?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
   रघु त्रिपाठी
 

Warning: getimagesize(article_uploaded_files/f20a5raghu.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

विकृति विसंगति र नकारात्मक परिणति

आजकाल दक्षिण कोरियामा नयाँ आउने नेपालीहरु वा पहिलेदेखिनै दक्षिण कोरियामा अन्य भिसामा बस्ने नेपालीहरु बीचमा D-8 भिसा बनाउने लहरनै चलेको छ । दक्षिण कोरियाको अध्यागमन विभागले विभिन्न प्रयोजनमा कोरिया प्रवेश गर्न चाहने वा कोरियामा बसोबास गर्न चाहने विदेशी नागरिकलाई दिने भिसाका प्रकारहरु मध्ये दक्षिण कोरियामा व्यपार व्यवसाय गर्न चाहने विदेशी नागरिकलाई D-8 भिसा प्रदान गर्छ । यो भिसा प्राप्त गरी धेरै विदेशीहरुले दक्षिण कोरियामा लगानी भित्र्याई यहाँको व्यपार व्यवसाय प्रवर्द्धन गर्न सहयोग पुर्याएका छन् र आफु पनि आर्थिक रुपले लाभान्वित भएका छन् । धेरै नेपालीहरु पनि यो भिसा प्राप्त गरी कोरियामा राम्रो उद्यम गर्न सफल भएका छन् । यो भिसा प्राप्त गरे पछि आपुनो श्रीमान वा श्रीमती संगै राख्न पाइने आफ्नो नातेदारहरु वा व्यवसायिक साझेदारहरुलाई कोरिया आउन जमानी बस्न सक्ने अर्को देश जान चाहेमा अर्को देशको दूतावासले पत्याइदिने ५ वर्ष सम्म निरन्तर व्यवसाय गरेर अन्य केही प्रावधान पनि पुर्याएमा कोरियामा स्थाइ बसोबासको स्वीकृति सम्म पाउने आदि सुविधाले यो भिसा लोकप्रिय भएको छ ।

तर सिक्काको अर्को पाटो पनि छ । यही भिसाको दुरुपयोग गरी अहिले धेरै दलालहरुले D-8 भिसा मिलाई दिने प्रलोभन देखाई महङ्गो पैसा लिएर कोरियामा मानव तस्कर गर्ने गरेका छन् । विश्वव्यापी आर्थिक मन्दी भएको अहिलेको समयमा कोरियन अर्थतन्त्र पनि धरासायी छ र धेरै उद्योगहरुको ढोका बन्द भएको छ । भर्खरै इ पी एस बाट आएका कामदारहरुको कम्पनी बन्द भई वा कम्पनीमा काम गर्न नसकि तर अर्को कम्पनी पनि खोज्न नसकेका कामदारहरु अनि शरणार्थी भिसा लिएर काम गरेका तर अहिले शरणार्थीहरुलाई काम गर्ने प्रतिबन्ध लगाए पछि बेरोजगार बनेका शरणार्थीहरु र अपराधी जस्तो लुकीछिपी हिंडेका अवैधानिक कामदारहरुको बीचमा प्रसस्तै व्यवसायिक व्यक्तिहरु अर्थात D-8 भिसा प्राप्त गर्ने व्यक्तिहरु पनि तल्लो स्तरको काम खोज्दै हिंड्ने दृष्य अपत्यारिलो लाग्न सक्छ तर यो अहिलेको दक्षिण कोरियाली नेपाली डायस्पोराको वास्तविकता हो ।

D-8 भिसा लिने नेपलीहरुको हालः
यस पंक्तिकारले गरेको सामान्य खोज अनुसार कोरियामा धेरै पहिले देखि धेरै नेपालीहरुले D-8 भिसा प्राप्त गरी बसोबास गरिआएका छन् । ती मध्ये कतिपयले आफ्नो भिसा प्रयोजन अनुसारको काम गरी सफल उद्यम गरी बसोबास गरे पनि कतिपयले चाहिं D-8 भिसा लिई बसेका तर मजदूरी काम गरी पैसा कमाउने र दलालहरु मार्फत कारोवार गरेको कागजात बनाई भिसा नवीकरण गरी बसोबास गरेको पाइयो । हिजोको स्थितिमा काम सजिलै पाइने काम गरेको स्थलमा समातिए पनि सामान्य जरिवाना तिरेर छुटिने भिसा नवीकरण गर्न पेश गरिएको कागजातको पनि धेरै खोजिनीति नहुने आदिको स्थितिमा D-8 भिसा लिने तर व्यवसाय नगरे पनि सहजै थियो तर अहिले परिस्थिति फेरिएको छ । काम सजिलै नपाइने भिसा नवीकरण
गर्दा कागजातको कडा परिक्षण हुने आदि समस्याले कतिपयहरु घाटानै लाग्ने स्थितिमा पनि स साना पसलहरु राख्न शुरु गरेका छन् भने धेरै जसो चाहिं कोरिया बसाइलाई भालुको पुच्छर समाती राख्नु न छोड्नुको स्थितिमा छन् ।

D-8 भिसा लिने प्रावधानः
कोरियाली अध्यागमन विभागको नियम अनुसार D-8 भिसा लिनको लागि विदेशी नागरिकले तपशीलको कानून प्रावधान पुरा गर्नु पर्दो रहेछ ।
# विदेशबाट आफैंले आफ्नै नाममा पठाएको कम्तिमा कोरियन वन ५ करोड कोरिया भित्रिएको बैंकद्धारा प्रमाण ।
# कार्यालय वा व्यवसायिक स्थल भाडामा लिई घरबेटी सँग सम्झौता गरेको प्रमाण पत्र हुनु पर्ने ।
# स्थानीय नगरको वडा कार्यालयबाट उक्त नगरमा व्यवसाय गर्न अनुमति पत्र लिनुपर्ने ।
# स्थानीय कर कार्यालयमा गई आफ्नो व्यवसाय दर्ता गर्नु पर्ने ।

# आफ्नो व्यावसायिक भिसा निरन्तरताका लागि कम्तिमा ६ महिनामा आफ्नो व्यावसायिक दर्ता पमाणपत्र नविकरण गर्नु पर्ने ।

विकृति विसंगति र नकारात्मक परिणतिः
उपरोक्त कागजात तयार भए पछि अध्यागमन कार्यालयमा गई D-8 भिसा प्राप्त गर्न सकिने छ । तर नेपालबाटै व्यपारिक भ्रमण भनी आएका C-2 भिसा वा परिवारिक भिसा F-2 भिसा बाहेकका अन्य प्रयोजनको लागि पहिले देखिनै कोरियामा बसीआएका बिदेशीहरुले भने एक चोटी कोरियाबाट बाहिरिएर फर्किनु पर्दो रहेछ ।

यही नियम जानेबुझेका दलालहरुले नेपालबाट कोरिया आउन चाहने व्यक्तिहरुसँग आठ लाखदेखि दश एघार लाखसम्म पैसा लिई D-8 भिसा बनाइ दिन्छु भनी कोरिया भित्र्याउँदा रहेछन् र पाकिस्तानी व्यापारीहरुलाई पैसा खुवाई आवश्यक बैंक रकम हङकङ, सिंगापुर जस्ता ठाउँबाट मगाई कागजात तयार पारी भिसा मिलाई दिंदा रहेछन् । पहिले पहिले त दलालहरुले घरबेटीको सम्झौता पत्र आदि कागजात नक्कली पनि बनाउँथे रे । अब D-8 भिसा त बन्यो । वास्तविक व्यपारीले त व्यापार गर्छ तर अरुको शुरु भयो दुःखदायी मजदूरी जीवन । त्यहीपनि अहिले त काम पाउँनै गाह्रो छ । पाइहाले पनि छ महिना पछि कर प्रशासनले छापा मार्दा वा भिसा नवीकरणका लागि कागजात पेश गर्दा वास्तविक व्यापार व्यावसाय गरी आएको देखाउन नसकेपछि भिसाको म्याद थप हुदैन अनि गैरकानुनी आप्रवासी जीवन सुरु हुन्छ । गैरकानुनी भए पछि कामका क्रममा पनि पाउनु पर्ने आधारभुत तलव भत्ता विमा सुविधा लगाएतका सुविधाहरु कम्ति पाउने गरि भएपनि कम्पनी संग सम्‍झौता गरि काम स्वीकार गर्नु पर्ने वाध्‍यता हुन्छ । यति हुंदा हुंदै आफ्नो कोरिया आउँदा लागेको
खर्च पनि उठ्न नपाउदै कोरिया अध्यागमनले छापा हानेर हतकडी लगाइ भ्यायो भने सकियो नेपालीको वैदेशिक रोजगारको कथा अव फेरि आउन पनि पाउंदैन सधैंका लागि ढुक्कले नेपालमै ठुटे नेताको झोला नवोके के गर्नु र सजिलो पाउने काम नै त्यहि हो ।

वास्तविक व्यपारी पनि दलालको फन्दामाः
आफूसँग पूँजी र व्यवसायिक दक्षता भएका वास्तविक व्यपारीहरु पनि यति सामान्य प्रावधान पूरा गर्न नसकेर दलाल मार्फत नै भिसा बनाउन वाध्‍य भएकाहरु पनि रहेछन् । हुन त नेपाल र संसारकै प्रचलित नियमानुसार जुन देशमा व्यपार व्यवसाय गर्न जाने हो त्यही देशको नियमानुसार चल्नु पर्ने हुन्छ । समस्या कहाँ हुँदोरहेछ भने नेपालबाट डलर बाहिर लाने प्रावधानमा बाणिज्य विभागको कडा र अव्यवारिहक नीतिले गर्दा साधारण व्यक्तिले आफ्नै पैसा पनि बाहिर लान सक्दो रहेनछ । सामान्यतया कसैले आफ्नो ४० हजार अमेरिकन डलर नेपाल बाहिर लान चाहन्छ भने उसंग कम्तिमा २ करोड डलर भएको हुनु पर्दो रहेछ । विदेशमा लगानी गर्न पाउने अनुमति पत्र लिने झन्झटिलो प्रावधानले गर्दा मानिसहरु दलाललाई पैसा दिएर सजिलो उपाए तिर लाग्दा रहेछन् । अनि कतिपय चाहिं नगद नै पैसा लिई हङकङ, सिंगापुर जस्ता ठाउँमा जाने र त्यहाँबाट कोरियाको बैंकमा आवश्यक रकम पठाई आउँदा रहेछन् । तसर्थ नेपालको विदेश लगानी नीति लचिलो बनाउनु पर्ने आवश्यकता देखिन्छ । किनभने देशबाट बाहिर जाने रकमले देशको भण्डार रित्याउने मात्र सोच्ने होइन तर त्यो रकमले देशमा अरु रकम भित्रिने पनि हुन्छ भन्ने बुझ्नु पर्छ । सरकारले नीति वनाउँदा दोहोरो सोच राखेर बनाउनु पर्छ । स्वदेशमा वेरोजगारिता वढिरहेको छ त्यसको समाधानको प्रभावकारी बाटो स्वदेशमा छैन भने विदेशमा मजदुरी मात्र नभएर व्यार व्यावसाय गर्न जानु पनि वेरोजगार समस्या समाधान गर्ने अर्को बाटो हुन सक्छ । यसै गरि समाजमा हुने गरेका विसंगति र विकृतिहरुको अवलोकन गरेर आवश्यकता अनुसार वेला वेलामा सजिलो र छोटो प्रकृयाद्धारा नीति नियम संशोधन गर्न सकिने प्रावधान पनि हुनु पर्छ । भरखरै यो चर्चा गरि रहँदा नेपाल सरकारका अर्थ सचिव कृष्णहरि वांसकोटाले नेपाल सरकारको तर्फबाट वि वि सि नेपाली सेवा संग कुरा गरि रहनुहँुदा नेपाल सरकारले वेरोजगार युवाहरुलाई रोजगारको अवसर वढाउन पचास करोड छुट्याएको छ भन्ने अन्तर्वार्ता सुनियो तर त्यो वजेट खर्च गर्ने आधार र क्षेत्र चाहिं आफैमा प्रष्ट छैन । रोजागरको अवसर वढाउन छुट्याइएको रकम वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृति र समस्या समाधान गर्न वा घटाउने काममा पनि खर्च गर्ने नीति सरकारले वनाउन सके सजिलो हुन्थ्यो होला । देशमा रोजगारको अवसर छैन विदेशमा गएर कडा व्यापार व्यावसाय गर्ने धन छैन सरकारको सहयोगी नीति छैन अनि उनै कालो कारोवार गरि कराडौं कमाएका नेपाली दलालसंग गएर एक रातका लागि आफ्नो नाममा चालिस हजार यु एस डलर वरावरको रकम विदेशी वैंकमा पठाइदिए वापतमा दश, बाह्र लाखसम्म काबुल गर्नु पर्ने वाध्‍यता आइ पर्दो रहेछ । गरिव भएपनि बुद्धिमतापुर्ण सोच विचार राखेर काम गर्न सके त यस्तो विजोक हुदैनथ्यो नेपाल र नेपालीको ।

एकोहोरो र छोटो सोच नराखी सवैखाले रोजगारीका अवसर वढाउन के कस्तो नीति वनाउँदा ठीक हुन्छ भन्ने अभ्यास सरकारी तवरबाटै हुनु पर्ने देखिन्छ भने विदेश स्थित नेपाली दूतावासहरुले पनि आ आफु कार्यरत मुलुकमा के कस्ता समस्याहरु विद्यमान छन् र तिनको न्युनिकरणका लागि कस्तो नीति अपनाउँदा अथवा भएको नीति नियम संशोधन गर्दा राम्रो हुन्छ भन्ने सुझाव नेपाल सरकारलाई दिनु पर्ने देखिन आउँछ । जस्तो काम गर्न वा नरकीय जीवन विताउन भए पनि ठुलो हवाइ जहाज चढन पाउनु धनि देशमा जान पाउनु नै भाग्य हो भन्ने खरिद मानसिकताले हामी आफैलाई संकुचित वनाइरहेको मात्र होइन संसारकै वदमास र दरिद्र पनि वनाइरहेको छ । कोरियाली अध्यागमन कार्यालयमा जुदा नियमअनुसार पुरा गर्नु पर्ने सवै रित पुरा गरि कागजात पेश गर्दा पनि नेपालीहरुका लागि भने पछि विशेष निगरानी र परिक्षणमा राखेर मात्र D-8 भिसा दिने र हत्तपत्त म्याद थप वा भीषा परिवर्तन नगर्ने जस्तो व्यवाहार देखिनु यसैको उदाहरण हो । अर्को मुलुकको नियम कानुन त हामीले हाम्रा लागि सुधार गरिदिन भन्न सक्दैनौ तर आफ्नो नीति नियम वैदेशिक रोजगार प्रवर्द्धन गर्न सहायक हुने खालको वनाउन त सक्छौ नि । नीति निर्माताहरुले दलाल पैसावालाहरुको कव्जामा पो रहेको छु कि भनेर दायाँ वायाँ हेरेर काम गर्न चनाखो मात्र भए पनि पुग्छ आखिर घुमाइ फिराई जानी नजानी कालो पैसावालाहरु कै चंगुलमा फसेर यस्तो भएको हो ।

एउटा उखान छ, पैसा पनि सकिनु मूर्ख पनि बन्नु । नेपालीहरुको यो कस्तो विडम्वना पैसा नभएकाहरु पनि बेचिनु पैसा भएकाहरु पनि बेचिनु ।

आउनुहोस् आफ्नो देशमा वा विदेशमा पनि आफ्नो हक अधिकारको सही सदुपयोग गरी पूँजिको सही व्यवस्थापन गरी उद्यमी बनौं ।

(लेखक नेपाल पत्रकार महासंघ, दक्षिण कोरियाका अध्‍यक्ष हुनुहुन्‍छ ।)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork