?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
   रघु त्रिपाठी
 

Warning: getimagesize(article_uploaded_files/9c09fIMG_0009.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155
संसारकै गरीब तथा विकाशोन्मुख देशहरुको पङ्त्तिमा पर्ने नेपाल र नेपालीका लागि कोरियाली श्रम बजार मुख्य टारगेट मध्ये एउटा रहि आएको छ । बैदेशिक रोजगार, ट्रेड यूनियन अधिकार अनि नेपालीहरुको बिदेशमा काम गर्ने शैली तथा यसको फाईदा कै विषयमा आ-आफ्नो अनुभव तथा ज्ञानका अधारमा अनलाईन पत्रिकाहरुमा आएका केही लेखहरु एक दुई हप्त्ता चर्चाको शिखरमा रहे । सबै पाठकहरुले आ-आफ्नो प्रतिकृया र सुझाव दिने गरेको सुनियो । विशेषगरी डा. सुर्य सुबेदीको नयाँ नेपालमा निस्किएको लेख र सच्‍चिन्दा नन्द जोशीको नेपालकोरिया न्यूज डटकममा निस्केको लेखले तुलनात्मक रुपमा विशेष चर्चा पाए ।

डा. सुर्य सुबेदीले आफ्नो लामो विदेशी संगत पछि विभिन्न मुलुकमा नेपालीहरु के कस्तो पेशा गरि बसेका छन् र आम रुपमा नेपालीहरुको कार्य शैली र संस्कृती के हो ? र त्यो संस्कृतिले नेपाल र नेपालीको उन्नतीको लागि कति योगदान पुगिरहेको छ भन्ने तर्फ आफ्नो दृष्टि अगाडी सार्नु भएको पाईयो भने सच्‍चिदानन्द जोशीले आफुलाई अधिकारवादी चेतनशील नागरिकको रुपमा मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता तथा बहुपक्षीय संन्धिमा भएको व्यवस्था अनुसार कोरियामा काम गरि रहेका नेपाली समेतका विदेशी कामदारहरुले ट्रेड यूनियन अधिकार पाए नपाएको आफ्नो अनुभव संग्रह गर्दै अधिकारका लागि लडाईमा निरन्तरता टुटन हुदैन भन्ने आफ्नो सल्लाह अगाडि सार्नुभएको पाइयो । यसै बिचमा नयाँ नेपाल अभियानको ठूलो जिम्मेबारी बोकेको छु भन्ने नेपाल सरकारको तर्फ बाट विशेष गरी दक्षिण कोरियामा कार्यरत मजदुरहरुको कल्याणकारिता को नाममा भएको विवादित काम एउटा खतरा संकेतको रुपमा आईरहेको सन्दर्भलाई पनि केलाउन सान्‍दर्भिक नै होला भन्ने ठानिएको छ ।

खासगरि वैदेशिक रोजगारलाई मजदुरी गरेर २ पैसा रेमिटेन्स भित्रने मात्र उपाएका रुपमा हेरिनु भन्दा टेक्नोलोजी ट्रान्सफरको अप्रत्यक्ष उपाय, दक्ष जनशक्ति मुलुकमा भित्रने उपाए अनि नेपाली समाजको अन्तर्राष्ट्रिय परिचयका साथै सामाजिक र सांस्कृतिक आदानप्रदान हुने सुवर्ण मौकाको रुपमा समेत बुझ्नुपर्ने हुन्छ । त्यसैले सरकारले नीति वनाउंदा यी सबै विषयहरु एक अर्कामा सम्वन्धित भएको कुरा वुझेर परस्पर असंगत नहुने गरी समन्वयात्मक ढंगले अगाडि बढ्ने नीति तय गर्नु पर्ने हुन्छ । हामी नेपालीहरुले अधिकार पढ्नु पर्दैन कर्तव्य चिन्नु हुदैन जसलाई हामी आफ्नो कमजोरी हो भनेर तीतो सत्यको रुपमा स्विकार गर्न पनि तयार छैनौं । अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटाहरु हुन् यदि दुई मध्ये एउटा मात्र बुझ्ने गरियो भने त्यस्तो एक पाटो मात्र बुझेको समाज खोटा सिक्का जस्तो हुन्छ । भनेको मतलव जसरी खोटा सिक्का बजार प्रचलनमा आउदैन त्यसैगरी एक पाटो मात्रैलाई महत्व दिने समाजको अन्तर्राष्ट्रिय पहिचान हुदैन ग्लोवल एक्स्पोजर विना एक्लो प्रयास समयानुकुल विकासको गतीमा पुग्न सक्दैन । अहिलेसम्मको नेपाली चरित्रको बिश्‍लेषण गरेर अधिकार मात्र चिन्ने गरेकोले हाम्रो सोचाई नै खोटा सिक्का जस्तो भएर अन्तर्राष्ट्रिय पहिचान र चिनारी हुन नसकेको हो भन्ने कुरो अब हामीले गम्भिरता पूर्वक मनन गर्नै पर्ने दखिन्छ । जहाँसम्म कोरियन श्रम प्रशासनमा ट्रेड युनियन अधिकारको कुरा छ विधिवत रुपमा विदेशी मजदुर समेतलाई ट्रेड युनियन अधिकार नभएको भन्न मिल्दैन तर बहुदलीय प्रतिस्पर्धामा आधारित ट्रेड युनियन प्रणाली भने कोरियामा छैन नेपालको जस्तो प्रतिष्पर्धात्मक नभएर प्रतिरोध पूर्ण राजनीति गर्नका लागि । उन्पादन कम्पनीहरुले ट्रेड युनियन अधिकारकै मात्र कुरोमा ध्यान दिएर आफ्नो उन्पादन बढाउन र कामदार कल्याणकारीताको काम गर्न नपाएको पूर्व अनुभवको आधारमा कोरियन सरकारले "एक ट्रेड युनियन एक कम्पनी" प्रणाली अंगीकार गरेको हो भने कोरियाको आर्थिक र औद्योगिक विकासको इतिहाँस पल्टाउंदा भेटिन्छ । मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरुमा पनि राजनीतिक अधिकारलाइ अरु मोलिक अधिकार भन्दा बढी महत्व दिएको हुंदैन । श्रम प्रशासनमा राजनीतिक आधारमा ट्रेड युनियन दिने कुरोले राष्ट्रिय उत्पादकत्व र राष्ट्रिय अर्थतन्त्रमा ठूलो प्रभाव पारेको हुन्छ । विदेशी कामदारलाई पनि राजनितिक विचारको आधारमा बहुविचारको प्रतिनिधित्व हुने गरी छुट्टाछुट्टै ट्रेड युनियनको अनुमति दिने हो भने फरक फरक देशबाट फरक फरक राजनीतिक विचारका अनुयायीहरु आएको अवस्थामा सबै खाले ट्रेड युनियनलाई नियमित र व्यवस्थित गर्न सम्भव हुदैन । श्रम आपूर्ति गर्ने सरकारले आफ्ना नागरिकहरुलाई चाहिने मानवोचित व्यावहार र सुबिधाको प्रवन्ध गर्ने सर्त पक्का गराएर मात्र कामदार पठाउन पर्छ अनि सर्त अनुसारको सुबिधा पाएन भने अथवा मानव अधिकारको हनन भो भने सरकारी तहबाटै पहल गर्न मिल्छ गर्नु पर्ने हुन्छ । हामी कोरिया आउने बेलामा घर खेत बन्दकी राखेर अनाधिकृत दलालहरुलाई रकम दिएर सरकारी नियमलाई बेवास्ता गरेर आउन रुचाउँछौं । आउने बेलामा मुलुकमा सरकारको नियम भन्दा माथि हुन चाहान्छौं । अनि कोरिया आएर चाहे जति अवधी बस्न पाउने र चाहे जति तलव सुबिधाको लागि सरकारले केही पहल गरेन भनेर दोष दिन्छौं । राजदुतावासको विरुद्ध विष वमन गर्दछौ आखिर राजदूतावास पानि कानून भन्दा माथि त कसरी हुन सक्ला र । हाम्रो आँखा अगाडी कागजी विवाह काण्डका खेलाडी पीडक र पीडित दुवै पक्ष छन् । अन्तर्राष्ट्रिय खेलका सहभागी अनि बनावटी कागजका आधारमा शरणार्थी भिषा सम्बन्धि समस्याहरु प्रशस्त छन् । यस परिस्थितिमा हामी आफूले विधीको उपहास गरेको हुनाले हामी फेरी विधी अनुसार सुविधाको दावेदार हुन नसक्नु स्वभाविक हो भन्ने बुझ्नु पर्ने हुन्छ ।

उता नेपाल सरकारले पनि माथि उल्लेख गरे जस्तो एक आपसमा समन्वयात्मक र सहयोगी हुने खालको नीति बनाउने तर्फ कहिले पनि ध्यान दिएको पाइन्न । जसरी भएपनि बैदेशिक रोजगारमा आएर दुई चार बर्ष काम गरेका नागरिकहरु व्यावसायिक शिक्षा पाएका अर्थात अनुभव पाप्त दक्ष जनशक्ति भैसकेका हुन्छन । तर कति जना नेपालीहरु कुन कुन मुलुकमा गएर के के कामको अनुभव संकलन गरेर आए र तिनिहरुको अनुभवको कदर र उपयोग कसरी गर्न सकिन्छ भन्ने कुनै तथ्यांक सम्म पनि सरकारी निकायमा राख्न सकेको पाईदैन । एक पटक कोरिया आएर अनुभव लिए पछि फेरि पनि कोरिया मै बसी रहन नपाए नेपालमा आफ्नो सिपको कमाइ नभएको र बस्ने आधारै नभएकोले पनि कम्पनीहरुलाई अतिरिक्त रकम कवोल गरेरै भएपनि फेरि कोरिया मै आउने र भिषा लम्ब्याउने बाध्यता देखिन्छ नेपाली कामदारहरुको । कोरियमा काम गरेर पर्याप्त अनुभवको कदर हुने गरी केहि सानो तिनो उद्योग धन्दा नै खोलेर काम दिने नीति सरकारको भयो भने मजदुरको अनुभव मार्फत टेक्नोलोजी ट्रान्सफर को लागि पनि अप्रत्यक्ष सहयोग पुगी राखेको हुन्छ । टेक्नोलोजी ट्रान्सफरको नाममा टाउकोमा ऋण बोक्ने गरि ऋणपत्र सम्झौता गर्न सरकारको ध्यान जान्छ तर आफ्ना नागरिकहरुसंग कत्तिको क्षमता छ भन्ने तिर ध्यान जांदैन । कोरिया सरकारले अन्तृर्राष्ट्रिय कामदारहरु केही समयका लगी नभित्रयाउने गरि विश्वव्यापी आर्थिक मन्दीको प्रभावका कारण लिएको निर्णय को जानकारी नेपाल पुग्न भ्याएको हुदैन नेपाल सरकारका उच्च अधिकारी हरु कोरियामा नेपाली कामदारहरुको संख्या घटाउने हल्ला निराधार हो भन्दै पत्रकार सम्मेलन गर्दछन् ।

यस्तो हुंदा हुंदा आफ्ना नागरिकहरुको कल्याणकारी सहयोगका लागी खटाउनु पर्ने प्रतिनिधी पनि कोरियन नागरिकलाई बाटबाटै नियुक्ति दिएर पठाएको समाचारले त वर्तमान नेपाल सरकारको नयाँ नेपाल वनाउने जिम्मेवारी कुन तरिकाले पूरा हुने हो शंकै लाग्दो अवस्था देखिन्छ । भ्रष्टाचार र अनियमिताको अन्धकार चिर्नलाई एक दशक लामो जनयुद्ध गरेर दशौं हजार शहिदको रगतको अबिर पहिरिएका नेताहरु सत्तामा बसेका बेला पनि सडक छाप बिदेशीले राज्यको मन्त्रीको नामबाट सहिछाप पाएको नेपालको तर्फबाट श्रम संयोजको हैसियत देखाउंदै हिडिरहेको बेलामा स्वयं मन्त्रीले जिम्मेवार पूर्ण ढंगले जन समक्ष यथार्थता खुलाउन नसकेको अथवा नचाहेको परिस्थिति हदै गैर जिम्मेवार र कहाली लाग्दो देखिन्छ । यसबाट ती शहिदहरुको रगत भ्रष्टाचारको जालो चिर्ने अस्त्रको रुपमा प्रयोग भयो भन्ने कि भ्रष्टाचारको तानाबाना बुन्न खाप्पियो भन्ने हो अब लाटा सोझा नेपाली जनताले ?

यस्ता प्रसङ्गहरु संगै गणतन्त्र आएपछिको पहिलो र सर्व शक्तिमान सरकार कार्य क्षमता भएको भन्ने कि कार्य क्षमताको अभाव छ भन्ने ? सरकारमा राष्ट्रिय होइन अन्तर्राष्ट्रिय बेइज्जती भो होइन र ? यस्तो सिल्ली व्यवहारले गर्दा बोल्ने पर्ने अवस्थामा पनि बाक्य बसेको सरकारले आफै गल्ती गरेको नेपाली नागरिक माथि गैर जिम्मेवार व्यवहार गरेको अथवा काम गर्ने ढंग नपुगेको के भन्न उपयुक्त होला कसरी नेपाल सरकारको नियुक्ति पत्र बोकेर कोरियन सरकारको अगाडि उभिन सके कुनै कोरियन नागरिकले । के हो तिनको कार्य क्षेत्र ? कुन हो अड्डा? कति हो तिनको तलब? अनी किन दिनु पर्ने हो त्यो तलब? अथवा बिना तलब हो भने किन पाउनु पर्यो तिनले त्यो नियुक्ति पत्र? तिनको नियुक्ति भएकै कारण आज नेपाली श्रमिकहरुको उपर कति कल्याणकारी कामहरु भए? र अव कोरियामा रहेका कामदारहरुको कुनचाहि समस्याको हल हुनेवाला छ त ? विदेशमा कामदार भएका नेपालीहरुको समस्या समाधानमा कुटनैतिक अनुभव र क्षमताको आवश्यकता पर्छ कि पर्दैन? अनि त्यस्तो अधिकारी नेपाली राजदुतावास प्रति उत्तरदायी भएर काम गर्नु पर्ने हो वा त्यो विवादास्पद नियुक्ति वोकेर हिड्ने संकास्पद अधिकारी अर्को दुत हो? यी सबै प्रश्नहरु अनिश्चित अवधिसम्म पनि अनुत्तरित रहनु साह्रै विडम्वनापूर्ण अवस्था हो । स्वयं नेपाल सरकारले नै वैदेशिक रोजगारलाई दुई पैसा भित्राउने माध्यम मात्रका रुपमा चिन्दछ र आफ्ना नागरिकहरुको पसिनामा पौडिन कोही विदेशीलाई पठाउँदा आफ्नो पनि दुनो सोझिनु राम्रै न्याय हो भन्ने कुरामा ढुक्क छ भने के थप आशा गर्ने र सार्वजनिक चिन्तनमा किन समय खेर फाल्ने बुद्धिजीवीहरुले । एदम भ्रष्ट, उदम भ्रष्ट, सर्वत्र नष्ट । कुरा गर्यो कुरा कै दुःख हुने भएकाले तै चुप मै चुप नेपाल सरकारलाई सदवुद्धिको धुप ।

(लेखक नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया सम्‍पर्क शाखाका अध्‍यक्ष हुनुहुन्‍छ)
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork