?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
   साम्राज्य बिक्रम पांडे
 

बृहत खेलकुद प्रतियोगिताहरुको आयोजना किन गरिन्छ? के यस्ता आयोजनाहरु फगत कामकाज नभएकाहरुको मनोरन्जनका लागि मात्रै हो? खेल्यो कुदयो रमाउने रमाए ताली बजाउनेले बजाए कोहीले जुंगाको लडाईं लड्ने थलो बनाए प्रतियोगिता सकियो अनि सबै समाप्त जुंगाको लडाईं लड्नेहरुले कहिले कल्पना पनि गर्न सक्दैनन् खेलकुदलाई जिवन्त राख्न सम्बन्धित खेलाडी प्रशिक्षक वा सरोकारवालाहरु कतिको मरिमेटिएका हुन्छन् वा लागी परेका हुन्छन् अहिले हाम्रो मुलुकमा यहि भैराखेको कसैकसैको जुंगाको शानका लागि धेरै खेलाडीहरुको भविष्य सपनालाई चकनाचुर पारिंदैछ यदि यस्तै बल मिच्याई वा अपरिपक्व निर्णयहरु लादिंदै जाने हो भने यस्ता प्रतियोगिता आयोजना गरेर गरिब नेपालीहरुको गांस काटेर जम्मा पारिएको रकमको दुरुपयोग गरी मनोरन्जन गर्नुको कुनै तुक छैन

होइन भने जहांसम्म यस्ता आयोजनाहरु गर्नुको उद्देश्य छ? यस्ता आयोजनाले जुन देश क्षेत्र तथा शहरहरुमा आयोजना गरिन्छ त्यस स्थानको भौतिक संरचना निर्माण तथा क्षेत्रको विविध बिकास कार्यमा टेवा पनि पुगेको हुन्छ जस्को उदाहरण स्वरुप संसारका हरेक कुनामा हालसम्म आयोजित विविध खेलकुद प्रतियोगिताहरुलाई लिन सकिन्छ भने यस्तै प्रतियोगिताहरुको आयोजक बन्न विभिन्न देशका शहरहरुको तंछाड मछाडको समाचार दिनहुँ जस्तो सुनिन्छ पढिन्छ आफ्नो ठाउंको बिकास पनि हुने, प्रायोजकहरुबाट मनग्य आम्दानी पनि हुने देशका लागि प्रतिभावान खेलाडीहरुको चयन पनि हुने हुंदा सबै यसको पछाडी परेको देखिन्छ

अहिलेको प्रसङ्ग पांचौं बृहद राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा गर्दै रहंदा बिगतमा यसै प्रतियोगिताको सन्दर्भमा केही सुखद तथा दुःखद क्षणहरुको स्मरण पाठकहरुका लागि

कुरो २०५५ सालको हो बिगतमा पहिलो देखि तेस्रो सम्मका बृहत राष्ट्रिय प्रतियोगिताहरु मध्यमाञ्‍चल पश्चिमाञ्‍चलमा आयोजना भएको थियो भने चौथो २०५५ साल चैत्र देखि १४ सम्म मध्यपश्चिम क्षेत्रको नेपालगन्जमा आयोजना गरिंदै थियो पांचौं राष्ट्रिय प्रतियोगिता कुन क्षेत्रले आयोजना गर्ने इच्छुक क्षेत्रले सो सम्बन्धमा आवश्यक गृहकार्य गरी आफ्नो प्रस्तावलाई परिषदमा पेश गर्ने उचित प्रस्तावलाई रा. खे. प. को बैठकले निर्णय गरी चौथोको समापन संगै पांचौंको आयोजना गर्ने क्षेत्रको नामको घोषणा गरिने जानकारी प्रत्येक क्षेत्रलाई परिषदले जानकारी गरायो त्यस अनुसार चौथोको आयोजक मध्यपश्चिमाञ्‍चल बाहेकका पूर्वाञ्‍चल, मध्यमाञ्‍चल, पश्चिमाञ्‍चल सुदुर पश्चिमाञ्‍चलले आफ्नो प्रस्ताव तयार गरी रहंदा बिगतमा राष्ट्रिय खेलकुद आयोजना नभएका क्षेत्रले प्राथमिकतामा पर्ने संभावना बढी भएकोले पूर्वाञ्‍चलको बिराटनगर सुदुर पश्चिमाञ्‍चलको धनगढीको बिशेष संभावना रहेको थियो सोही अनुसार परिषदमा पांचौको लागि पूर्वाञ्‍चल सुदुर पश्चिमाञ्‍चलको मात्र प्रस्तावहरु दर्ता भए प्राप्त प्रस्तावहरुलाई चौथो राष्ट्रिय प्रतियोगिताको अवसरमा नेपालगंजमा २०५५ चैत्र १४ गते बसेको परिषदको बैठकले सुदुर पश्चिमको प्रस्तावलाई सर्बसम्मत स्वीकृत गरियो तत्कालीन खेलकुद मन्त्री पूर्णबहादुर खड्काले चौथोको समापनको बेला आगामी पांचौ राष्ट्रिय खेल २०५७ फाल्गुनमा सुदुरपश्चिमको धनगढीमा हुने घोषणा गरे उक्त घोषणालाई सुदूरपश्चिमवासीहरुले हर्षोल्लासका साथ स्वागत गरी मनाए

पांचौं खेलकुद सु. प. लाई त्यतिकै उपहार स्वरुप प्राप्त भएको थिएन तत्कालीन सु. प. क्षेत्रिय समितिमा नेतृत्वमा रहेकाहरुमा इच्छाशक्ति, दृढबिश्वास सहितका प्रतिवद्धता छंदै थियो सम्पूर्ण सुदुरपश्चिमेलीहरु पनि उत्साहित थिए भने बिगतका बर्षहरुमा सु. प. क्षेत्रको धनगढी लगायतका क्षेत्रमा भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजनाका अनुभव पनि थियो त्यहि क्षेत्रमा भएका अन्तरराष्ट्रिय तेक्वान्डो प्रतियोगिताको खोज नै आजका सर्वाधिक चर्चित तेक्वान्डो खेलाडी दिपक बिष्ट हुन् सु.प. को प्रस्तावमा खेलकुदका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण तथा मर्मतको खर्च रा. खे. प. ले बेहोर्ने तर खेल आयोजना अवधिको सहभागी खेलाडी, अफिसियलहरुको आवास भोजन उपहार लगायतको जिम्मा क्षेत्रले ब्यहोर्ने उल्लेख थियो खेलकुद पुर्वाधारको बिकास विना खेलकुदको बिकास सम्भव हुंदैन नै त्यसैले पनि पुर्वाधार न्यून रहेको सु. प. ले भौतिक पुर्वाधारहरु निर्माण हुने आशामा नै पांचौ राष्ट्रिय खेलको आयोजना गर्ने चाहना राखेको थियो

आफ्नो क्षेत्रमा पांचौ गर्ने भएपछि दुई बर्ष भित्र सम्पूर्ण तयारी पुरा गरिनु पर्ने चुनौति चौथो भन्दा पांचौमा खेलहरुको संख्या पनि बढी हुने संभावना रहेकोले गर्दा घोषणा भए लगतै पुर्वाधार निर्माण मर्मतका लागि आवश्यक गृहकार्य, लागत, ईष्टिमेट, डिजाइन आदि गर्नुपर्ने थियो घोषणा पुर्वको शर्त बमोजिम पुर्वाधार मर्मत निर्माणका लागि परिषदले आफ्नो प्राविधिक टोलीबाट मुख्य खेलहरु धनगढी, महेन्द्रनगर, टिकापुर, डडेल्धुरा सिलगढीमा समेत हुने गरी आवश्यक डिजाइन ईष्टिमेट समेत पुरा गरेको थियो त्यसबखतको मुल्य अनुसार करिब साढे करोड जतिको ईष्टिमेट गरिएको थियो जसमा धनगढीमा रहेको बहुउद्देश्यीय कभर्डहलको आधुनिकीकरण, सय मिटरको आठ लेनको ट्रेक, फुटबल मैदान सहित प्यारापिड स्वीमिङ पुल रहेको थियो यस्तै कैलाली कै टिकापुरमा ब्याडमिन्टन कभर्डहल, कन्चनपुरको महेन्द्रनगरमा रहेको कभर्डहलको आधुनिकरण, फुटबल मैदान प्यारापिड मर्मत त्यस्तै डडेल्धुराको अमरगढी डोटीको सिलगढीमा रहेका कभर्डहलको आधुनिकरण मैदानहरुको मर्मत संभार आदि रहेका थिए तर अफशोच परिषदले गर्ने भनिएका बाचा घोषणा इष्टिमेट सबै कागजमा मात्रै सीमित रह्यो पाचौं घोषणाको पहिलो बर्ष स्थलगत अध्ययन, डिजाइन, ईष्टिमेट आवश्यक बजेटको आग्रहमा सीमित रह्यो दोस्रो बर्ष जब दिनहरु छोट्टिन थाले आयोजक क्षेत्रको छटपटी आफ्नो ठाउंमा थियो भौतिक निर्माणको लागि जिम्मेवार निकाय परिषद सरकारबाट बजेट उपलब्ध गराउन नसकेर दिनप्रतिदिन निरिह बन्दै गैराखेको थियो कुनैपनि कार्य गर्नको लागि लाग्ने समय लाग्ने नै भयो सबै आवश्यक समयको सीमारेखा कटिसकेपछि समय मै पुर्वाधार नबन्ने अवस्था देखेपछि प्रतियोगिताको घोषित मिति परिवर्तन गरी यथासम्भब छिटो निर्माण कार्य थालनीका लागि क्षेत्रले परिषदलाई अनुरोध गर्‍यो । सु. प. को अनुरोधलाई वेवास्ता गर्दै परिषदले पाचौं राष्‍ट्रिय प्रतियोगिताको मिति स्थान समेत परिवर्तन गर्ने कालो निर्णय गर्यो यो पाचौंको लागि "पहिलो ग्रहण" थियो

रा. खे. परिषदले आफ्नो कालो निर्णय गरी रहंदा सु. प. क्षेत्रको खेलकुद प्रेमीहरुको भावनाको कुनै वास्ता गरेन आफ्नो न्युन भौतिक पुर्वाधारको अवस्थामा पनि प्रतिभावान् राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरु मुलुकको नाम अगाडी बढाउन लागी रहे रहेका छन् तिनीहरु सधै प्रयोगको लागि प्रयोग मात्र भएका थिए वा भईरहेका छन् परिषदको कालो निर्णयले त्यस बेलाका सु. प. का उर्वर खेलाडी खेलकुदका स्वयम् सेवक जिल्ला क्षेत्रका सदस्य पदाधिकारी समग्रमा सुदुर पश्चिमेलीहरुमा परेको ग्रहणको छापको दाग कहिले मेटिने?
परिषदले आफ्नो कालो निर्णयको जानकारी दिंदा सु. प. लाई मिति स्थान परिवर्तनको कारण भौतिक पुर्वाधारको कमीको कारणले भनियो भौतिक निर्माणको लागि कागजमा मात्रै सीमित रहेको परिषदले आफ्नो निर्णय गर्दा भौतिक निर्माणको कार्य परिषदले नै गर्नुपर्ने चट्टकै बिर्सियो अर्को कारण माओवादीको जनयुद्ध शान्ति सुरक्षा समेतको कारण भनियो शान्ति, सुरक्षा त खेल अवधिको कुरो थियो तर सरकारले बजेट नै दिने नियत नभएपछि जे भने पनि भयो यो कथन सु. प.लाई सरासर बेवकुफ बनाउने भन्दा अरु केही थिएन परिषदले कालो निर्णय गरी रहंदा गांठो कुरा बेग्लै रहेको मेसो पछिमात्र पाईयो परिषदमा त्यस बेलाका अध्यक्ष खेलकुद मन्त्री आमोद प्रसाद उपाध्याय थिए जो पुर्वाञ्‍चलवासी हुन्। खेलकुदको राजनीति उनले के कति बुझे कुन्नि, पाचौं आयोजना गर्ने सम्बन्धमा पुर्वाञ्‍चलसंग प्रतिस्पर्धामा ओर्लेको सु. प. ले पाचौं गर्ने अवसर पाउनु नै पुर्वाञ्‍चल क्षेत्रको लागि असह्य पीडा थियो जुन चौथो राष्ट्रिय खेलको समापनमा अनुपस्थित रहेर असन्‍तुष्‍टी जनाइसकेको थिए फलस्वरुप तिनै खेल माफियाहरुको प्रभावमा परेर मिति मात्र परिवर्तन गरेनन् स्थान नै परिवर्तन को कालो निर्णय गरे त्यसताका माओवादीहरुको जनयुद्धको कुरो गर्ने हो भने माओवादीहरु भौतिक संरचनाको ध्वंश गर्थे तर निर्माणको लागि बजेट बिनियोजन गर्ने काम सरकारको थियो नि जुन तत्कालीन सरकारले गर्दै गरेन समग्रमा भन्नु पर्दा सु. प. लाई राज्यले हेर्ने दृष्टिकोण मैं गलत

जुन जोश जांगरले आफ्नो क्षेत्रमा खेल आयोजनाको जमर्को भएको थियो, त्यस अनुरुप राज्यका अन्य निर्णायक निकायमा सुदुर पश्चिमेलीहरुको न्युन पहुंच तथा सु. प. प्रति गरिने भेदभाव पुर्ण ब्यवहारको कारणले गर्दा पनि पाचौंको आयोजना गरिने अवसरबाट बन्चित हुन पर्यो तर हामी सु. पश्चिमेली कति सोझा! आफ्नो क्षेत्रलाई एउटा राम्रो अवसरबाट राज्यले बन्चित गरिंदा सामूहिक हिसाबले कसैले बिरोध गरे कुनै प्रतिकृया नै दिए कति छिटो बिर्से? कति मुश्किलले यो अवसर जुटेको थियो सबै शान्त कतै तोडफोड कतै चक्काजाम अझ यसमा पनि रोचक के भने परिषदले कालो निर्णय गरिरहंदा त्यस बेलाका खेलकुद राज्य मन्त्री दिलेन्द्र प्रसाद बडु पनि त्यहि निर्णयको साक्षी बसे जो आफैंपनि मन्त्री मण्डलमा सुदुर पश्चिम तिरबाटै प्रतिनिधित्व गर्दथे परिषदले स्थान परिवर्तन गर्दा आफुलाई केन्द्रमुखी खेल माफियाको मात्र भलाई सोच्यो आठौं साफ खेलका पुर्वाधारलाई नै प्रयोग गरेर पाचौं राष्‍ट्रिय खेल २०५८ जेष्ठमा काठमाण्डौंमा नै गर्ने निर्णय गरेको थियो उक्त निर्णयको बारे केन्द्रमा थुप्रिएका सबै जसो सुदुर पश्चिमेली नेताहरुलाई जानकारी गराइयो तर सबै शान्त प्रतिकृया नै छैन मेरै नेतृत्वमा भएको कोशिस अनुरुप सु. प. ले पाचौं को अवसर पाएको थियो केन्द्रमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो आफैं पनि राजनीतिक नियुक्ति अन्तर्गत सुदुर पश्चिमाञ्‍चल क्षेत्रिय खेलकुद बिकास समितिको अध्यक्ष पदमा कार्यरत थिएं त्यस पदमा कांग्रेसै भएको कारण मलाई लगिएको थिएन मेरो खेलप्रतिको समर्पण लगनशीलता छंदै थियो । मेरा बर्षौंका क्लबहरु देखि जिल्ला खेलकुद बिकासको अध्यक्ष रहि काम गरेको अनुभव पनि संग थिए मेरै नेतृत्वमा बिभिन्न अन्तरर्राष्ट्रिय प्रतियोगिताहरु पनि आयोजना भएका थिए नेपाली कांग्रेसको कार्यकर्ता भएतापनि मेरो तर्फबाट कोही खेलाडीलाई बल मिच्याईको अनुभूति दिईन जोसंग लगनशीलता प्रतिभा सधै प्रोत्साहन सहयोग नै रह्यो मेरो तर्फबाट यो कुराको पुष्टि दिपक बिष्टहरु जस्ता खेलाडीहरुले नै गर्नेछन्

नेपाली कांग्रेसमा ब्यक्तिवादी चरित्रको हावी भएका कारण नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुंदा नेपाली कांग्रेस कै समर्थितहरुको पहलमा गरिन लागेको आयोजना कसैको लहलहैमा लागेर नेपाली कांग्रेस सरकारमा छंदा गरेको यो पनि एउटा गलत निर्णय थियो नेपाली कांग्रेसमा केही अदुरदर्शी नेताका निर्णयका कारण २०५६ सालको आम निर्वाचनमा सु. प. का १९ बटै सिटमा नेपाली कांग्रेसलाई बिजयी गराउन सकृय युवाहरुलाई गरिएको प्रतिवद्धता सबै बेकार सावित भए पाचौंको घोषणा हुन केही महिना अघि देखि घोषणा भएको झण्डै डेढ बर्ष भन्दा बढी समय लगायत मेरा क्षेत्रका सहकर्मि मित्रहरुको अथक प्रयासमा तुषारापात भएको थियो हामी सबैको चाहना इच्छा त्यस बखतका युवाहरुको जांगर संबै चकनाचुर भएको थियो

अन्ततः केन्द्रमा नेपाली कांग्रेसको सरकार हुंदाहुंदै पनि कुर्सीमा टांसिइ रहनु उचित लागेन आफ्नो नेतृत्वमा थालिएको पांचौं राष्‍ट्रिय खेलको आयोजना रद्द गरिएपछि नैतिकताको आधारमा पदबाट राजिनामा दिएं

परिषदको निर्णय अनुसार २०५८ जेठ महिनामा नै पटक पटक मिति परिवर्तन गरी जेठ २१ गने पाचौं गर्ने तय भएको थियो तर जेठ १९ गतेको दरवार हत्याकाण्डले गर्दा फेरि अर्को सूचना नभएसम्मका लागि स्थगित गरियो त्यो पांचौं राष्ट्रिय खेलको लागि "दोस्रो ग्रहण" थियो

अब आएर पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण" लागि सकेको जुन "शान्ति, बिकास, सदभाव एकता"को नारा लिएर प्रारम्भ भएको थियो "सुरुको गांस मै ढुंगा लागि सक्यो" प्रधानमन्त्री प्रचण्डको ठाडो आदेशमा माओवादी लडाकुहरुले राष्ट्रिय खेलमा प्रवेश गरि "सहभागिताको नाममा सहभागि भईसकेका छन्" मुलुकका खेलाडीहरुबाट बिभिन्न छनौट चरण पार गर्दै आएका सहभागी खेलाडीहरुको सहभागितालाई अवमुल्यन गर्ने कार्य भएको प्रचण्ड आफैं माओवादीका मात्र प्रधानमन्त्री भएको जस्तो देखिन्छ उनीलाई आफु नेपालको प्रधानमन्त्रीमा रुपान्तरित हुन अझै समय लाग्ने भो

के लाखौं अन्य छनौटमा सहभागीहरु माओवादी प्रति सकारात्मक सोच्नेहरु छैनन् र? के ती सबै कांग्रेस वा एमाले वा अन्य अरु मात्र हुन् र? "कहिं नभएको जात्रा हांडीगाउंमा" नेपालको घटनालाई नेपालले मात्र हेर्ने खेलकुदमा चल्ने नियम नेपालको लागि मात्र अवश्य होइन होला? अन्य राष्ट्र लगायत अन्तरर्राष्टिय ओलम्पिक कमिटीले यस्ता घटनालाई कसरी लेलान्ओलम्पिक चार्टर अनुसार कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार्य हुदैन यो बुझ्नु पर्ने थियो यस प्रतियोगिताको उद्देश्य आगामी ११ औं सागको लागि खेलाडी पनि छनौट गर्नु थियो बिभिन्न चरणमा प्रशिक्षणहरु गर्दै उत्कृष्ट खेलाडीहरुको जमात बोकेको सेनाको त्रिभुवन क्लबले अधिकांश खेलमा बहिस्कार गरेपछि धेरै प्रतिभाहरु आउंदो साग खेलबाट बन्चित हुने हुन् कि वा आगामी सागमा पनि ठाडो आदेशबाट लडाकुहरु नै खेल्न पठाउने हो? यो "तेस्रो गहण"को जवाफ अवश्य पनि नेपाली जनताले खोज्नेछन्

प्रत्येक दुई बर्षमा हुनुपर्ने खेल १० बर्षपछि बल्लबल्ल सम्पन्न भयो सुनिन्छ २० देखि २५ करोडको बजेट विनियोजित गरिएको थियो रे । खेल भब्य गर्ने नाममा खेल खेलाडीहरुको सुविधालाई भन्दा समारोहमा बढी खर्च गरिएको केन्द्रमुखी राजधानीका खेलकुदे नेताहरु मन्त्री गोपाल शाक्य तथा सदस्य सचिव जीवन राम श्रेष्ठ काठमाण्डौंलाई रुचाउने नै भए माओवादी प्रधानमन्त्री प्रचण्ड समेत रोल्पा त्यागेर उपत्यका सरेपछि मोफसलमा यस्ता प्रतियोगिताको आयोजना अब झन् गफ नै हुनेछ स्मरणीय के भने राजधानीका खेलका पुर्वाधारहरु पुराना नै थिए यदि यहि रकमको केही अंश मात्र अन्य क्षेत्रको भौतिक पुर्वाधारमा खर्च गरिएको भए आगामी २/३ दशक सम्म त्यस क्षेत्रले मुलुकलाई धेरै प्रतिभाहरु उत्पादन गरेर दिने थियो

एक दशक अगाडी मात्र साढे चार करोड बजेट निकासा गराउन नसक्दा पाचौं खेल गर्नबाट बन्चित सु. प. अहिले पनि आफ्नो सीमित स्रोत साधनबाट उत्पादित हिरा तेक्वान्डो खेलाडी दिपक बिष्टलाई हेरेर चित्त बुझाइरहेको भने यिनै दिपक बिष्टको सफलतालाईजाएर केन्द्रका खेलकुदे नेताहरु आफ्नो दुनो सोझ्याउंदैछन् महत्पूर्ण कुरो खेलकुदको मर्म बिपरीत को निर्देशन आयो भन्दैमा नीति विपरीत आदेशलाई पालना गर्नु सदस्य सचिव जीवन रामलाई किन तम्सिनु पर्यो । खेलकुदे राजनीतिमा खलासीको रुपमा प्रवेश पाएका श्रेष्ठ अव खेलकुद बुझ्ने सानातिना गुरु भई सकेका छन् परिषदमा मात्र होइन नेपाल ओलम्पिक कमिटीका पनि यिनी महासचिव छन् कुर्सी कति प्यारो! एमालेबाट शिक्षित, दिक्षित जीवनराम गोपाल शाक्य अब नेपालमा नयां खेल नीति ल्याउने गफ चुट्दै छन् भविश्यमा पनि प्रचण्डहरु जस्ताको ठाडो आदेशमा नीति नियमलाई धोतिलाग्ने भएपछि नयां खेल नीति के का लागि? अब लोकतान्त्रिक सरकार प्रमुखले नै जवरजस्ती खेलाडी घुसपैठको नजिर बसाली सके। के आउंदा दिनपनि यस्ता गतिविधीलाई स्वीकार्दै जाने? शान्ति प्रकृयाको नाममा जताततै अशान्ति मचाउनेहरुसंग शान्तिको अपेक्षा गरिंदैछ कुन शान्तिको खोजी हुंदैछ? कसैलाई थाहा छैन

मैले बिगतका प्रसंगहरु कोट्याई रहंदा मैले जे भोगें वा मैले जे बेहोर्नु पर्यो त्यही उल्लेख गरेको छु समग्रहमा पुर्वाञ्‍चलवासीसंग मेरो कुनै पुर्वाग्रह छैन नेपाली कांग्रेस प्रतिको मेरो आस्थामा कुनै कमी छैन । मेरो असहमति ब्यक्तिवादी चरित्रको मात्र हो पछिल्लो दशकमा पांचौं राष्टिय खेलको सन्दर्भमा असंख्य ब्यक्तिहरुको सहभागिता रह्यो कोही नायक भए त कोही खलनायक भएर आउंदा दिनहरुमा सबै पात्रहरुको नाम बांकी यसमा नसमेटिएका प्रसंगहरु सहित उपस्थित हुनेछु

साम्राज्य बिक्रम पांडे

(लेखक नेपाली जनसम्पर्क समिति तथा सुदूर पश्चिम समाज दक्षिण कोरियाका बरिष्ठ सल्लाहकार हुनुहुन्छ )

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork