म, बर्णले काम गर्न रोकेको हुँदैन। यसरी यहाँ अर्थात (अहिले म बगदाद, इराकको कुरो जोडीरहेछु) मा कुनै निश्चित समुदायको मान्छे मात्र नभएर हरेक जात-जाति र समुदायका नेपाली दाजुभाइहरु यो खाडीको टन्टलापुर टटिलो घाम त कहिले आषाढ-श्रावणको कुहिरो जस्तो धुलो-धुँवाको कुनै प्रबाह नगरीकन रगत पसिना बगाउँदै आफ्नो कर्ममा ब्यस्त छन, वा छौ; बिधिगतरुपमा यो अबैधानिक राष्ट्रमा भएर पनि। यो सत्य हो- वहाँहरु जो कोहि आनन्द र खुशी अनी रहरले बिदेशिनु भएको पक्कै पनि हुन सक्तैन। कथा ब्यथा सबैको उस्तै-उस्तै हुनुपर्छ यहाँ। रगत पसिना बहाउँदै मैले पनि म र मेरो परिवारको निम्ति केहि गर्नु पर्छ भनेर आ-आफ्नै परिस्थिति र बिवसताले ज्यान धितो राख्तै बिदेशिनु परेको हो। यतिबेला आफ्नो देशमा हामी नेपाली तथा हिन्दूहरुको महान चाड बडादशैं अनी दिपावली नजिक-नजिक नजिकिरहेको छ। के गर्ने ? बिदेशमा रहेर बैदेशीक जीवनयापन गरिरहनु परेको बेलामा अति नै गाउँघर, परिवार, साथीभाइहरु अनी ति रमाइला-रमाइला चाडपर्वहरुको यादले भने सबैलाई उत्तिकै मात्रामा पक्कै पनि सताईरहेको हुनुपर्छ। तर अहिले यहाँ बर्ष भरिको चाडपर्वहरु मनाउँन १ दिन पनि समय मिल्दैन। छुट्टी मिल्दैन। भन्दा-भन्दै अब त दुई-दुइवटा बडादशैं र दिपावली पनि यही खाडीमा नै बितिसकेछ। तर, केहि छैन दु:ख मानेर नहुने! नमरे बाँचे अर्को सालहरुका दशैं अनी दिपावलीहरु रमाईलो गरेर मनाईएला!!

      यसैगरी अब आगामी दिनहरुमा यि बिदेशी भूमिमा प्रतिदिन १२-१५ घण्टा निरन्तर चल्ने मलीला हातखुट्टा अनी स्वदेश मै पनि बेरोजगार भएर रहेका काम (कर्म) गरे सुन फलाउँन सक्ने हातखुट्टाहरुले ति नेपालका भिरपाखा खोतलेपनी सडक निर्माण हुनेछ। दल्छिन ढुङ्गो अर्थात चट्टान फुट्टाएपनी बिजुलीबत्ती बल्नेछ। आफ्नै ठाउँमा रगत, पसिना बहाएपनी कृषिप्रधान देश नेपालको खेतीबालीमा सिंचाईको निम्ति नहर निर्माण हुनेछ। अन्तत: सबै खालका जनशक्तिले बिकृतिमय र हिंसात्मक गतिबिधी त्यागी सबैले कोही ठूलो र कोही सानो नभएर काम गर्न अल्छि र लाजलाई जीवन भन्दा टाढै राखेर मेहेनत र परिश्रम गरे हामीलाई स्वदेश नै काफी छ।

      ई-मेल: arjun.bantawa@gmail.com

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork