?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
   खेम कार्की
 

Warning: getimagesize(article_uploaded_files/67eaeIMG_khem9873.JPG): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155
विश्वव्यापी मन्दीसंगै कोरियाको अर्थतन्त्र कमजोर हुदै गएको कारण कोरियामा नेपाली बेरोजगारहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । विश्वब्यापी आर्थिक मन्दीको ठूलो मार भोगिरहेको कोरियामा १९९६/९७ पछि यॊ ठूलो मन्दी हो । विश्वव्यापी आर्थिक मन्दीको असर दक्षिण एसियाका मजबुत अर्थब्यवस्था भएका जापान चीनसंगै कोरिया अझ बढी प्रभावित भएको विश्लेषकहरु बताउछन् । व्यापार व्यवसायमा अमेरिकासंगको सम्बन्ध भएको हुंदा मन्दीको प्रत्यक्ष असर कोरियामा पर्न गएको बताइन्छ । कोरियाको प्रमुख आम्दानीको श्रोत निर्यात रोकिंदा यहांको अर्थव्यवस्था प्रभावित भएको हो ।

कोरियाका गाडी कम्पनीहरु GM, Daweo, Rono, samsung, सानयोङ जस्ता ठुला स्तरको उत्पादन लगभग बन्द छ । यी कम्पनीसंग सम्बन्धित साना र मझौला कम्पनीहरु पनि बन्द हुने क्रम बढेको छ । Hyundai, LG लगायतका अन्य कम्पनीहरुको उत्पादन पनि प्रभावित भएको छ । उत्पादन बन्द भएका कम्पनीमा कार्यरत कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । डाओले त तलब भत्ता दिन सरकारसंग माग नै गरेको छ ।

कोरियामा इपिएस प्रणालीबाट आएका र पुराना गरेर लगभग ६ हजार नेपाली रहेका छन् । जसमा आधाजसो इपिएसबाट आएका र आधाजसो पुराना रहेका छन् । लगभग २००० जति त गैरकानुनी रुपमा नै बसिरहेका छन् । मन्दी कै कारण इपिएस प्रणाली मार्फत नेपालबाट आउने क्रममा रहेका नेपालीहरु रोकिएका छन भने भित्रिसकेकाले पनि ठुलो सास्ती भोग्नु परेको छ । बेरोजगार बनेपछि के गर्ने कसो गर्दै भन्दै विभिन्न व्यक्ति तथा संघसंस्थालाई गुहार्न बाध्य भएका छन् । पुरानाहरु भने जसोतसो आफ्नो सम्बन्धको कारण आफ्ना समस्याहरु आफै समाधान गर्न सकृय रहेका छन् ।

इपिएस प्रणालीबाट कोरिया आएका झापाका प्रेम संग्रौला अब कोरिया आउने अरु साथीहरु पनि यहांको समस्याहरुसंग जुध्न मानसिक रुपमा तयार भएर आउन सल्लाह दिनुहुन्छ । २, ४ महिनामा पनि कम्पनी बन्द हुने क्रममा छन् त्यस अवस्थामा भाषा तथा बस्ने खाने नया कम्पनी खोज्ने भन्ने बारेमा आफूलाई पनि समस्या पर्न सक्छ भनेर मानसिक रुपमा तयार भएर कोरिया आएपछि समस्या समाधान गर्न सजिलो हुन्छ भन्ने लागेको छ । जागीर नपाउने अप्ठयारोमा पर्नेहरुको गुनासो सुन्दा सरकारी प्रयास र राजदुतावासले गरेको पहल पनि उनलाई चित्त बुझेको छैन ।

कर्मचारीलाई राख्ने सम्भावना हुंदाहुदै नेपालीको पक्षमा खुलेर नलागेको र कोरियन पक्षमा बोल्ने गरेको पाइएको बताउनुहुन्छ कोरियाको किम्हे स्थित फरेन फिसन चर्चका नेपाली सिनियर पाश्चर पाश्चर तथा कोरिया ख्यङनाम्दो राज्य परिषदका सदस्य यज्ञराज सुबेदी । कोरीयामा नेपालीहरुले समस्या पाउदा सहयोग गर्दै आउनुभएका सुबेदी भन्नुहुन्छ "१५० नेपाली जति नेपाली रहेको कोरियाको किम्हे क्षेत्रमा २ सातामा २० जना कम्पनीले काम छैन भनेपछि छोडन बाध्य भएका छन । जसमध्ये एक जना नेपालीको ४ महिनामा ३ चोटी कम्पनी परिवर्तन भइसकेको अवस्था आफू समक्ष आएको छ । यो अवस्था हेर्दा ५०० को हाराहारीमा नेपाली बेरोजगार भइसकेका छन । तोकिएको तलब भत्ता नदिने घटाएर दिने समयमा नदिने तथा कतिले त दिदै नदिने गरेको र मुद्धा हाल्दा पनि कम्पनी पुरै टाट पल्टिएका कारण उठाउन नसकिने समस्या रहेको छ ।"

कोरिया स्थित नेपाली दुतावासले एक विज्ञप्ती जारी गरी मन्दीको कारण बेरोजगारी हुने क्रम बढेकोले सकेसम्म काम नछोड्न र अप्ठयारो नै परेमा दुतावासमा सम्पर्क गर्न भनेको छ । नेपालको १ महिने घर विदाबाट भर्खरै कोरिया आईपुग्नु भएका कोरियाका लागि नेपाली राजदूत कमल कोइराला अहिले यहांको मन्दीको तथा कोरियाको कार्यक्रममा व्यस्त हुनुहुन्छ । नेपालबाट फर्केपछि केही नयां पहल होला भन्ने आशा बोकेकोमा झन् नयां उत्साह हैन निराशा ल्याएको अनुभव गरिएको छ ।

कम्पनीमा काम छुटेको २ महिनासम्म पनि अर्को कम्पनीमा काम नपाए गैरकानुनी हुन्छ र नियमानुसार देश फर्कनु पर्ने हुन्छ । यस्तो अवस्थामा जोखीम मोल्दै गैरकानुनी बनेर काम खोज्दै कोरियामा नै बस्ने क्रममा बुद्धि भइरहेको छ । यस्तो अवस्थामा बस्दा सुविधा बसोवास तथा विरामी पर्दा निकै समस्या भोग्नु पर्ने हुन्छ । घरपरिवारलाई भन्दा दुःख मान्ने हुदा नबताई जोखिम मोलेर गरेको बताउछन । कोरियाको किम्हे स्थित रोजगार दिलाउने कम्पनीमा आएको एक कोरियन देशमै बेरोगार बढेकोले बिदेशीले काम पाउन गाह्रो भएको बताउछन् ।

कोरियामा ११ वर्ष विताई सक्नुभएका नेपाली बम लावती आफूले यस्तो भयावह अवस्था यस अघि कहिल्यै नदेखेको बताउछन् । यो अवस्था झन् झन् बढ्दै गएको उनको अनुमान छ । आफ्नो अगाडि काम नभएर गैर कानुनी बनेका १७ जना भन्दा बढी देखेकोले यसको संख्या धेरै भएको बताउदछन् । यसको लागि अब इपिएसमा नेपाली मुलको व्यक्ति नहुनु एउटा कारण देखेका छन् । अब नेपालीको छुट्टै डेस्कबाट श्रम सहचारीको काम अहिले निकै आवश्यक छ भन्ने लागेको छ ।

कोरियामा कृषि तथा फिसरीमा आएका व्यक्तिहरु अझ समस्यामा छन् । काम अनुसारको तलब सुविधा नपाउनु अनि यही क्षेत्र बाहेक उद्योग व्यवसायमा परिवर्तन गर्न नपाउंदा झन अप्ठेरो भोग्नु परेको छ यस क्षेत्रमा आएका कामदारले । यस्तै कोरियामा बेरोजगार विदेशीको बजार बढेको हुंदा कम्पनी मालिकले छानीछानी लगाउन थालेका छन् । यसैगरी कति कम्पनीले काम विग्रेको अवस्थामा तलबबाट काटने जरिवाना लगाउने गर्न गर्न थालेपनि कामदार चुपचाप काम सहन बाध्य छन । घरमा धेरै आम्दानी आशा गरेपनि त्यो अनुसार आम्दानी नहुदा रकम पठाउन पनि नसकिने अवस्था रहेको नेपालीहरुले गुनासो गरेका छन ।

कोरीयामा नेपालीले काम गुम्ने क्रम जटिल रहेको बताउदै नेपाल सम्पर्क समिति NCC का केन्द्रीय उपाध्यक्ष गगन पुन भन्नुहुन्छ "बेरोजगार बढेका छन् हामीले आफ्नो तर्फबाट खाने बस्ने जस्तो काममा पहल गर्ने भनेका छौ तर व्यवहारमा पूर्ण रुपमा गर्न भने अझै व्यवस्थित गर्न सकिएको छैन ।"

कोरियास्थित विभिन्न संघ संस्था तथा व्यक्तिहरुले बेरोजगारी समस्या भयावह भन्दै गरेको भन्दै गर्दा सहायक राजदुत यादव खनाल भने आफूहरुले अनुमान गरेजतिपनि खराब अवस्था नरहेको बताउदै भन्नुहुन्छ "मन्दीले कम्पनीहरु बन्द हुने कारणले नेपालीहरु पनि समस्यामा परेका छन । आफूहरुको समक्ष फाट्टफुट्ट बेरोजगार हुने क्रम भएपनि हाल हाम्रो सम्पर्कमा आएका भर्खरका २४ जना बाहेक बेरोजगार नेपाली छैनन् । कामको समस्याले आउने गरेकोमा HRD को मार्फतबाट पहल गर्नेगरेका छौं ।" राजदूतावासले धेरै प्रकारको काम गर्नुपर्ने र व्यक्तिगत समस्यामा आफूहरुसंग धेरै अपेक्षा गर्ने हुदा त्यस्तो अवस्थामा भने चाहे अनुसार सामान्य समस्यामा सम्बोधन गर्न नसकेको भन्ने खनाललाई लागेको छ । तेस्तै नेपाल पत्रकार महाँसघ दक्षिण कोरियाका अध्यक्ष रघु त्रिपाठीका अनुसार बिश्व ब्यापी आर्थिक मन्दिका कारण बिश्वकै बिकाशित मुलुक मध्यकै सबै भन्दा प्रभावित दक्षिण कोरियाको अहिलेको परिस्थितीलाई निदान गर्न र समाधानका उपायहरु खोज्नु हाम्रो मात्र क्षमता भित्रको कुरा होइन। बास्तवमा कोरियाली श्रम बजारबाट नेपालको रेमिन्टान्स राशीमा उल्लेखनीय सहभागिता रही आएपनि अहिलेको मन्दिको कारण त्यसमा निश्चित रुपले गिरावट पनि आएको छ । राजदूतावासलाई सकृयता गराउने र श्रम सहचारिको ब्यवस्था गर्नु भनेको नेपाल सरकारको तर्फबाट हुन सक्ने काम सहजीकरण गर्नलाई हो तर अहिलेको परिस्थिति भनेको नेपालको मात्र समस्या नभएर अन्य मुलुकबाट आएका कामदारहरुको समस्या पनि यस्तै रहेको हुँदा केही समय धर्य तथा संयम रहेर सबै तर्फबाट समस्याको सामाधान खोज्नु पर्ने देखिन्छ ।

कसरी घटदैछ त आम्दानीः
कोरिया स्थित प्रभु इन्टरनेशनलका संचालक प्रेम गुरुङ २ वर्ष अघिमात्र १२ लाख ८० हजार कोरियन वनमा नेपाली १ लाख पठाएकोमा नेपाली १ लाख पठाएन कोरियन वन २० लाखको हाराहारी रहेको हुदा रकम पठाउने संख्या र रकममा कमी आएको बताउनुहुन्छ । यसकारण मन्दीको कारण यहांका नेपाली कामदार तलब सुविधा घटने र डलर बृद्धिको कारण कमाएको रकमको पनि भाउ नहुंदा दोहोरो मारमा परेका छन् । २००६ मा कोरिया आउंदा पाएको तलब सुविधा बढ्नु भन्दा घटेको बताउनुहुन्छ धनकुटाका प्रेम आले । तलब वर्षेनि बृद्धि भएपनि तलब बृद्धि भन्दा सुविधामा कटौती बढी भएकोले आम्दानी घट्न गएको भन्दै आले भन्नुहुन्छ । २००९ जनवरीमा तलब बृद्धि थोरै प्रतिशतमा भएपनि खाना बापत त्यो भन्दा बढि खर्च काट्ने गरेको र औसत आलेको अतिरिक्त समय पनि १ घण्टाको दरले घट्दा आम्दानी बढनु भन्दा घटेको आलेको भनाई छ ।

इपिएस को रोजगार पनि संकटमाः दलालको चलखेल बढ्दोः
कोरियाका आएपनि काम बन्द हुने काम अनुसार तलब नदिने सम्झौता पत्रमा लेखिने अनुसारको काम तथा सुविधा नहुनु जस्तो कारणले इपीएस कोरिया कोटामा यहा आएका नेपालीहरु पनि पीडित बनेका छन् । जसको कारण निकै चर्चाको अवस्थामा रहेको इपीएस प्रणाली अव्यवस्थित देखिन पुगेको छ । नेपालबाट कोरिया आएपछि यहां परेका समस्याको बारेमा सम्बन्धित निकायले कुनै पहल नगर्दा यस्तो अन्योल देखिएको हो । पहिले मोटो रकम लिएर पैसा उठाउन सकृय म्यानपावर कम्पनीहरु यो प्रणाली नै खारेज गर्ने दाउमा थिए, अहिले पनि यसलाई दोषी देखाएर फेरी आफ्नो हातमा पार्ने चलखेलमा लागेका छन् । दलालहरुले विभिन्न प्रकृयाहरुमा आफ्ना भरौटेहरु लगाएर आन्दोलन नाराबाजी गराएर यो प्रकृया नै सरकारको टाउको दुखाई बनाउने प्रयास गरेको छ । यसैलाई बहाना बनाएर अहिलेको सरकारसंग यो प्रकृयाको विरुद्धमा लाग्न सक्ने आशंका गरिएको छ । बर्तमान सरकारले जापान पठाउने काम पनि निजी क्षेत्रबाट गराउन खोज्नु सरकार यस्तो प्रकृयाबाट पन्छिन खोजेको देखिएको छ । यस्तै कोरियामा रहेका नेपालीहरु नै बेरोजगार हुने क्रम बढेपनि इपीएस प्रणाली मार्फत कोरिया जान प्रतिक्षामा बसेका हजारौं नेपालीहरु पनि अन्योलमा परेका छन् ।

कोरीयामा नेपाली अस्तब्यस्तः
इपीएस प्रकृया निकै राम्रो र निम्न आय भएका नेपालीको लागि राम्रा अवसर पनि हो । तर अहिले बेरोजगारको अवस्था कोरियामा निक्‍कै भयावह भएको हुदा प्रतिक्षामा रहेका तथा नयाँ व्यक्तिहरु कामको लागि कोरिया नजानु नै बुद्धिमानी हो । कुन कम्पनी कतिखेर बन्द हुने कुनै ठेगान छैन । धमाधम काम भइरहेको कम्पनीहरु अकस्मात बन्द भएको सूचना आउंदा कामदारहरु अलपत्र पर्ने गरेका छन् । यही अवस्था रहिरहे मलेसिया लगायत खाडी राष्ट्रबाट कामदार फर्किए झैं कोरियाबाट धमाधम फर्किए भन्दा अनौठो नमान्नु पर्ने दिन आउन सक्छ । फाट्ट फुट्ट रुपमा घर फर्कन थालिसकेका छन् भने कतिपय नेपालीहरु गैर कानुनी रुपमा बस्न बाध्य भएका छन् ।

यसको लागि सरकारले बर्तमान अवस्थामा कोरियामा रहेका नेपालीहरुलाई व्यवस्थित बनाउन सम्पर्क केन्द्र राखेर काम गर्न जरुरी छ । विस्तारै मन्दी घटेपछि फेरि पनि नेपालीहरुको राम्रो गन्तब्य बन्न सक्छ भनेर पनि सोच्नु पर्छ । अहिले कोरियाका संघसंस्था चर्चका सेल्टरहरुमा शरण लिने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । आफ्नो रोजगारी गुमेपनि बताउन नचाहने र लुकेर बस्ने क्रमले गर्दा यकिन संख्या भने बाहिर आउन सकेको छैन ।

अब के गर्ने?
देशको आर्थिक GDP को १८ प्रतिसत जति हिस्सा रेमीटेन्स भएको हुँदा यसका सरकारले गम्भीर ध्यान दिन जरुरी छ । विश्व व्यापी असर पर्दा पनि यसको असर छैन भनेर सरकार कानमा तेलमा हालेर बस्यो भने लखराउदो अवस्थामा रहेको देशको आर्थिक अवस्था तासको घर ढले झैं ग्ल्‍याम्म ढल्न सक्छ । कोरिया बर्तमान र भविष्यमा रेमिटेन्सको राम्रो गन्तब्य भएको हुंदा यथासीघ्र सरकारी पहलको मार्फतबाट कोरियामा काम शुरु गर्न ढिला हुन लागिसक्यो । कोरियाली सरकार तथा यहां रहेका नेपाली संघ संस्थासंग सरकारले सहकार्य गरेर काम गर्न सके अन्य देशको तुलनामा थोरै मात्रामा रहेका नेपालीले ठूलो राहत पाउने छन् । यसको लागि सरकार राजदुतावास चनाखो र जिम्मेवार बनेर अघि बढनु पर्ने देखिन्छ ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork