?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
   जे. बी. टुहुरे
 

Warning: getimagesize(article_uploaded_files/42fb5jbtuhure.JPG): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155
'आमा दिदी वहिनी हो कति बस्छौ दासी भै सुखको संधै प्यासी बनेर'

'बसाई हिड्नेको तांतीले बस्नेको मन रुवाउंदछ लाखौंको लागि उजाड यो देश मुठ्ठी भरलाई त स्वर्ग छ'

'दुःखको बोझ बिसाउन चौतारी बनाऔं है एकले होईन हजारौं मिलेर दुःखलाई पन्छाऔं है'

माथिको यो गीतको लहरले तपाईंलाई पक्कै पनि त्यो समयको सम्झना दिलाउन सक्छ, यी गीतका लहरहरु त्यसबेला निक्कै चर्चित थिए, जुन बेला हाम्रो देश नेपालमा निरंकुश पंचायती ब्यवस्था लागू गरी जनताको अधिकार खोस्सिएको थियो । पूर्व मेची देखि पश्चिम महाकालीसम्मका गाउं गाउंमा, गाउंका कुना काप्चामा अनवरत रुपमा लाग्नु भै यही गीतको मार्फतबाट नेपाली जनताहरुमा चेतना फैलाइ नेपाली जनतालाई चेतना दिनु हुने यस गीतका गायक हुने जे. बी. टुहुरे अर्थात जुठ बहादुर खड्गी ।

जे. बी. टुहुरे, वहांको बारेमा कुरा गर्नुपर्दा वहांको जन्म २००१ सालमा धरानको पुरानो बजारमा भएको थियो । मधुमल्ल मोरङमा हुर्की बढ्नु भएका टुहुरे बिराटनगर हुंदै हाल श्रीमति सती देवी खड्गी, १ छोरा ४ छोरीहरु सहित काठमाण्डौंमा स्थायी बसोवास गरिराख्नु भएको छ । ६४ बाट ६५ बर्षमा टेक्न लाग्नु भएका टुहुरेको अहिले त नाती नातिनीहरु पनि छन् तर पनि वहांले आफ्नो गायन पेशालाई छोड्नु भएको छैन । बरु भन्नु हुन्छ, 'म मा जबसम्म स्वर रहन्छ, जबसम्म मेरो क्षमता, शक्तिले साथ दिन्छ र जबसम्म मेरो यो शरीर रहन्छ, तबसम्म मैले नेपाली जनताहरुको लागि गाउने अठोट गरेको छु ।'

सानैदेखि गीत गाउन मन पराउनु हुने वहांको रेडियो नेपालमा जसरी भएपनि गीत गाउने उद्देश्य रहेको थियो । वहांको गीत गाउने कौशलता देखेर गाउंका ईष्टमित्र सबैले वहांलाई रेडियो नेपालमा गीत गाउने सल्लाहहरु दिने गर्थे । त्यसैले वहां २०१९ साल फाल्गुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारी रेडियो नेपालमा भाग लिन काठमाण्डौं जानुभयो, जसबाट वहांले थुप्रै प्रगतिशील बिचारधारा भएका ब्यक्तिहरुसंग सम्पर्क राख्नु पाए र वहांहरुसंगको मित्रता र संगतले गर्दा प्रगतिशील गायन तर्फ वहांको मन धकेलियो ।

सामान्य परिवारमा हुर्कनु भएका वहां हुर्कनु भएको समयमा बिकासमा त्यति उन्नति भएको थिएन । जनताले सजिलै शिक्षाको अभावले जनताहरुमा चेतना थिएन, त्यसैले वहांले आफुसंग भएको यही गायनबाटै जनताहरुमा चेतना जगाउने कार्यमा जुट्नु भयो । चेतना मुलक नभई अन्य गीतहरु गाएर ख्याति कमाउने थुप्रै नेपाली गायक गायिकाहरु छन् तर तपाईले किन त्यस्ता गीतहरुलाई नरोजी प्रगतिशील र चेतना मुलक गीतहरुलाई नै अंगाल्नु भयो भन्ने प्रश्नको उत्तरमा वहां भन्नु हुन्छ 'म मा जुन सीप छ म त्यो सीपलाई सामन्दवाद, पूंजीवादको लागि प्रयोग गर्न चाहान्न । जसबेला नेपाली जनताको अधिकार हनन भएको थियो, प्रजातन्त्रको हत्या भएको थियो, मेरो उद्देश्य नै त्यस्ता सामन्तवाद, पूंजीवाद र निरंकुशताको बिरुद्ध थियो, यसर्थ जनताहरुमा चेतना फैलाउन अन्याय अत्याचारमा परेका जनताहरुलाई जागरुक पारी आन्दोलनतिर उठाउनको लागि नै मैले यस्ता गीतहरुलाई अपनाएं ।'

गीतहरु गाउंदै जनचेतना फैलाउंदै हिड्ने वहांले थुप्रै पटक सांस्कृतिक टोलीको नेतृत्व गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा पार गरिसक्नु भएको छ । जनताको लागि गीत गाउन कति प्रचण्ड घाममा हिड्नु भयो, कति पानीमा रुझ्नु भयो तर वहांको लक्ष्यमा कति पनि आंच आएनन् । गीत मात्रै गाएर परिवार पाल्न त सकिन्न होला तपाईको यस गायन क्षेत्रबाट तपाईंलाई के कति उपलब्धि भयो भन्ने प्रश्नको जवाफमा भन्नुहुन्छ 'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो, जसको मायाले म अहिलेसम्म बांचिरहेको छु । जनताहरु कै लागि मैले मेरो गायन पेशालाई कहिले पनि ब्यवसायिकता तर्फ लम्कन दिएन तर कहिलेकाहिं देशको स्थिती देखेर दुःख लागेर आउंछ । एकातिर मैले जुन उद्देश्य लिएर गाउंदै हिंडेको थिएं, त्यो पुरा भएको छ । २४० बर्षिय सामन्ती राजतन्त्रको जड उखेलेर लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनताहरु उत्साहित छन् । हाम्रै सन्तानहरु पनि अबदेखि भावी राष्ट्रपति बन्न पाउने भएको छ । त्यसैले म मेरो लक्ष्य प्राप्त भएकोमा आफुले बिगतमा गरेको कार्यलाई सही गरेको रहेछु जस्तो लाग्छ तर अर्कोतिर देशलाई चलाउने हाम्रा नेताहरु र राजनैतिक पार्टीहरुमा कुनै परिवर्तन नदेखिंदा निक्कै दुःख लागेर आउंछ ।'

गायन कै पेशाबाट बिभिन्न संस्थाहरुमा आवद्ध हुंदै नयां लहर संकल्प लिई राष्ट्रिय जनसांस्कृतिक मन्चको दुई दुई चोटी अध्यक्षको पद सम्हाली सक्नु भएका वहां हाल उक्त संस्थाको सल्लाहकार हुनुहुन्छ भने आफ्नो पार्टीको सांस्कृतिक बिभागको केन्द्रीय सदस्य, संगीत रोयल्टी समाजका सदस्य र राष्ट्रिय नाचघरको सांस्कृतिक संस्थानको सन्चालक समितिको अध्यक्ष हुनुहुन्छ । यहि नाताले वहां नेपाली सांस्कृतिक क्षेत्र निक्कै बृहत्तर भएको र हाम्रो देशको सांस्कृतिक पहिचान बिश्वमा नै एउटा उदाहरण हुने बताउनु हुन्छ ।

नेपालको कुना काप्चाका जनताहरु माझ प्रस्तुत हुने वहांको जीवनम बिदेश भ्रमणमा कोरिया भने पहिलो चोटी होईन । यही पेशाले वहांलाई २ चोटी हङकङ र अन्य देशहरुमा पनि पुर्याइसकेको छ । तर यसपालीको कोरियाको भ्रमण चाहिं वहांले जीवनभर सम्झी रहने बताउनु हुन्छ । दक्षिण कोरिया स्थित नेपाली प्रगतिशील मोर्चाद्धारा आमन्त्रित भै गत जुलाई २७ तारिखका दिन कोरियाका नेपालीहरु माझ गीत गाउंदाको समय त झन् बिर्सनै नसकिने बताउनु हुन्छ । उक्त दिन वहांले गीत गाउंदा कोरियामा वसोवास गर्ने नेपालीहरु गीत संगीत प्रति निक्कै चासो र वास्तविकता बुझ्न चाहने, आफ्नो देश नेपालको बारे निक्कै चिन्तित रहने, आफुले गाएका गीतहरुको शब्दहरुमा पनि निक्कै चाख लिएर इतिहासको सम्झना गरेको पाएं भन्नुहुन्छ । दक्षिण कोरिया कस्तो लाग्यो भन्ने जिज्ञासाबारे वहां आफुले सुनेको कोरिया र अहिले आफ्नै आंखाले देखेको कोरियामा निक्कै फरक पाएको बताउनु हुन्छ । १९५० अघिको कोरिया र २००८ को कोरियामा निक्कै अन्तर भएको र हामीले चाहेको खण्डमा हाम्रो देशलाई पनि यही तरिकाले बिकास गर्न सकिने बताउनु हुन्छ ।

कोरिया कै भ्रमणमा वहांले त्यसबेला आफुसंग हिड्ने साथीहरु शेष हांग राई, गंगा राई अनि चण्डी राईलाई पनि भेट्नु भएछ । वहांहरुलाई भेट्दा वहांलाई कोरिया आए पनि उही पुरानो सम्झनामा दिलएको बताउनु हुन्‍छ । अब वहांको चाहना नेपाल फर्केपछि कोरियामा बस्ने नेपालीहरुको बारेमा आफ्ना मीत्रहरुलाई जानकारी दिने रहेकोछ कि कोरियाका नेपालीहरु आफ्नो देशप्रति निक्कै बफादार छन् आफ्नो देशको छिन् छिन् को घटना पत्रपत्रिकाहरु मार्फत बुझ्दछन् र साथीभाइहरुलाई बताउंछन् ।

२०२१ सालमा वहां २० बर्षको हुंदा वहंको बुवा खस्नु भयो । जसले गर्दा परिवारको सम्पुर्ण कार्यभार वहां माथि आईपर्यो । बुवाले छाडेर जानु भएपछि वहां आफुलाई टुहुरो महशुस गर्नु भएछ त्‍यसैले आफ्नो नामको पछाडि टुहुरे थप्नु भयो र यही टुहुरे नामबाट वहां प्रचारमा आउनु भयो । संधै नै जनताहरुको लागि गीत गाउने वहांले २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीबाट गोरखा दक्षिण बाहु चौठोबाट सम्मानित हुनु भैसेको छ । त्यसको अलावा साहित्य सन्ध्या पुरस्कार, एभेरेष्ट फाउन्डेशन पुरस्कारबाट सम्मान पाउनु भएका श्री जे बी टुहुरे कोरियामा बस्ने नेपालीहरुलाई केही सन्देश छाडेर जान चाहनु भएको छ कि 'तपाईहरु आफ्नो देशको लागि चिन्तित हुनुहोस् कोरियामा भएका टेक्नोलोजीहरु, सीपहरु लिएर आफ्नो देशमा फर्कनुहोस् र देशका गाउं गाउं, बस्ती बस्तीहरुको बिकास गर्नमा सक्दो सहयोग गर्नुहोस् ।'
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork